हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण – मुख्य समाचार

प्रहरी र पूर्व जनसेनाद्वारा उद्दार

काठमाडौं, ६ साउन/एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्न बारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक–अर्का पक्षका शीर्ष नेताहरूमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्यूरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए ।
आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार–प्रसार उपसमिति संयोजक विश्वभक्त दुलालले भने –‘सामान्य विषयमा सुरु भएको विवाद, तानातान र हानाहानको स्थितिमा पुगेको हो । ’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरु भयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्ने बित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिइन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरूले छेकेका कारण्ँ प्रभाकरको हात बाबुराममाथि पर्न पाएन ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधर नेताहरूले चर्को विरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरू असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरूलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

बिप्पाले भट्टराई हैरान
काठमाडौं, ६ साउन/पार्टी भित्र आवश्यक छलफल नै नगरी भारत भ्रमणका बेला बिप्पा सम्झौता गरेर आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विस्तारिक बैठकमा यहि विषयले हैरान पारेको छ ।
पार्टीमासँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष भट्टराईलाई पदमा बसेदेखि आलोचना गर्दै बिप्पा सम्झौतापछि त सडकमै झरेर विरोध गरेको थियो ।
बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रक्रियासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरित कदम चालेको आरोप वैद्य पक्षले लगाउँदै आएका छन् ।
राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरूले बिप्पाको कुरालाई उस्तै जोडतोडले उठाउन थालेपछि उनी तनावग्रस्त बन्दै गएका छन् ।
अध्यक्ष प्रचण्डको प्रदिवेदनमा बिप्पा सम्झौता ठीक वा बेठीक हो भन्ने बारे प्रष्ट कुरा उल्लेख नभएको भन्दै विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूले असन्तुष्टी जनाएका छन् ।
पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराईले बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहे पनि अध्यक्षको प्रतिवेदनमा यसबारे केही उल्लेख छैन ।
विस्तारित बैठकमा विप्पाको कुरा उठाएर भट्टराईको आलोचना हुन थालेपछि प्रधानमन्त्री पत्नी हिसिला यमीले भने बिप्पा सम्झौताको पुस्तिका नै बोकेर बाँड्दै हिँडेकी छिन् । शुक्रबार उनले बैठक स्थलमा पुस्तिका लगेर बाँडेकी हुन् । उनले छोरीको रातो झिल्को नाम गरेको जर्नल र विप्पाको पुस्तिकासँगै लगेर कार्यकर्तालाई बाँडेको बैठकमा सहभागी एक नेताले बताए । बिप्पा बारेको भ्रम हटाउन भन्दै उनले यसो गरेकी हुन् ।
यस्तै विस्तारित बैठकमा सहभागी प्रचण्ड पक्षधर नेताहरूले गृहकार्य नै नगरी समायोजन प्रक्रिया थालेको भनेर पनि भट्टराईको आलोचना गरेका छन् । पूर्व लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा पहिल्यै उमेर र शिक्षाबारे प्रष्ट अडान नलिँदा अहिले प्रक्रिया अवरुद्ध भएको उनीहरूको भनाई छ ।

कमाण्डरलाई ४ वर्ष जेल

पाँचथर, ६ साउन/जिल्ला प्रशासन कार्यालय पाँचथरले गत वर्षअघि हतियार सहित पक्राउ परेका भूमिगत लिम्बुवान राष्ट्रिय परिषद् (स्वतन्त्र) का कमाण्डर (अध्यक्ष) राजेन्द्र सिगूलाई ४ वर्ष काराबास र ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले भूमिगत समूहका नेतालाई हात हतियार तथा खरखजानाको मुद्दामा उक्त सजाय गरेको हो ।
प्रहरीका अनुसार प्रहरीले गत वर्षको जेठ १७ गते सिगूलाई उनको पञ्चमी–६ को घरबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली, धनुषकाँण र तीर सहित पक्राउ गरेको थियो । जिल्ला प्रशासनको आदेशले थुनामा रहेका उनले भूमिगत समूहको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा उठाउने गरेका थिए ।

