हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘मावाको बगरमा के को दिवस नि ?’–मुख्य समाचार

विष्णु पौडेल
दमक, फागुन २६/बिहीबार विश्वभरका श्रमिक महिलाहरुले १०२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा झापा दमक–८ ताराबारीकी ४० वर्षीया फुलमाया माझी भने मावा खोलाको किनारमा गिट्टी, बालुवा छान्न नियमित दैनिकीमा नै व्यस्त थिइन् ।
 सरस्वती नेपाल, श्रीमान बुद्धिप्रसादसँगै गिट्टी चाल्दै । फोटोः पिपुल्स टाइम्स

करिब ४ किलोमिटर पूर्वको दमक–१४ मा श्रमिक महिलाका अधिकारका बिषयमा जान्नेबुझ्नेहरु भाषण गर्दै थिए । उनीहरुले श्रम गर्ने महिलाहरुले अझै पनि बिभिन्न समस्या झेल्नु परेको र घरै भित्र पनि अनेक बिभेद् सहनु परेको दुखेसो पोख्दै थिए ।
मावा खोला किनारमा गिट्टि, बालुवा चालेर जिवीका चलाउने फुलमाया जस्ता दर्जनौ महिलाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले कुनै महत्व राखेन । महिला दिवसको महत्व त के फुलमायालाई बिहीबार यो दिवस परेको नै थाहाँ भएन । ‘मावाको बगरमा के को दिवस नि ? भरे बेलुकाको छाक टार्न दिनभरी बगरमा नखटी हुँदैन’ माझीले भनिन् ।
फुलमाया माझी बालुवा छान्दै ।

अघिल्लो दिनदेखि नैं युवा–युवतीहरु रङ्गिएर हिडेको देखेपछि बिहीबार होली पर्व हो भन्ने चाँहि थाह भएको तर महिला दिवशबारे केहि नसुनेको उनले बताईन् । घरमा छोरा छोरीले होली खेल्ने भनेको बताउँदै उनले भनिन्– ‘खै घरमा आज होली हो त भन्दै थिए, अरु के दिवस त कसैले सुनाएनन् ।’
बिहीबार बिहान ११ बजे बगरमा श्रीमान लालबहादुरसँगै बालुवा चाल्न व्यस्त फुलमायाले दुईजनाको दिनभरको कमाई बढीमा ५ सय रुपैयाँ हुने सुनाइन् । त्यो पनि खोलाको बगर आफ्नो नम्बरी जग्गा परेको भन्दै दाबी गर्ने उनीहरुकै शब्दमा ‘मालिकलाई’ ५० देखि सय रुपैयाँ नबुझाई धरै पाइदैन । दुई छोरा, दुई छोरी र श्रीमान श्रीमती  ६ जनाको परिवार छ माझीको ।  बनिबुतो गर्नैले छोराछोरीलाई सोचे जति पढाउन नसकेको पनि गुनासो छ माझी परिवारको ।
फुलमाया जस्तै दमक–८ मदनटोलकी ४६ वर्षीया सरस्वती नेपालले आफूलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बारे थाह भए पनि मनाउन फुर्सद नभएको बताइन् ।  परिवारका ६ जनालाई श्रीमान–श्रीमतीले दिनभरी खोला किनारमा गिट्टी, वालुवा चालेरै छाक टार्नुपर्ने बाध्यताका कारण यस दिवसको अवसरमा आयोजित सभा, समारोहमा जाने फुर्सद नभएको उनको भनाई थियो । ‘नानीहरु पनि पढाउनै पर्यो, दुईछाक पनि खानै प¥यो’ सरस्वतीसँगै गिट्टी चाल्न बिहान सबेरैदेखि खटिएका श्रीमान बुद्धिप्रसाद नेपालले भने ।
एक सय ४ वर्ष अघि अमेरिकाको एक गार्मेण्ट उद्योगका श्रमिक महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित आन्दोलन गरेको दिनको सम्झनामा हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाउने गरिएको छ । नेपालमा चाँहि यसलाई नारी दिवसको रुपमा मनाउने गरिन्छ  ।

प्यालेस्टाइनसँग नेपाल पराजित – खेल समाचार

एएफसी च्यालेन्ज कप फुटबल
काठमाडौं, फागुन २६/काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रामक खेल खेलेपनि त्यसलाई निरन्तरता दिन सकेन ।
खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।
पहिलो हाफको सुरुमा नै गोल खाएपछि दबाव आएको नेपालले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेनन् । लगातार दबावमा परेको नेपालले खेलमा फर्कन पहिलो हाफमा दुई ओटा मौका गुमाएको थियो । खेलको २५ औं मिनेटमा नेपालका जुमानु राई गोल गर्न चुके । प्यालेस्टाइनका रक्षकलाई कटाएर हानेको बल पोलमा लागेर फर्किएको थियो । त्यसपछि निरन्तर विपक्षीको पोष्टमा धावा बोल्ने प्रयास गरेको नेपालका अनिल गुरुङ गोल गर्न चुके । कप्तान सागर थापाको लामो पास विपक्षीको गोल रक्षकको हातबाट खुस्किएको बलमा अनिलले गोल गर्न सकेनन् ।
पहिलो हापमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक ग्राहम रोवर्टले सन्तोष साहुखललाई मैदान छिराएपछि अनिल, जुमानु र सन्तोष तीन जना फर्वाडलाई खेलाए पनि दोस्रो हाफ नेपालको पक्षमा आएन ।
अब सेमिफाइनल प्रवेश गर्न नेपाललाई बाँकी दुबै खेल जित्नै पर्ने छ । नेपालले शनिबार माल्दिभ्सको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ । यसअघि दशरथ रंगशालामा भएको भब्य समारोहका बीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सापकोटा गए, भण्डारी आए

