आयस्तर बढाउने बेमौसमी खेती


शिवगाज÷बेमौसमी तरकारी खेतीमा महिला कृषकहरुलाई आकर्षित गराउन कार्यक्रम सुरु भएको छ । झापाको कन्काई िसंचाई आयोजना क्षेत्रका उपभोक्ताको आयस्तर बृद्धिका लागि कार्यक्रम शुरु भएको हो ।
पूर्वााचल िसंचाई विकास डिभिजन नम्बर-१ झापाले सोका लागि पाँचगाछीमा यस क्षेत्रका शिवगाज पाँचगाछी बैगुन्धुरा माहाभारा सतासीधाम लगायतका आधा दर्जन गाविसका १ सय २ जना कृषक महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरिरहेको छ । चार चरणमा ति महिलाहरुलाई प्रदान गरिने तालिम माघ-११ गतेसम्म चल्ने कन्काई नहर जल उपभोक्ता संस्थाका अध्यक्ष सुर्यनारायण ताजपुरीयाले जानकारी दिए ।
स्थानीय महिलाहरुले नहरको उपभोग गरेर आयस्तरमा बृद्धि गर्न सकुन् भन्ने उद्देश्यले तालिम शुरु गरिएको कार्यालयका ुएसोसिएट अर्गनाइजरु गोपाल पौडेलले जानकारी दिए । तालिममा जिल्ला कृषि विकास कार्यालय झापाका बागबानी अधिकृतद्वय बद्री पौडेल र सुर्यनारायण
यादवले बेमौसमी तरकारी खेती सम्बन्धी सहजीकरण गरेका छन् ।
यस्तै पूर्वााचल िसंचाई विकास डिभिजन नम्बर-१ झापाका प्राविधिक प्रदीप बान्तवाले िसंचाई व्यवस्थापनबारे जानकारी गराइरहेका छन् ।

0 प्रतिकृया:

Post a Comment