इलाममा बल्ल ६० प्रतिशत रोपाईँ सकियो

इलाम, ६ साउन/पानी नपरेपछि साउन लागिसक्दा समेत इलामका सबै किसानले अझै धान रोप्न पाएका छैनन् । पानी नपरेकाले इलाममा अहिलेसम्म ६० प्रतिशत मात्र धान रोपाइ“ सकिएको छ । अघिल्लो बर्È समयमा नै मनसुन हु“दा असार मसान्त सम्म ८० प्रतिशत रोपाइ“ सकिएकोमा यस पटक भने मनसुनकै कारण्ँ ढिला भएको हो ।
समयमा समयमा पानी नपरेका कारण अझै रोपाई गर्न नसकिएको सोयाङ्ग–६ का किसान दाताराम सञ्जेलले बताए । वर्षेनी एक मुरी वीउको धान रोप्दै आएका उनले पानी नभएकै कारण हालसम्म रोपाईको सुरसार नभएको बताए ।
त्यस्तै माई, जोगमाई, पुवामाई, रतुवा आसपासका बेंसीहरू र दक्षिणी गाविस दानाबारी, चुलाचुली, महमाई, बा“झो, इभाङ्गलगायतका पनि रोपाईं हुन नसकेको किसानहरूले बताएका छन् । कतिपय खेतहरूमा मकै निकाले मात्र रोपाई गरिने भएकाले पनि धान रोप्न ढिला भएको बताईको छ ।
साउनको पहिलो हप्तासम्म पनि रोपाई आधा मात्र सकिनु दुर्भाग्य हो । यसले धान उत्पालनलाई पक्के असर पु¥याउने किसानहरू बताउ“छन् ।
इलाममा १४ हजार आठ सय हेक्टर जमिनमा धान खेती हु“दै आएको छ । जसमध्ये करिव सात हजार हेक्टरमा रोपाई सकिएको जिल्ला कृÈि विकास कार्यलयले जनाएको छ । जिल्लामा आधा खेतमा मात्र सि“चाई सुविधा छ । धेरै ठाउ“मा धान रोप्न किसानहरूले आकासे पानीको भर पर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र मल्ले बताए । जिल्लामा मुख्यगरी मन्सुली, भाले मन्सुली, राधा १७, राधा १२, बासमति, मिथिला, सावित्री, जातका धान लगाईने गरिन्छ ।
देशभर मलको अभाव भईरहेका बेला इलाममा भने मल अभावको खासै असर पारेन । धेरै किसानहरूले गोबर मल नै प्रयोग गर्ने गरेकाले रासायनिक मल नहु“दा पनि खासै प्रभाव नपारेको कार्यालयका अधिकृत मल्लले जानकारी दिए ।
समयमा नै पानी नपरेपछि निरास बनेका किसानहरू यतीबेला मनशुन सक्रिय हुनसाथ खेत–खेतमा देखिएका छन् । साउन लागिसक्दा पनि किसानहरू धान रोप्न व्यस्त छन् ।

‘मुलुकको समृद्धिका लागि सहकारी’

दमक, ६ साउन/देशका विपन्न वर्गलाई आर्थिक रुपले समृद्ध बनाएर मुलुक निर्माण गर्नु नै सहकारीको मुख्य अभियान भएको शुक्रबार झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
गृहणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक–११ को प्रारम्भिक साधारणसभामा बोल्दै उनीहरुले सहकारीमा इमान्दारिता, पारदिर्शता र लगनशीलताको आवश्यकता पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेत, जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक चुडामणि ओझा, सहकारीकर्मी पुष्पप्रभा घिमिरे लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण तिम्सिनाको अध्यक्षतामा  कार्यक्रममा सम्पन्न भएको थियो । संस्थामा ४ सय बढी महिला शेयर सदस्यहरु रहेका बताइन्छ ।

मन्दिरबाट मिश्र हटाइए

लखनपुर/औँशीमा गोरु जोतेर धार्मिक अवहेलना गरेको भन्दै लखनपुर–१ सितापुरीस्थित लक्ष्मीनारायण मन्दिरमा पीडित राघविन्द्र मिश्र निकालिएका छन् । करिब ४ वर्षदेखि मन्दिरको दैनिक पुजापाठ गरिआएका पण्डित मिश्रले बिहीबार आफ्नो खेतमा गोरु जोतेको आरोप लगाउँदै उनलाई मन्दिरका पुजापाठबाट हटाइएको मन्दिरका अध्यक्ष लेखनाथ गौतमले जानकारी दिए । मन्दिरका दाता, गाउँलेहरूको शुक्रबार बसेको भेलाले पण्डित मिश्रले धार्मिक अवहेलना गरेकाले नियमानुसार हटाइएको गौतमको भनाई छ । ४÷५ वर्षदेखि स्थानीयस्तरमा सञ्चालनमा आएको सो मन्दिर स्थापना गर्न दाता जानुकादेवी निरौलाले १२ कठ्ठा जग्गा दान गरेका थिए ।