लखनपुर, फागुन २६/लखनपुर–१ स्थित गुहेश्वरी निमाविका प्रधानाध्यापक बासुदेव सापकोटाको बिदाई गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा लगातार ३५ वर्ष प्रधानाध्यापक रहेका सापकोटाको बिदाई गरिएको हो । बिदाई समारोहमा उनलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतले बिदाई गरेका थिए । विद्यालय व्यवस्थापन समितिले विद्यालयका शिक्षक ऋषिराज भण्डारीलाई नयाँ प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।

सडक ग्राभेल

तोपगाछी, फागुन २६/झापाको तोपगाछी–७, छलफल चोकमा स्थानीयबासीको अगुवाईमा सडक ग्राभेल गरिएको छ ।
स्थानीय २५ भुमिहीन परिवारले तोपगाछी ईसाई समाज, रन म्युजिक मिनिष्ट्र र तोपागाछी गाविसको ७३ हजार रुपैयाँ आर्थिक सहयोगमा २ सय ४० मिटर सडक ग्राभेल गरेका हुन् । निर्माण उपभोक्ता समिति सल्लाहकार वीरबहादुर तामाङले सो क्रममा सडकमा ५ ओटा ह्युम पाईप समेत राखिएको बताए ।

होलीमा विभिन्न कार्यक्रम

दमक, फागुन २६/फागु पूर्णिमाको अवसरमा बिहीबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
होली मिलन कार्यक्रमको सन्दर्भमा दमक जेसीज र पत्रकार मञ्च दमकले संस्कृतिमूलक होलीलाई भाइचारा अभिबृद्धि गराउन सचेतनाका रुपमा सो पर्व मनाउनुपर्ने भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।
जेसीजका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कोषाध्यक्ष सुवासचन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी दमकका पूर्व अध्यक्ष मानबहादुर बुढाथोकी, होटल व्यवसायी संघ झापाका अध्यक्ष शिव पोख्रेल, रोटरी क्लब दमकका अध्यक्ष जगदीश आचार्य, पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष विष्णु पोख्रेल, पत्रकार विष्णु सुब्बा लगायतले बालेका थिए । सो अवसरमा कार्यक्रम सहभागी जेसीज, सामाजिक संघ संस्था र संचारकर्मीहरुबीच एक आपसमा अविर, रङ खेलेर शुभकामना साटासाट गरेका थिए ।
यस्तै होलीको अवसरमा पाथीभरा एफएम, हिमशिखर टेलिभिजन, दमक उद्योग वाणिज्य संघ, मैथील समाज सेवा समिति लगायतले छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन् । पाथीभरा एफएमले एफएम परिसरमा प्रत्यक्ष प्रसारण कार्यक्रम गरेको थियो । कार्यक्रममा एफएमका कमल भण्डारी, इलाका ट्राफिक कार्यालयका प्रनानि होमप्रसाद अधिकारी, पत्रकार विष्णु पोख्रेल लगायतले बोलेका थिए । त्यस अवसरमा होलीमय गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । यसैगरी हिमशिखर टेलिभिजनले दमक चोकमा होली विशेष प्रत्यक्ष कार्यक्रम सञ्चालन गरेको टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए ।
यस्तै मैथिल समुदायहरुले दमक–१० मा होली पर्व सम्बन्धी कार्यक्रम गरेको थियो । दमक क्षेत्रमा रहेका मैथील समुदायहरुले सो पर्वमा सामूहिक भेला भई होली मनाइएको थियो । त्यस कार्यक्रममा मैथील समुदाय बाहेक स्थानीय क्षेत्रका संघ संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मैथील समाज सेवा समिति दमकको आयोजनामा भएको तथा केही वर्षदेखि होलीमा वर्षेनी त्यस्ता कार्यक्रम गरिआएको अध्यक्ष नवीनकुमार झाले बताए । होली सम्बन्धी फोटो फिचरमाथिको स्लाईडमा हेर्नुहोस् ।

