हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

अध्यक्ष जित्ने दुबै पक्षको दावी

अध्यक्षका २ उमेद्वारहरु भोट माग्दै दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समितिको नेतृत्वमा उठेका दुबै प्यानलले अध्यक्ष सहितको नेतृत्व जित्ने दावी गरेका छन् । कांग्रेस एमालेको गठबन्धन तथा एमाओबादी सहितका साना दलहरुको गठबन्धनले शुक्रबार र शनिबार भएको मतदानमा आफ्नो उमेद्वारहरुले जित्ने दावी गरेका हुन् । मतदान सकिएपछि कसले जित्ने भनेर अन्योल भइरहेका बेला गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनको पक्षमा धेरै मत खसेको भन्दै त्यस्तो दावी गरिरहेका छन् । अध्यक्षमा कांग्रेस एमालेको गठबन्धनबाट...

युवतीको हत्या गर्ने २ पक्राउ

पक्राउ परेका २ हत्याका अभियुक्तहरु काकडभिट्टा । झापाको काँकडभिट्टास्थित सिलोङ होटलमा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको चैनपुर ६ घर भई हाल काँकरभिट्टा बजारमा सिलोङ्ग होटल संचालन गरी बस्ने श्याम लामाको छोरा बर्ष २५ को विजय लामा र  काभ्रे घर भई काठमाण्डौ सुकेधारा बस्ने प्रेम तामाङको छोरा बर्ष २० को कुमार तामाङ छन् । बिर्तामोड नगरपालिका वडा नं. ०६ बस्ने मन्दिरा बि.क.लाई घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु...

दुर्घटनामा दुई सहचालकको, मृत्यु, १८ घाइते

सुनसरी । सुनसरीको भरौल र सिरहाको बडहरामाल गाविसमा ट्याक्टरले किचेर दुई जना सहचालकको मृत्यु भएको छ । सुनसरीको भरौल ५ मा शुक्रबार साँझ साढे ५ बजे अनटेष्ट ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक सुनसरी रामधुनीभासी नगरपालिका १ बस्ने २१ वर्षिय सुघम उरावको मृत्यु भएको हो । स्थानीय सर्दु खोलाबाट ढुङ्गा लिएर आउदै गर्दा उनी अचानक ट्याकटरबाट खसेपछि पछाडिको चक्काले किचेको थियो । गम्भिर घाइते भएका उनको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ७ बजे मृत्यु भएको हो । यस्तै सिरहाको बडहरामाल ४ खैर टोलस्थित खेतमा ट्याक्टरबाट माटो झार्ने...

उद्योग ब्यावसायी महासंघको क्षेत्रिय नेतृत्व चयन

दमक । नेपाल उद्योग तथा ब्यवसायी महासंघको भेलाले शनिबार दमकमा पूर्वाञ्चल क्षेत्रीय कमिटी गठन गरेको छ । नेकपा एमाले निकट ब्यवसायीहरुको महासंघको भेलाले पूर्वाञ्चल क्षेत्रीय कमिटीको संयोजकमा एलपी सावा चयन भएका छन् । भेलाले मेची र कोशीमा पनि नेतृत्व चयन गरेको छ । मेचीमा संयोजक श्रीप्रसाद मैनाली, सहसंयोजक गणेश बहादुर बस्नेतलाई चयन गरेको छ । कोशी संयोजकमा उमेश पौडेल चयन भएका छन् भने सगरमाथामा नेतृत्व चयन गर्न बाकी छ । सदस्यहरुमा भोला उप्रेती, तारा घिमिरे, सन्तोस खतिवडा, राजकुमार श्रेष्ठ, रणबहादुर खड्का, मोहनप्रकाश उप्रेती, त्रिलोचन सापकोटा, समा पौडेल,...

पाँचथरमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञ

पाँचथर । बैशाख १२ गते र त्यसपछि पटक पटक गएका भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको शान्ति तथा घाइतेहरुको स्वास्थ लाभ कामना गर्न पाँचथरको जोरपोखरीमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञको आयोजना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघ र पाँचथर वहुमुखी क्याम्पस सहित १४ वटा सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा महायज्ञ आयोजना गरिएको हो । व्रह्मयोगाश्रम सिद्धस्थल र फाल्गुनन्द मन्दिर परिषरमा आयोजित महायज्ञमा बैशाख १२ गते भूकम्प गएकै समय पारेर विहान ११ वजेर ५६ मिनेट जाँदा भुकम्पका कारण ज्यान गुमाएका व्यक्तिको आत्मा शान्तिको कामना गर्न १ हजार ८ वटा दीप...