सिंहदेवीको साधारणसभा

दमक, ६ साउन/झापाको दमक–१ स्थित सिंहदेवी सहकारी संस्था लिमिटेडले शुक्रबार साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मित्रप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी खेमनाथ दाहाल, दमक नगरपालिका टोल विकास सञ्जालका प्रतिनिधि भरतमणि चुडाल, डाँडागाउँ टोल विकास संस्थाका सचिव पदम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा अािर्थक वर्ष २०६८÷६९ को आर्थिक प्रतिवेदन लेखा संयोजक निर्मला दाहाल (गुरागाई) ले प्रस्तुत गरेकी थिइन् भने संस्थाको आय–व्यय सचिव दीपक बरालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट कार्य गर्ने कर्मचारी र सहयोगी पदाधिकारीहरु लगायतलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच शुक्रबार नै सहकारी संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । मित्रप्रसाद पराजुलीको अध्यक्षतामा गठित ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः हेमलता प्रधान, दीपक बराल र गोमा ढकाल छन् भने सदस्यहरुमा राजन अधिकारी, पदम न्यौपाने, कमला अधिकारी, लक्ष्मी कडुवाल, सीता चुडाल छन् ।
त्यस्तै लेखा समिति संयोजकमा भरतमणि चुडाल र सदस्यहरुमा केशव गौतम र धनकुमारी बेघा छन् । सो कार्यक्रममा सञ्चालन सचिव दीपक बरालको रहेको थियो ।

धनेश्वरको वार्षिकोत्सव

दमक, ६ साउन/झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो । दमक÷झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो ।

मालपोतमा राप्रपा नेपालको ज्ञापन पत्र

दमक, ६ साउन/मालपोत कार्यालय दमकमा सेवाग्राहीले चर्को सास्ती खेप्नु परेको भन्दै सुधारका लागि राप्रपा नेपालले शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
संगठनका नगर अध्यक्ष थापाले सेवाग्राहीका गुनासा सम्बोधन गर्न विभिन्न मागहरू अघि सार्दै कार्यालयका प्रमुख डा. बच्चुराम कार्कीलाई त्यस्ता माग पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन अध्यक्ष थापा सहित पार्टीका केन्द्रीय सदस्यहरूमा राम थापा, धनेन्द्र सुब्बा लगायत रहेका थिए । सो अवसरमा ज्ञापन पत्र बुझ्दै प्रमुख कार्कीले
 सेवाग्राहीका गुनासा हटाउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाएका थिए । यस्तै पार्टीले नापी दमकमा समेत केही दिन अघि सेवा प्रणालीमा गुनासा आएको स्मरण गराउँदै तत्काल सुुधार गर्न ज्ञापन पत्र बुझाएका पार्टीका केन्द्रीय सदस्य थापाले जानकारी दिए ।

बन्दी रिहाइका लागि गुहार

दमक, ६ साउन/भुटानको जेलमा रहेका एकजना कैदीलाई रिहाइ गर्न आफन्तले विदेशबाटै पहल थालेका छन् ।
भुटानको चेम्गाङ जेलमा रहेका खगेन्द्र खनाललाई रिहागर्न अपिल गर्दै क्यानडामा पुनर्वासमा गएका आफन्तले अन्तराष्ट्रिय रेडक्रस मार्फत पहल गरेका हुन् ।
क्यानडामा रहेका मामा यादव न्यौपाने र दिदी दुर्गा भट्टराइले क्यानेडियन रेडक्रस मार्फत पहल थालेका हुन् । मामा यादवले रेडक्रस मार्फत जेलमा चिठी समेत पठाइएको टेलिफोनमा बताए ।
रेडक्रसले खनाललाई रिहा गर्न पहल समेत थालेको छ । उनी सन् २००८ मा पक्राउ परेका थिए ।

रतुवामा दैनिक विवाद

दमक, ६ साउन/मर्मत भइरहेको झापाको रतुवा पुलमा दैनिकजसो झगडा तथा विवाद हुन थालेको छ ।
त्यहाँको सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समेत हम्मे–हम्मे भएको छ । एकतर्फी रुपमा यातायातका साधन सञ्चालन गर्नुपर्ने र एकैपटक सवारी साधनको लाम लाग्दा सुरक्षा व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरि खतिवडाले रतुवा पुलमा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको बताउँदै त्यहाँ हरहमेशा प्रहरी परिचालन गर्न जनशक्ति कम भएको जानकारी दिए ।
पुलमा केही समय पहिले ट्राफिक प्रहरीको मोबाईल लुटिएपछि दुई दिनसम्म सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यातायात व्यवसायी र यात्रुबीच समेत पुल पार गर्ने विषयमा विवाद हुन थालेपछि थप कठिनाई भएको प्रहरीको भनाई छ । सडक कार्यालयले भने पुल मर्मतको काममा थप केही दिन लाग्ने स्पष्ट गरेको छ ।