सम्मान र प्रतियोगिता

दमक, फागुन २६/ १०२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघले दमकमा तीन जना स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सम्मान गरेको छ ।
संघको क्षेत्रीय समिति क्षेत्र नं. ७ झापा र दमक नगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लामो समयदेखि स्वयम्सेविकाका रुपमा कार्यरत पार्वता श्रेष्ठ, शोभा ताम्राकार र लभु तामाङ रहेका नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले जानकारी दिइन् ।
उनीहरुलाई प्रमुख अतिथि संघकी जिल्ला कमिटी सदस्य सुमित्रा प्रसाईले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । संघकी क्षेत्रीय अध्यक्ष भक्ता दाहालको सभापतित्वमा भएको कार्यक्रममा वक्तृत्वकला र कविता प्रतियोगिता समेत गरिएको थियो । वक्तृत्व तर्फ ७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–६ की सजना दाहाल प्रथम, लखनपुर–८ की भावना भण्डारी द्वितीय र दमक–१ की देवीमाया अधिकारी तृतीय तथा कविता तर्फ ११ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–८ की
जेनिसा भण्डारी प्रथम, दमक–१४ की प्रतिमा पौडेल द्वितीय र १२ की रश्मी कटुवाल तृतीय भएका क्षेत्रीय समन्वय कमिटी सचिव चन्द्रकला भण्डारीले जानकारी दिइन् ।
सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य रोमनाथ ओली, महिला संघकी जिल्ला सदस्य हरिमाया मैनाली लगायतले पनि महिला अधिकार र सो दिवसको सान्दर्भिकता बारे बोलेका थिए ।
क्षेत्रीय कमिटी सदस्य यमुना पोख्रेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले गरेकी थिइन् ।

महिलाको हत्या

बर्दिया, फागुन २६/ गुलरिया ७ स्थित टप्पर सामुदायिक वन तुलसीपुरमा एक महिलाको हत्या भएको छ ।  वनकी सदस्य सेतु ओलीको हत्या भएको हो ।
बुधबार रातिदेखि बेपत्ता ओलीको शव बिहीबार बिहान १० बजे वन क्षेत्रमा प्रहरीले फेला पारेको छ । ओलीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका श्रीमान् खड्ग ओली वनका चौकीदार हुन् । ओलीले आफ्नो
अनुपस्थितिमा श्रीमतीलाई चौकिदारी गर्न पठाएका थिए । प्रहरीले वन तस्करले हत्या गरेको आशंका गरेको छ । हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

आगलागीमा मृत्यु

रौतहट, फागुन २६/रौतहटको भषेडवा गाविसमा बिहीबार बिहान लामखुट्टे भगाउन बालेको आगो फैलिँदा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीमा तीन घर जलेका छन् । मृत्यु हुनेमा  भषेडवा गाविस–६ का ५० वर्षीय लक्ष्मी ठाकुर रहेका छन् ।
उक्त घटनामा झण्डै ६ लाख बराबरको धनमाल क्षति भएको छ । आगो निभाउने क्रममा एक महिला सामान्य घाइते भएकी छन् । भषेडवा गाविस–६ का पञ्च दासले लामखुट्टे भगाउन घर नजिक बिहान बालेको आगो घरमा सल्केको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामनारायण माझीले बताए ।
आगलगीबाट स्थानीय मोहन दासको
नगद ९ हजारसहित १ लाख ५० हजार क्षति पुगेको प्रहरीले जनाएको छ । लामखुट्टे भगाउन आगो बाल्ने पञ्च दासको समेत भैसी राँगा र बाख्रा गरी ६ वटा पशु जलेर मरेका छन् । अधिकांशको घर फुसको छाना भएकाले अन्न लत्ता कपडाहरु निकाल्न पाइएन । घरमा आगो लागेपछि निभाउन सहयोग गर्दा छिमेकी देवकी दासलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिष्ठानको महाधिवेशन शुरु

कृष्णमन्दिर, फागुन २६/भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन बिहीबारदेखि झापाको दमकमा शुरु भएको छ ।
वडा नं. १६ स्थित प्रतिष्ठान परिसरमा शुरु महाधिवेशनको राष्ट्रिय पञ्चाङ निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले गरेका छन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा भट्टराई कूलवंशका अगुवाहरु, धरानस्थित पिण्डेश्वर क्याम्पसका प्रमुख शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराई, प्राध्यापक डा. भरत भट्टराई, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णबहादुर भट्टराई, महोत्तरी जिल्ला अध्यक्ष शम्भुप्रसाद भट्टराई, महाधिवेशन तयारी समिति संयोजक मिश्र वैजयन्ती भट्टराई, दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गंगा भट्टराईले गरेका थिए । महाधिवेशनमा देशभरीबाट २ सय ५१ जना प्रतिनिधिहरुको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले बताए । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनको बन्द सत्र आज बिहान ८ बजेबाट शुरु हुने जनाइएको छ । महाधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

आक्रमणमा घाइते

दमक, फागुन २६/बिहीबार दिउँसो दमक–१६ स्थित टुकुरे बस्तीमा एक समूहले आक्रमण गरी स्थानीय लालबहादुर धिमाललाई घाइते बनाएको छ ।
स्थानीय कृष्ण नि.मा.वि.का प्रधानाध्यापक कृष्ण धिमालका अनुसार अन्दाजी साढे तीन बजे होली खेल्दै आएका अपरिचित युवाहरुको आक्रमणमा उनी घाइते भएका हुन् ।
घाइतेको शरीरमा खुकुरीको चोट लागेको
र टाउकोमा चिरपटले हानेको चोट देखिएको धिमालले बताए ।  घाइतेको दमकस्थित क्यु एण्ड क्यु हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको भए पनि उनीहरुकोबारेमा थप खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान पश्चात मात्रै विस्तृत जानकारी बाहिर आउने प्रहरीले जनाएको छ । स्थानीय माधव ढकालले सो घटनापछि गाउँमा सर्वसाधारण आतंकित भएका बताएका छन् । उनले बिहीबार राति अबेरसम्म गाउँको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ ।

