
चक्रपाणि गौतम “मुमुक्षु”
पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धति अनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रुपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौ । यो पर्वका पाँचै दिनका महत्व अलग–अलग भएपनि मूल मर्म एउटै छ । काग तिहार :तिहारको पहिलो दिन सर्बभक्षी, सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ । हिन्दु धर्मशास्त्र अनुसार काग काल मृत्यु र शकुनको सन्देशवाहक पंक्षी हो । यसको कर्कश...