मोरङमा वृक्षारोपण शुरू

उर्लाबारी, ६ साउन/मोरङमा जंगल अतिक्रमण गरी आवादी गरिएको करिव ५ हजार हेक्टर जमिनमा वन विस्तार गर्न योजनावद्ध वृक्षारोपण सुरु गरिएको छ ।
यस वर्ष एक सय हेक्टर बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने जिल्ला वन कार्यालय मोरङको तयारी छ । जलवायू परिवर्तनको असरबाट बच्न र वातावरण संरक्षणका लागि सरकारले जंगल क्षेत्रलाई २९ प्रतिशतबाट बढाएर ४० प्रतिशत पु¥याउने लक्ष्य अनुसार मोरङमा यस वर्ष वृक्षारोपणलाई व्यापकता दिइएको हो । मोरङ उर्लावारी–४ स्थित सुनझोडा सामुदायिक वनमा अतिक्रमण भएको ८० हेक्टर जमिन मध्ये ४० हेक्टर अर्थात ६० विघा जमिनमा वन महोत्सव नै आयोजना गरी वृक्षारोपण भइरहेको छ ।     स्थानीय सामुदायिक वनको अग्रसरतामा जिल्ला वन कार्यालयले गत वर्ष ४० र यो वर्ष ४० गरी ८० हेक्टरमै वृक्षारोपण भएको छ । यस वर्ष मोरङमा करिव २ लाख नयाँ विरुवा रोप्ने तयारी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । निजी वन र सरकारी वनमा नयाँ विरुवा रोपिने कार्यालयले जानकारी दिएको छ ।     जिल्ला वन कार्यालय मोरङले पहिलो चरणमा अतिक्रमण भएको तर वस्ती नबसेको जंगल क्षेत्रमा वन विस्तार योजना अघि बढाएको हो । सजिलोबाट अप्ठ्यारोमा जाने नीति अनुसार पहिलो चरणमा त्यस्ता स्थानमा वृक्षारोपण गर्ने जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले जानकारी दिए ।
उनले दोस्रो चरणमा खेती लगाएका र साना झुपडी बनाएर बसेकाहरूलाई हटाउने र तेस्रो चरणमा
राजमार्ग र त्यस  परिपरि पक्की भवन बनाएर अतिक्रमण गरेकाहरूलाई हटाएर वन क्षेत्र विस्तार गर्ने योजना रहेको बताए ।
अधिकृत बरालले राजनीतिक दलहरूको सहयोग भएमा जिल्लामा भएको ५ हजार हेक्टर अर्थात करिव ८ हजार बिघा जमिनबाट दुई वर्ष भित्र अतिक्रमण हटाउने बताए ।
मोरङमा करिव ५५ ओटा वन समुदायलाई हस्तान्तरण गरिएको छ । मोरङको कूल ५५ हजार ५ सय हेक्टर वन क्षेत्र मध्ये ५ हजार हेक्टर भन्दा बढी अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।

प्रवेश शुल्क लिएको विरोधमा तालाबन्दी

दमक, ६ साउन/क्याम्पसले उच्च शिक्षाका लागि भर्नामा आउने विद्यार्थीहरूसँग प्रवेशका नाममा शुल्क उठाएको भन्दै शुक्रबार दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । प्रशासनले एकलौटी ढङ्गले विद्यार्थीहरूसँग प्रवेश परीक्षाको लागि भन्दै रकम असुली कार्य अघि बढाएपछि अनेरास्ववियुले सहमति पालनाको विरोधमा तालाबन्दी गरेका संगठनका दमक क्याम्पस इकाई अध्यक्ष सुमन बञ्जाराले जानकारी दिए । संगठनले सातादिन भित्र माग सुनुवाई नभए थप आन्दोलन गरिने चेतावनी दिएका छन् । प्रशासनले सहमति विपरित निर्णय गरेको विरोधमा गत असार २८ गते
 नै स्मरण पत्र बुझाए पनि सो बारे प्रशासन गम्भीर नबनेकाले समस्या समाधानका लागि पहिलो चरणमा क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२ हजार बढी व्यापारी कार्बाहीमा