आज लिम्बुवानको ‘मार्चपास’

दमक, फागुन २६/अरुण पूर्व लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले आज काँकडभिट्टाबाट लिम्बुवानी मार्च शुरु गर्दैछ ।
परिषद्का केन्द्रीय अध्यक्ष संघीयवादी नेता कुमार लिङ्देनको नेतृत्वमा काँकडभिट्टाबाट आज शुरु हुने सो मार्चपास भोलि (शनिबार) दमक आइपुगेर समापन हुने परिषद्का जिल्ला इञ्चार्ज मोहन बेघाले जानकारी दिए । मार्चपासमा २ हजार जना सहभागी हुने उनले दाबी गरे ।
राज्य पुनःसंचरनाको बहस चर्को रुपमा चलिरहेको बेला लिम्बुवान स्वायत्त राज्यको माग राखेर आन्दोलनरत परिषद्ले प्रभाव देखाउन सो कार्यक्रम आयोजना गरेको बताइएको छ । परिषद्ले मार्च पासमा सहभागिताका लागि समेत बिज्ञप्ति मार्फत् सबैलाई अनुरोध गरेको छ । गत बुधबार इटहरीमा सकिएको नेपाली कांग्रेसको प्रशिक्षण तथा जागरण कार्यक्रममा समेत पूर्वका ताप्लेजुङ, पाँचथर सहितका प्रतिनिधिहरुले लिम्बुवान राज्यको मागलाई चर्को रुपमा उठाएका बताइएको छ ।

दुर्घटनामा पाँचको मृत्यु

हेटौंडा, फागुन २६/बिहीबार छुट्टा छुट्टै सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना१ज २०५६ नम्बरको टाटासुमो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडा कुलेखानी सडक खण्डको नेबुवाटारमा भएको सडक दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो । घाइतेहरुको हेटौंडामा उपचार भइरहेको छ । मृतकहरुको सनाखत हुनसकेको छैन । यसै गरी सर्लाहीको पूर्व पश्चिम राजमार्गमा पर्ने लालबन्दी, नवलपुर खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१८प ५७८५ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर रुखमा ठोक्किदा चालक घाइते भएका थिए । शरीरभरी रंग भएकाले होली खेलेर घुम्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल रुखमा ठोक्किएको थियो ।
प्रहरी नायब निरीक्षक दीपक केसीका अनुसार उपचारार्थ मोडल अस्पताल लालबन्दीमा पु¥याएपछि घाइतेको मृत्यु भएको हो । मृतकको साथबाट कुनै कागजपत्र फेला नपरेकाले सनाखत हुनसकेको छैन ।

पहाड र तराई जोड्दै होली – दोस्रो लेख

श्री कृष्ण न्यौपाने
बिहानै टेलिफोनसम्पर्कमा जनकपुरबाट सहकर्मी श्यामसुन्दर शशीले यसपालीको होली विगत केही वर्षका भन्दा उल्लास र उमङ्गपूर्ण भएको सुनाए । होली पर्व आफैमा रङ्गीन भएकाले उल्लासमय हुने मेरो जवाफमा उनको तर्क भने अर्कै थियो । उनका अनुसार मधेस आन्दोलनका कारण तराई छोडेका पहाडे समुदाय फेरि तराई फर्किने क्रम शुरु भएपछि जनकपुर र आसपासका क्षेत्रमा होलीको रौनकले पुनरागमन जनाएको हो । मधेस आन्दोलनपछि त्यहाबाट विस्थापित भएका पहाडे समुदायको अनुपस्थितिका कारण केही समय तराईका रङ्गहरु पनि फिक्का जस्तै थिए तर उनीहरुको घर फिर्तीस“गै रङ्गले पनि जीवन पाएको तराईवासीको बुझाई छ । साम्प्रदायिक मनमोटाव बढ्न थालेपछि तराई छोडेर उत्तरी भेग सरेकाहरु विस्तारै पुख्र्यौली थलो तराई झर्न थालेपछि मधेसका बजारमा चहलपहल मात्रै बढेको छैन, त्यहा“का संस्कृति र चाडपर्वमा पनि सबैको सहभागिता बढ्न थालेको छ । सदियौ“देखि मिलेर बसेका छिमेकीहरु धमाधम घर फर्कन थालेपछि टोल नै रमाईलो भएको विरगञ्जवासीको पनि उस्तै ठम्याई छ । “केही समयदेखि होली बेरङ्गको थियो” विरगञ्जबाट व्यवसायी सुवोध गुप्ताले टेलिफोनमा भने “तर यसपाली रित्ता घरमा छिमेकी आएपछि होलीले आपसी भाईचारा र सद्भाव बढाएको छ ।” नेतृत्वले राजनीतिक रङ्गमा भन्दा आपसी सद्भावको रङ्गले मात्रै मधेस बलियो हुने आवाज पनि बुलन्द हुन थालेका छन् । यो स“गै नेपाली समाज विखण्डन भन्दा पनि एक ढिक्का भएर बाच्न चाहेको पुष्टि हुन्छ । हरेक पर्वका आÏनै विशेषता र महत्व भएपनि तिनीहरुले दिने सन्देश भने सधै आपसी सद्भाव नै हो ।

