हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

आफ्ना जिताउन सबै दौडधुपमा

दमक । दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको नेतृत्व चयनका लागि शुक्रबार मतदान शुरु भएको छ । पहिलो दिनको मतदान इलामको बाझोको खलङ्गे स्कुलमा भएको छ । त्यहा भएको मतदानमा १ सय ३७ मत खसेको निर्बाचन समितीका सदस्य लिला गुरागाईले जानकारी दिए ।  बिहान ८ वजेदेखि शुरु भएको मतदान दिउसो ४ वजे सकिएको थियो ।  मतदान केन्द्रमा २ सय ६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ  । खलंगे स्कुलको मतदान केन्द्रमा खसेको मत सिलबन्दी गरेर साझ दमक ल्याएर  इलाका प्रहरी कार्यालयमा राखिएको छ । दोस्रो दिनको मतदान आज दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको...

चतरामा तयार भयो कोसी ब्यारेजको विकल्प

सुनसरी । कोसी व्यारेजको विकल्प सप्तकोसीमा अर्को पक्की पुलको निर्माण गरिएको छ । सुनसरीको चतराघाट र उदयपुरको मैनामैनी जोड्ने पक्की पुलको निर्माण ९८ प्रतिशत पूरा भएको छ । तोकिएको समय आगामी जुन ३० मै पुल निर्माण पुरा गरी उद्घाटन गरिने जानकारी कम्पनी कालिका कन्ट्रक्सनले प्रालिले दिएको । चतरामा पुल बनेपछि सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र दर्शन गर्न आउने तीर्थालुलाई समेत सहज हुने छ । पूर्व–पश्चिम राजमार्ग जोड्ने कोसी व्यारेजको विकल्पका रुपमा यो पुल बनाइएको हो । पुलको ९८ प्रतिशत निर्माण पूरा...

शान्ति सुरक्षा मजबुत पार्न छलफल

दमक । दमकको दक्षिणी भेगको शान्ति सुरक्षालाई मजबुत पार्ने बिषयमा दमक १८ मा शुक्रबार छलफल भएको छ । सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्र दमकद्धारा आयोजित कार्यक्रममा घरेलु हिंसा, यौनदुब्र्यवहार , लागुपदार्थ, साधसिमानाको झगडा लगायतका विषयमा छलफल गरेको हो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी ईश्वर कार्कीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफु लागिपरेको र त्यसमा नागरिकले सहयोग गर्नु पर्ने बताए । सहभागी मध्येकी डुकादेवी निरौलाले घरभित्र हुने घरेलु हिंसा पिडितले न्यायका लागि कहाँ गएर उजुरी दिने भन्ने प्रश्नमा  कार्कीले प्रहरी कार्यालयमा आएर उजुरी...

बिद्यार्थीको खाजा खर्च भूकम्पपिडीतलाई

बिर्तामोड । भूकम्प पीडितलाई राहतका लागि विद्यार्थीले खाजा खर्च कटाई १७ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । झापाको दक्षिणी गाविस महाभारामा रहेको जनकल्याण निमावि र पाँचगाछीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीले पीडितलाई सहयोगका लागि एक दिनको खाजा खर्च सहयोग वापत बुझाएका छन् । जनकल्याणका विद्यार्थीले ५१० र त्रिभुवनका विद्यार्थीले १२ सय ८५ बुझाएका हुन् । संकलित रकम पूर्वविद्यार्थी प्रदीप परियारले संयोजन गरेर जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवम् प्रजिअ तेजप्रसाद पौडेललाई शुक्रबार बुझाएका छन् ।  प्रजिअ पौडेलले झापामा पहिलोपटक विद्यार्थीबाट...