विराटनगर, ६ साउन/अवैध रुपमा नापतौलको कारोबार गर्ने र समयमा नापतौल यन्त्रको नवीकरण्ँ नगराई उपभोक्ता ठगी गर्ने पूर्वाञ्चलका २ हजार २ सय ६७ औद्योगिक एवम् व्यवसायी प्रतिष्ठानलाई गुण्ँस्तर तथा नापतौल Ôेत्रीय कार्यालय विराटनगरले कार्बाही गरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्È २०६८÷६९ मा पूर्वाञ्चलको १६ जिल्लाका सहरी तथा बजार र ग्रामीण्ँ Ôेत्रमा गरिएको अनुगमनबाट नापतौलमा अनियमिमता देखिएपछि कार्बाही गरिएको हो । कारबाहीमा पर्नेहरूमा तरकारी व्यवसायी र किराना पसलदेखि ठूला उद्योग समेत रहेका छन् ।
कार्यालय प्रमुख शशिभूÈण्ँ यादवले सीमित स्रोत र साधनका बाबजुद विभिन्न स्थानमा टोली खटाई ४ हजार १ सय ५६ व्यवसायी तथा उद्योगीको नापतौल पुनः जा“च नवीकरण्ँ गरिएको जानकारी दिए ।
साथै कार्यालयले ६१ व्यवसायीलाई नापतौल सम्बन्धी नया“ जा“च इजाजतपत्र वितरण्ँ गरेको तथा १ हजार २ सय २३ व्यवसायीलाई नापतौल अनुमतिपत्र
प्रदान गरेको जनाएको छ । यसैगरी, यस वर्È पूर्वाञ्चलका २ सय १४ पेट्रोलपम्पको जा“च गरी अनुमतिपत्र नवीकरण्ँ गरिएको छ ।
ती कारोबारबाट कार्यालयलाई १६ लाख ६४ हजार २ सय रुपैया“ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गएको वर्ष झापामा ७६ को मृत्यु

बिर्तामोड, ६ साउन/गएको वर्ष झापामा ७६ जनाको सडक दुर्घटनाका कारण ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गएको वर्ष ०६८÷०६९ मा जिल्लाका जिल्लाका विभिन्न क्षेत्रमा भएका २ सय १४ सडक दुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ । गत वर्ष ०६७÷०६८ मा भने जिल्लामा २ सय २९ ओटा दुर्घटनामा ८२ जनाको ज्यान गएको थियो ।
जिल्ला कार्यालयका ट्राफिक प्रहरी हवल्दार याम खड्काका अनुसार गएको वर्षमा ४३ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । सो अवधिमा २७ हजार १ सय ९९ ओटा ट्राफिक नियम उल्लंघन गर्न सवारी साधनहरूलाई कारवाही गरी ४३ लाख ५५ हजार ७ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष ०६८÷०६९ को तुलनामा ६ लाख बढी राजस्व वृद्धि गरेको हवल्दार खड्काले जानकारी दिए । अघिल्लो वर्षमा २५ हजार ५ सय ७३ ओटा सवारी साधनलाई कारवाही गरी ३७ लाख ३ हजार ४ सय ७५ रुपैयाँ उठाएको थियो ।
हाल जिल्लामा जिल्ला ट्राफिक कार्यालय
 सहित ११ ओटा युनिट सञ्चालनमा छ । पछिल्लो पटक गौरादह, बुधबारे क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट राखिएका छन् ।
यसैगरी, इलाममा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०६८÷०६९ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या २७.२७ प्रतिशत घटेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार आव ०६८÷०६९ मा ३९ दुर्घटनामा परि १६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १० जना पुरुÈ, ४ महिला र  २ बालबालिकाले ज्यान गुमाएका हुन् । अघिल्लो वर्ष विभिन्न ५१ दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ जना पुरुÈ,  २ महिला र २ बालबालिका थिए ।
त्यसैगरी अघिल्लो वर्षको तुलनामा दुर्घटनामा परि गम्भीर घाइते हुनेको सङख्या घटेको छ । गत वर्ष ७५ जना गम्भीर घाइते भएकामा आव ०६८÷६९ मा २७ जना रहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा २१ जना पुरुÈ र ६ महिला गम्भीर घाइते भएका हुन् ।
कार्यालयका अनुसार ट्राफिक नियम सम्बन्धी जनचेतना र ट्राफिक नियमलाई कडाईका साथ पालना गराएपछि दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कार्बाही गर्न थालेपछि इलाममा यस्तो संख्या घट्न थालेको ट्राफिक प्रमुख डम्बरबहादर थापाले बताए ।
१७ गते सिगूलाई उनको पञ्चमी–६ को घरबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली, धनुÈका“ण्ँ र तीर सहित पक्राउ गरेको थियो । जिल्ला प्रशासनको आदेशले थुनामा रहेका उनले भूमिगत समूहको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा उठाउने गरेका थिए ।

पहिरोले दुई घर विस्थापित

ताप्लेजुङ, ६ साउन/ताप्लेजुङ बिहीबार राति गएको पहिरोले ताप्लेजुङको मेहेले गाविस–९ का दुई परिवार विस्थापित भएका छन् । घरमाथिबाट झरेको पहिरोले बीरबहादुर राई र भीमकुमार राईको परिवार विस्थापित भएका हुन् । उनीहरू छिमेकीकोमा शरण्ँ लिएर बसेको स्थानीय दिपेन्द्र कडरियाले बताएका छन् ।

करेन्ट लागेर मृत्यु

उर्लाबारी,६ साउन/करेन्ट लागेर शुक्रबार अपरान्ह मोरङको बयरवन–८ का ३० वर्षीय डम्बर श्रेष्ठको मृत्युु भएको छ ।
विद्युतको नाङ्गो तारबाट फ्याक्सिबल तार जोडेर स्थानीय दही खोलामा करेन्ट लाएर माछा मार्ने क्रममा अपरान्ह २ बजे श्रेष्ठको मृत्युु भएको स्थानीय पूर्ण बोहोराले जानकारी दिए ।

विपी स्मृति दिवस मनाइ“दै

दमक,६ साउन/तिसौं बिपी स्मृति दिवशको सन्दर्भ पारेर नेपाली कांग्रेस दमक नगर समितिले नगरका सबै १९ वटा वडामा कार्यक्रम गर्ने तय गरेको छ ।
नगरसभापति ढुण्डीराज भण्डारीका अनुसार भोलि वडा नम्बर १५ मा वडा पार्टी कार्यालय उद्घाटन हुने छ ।
यसैगरी अन्य वडा पार्टी कार्यालयले पनि
 स्मृति दिवश तथा अन्य कार्यक्रम हुने तय भएको छ । वडा नम्बर ८, १४, १८ र १९ मा बाहेक अन्य वडाहरूमा वडा पार्टी कार्यालय स्थापना भइसकेको पार्टीले जनाएको छ ।

‘पाइलट बन्छु’ - तोतेबोली

तिम्रो नाम के हो ?
Þमेरो नाम हिस्टन पौडेल हो ।
कुन स्कुल र कतिमा पढ्छौँ ?
Þम सर्वोदय विद्यालयको कक्षा एलकेजीमा ।
तिम्रो बुवा आमाको नाम के हो ?
Þबुवाको नाम विष्णु र आमाको नाम दुर्गा हो ।
तिम्रो बुवा र आमा के काम गर्नु हुन्छ ?
Þबुवा नगरपालिकामा र आमा घरमा काम गर्नुहुन्छ ।
तिमीलाई कुन किताब पढ्न मन लाग्छ ?
Þमलाई ‘म्याथ’ मन लाग्छ ।
तिम्रो स्कूलमा मिल्ने साथी को हुन् ?
Þनिशन हो ।
तिमी घरमा झगडा गर्छौ रे हो ?
Þहोइन नि ।
स्कूलदेखि घर आएपछि के–के गर्छौ ?
Þलुगा फेर्छु, खाजा खान्छु अनि होमवर्क गर्छु
होमवर्क पछि ?
Þटिभी हेर्छु , टिभीमा टोम एण्ड जेरी मन पर्छ ।
पछि ठूलो भएर के बन्छौ ?
Þपाइलट बन्छु ।
पाइलटले के काम गर्छ थाहाँ छ ?
Þआकाशमा जहाज उडाउँछ ।