 होलीको ऐतिहासिक पाटोलाई बु¤न मैले नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक डा. विष्ण्ँु दाहालस“ग कुराकानी गर्दा उहा“ले होली पर्व एउटा उत्सव भएको उल्लेख गर्नु भयो उहा“का अनुसार वेद तथा ब्राम्हण साहित्यमा होलीलाई बसन्त उत्सवका रुपमा व्याख्या गरिएको छ ।” कामसुत्रका रचनाकार वात्सायनको समयमा फागुन र चैत दुई महिना मदनोत्सव गरी होली मनाउने गरिएको तथ्य भेटिएको छ ।” दाहालले भने “प्राचीन समाजमा जातीयरुपमा विभिन्न चार वर्ग रहेको र ती फरक वर्गका आ–आÏनै पर्व थिए ति मध्ये पनि होली चाहि चौथो वर्गको पर्व मानिन्थ्यो ।” असत्यको पराजय र सत्यको विजय भएको दिनलाई स्मरण्ँ गर्दै सबै धर्म जातिको एकता र मिलनका रुपमा होली पर्व नेपालमा मनाउन थालिएको अभिलेख भेटिन्छन् । तराईमा देखिएको पछिल्लो लहर र उपप्राध्यापक दाहालका भनाईलाई आत्मसाथ गर्ने हो भने जवरजस्ती रङ्ग छ्याप्ने लोला हान्ने मात्रै नभई होली एकताको विशिष्ट पर्व बनाउन सक्नु पर्छ । पछिल्लो समय होलीका बेला हुने दुर्घटना र आपराधिक क्रियाकलापका घटनाले पर्वको मर्मलाई प्रहार गर्न थालेको छ । उपत्यकामा होली खेल्ने क्रममा एक किशोरी र किशोरले ज्यान गुमाएको घटना समाचारमा सुन्दा सामान्य लागेपनि  उच्छृंखलताले निम्त्याएका ति दुर्घटनाले पर्वको महिमालाई कम गर्दै लगेकोमा सस्कृतीविद्हरुको चिन्ता चुलिदो छ ।  उनीहरुले रङ्गको पवित्र चाडमा भित्रिएको विकृति प्रति पछिल्लो पुस्तालाई सजग रहन पनि आग्रह गरेका छन् । होलीलाई वसन्त उत्सवको रुपमा लिईन्छ । जाडोयाम सकिएर गर्मी लाग्ने र नया“ वर्Èको शुरुवात हुने बेला हो यो । हावा, प्रकृति र वनस्पतिले वातावरण्ँ हराभरा हुन्छ । बोटबिरुवाको पालुवा पलाउने र फूल खेल्ने समय पनि यही हो । वातावरण्ँ र प्रकृतिमा देखिने यस्ता मनमोहक दृश्यले मान्छेलाई पनि उमङ्ग बनाईदिन्छ । होलीको शुरुवात नै उमंगको रुपमा भएकोे थियो । नेपालमा मात्र होइन, विदेशका धेरै ठाउ“मा यसैगरी वसन्त उत्सव मनाईन्छ । तर मनाउने तरिका मात्रै फरक हो । जनवरीदेखि अप्रिललसम्म संसारका धेरै ठाउ“मा नया“ वर्È शुरु हुने भएकाले यो बेलाको ऋतुको आङ्खनै महत्व छ । नया“ ऋतुको आगमन हुने समय भएकाले पनि नेपालमा होलीको रौनक विशेष भएको प्राकृतिक मान्यता छ । बाहुनको जनैपूणर््ँिमा, Ôेत्रीको दशैं, वैश्यको तिहार र शुद्रको होली भनेर प्राचीनकालमा पर्वको वर्गिकरण गरिएको थियो । तर समुदाय एक अर्कास“गको सहअस्तित्व र सद्भावमा अघि बढ्न थालेपछि पर्वले बनाईदिएको परिधि फराकिलो हुदै गएको छ । पहिला पहाडी समुदायमा नमनाईने होली पर्व आजभोलि एकदिन अगावै पहाडी समुदायले मनाउन थालेको पनि वर्षौ भईसकेको छ । पर्वको विस्तारले कथित ४ वर्ण र ३६ जातको संक्रिणतालाई तोडेको छ । यो तथ्यलाई तराई भेगका समुदायले फराकिलो छाती बनाएर स्विकारी सकेका छन् । होली वसन्त उत्सवको रुपमा मनाइने साझा पर्व हो । यसलाई सबै जातिको पर्वको रुपमा मनाउन सक्नुपर्छ । शिष्ट र सभ्य ढंगले यसलाई मनाउन सक्यो भने यसले आपसी सम्बन्ध बढाउन थप मद्दत पु¥याउनेछ । इच्छाअनुसार मात्र रंग र अबीर खेल्दै यसलाई मैत्री चाडको रुपमा मनाउन बिर्सिएको तर्फ सचेत हुनु पर्ने बेला आएको छ । रंग, ऋतु र आपसी समन्वयको पर्व भएकाले होलीमा सप्तरङ्गी अबीरबाट एकआपसमा रमाईलो गर्दै यसको मर्मलाई जोगाउने जिम्मा अहिलेको पुस्ताको काधमा आएको छ । यो स“गै होली पर्वका विषयमा अर्को नया वहसको पनि शुरुवात गर्नु पर्ने बेला आएको छ । हरेक समुदायले स्विकारिसकेको होली किन पहाडमा बेग्लै र तराईमा छुट्टै दिन मनाउने ? होलीलाई नेपालभर एकैदिन मनाउन सके यसको सांस्कृतिक भावना झनै प्रगाढ हुने थियो ।

चलचित्रका ेकथानकमा पुनः संरचनाको खाँचो – पहिलो लेख

विजयरत्न तुलाधार
एकपछि अर्को गर्दै लगातार असफलताको भुमरीमा डुब्दै गएपछि नेपाली चलचित्र Ôेत्र आक्रान्तित बनेको थियो । दुई वर्Èको अवधिमा गोर्खापल्टन, फस्टलभ, आङ्खनो मान्छे आङ्खनै हुन्छ, नाई नभन्नु ल, कसले चो¥यो मेरो मन, श्रीमान्, अन्दाज जस्ता थोरै मात्र चलचित्र राम्रै चले ति बाहेक अरु अस्सी–नब्बे वटा चलचित्रहरु असफलताको खाल्डो भित्र पुरिए । यसले गर्दा एक प्रकारको भयावह स्थिति नै सृजना हुनपुग्यो । यो स्थितिलाई दृष्टिगत गर्दै राज्य (चलचित्र विकास बोर्ड) ले चलचित्र जगतमा संकटकालको घोÈण्ाँ गर्ने तयारी समेत गरिसकेको थियो । यसैबीच “लुट” चलचित्र प्रर्दशनमा आयो र अप्रत्याशित रुपमा सफल भयो । सफलताका पुराना सबै कितिर्मानहरु तोड्न सफल “लुट” ले नेपाली चलचित्र Ôेत्रमा नया“ आशाको विजारोपण्ँ गरेको छ ।
व्यावसायिक सफलताका लागि अपरिहार्य मानिदै“ आएका अनुहारहरुको कुनै पनि उपस्थिति नरहेको “लुट” को सफलताको कारण्ँ भनेको यो चलचित्र प्रति बढेको युवावर्गको आर्कÈण्ँ हो । मल्टिप्लेक्स भनिने ठूलठूला हलहरुमा महङ्गो टिकट किनेर विदेशी चलचित्र हेर्दै आएका युवा जमातलाई “लुट” ले सजिलै तान्यो । “लुट” को सफलताले नेपाली चलचित्र प्रति दर्शकको आकर्Èण्ँलाई मर्नबाट बचाएको छ भन्दा पनि फरक पर्दैन । बैंक लुट्ने वा लुटको योजना बनाउने कथामा देशी विदेशी थुप्रै चलचित्रहरु आईसकेका छन् । तर “लुट” ले यसलाई काठमाण्डौंको माटो, परिवेश र जीवन सुहाउ“दो पात्रहरुको माध्यमबाट जीवन्त बनाउन सफल भयो । यो एउटा उदाहरण्ँीय परिवर्तन हो । “लुट” को कथा वाचनले पुरातन शैलीलाई तोड्ने साहस ग¥यो । यो नै “लुट” को जीत हो ।
कथावाचनको नया“ शैली अहिलेको आवश्यकता हो । नया“ शैलीले मात्र नया“ दर्शकलाई तान्न सक्छ । अन्यथा स्थिति अझ बिग्रिन सक्छ । नया“ सोच र शैलीको विकासको लागि अन्तर्राष्ट्रिय ख्याती प्राप्त चलचित्रहरुको बारेमा अध्ययन अति आवश्यक छ । यहा“ त्यस्तो हुन सकिरहेको छैन वा गर्न चाहिरहेका छैनन् । आफूले बनाएका दुई चार वटा चलचित्र व्यावसायिक रुपमा सफल भएपछि त्यो निर्देशक आङ्खनो त्यही शैलीबाट अलगिन खोज्दैनन् । यहा“ यही बिडम्बना छ ।
त्यसैले नेपाली चलचित्र जगतमा सोच र शैलीको परिवर्तन अपरिहार्य भईसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपाल चलचित्र निर्देशक समाजले राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका केही कार्यशालाहरु सम्पन्न गरीसकेको छ । यसै क्रममा हालै मात्र दोलखा जिल्लामा एउटा बृहत अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला सम्पन्न गरियो । मदन घिमिरे, दिपक श्रेष्ठ, दयाराम दाहाल, शोभित बस्नेत, रामराजा दाहाल, रामजी लामिछाने जस्ता नियमित रुपमा चलचित्र बनाउ“दै आएका कोही पनि निर्देशक यस्ता कुनै पनि कार्यशालामा सहभागी भएको देखिंएन भने शिव रेग्मी, उज्जव घिमिरे, नरेश पौड्याल जस्ता केही निर्देशकहरु भने विगतका केही कार्यशालामा सहभागी भए पनि यसपालि सहभागी भएनन् । “केही नाम चलेका निर्देशकहरु सहभागी भएर आङ्खनो सोच परिवर्तन र कथा वाचनको नया“ शैली बारेको अनुभव हासिल गरोस् भन्ने उद्देश्य थियो तर उहा“हरु नआए पनि सुदर्शन थापा जस्ता युवा निर्देशक देखि लिएर युग पाठक, झलक सुवेदी, हरि रोका आदि श्रष्टाहरुको सहभागिताले गर्दा दोलखामा सम्पन्न वर्कशप अति नै सफल सावित भयो”, आयोजक संस्थाका अध्यÔ के.पी. पाठक भन्छन् ।