वृद्धवृद्धाको पक्षमा धरमपुरमा बृहत भेला

झिलझिले । वृद्धावृद्धहरुलाई घृणा होइन माया र सम्मान गरौं भन्ने सन्देशका साथ जेष्ठ नागरिक समाजले शनिबार झापाको धरमपुरस्थित मंगलबारे बजारमा भेलाको आयोजना गरेको छ । भेलालाई सम्बोधन गर्दै जेष्ठ नागरिक समाज झापाका उपाध्यक्ष तथा पुर्वसासंद तारासम योङ्याले बिभेद रहित समाज स्थापना गर्न आजको आवश्यकत्ता रहेको औल्लाए । उनले वृद्धावृद्ध र अशक्त भएपछि जेष्ठ—नागरिकहरुलाई घृणा र तिरस्कृत गरिने गरेकोमा दुख्ख प्रकट गरे । समाजका अध्यक्ष खडानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहेका योङ्याले देशभरका जेष्ठ नागरिकहरु संस्थागत रुपमा एकृकित भएर...

नेता र पत्रकारलाई पितृशोक

विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापालाई पितृ शोक परेको छ । थापाका पिता हेम बहादुर थापाको ९१ वर्षको उमेरमा शुक्रवार  राती ९ बजे मृत्यू भएको हो । थापाको शवलाई शनिवार  दिउसो ११ बजे कन्काई माईमा अन्त्येष्टी गरिएको छ । थापाको शवमा उहाँका छोरा कांग्रेस जिल्ला सभापति उद्धव थापाले दागबत्ती  दिएका थिए । फोक्सोको खराबीका कारण थापाको शनिअर्जुन नगरपालिका २ स्थित निजी निवासमा शुक्रवार मृत्यु भएको थियो  । शव यात्रामा ठुलो संख्यामा कांग्रेस  कार्यकर्ताहरु सहित सभासद्हरु महेन्दा्र सुब्बा , मनकुमार गौतम , भक्त खपाङ्गीको...

भट्टराईले गरे गोठ र भुमि पुजा

दमक । भट्टराई कुल वंश प्रतिष्ठान दमक नगर शाखा समितिले शनिबार गोठ पुजा र भुमि पुजा गरेको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिशर दमक १६ मा पुजा सम्पन्न भएको हो । उभौली र उधौली गरि बर्षमा दुईपटक गरिने गोठ पुजा अहिले उभौली गरिएको हो । दमक क्षेत्रभित्र रहेको भट्टराई र अन्य गरेर १५० भन्दा धेरै परिवारको सहभागिता रहेको थियो । त्यसैगरि गत बैसाख १२ गते गएको महाभूकम्प र त्यस पछिका बारम्बार आईरहेका पराकम्पका कारण मुलुक ठुलो बिपदमा परेको र बर्खाको समयमा हुने बाढी पहिरो लगायत अनिस्टबाट मुलुकलाई जोगाउन धार्मिक बिधि अनुसार भुमि पुजा समेत गरिएको नगर शाखा अध्यक्ष...

शरणामतीमा २४ ज्येष्ठ नागरिकलाई सम्मान

सुरुङ्गा । झापाको शरणामतीमा ज्येष्ठ नागरिकहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति झापा, ज्येष्ठ नागरिक जिल्ला संघ तथा ज्येष्ठ नागरिक गाउँ समिति शरणामतिको संयुक्त आयोजना तथा प्रवासी शरणामति प्रगतिशील युवा समूहको सहयोगमा भएको कार्यक्रममा २४ ज्येष्ठ नागरिकहरुलाई नगद तथा दोसल्ला ओढाई सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष भवानी प्रसाद दाहालले जानकारी दिए । सम्मानित हुनेहरुमा काशीनाथ चुडाल, गुमानसिंह घतानी, विष्णुप्रसाद प्रसाईं, हरिमाया उप्रेती, वीरेन मेचे, अमृतमाया भट्टराई, धनबहादुर लिम्बू, कृष्णमाया...

एमालेको महारानीझोडामा नयाँ नेतृत्व

महारानीझोडा । नेकपा एमाले महारानीझोला गाउँ कमिटीको १४ औ अधिवेशनले दुर्गामणी बस्नेतलाई अध्यक्ष चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा फडिन्द्र धमला, सचिवमा भीम निरौला र उपसचिवमा कृष्ण बस्नेत सर्वसम्मत चयन हुन भएका छन् । याम बहादुर श्रेष्ठ , रामबहादुर बिक ,चन्द्रकला थापा, अनिता कटुवाल, गोमा सुवेदी, भागीरथा भुजेल , हरि पौडेल सहित २१ सदस्यीय गाउँ कमिटी चयन भएको एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ६का सचिव नगेन्द्र भण्डारीले जानकारी दिए । त्यसैगरी नेकपा एमाले दमक १६ को वडा कमिटीको १२ औं अधिवेशनले  कुवेर भट्टराई अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा...

पाँचौ पटक पनि फिफा अध्यक्षमा ब्लाटर

एजेन्सी । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे । यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो । तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए । पाँचौ पटक अत्यक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको...