हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

सिके राउत इटहरीबाट पक्राऊ-साइबर क्राइम मुद्धा

मोरङ । मधेसलाई छुट्टै राज्य बनाउन माग गर्दै आएका डा. सिके राउत इटहरीबाट पक्राउ परेका छन् । राज्य विप्लवको मुद्दा खेपिसकेका राउतलाई मंगलबार दिउँसो साढे ३ बजे प्रहरीले पक्राउ गरेको हो ।  नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोदकुमार शर्माले बताए ।  इटहरीबाट प्रशारित एरीना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तरवार्ता दिन गएका उनलाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै...

अध्यक्षका २ जनामात्र उम्मेदवार

अर्काे प्यानलको पनि उम्मेदवारको सूचि सार्वजनिक  दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक–रवि –चिसापानी (फाल्गुनन्द) सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने दाउमा २ जना अध्यक्षलाई मैदानमा उतारेर  २ वटा प्यानल अगाडि बढेको छ । अध्यक्षका ६ जना उम्मेदवारमध्ये मंगलबार ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नेतृत्व हत्याउन प्रकाश बुढाथोकी र रेवतराज पुरी (गगन)बीच प्रतिष्पर्धा हुने भएको छ  । बुढाथोकी सक्रिय कांग्रेस कार्यकता तथा महासमिति सदस्य...

आगलागीमा साढे १२ लाखको क्षति

सुनसरी । सुनसरी र सिरहामा सोमबार राती भएका आगलागीका छुट्टा छुट्टै घटनामा साढे १२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । सुनसरीको सिमरिया २ का सुरेन्द्र चौधरीको घरमा रहेको एग्रोभेट पसलमा आगलागी हुँदा १० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति ८:२० बजेतिर पसलमा बालेको मैनबत्तिबाट सल्किएको आगोले पसलसहित घर र एउटा मोटरसाइकल समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यस्तै, आगलागीबाट सिरहाको महेशपुरपतार ६ का छबिलाल शाहको भान्साघर तथा गोठ जलेर नष्ट भएको छ । सोमबार राती १० बजेतिर फुसको...

भूकम्पपछि २२ अर्ब रेमिटान्स भित्रियो

काठमाडौं । विनासकारी भूकम्प आएको एक महिना पुगेको छ । भूकम्प यता विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरुले मुलुकमा २२ अर्ब रुपैयाँ बढी रेमिटान्स पठाएका छन् । ‘रेमिटान्सको वृद्धिदर बढेको छ, जसले हामीलाई यो संकटको घडीमा पैसाको अभाव हुनबाट केही हदसम्म  भएपनि मुक्त बनाएको छ’ केहीदिन अघिको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भनेका थिए  ‘भूकम्पपछि मुलुकमा करिब २२ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।’ फागुनमा ४ प्रतिशतले बढेको रेमिटान्स चैतमा ७ प्रतिशतले बढेको थियो । बैशाख महिनामा १० देखि १२ प्रतिशतको वृद्धिदर हुने...

लायन्सद्वारा पत्रकारलाई २ सय थान त्रिपाल

काठमाडौं । लायन्स क्लव  अफ इन्टरनेशनलले भूकम्प प्रभावित पत्रकारहरुलाई वितरणका लागि नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई २ सय थान त्रिपाल तथा कम्बल लगायतका सामग्री उपलब्ध गराएको छ । लायन्स क्लवका प्रमुख भरतप्रसाद ढुङगेलले भूकम्पबाट प्रभावित पत्रकारहरुका लागि उक्त सामग्री पत्रकार महासंघ काठमाडौं शाखालाई हस्तान्तरण गरेको सचिव रामकृष्ण अधिकारीले बताए । भूकम्प आएपछि लायन्स क्लवले अहिलेसम्म १३ हजार त्रिपालको साथै ७ करोड वरावरको खाद्यान्न वितरण गरिसकेको छ । पीडितहरुको सेवामा लागेको लाइन्स क्लव अब भत्केका विद्यालय पुनर्निर्माणमा लाग्ने तयारीमा...

मिलन एफसी ’बी“ विजयी

दमक । दमक–१२ को खेल मैदानमा जारी नकआउट खुल्ला फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा मिलन एफसी ‘बी’ इस्टर्न एफसी हलेसीलाई पछि पार्दै विजयी बनेको छ ।  खेलको मध्यान्तर हुन १ मिनेट बाँकी हुँदा इस्टर्न एफसीकोतर्फवाट सुशील लिम्बुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि मध्यान्तर पश्चात कुनै गोल गर्न नसकेपछि त्यतिमै चित्त बुझाउन बाध्य हुनुपर्यो । मध्यान्तर पश्चात निकै आक्रामक खेल खेलेको मिलन एफसी ‘वी’ को तर्फवाट खेलको ११ औं मिनेट जाँदा सन्दिप लिम्बुले गोल गर्दै वरावरीमा ल्याई पुर्याएका थिए । मिलन एफसीकै तर्फवाट खेलको १९ औं मिनेट र २१ औं...

भूकम्पको पीडा भुलाउन सृजना अभियान

दमक । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पको पीडा भुलाउन पूर्वमा पनि सृजना अभियान सञ्चालन गर्ने भएको छ । झापाको दमकस्थित दमक पब्लिक लाइब्रेरीमा मंगलबार आयोजित छलफलमा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम रहेको जनाए । कार्यक्रम बालबालिकाका लागि बढी केन्द्रीत रहने छ । जेठ १५ मा इलामको चुलाचुली १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ । सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा...

विपद टार्न भूमिपूजा

दमक । मुलुकमा विपद् आइ नपरोस् भन्दै दमक ९ का बासिन्दाले ७ जना पण्डित पढाएर भूमि पुजा गरेका छन् । भूकम्प, हावाहुरी जस्ता प्राकृतिक प्रकोपले मानिसलाई दःुख नदेओस् भन्दै वैदिक बिधि अनुसारले पण्डित लगाएर पूजा गरेका हुन् । चियावगान क्षेत्रमा भूमिपूजा समितिले देशमा खण्डवृष्टि, अतिवृष्टि अनावृष्टि नहोस् भनेर वडाबासी भेला भई हिन्दु धर्मशास्त्र अनुसार पूजा गरेको संयोजक गोविन्दराज न्यौपानेले बताए । गत बैशाख १२ र २९ गते गएको भूकम्पमा परी घाईते भएका , मानसिक तनावमा रहेका नागरिकहरुको शान्तिको  कामना  गदै...

यूनियनद्वारा दीप प्रज्वलन

दमक । प्रेस युनियन माई पश्चिम झापाले मंगलवार दमकको गणतन्त्र चोकमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरी दिप प्रज्वलन गरेको हो । भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा र युनियनको स्थापना दिवसको अवसरमा भएको दिप प्रज्वलनको शुभारम्भ  नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले गरेका थिए...

घर घरमा ‘किचन बम’

-  तेजबन विश्वासी सुनसरी ।  नियमनकारी निकाय आफैमा चुप लागिदिँदा र स्थानीय उपभोक्ताहरु समेत सचेत नहुँदा नेपाल सरकारले विक्री वितरणमा प्रतिबन्ध लगाएको साना आकारको सिलिन्डरहरु पुन पूर्वका बजारहरुमा देखिन थालेका छन् । बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशाशन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु भूकम्प पीडितलाई राहत बाँढ्न गएको मौका छोपी व्यापारीहरुले साना आकारका सिलिण्डरको विक्री वितरणलाई तीव्रता दिएका छन् । पटक पटक व्यापारीहरुलाई साना आकारको सिलिण्डर विक्री वितरण नगर्न सम्बन्धित निकायहरुले...