अन्तर्राष्ट्रिय ख्याती प्राप्त चलचित्र सर्जकहरुलाई स्रोत व्यक्ति बनाइएकोले अन्तर्राष्ट्रिय फिल्म वर्कशपको संज्ञा दिईएको यस्तो कार्यशालामा गत वर्È भारतका ख्याती प्राप्त व्यक्तित्व गोविन्द निहलानी लगायत के.एन.टी. शास्त्री र कोरियाका किम डोंग बिन स्रोत व्यक्तिका रुपमा रहेका थिए भने यसपालि भारतका चलचित्रको श्रीवृद्धि अभियानका लागि रहेका प्रेमेन्द्र मजुमदार, फ्रान्समा चलचित्र अध्यापन गराउने ड्रागान मिलिन्कोभिक र कोरियाका विख्यात सिनेमाटोग्राफर युन टेक चोय् स्रोत व्यक्तिका रुपमा रहेका थिए ।
नेपाली चलचित्रको कथावाचनमा पुनः संरचनाको उद्देश्य बोकेर आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाको मुख्य पÔ भनेको दोलखा जिल्लाका जीवन शैलीलाई अध्ययन गरी त्यही परिवेशमा चलचित्र बनाउने रहेको थियो । यही उद्देश्य अनुरुप सहभागी समुहहरुले विभिन्न सात वटा छोटा चलचित्रहरु निर्माण्ँ सम्पन्न गरेको मात्र नभई कार्यशालाको अन्तिम दिन प्रर्दशन पनि गरिएको थियो । वर्कशपका सहजकर्ताका रुपमा रहेका मनोज पण्डितका अनुसार नेपालमा यो यस प्रकारको पहिलो कार्यशाला हो भन्ने देखिन्छ । वर्कशपका सहभागीहरुले बनाएका लघु चलचित्रहरु मध्ये उत्कृष्ट ठहरिएको एउटा चलचित्रलाई नगद पुरस्कार समेत प्रदान गरिएको यस वर्कशपमा निर्देशक सुदर्शन थापालगायत साहित्यकारहरु युग पाठक, झलक सुवेदी अनि पत्रकारहरु सन्तोÈ रिमाल र सुशील पौडेल आदि सम्मिलित टोलिले सो पुरस्कार जित्न सफल भएको थियो ।
नेपालमा चलचित्र अध्ययन र अध्यापनको परम्परा बस्न सकेको छैन । यसलाई एकेडेमिक क्वालिफिकेशनको रुपमा विकास गर्न सकिएको छैन । आधिकारीक रुपमा हालसम्म “ओस्कार कलेज अफ फिल्म स्टडिज” मात्रै त्यस्तो एउटा औपचारिक अध्ययनशाला हो भने गोपीकृष्ण्ँ मुभिजले पनि एउटा सिनेमा अध्ययनशाला खोल्ने घोÈण्ाँ गरेको छ । यसरी चलचित्र बारेको औपचारिक शिÔा हासिल गर्ने थलोको अभाव रहेको बेला यस्ता वर्कशपले ज्ञान र अनुभव बटुल्न ठूलो सहयोग पु¥याउने गर्दछ । वर्कशपका लागि स्थानीय संयोजकका रुपमा रहेका वरिष्ठ अभिनेता मदनदास श्रेष्ठ पनि यो वर्कशपले आफूलाई समेत नया“ उर्जा प्रदान गरको अनुभव सुनाउ“छन् ।
प्रेम कथामा चलचित्र बनाउ“दै आएका युवा निर्देशक सुदर्शन थापा पनि यो वर्कशपमा सहभागी भएपछि आफूले कथावाचन शैलीबारे धेरै नया“ कुरा थाहा पाएको अनुभव सुनाउ“छन् भने विगतका वर्कशपमा सहभागी भएका लेखक तथा निर्देशक रविराज अर्यालका अनुसार, “त्यस्ता वर्कशपमा बटुलिने अनुभव अनुसार हामी चलचित्र बनाउन सक्दैनौं । बनाउनका लागि निर्माता पाईंदैन । निर्माता पाए पनि बजार पाउ“दैनौं ।” यस कारण्ँले उनी यसपालिको वर्कशपमा सहभागी नभएको बताउ“छन् । विचारहरु आ–आङ्खना हुनसक्छन् । त्यस अनुसार चल्ने स्वतन्त्रता सबैलाई छ तर नेपाली चलचित्रको कथावाचन शैली बदलिनुपर्छ भन्ने कुरा भने अहिलेको ज्वलन्त समस्या हो ।
“लुट” ले देखाएको बाटो वा निर्देशक समाजको अगाडि बढाएको पाटो नै सम्पूणर््ँ कुरा होइन । यो भन्दा पृथक वा नवीन सोच छ भने त्यसलाई प्रयोगमा ल्याउनु जरुरी छ । मेरो गोरुको बाह्रै टक्का भन्ने कुरामा अडिग रह्यौं भने नेपाली चलचित्रको स्थिति अझ बिग्रिन सक्छ भन्ने कुरामा दुई मत गर्ने ठाउ“ छैन ।

वैदेशिक रोजगारमा जोखिम – सम्पादकीय

पछिल्लो समय वैदेशिक रोजगार नेपाली युवाहरुको मुख्य आकर्षणका रुपमा स्थापित बन्यो । दैनिक सरदर ३ हजार नेपाली कुनै न कुनै देशमा रोजगारीका लागि बाहिरीने गरेको कतिपय औपचारिक, अनौपचारिक तथ्याङ्कहरुले देखाउँदै आएको छ । मासिक झण्डै १ लाख नेपाली कामको खोजीमा मलेसिया, दुवई, कतार, साउदी अरब, सिङ्गापुर, अफगानिस्तान लगायतका मुलुकमा जाने गरे पनि ती देशहरुमा कामदारले बहन गर्नुपर्ने जोखिम रोक्न सरकारको कुटनीतिक प्रयास देखिदैँन । यसको ज्वलन्त उदाहरण बनेका छन् – एक नेपाली युवा मलेसियामा । मलेसियाको जोरबारु आइब्रु पासाङमाल शहरस्थित एक कम्पनीमा कार्यरत दैलेखका विनोद दर्जीको मालिकको कुटाईबाट मृत्यु भएको खबर बाहिर आएको छ । भरखरै बाहिर आएको एक समाचारका अनुसार मलेसियामा नै उर्लाबारीका एक युवा मृत अवस्थामा भेटिएका छन् । यसै साता प्रकाशित÷प्रशारित समाचारहरुका अनुसार साउदी अरबमा झापाकै उदय थापाको सवारी दुर्घटनामा परी मृत्यु भयो । उल्लेखित घटना वैदेशिक रोजगारीको शिलशिलामा नेपाली कामदारहरुले वहन गरिरहेको जोखिमका उदाहरण मात्रै हुन् । दैनिक एकदुई नेपालीले रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा ज्यान गुमाइरहेका छन् । परदेशीनु कसैको पनि रहर होइन, बाध्यता हुन्छ भन्ने कुराको हेक्का हामी सबैलाई छ, राज्यलाई छ । दैनिक दिनगुजाराका लागि चाहिने पैसाको बन्दोवस्ती मिलाउन नसक्दा, भावी सन्ततीहरुलाई सुख सयलमा राख्ने चाहना आदिका कारण नेपाली रोजगारका शिलशिलामा विदेशिन्छन् । उनीहरुले जाँदा सरकारलाई बुझाउनुपर्ने सबै किसिमका कर वा शुल्क नबुझाई गएका हुँदैनन् । एकाध मानिसहरु बाहेक अक्सर सबै नेपाली कामदारहरुले कुनै न कुनै रुपबाट सरकारलाई तिर्नु पर्ने कर वा शुल्क बुझाएर नै विदेशी रहेका हुन्छन् । त्यति मात्र होइन, उनीहरुले त्यहाँबाट पठाएको रकम परिवारले भुक्तानी लिँदा समेत निश्चित मात्रामा कर बुझाइरहेकै हुन्छन् । यसको अर्थ नेपाली कामदारले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी वहन गरेर पनि राज्यबाट पाउनु पर्ने सुरक्षा वा सेवा सुविधा पाउन नसकिरहेको अवस्था विद्यमान छ । विदेशमा कुनै कारणवश मृत्यु भएका कैयौँ नेपालीको शव समेत परिवारले पाउन सकिरहेका छैनन् । कमाईको आशामा बसेका परिवारले बदलामा आफन्तको मृत्युको खबर सम्म समयमा सुन्न नपाईरहेका छन् भने मृत्युको खबर पाए पनि शव स्वदेशमा ल्याउने र आफ्नो परम्परा अनुसार अन्त्येष्टी (दाहसंस्कार) गर्न पाइरहेका छैनन् । यो तितो यथार्थ हामीले विगत दुई दशक यता बाक्लै रुपमा भोगिरहेका छौँ । यसबीचमा कुनै पनि सरकारले यसको स्थायी समाधान खोज्न सकेको छैन । औपचारिक, अनौपचारिक भ्रमण, भेटघाट, कुराकानी र कागजमा सीमित सम्झौताहरु गर्न बाहेक सरकारले दीगो रुपमा समस्या समाधानको उपाय अवलम्बन गर्न सकिरहेको छैन । यदि राज्यले आफ्ना नागरिकहरुको जीउ ज्यान, धनसम्पत्तिको ग्यारेण्टी गर्न र आपतकालीन अवस्थामा उद्धारको काम गर्न सक्दैन भने नागरिकबाट कुनै किसिमको शुल्क वा कर लिन न्यायोचित हुँदैन । नागरिक हुनको नाताले नागरिकले राज्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दा गर्दै राज्यले भने आफ्नो दायित्व बोध गर्न नसक्नु विडम्बना हो । यस तर्पm सरकारको ध्यान जानु नितान्त आवश्यक छ । सँगसँगै नागरिक स्वयम्ले समयमै अपनाउनुपर्ने सतर्कता र सजगता तर्पm पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।