केबुलकारको कथा

कार्तिकेय घिमिरे
नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है ।
मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको हो । मानिसहरु नेपालमा मलाई मनकामना केबुलकारको नामले चिन्छन् । मलाई एसडब्लु कमपनीले बनाएको हो । पहिलो सुरुमा नेपाल आउँदा म निक्कै डराएको थिएँ । ठूला–ठूला पहाड माथिबाट दौडदा मेरो जिउ नै सिरिङ् हुन्थ्यो । अहिले मलाई बानी परिसक्यो । मनकामना मन्दिरको दर्शन गर्न जाने यात्रु बोकेर वारिपारी गर्न मलाई निक्कै मज्जा आउँछ ।
दिनदिनै थुप्रै मान्छे मेरो जिउमाथि चढेर मनकामना मन्दिर जान्छन् । म एक पटकमा ४५० किलोसम्मका ६ जना मान्छेलाई बोक्न सक्छु । मान्छेहरु म माथि चढेर निकै रमाउँछन् । कति मान्छेहरु त आहा ! केबुलकार चढ्दा त प्लेन चढे झै रमाइलो हुँदोरहेछ भनेर एकदमै रमाउँछन् । धेरै वर्षदेखि मान्छेलाई मनकामना पु¥याउने काम मैले गर्दै आएको छु ।
म माथि चढ््न आउने मान्छे थरिथरीका हुन्छन् । कोही मान्छेदेखि मलाई हाँसो उठ्छ । कोही मान्छेदेखि रिस पनि उठ्छ । कोही मान्छे भने मलाई धेरै माया गर्छन् । यस्तै हाँसो, रिस र मायाको मेरो यात्राको कथा सुरु गरुँ है ।
एक दिनको कुरा हो । एउटा मोटो मान्छे लमक्लमक् गर्दै ममाथि चढ्यो । उसले भादगाउँले टोपी लगाएको थियो । उसले त्यो दिन वारि फर्कने बेलामा चारजना केटाएउटी आमैसँगै चढे । म दौड्न सुरु गर्नासाथ तिनीहरु याहु ! केबुलकार हिँड्यो भनेर कराउन थाले । तिनीहरु खुसी भएको देख्दा मलाई पनि खुसी लाग्यो । म पहाडबाट बिस्तारै तलतिर दौडदै थिएँ । ति केटामध्येको एउटा अलि छुच्चो जस्तो देखिने केटाले चुइँगम खाएर मेरो जिउमा ट्याप्प टाँसिदियो । मलाई झनक्क रिस उठ्यो । म चिच्याउँदै कराएँ– ए भाइ तिमीले मेरो जिउमा किन फोहोर टाँसेको हँ ? मैले अचानक कराउँदा ति चारैजना केटा निक्कै डराए । मैले फेरि नरम हुँदै भने– यसरी अर्काको जिउमा फोहोर गर्नु राम्रो हो त ? सबैले होइन अब हामी यस्तो गर्दैनौँ भनी एकै स्वरमा कराए । मलाई ठीकै लाग्यो ।
जाने बेलामा ति चारैजनाले मलाई बाइबाइ केबुलकार दाई भनेर गए । मलाई एकदमै आनन्द आयो । एकदिन त क्या गजब भयो नि ! एकजना दाइ धोती लगाएर पान चपाउँदै म माथि चढे । त्यो दिन उनी एक्लै थिए । मैले दौडाउँदै उनलाई पारीको स्टेशनतिर लग्दै थिएँ । मस्र्याङ्दी नदीको माथिको आकाश मार्गमा पुगेपछि झ्याप्प बत्ती गयो । म ठ्याक्क रोकिएँ । ति त डराए जोडसँग रुन पो थाले बा ! मैले उनलाई सम्झाउँदै भने– ए भाइ साहेब ! नरुनुहोस् । अहिले एकछिनमा जेनेरेटर (बिजुली निकाल्ने मेसिन) चल्छ । अनि म दौडिहाल्छु नि । मेरो कुरा सुनेर ति चुप भए । उनी मेरो जिउमा अडेस लागेर शान्त भइ बसे । पाँच मिनेटपछि म दौडन सुरु गरेँ । ति दाई खुसीले रमाए । मलाई पनि खुसी लाग्यो ।
पारीको स्टेशनमा उत्रने बेलामा ति दाजुले पान खाएको मुखले मेरो जिउमा प्याच्च थुके  उनको स्वभाव देखी मलाई झनक्क रिस उठ्यो । धेरै कुरा सोचेर केही नबोली बसेँ । त्यो दिनभरी मेरो ‘मुड अफ’ भयो । त्यसपछि के–के भयो मलाई केही कुरा सम्झना छैन । त्यसको दुई चार दिनपछि भने म फेरि चङ्गा भएँ । मेरो मन फुरुङ्ग भयो । म आज कस्ता यात्रु आउने हुन् भनी उनीहरुको प्रतिक्षामा थिएँ । एउटी सानी बच्ची फुर्किदै म माथि चढिन् । उनीसँगै उनकी आमा पनि थिइन् ।
मेरो जिउमाथि चढ्नेबित्तिकै ति बच्चीले खुसी हुँदै भनिन्– मामु बिस्तारै बसिस्यो, केबुलकार अंकललाई दुख्ला नि ! मलाई अचम्म लाग्यो । मैले ति बच्चीलाई निक्कै नियालेर हेरेँ । उनका साना–साना आँखा थिए । गोलो चिटिक्क परेको हँसिलो अनुहार थियो । म एकटकसँग ति बच्चीलाई हेर्दै दौडिरहेको थिएँ । त्यति नै बेला अचानक आकाश कालो भएर आयो । बादल गुडुङ गुडुङ गर्दै कराउन थाल्यो । ठूलो आँधीबेहेरी आयो । बच्ची रुन कराउन थालिन् । ‘नरोऊँ नानी तिमीलाई केही हुँदैन । म तिमीसँग छु नि’– मैले भनेँ । मेरो बोली सुनेर बच्चीले अचम्म मान्दै मलाई ट्वाल्ल हेरिन् । मलाई चिनिनौँ ? म तिम्रो केबुलकार अंकल हुँ । मैले बच्चीलाई सम्झाउँदै भनेँ । त्यसपछि बच्ची रुन छाडिन् । उनले आफ्ना साना आँखाको आँशु पुछ्दै भनिन्–‘अंकल’ । मलाई डर लाग्यो । छिटो मनकामना मन्दिर लैजानुस् न भन्या । प्यारी बच्चीको आँखामा आँसु देखेर मलाई हावासँग झोँक चल्यो । म पनि के काम, बेतोडसँग हावालाई टेर्दै नटेरी पारि स्टेशनतिर दौडिएँ । बच्ची खुसी हुँदै हाँस्न थालिन् । मलाई पनि खुसी लाग्यो । पारिको मनकामना स्टेशनमा पुगेपछि बच्ची मेरो जिउबाट उत्रिन् । उनी ‘मामु केबुलकार अंकललाई पनि मनकामना मन्दिरमा लैजाने’ भनेर जिद्दि गर्न थालिन् ।

पोइन्ट अफ भ् - फ्रेममा चराहरु

प्रकाश आङ्देम्बे
स्रष्टा धनकुटे कान्छा र भाइ सुर्य सुब्बासँग विहिवार साँझ दमक स्थित सडक विभाग कार्यालय परिसरमा विना योजना चराहरुको तस्विर खिच्न पसियो । यो भन्दा धेरै अगाडि पनि धेरै पटक विभिन्न विधाका अतिथिहरुसँग यहाँको गेस्ट हाउमा वसेकै हो ।
दिक्दार लाग्दो दमकको अव्यवस्थित भीड र कोलाहलको बीचमा जब हामी सडक विभाग भित्र प्रवेश गर्छौ, एकाएक शान्त र मनोरम वातावरणको बीचमा पुग्छौँ । लाग्छ हामी कुनै शहरमा छैनौ । शान्त, हरियाली वातावरणको अलावा यो स्थान बकुल्ला, पानी हास, काग आदि पंक्षीकोे मुख्य वासस्थान पनि हो । अहिलेको समयमा यी चराहरुले बचेराहरु धमाधम हुर्काइरहेका छन् । यो स्थानलाई चरा अध्ययन केन्द्रको रुपमा या आवसीय सृजनाका लागि लेखक, स्रष्टाहरुलाई व्यवस्थित सुविधासाथ उपयोग गर्ने वातावरणको सृजना गर्ने हो भने दमकको लागि एउटा सुन्दर परिचय बन्न सक्ने छ जस्तो लाग्यो । सोही अवसरमा मेरो क्यामराले क्लिक गरेका केही चराका तस्विरहरु.......

गुंला पर्व र यसको महत्व

राम प्रधान
नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो । नेपाललाई धार्मिक दृष्टिकोणले हेर्दा नेपालको आदिवासी जनजातिहरु मध्येका एक जाति नेवार जाति हो । नेवार जाति परम्परा रितिरीवाज, चालचलन, धर्म संंस्कार संस्कृतिमा विशेष चाख र महत्व राख्ने जाति हो । अन्य जनजातिहरुको जस्तै नेवारहरुको पनि सम्वत् अथवा समय वा साल परिवर्तनको गणना गर्ने बैज्ञानिक आधारमा नयाँ वर्ष मानिन्छ । चन्द्रमास परिवर्तनको आधारमा गणना हुने नेपाल संवत कार्तिक शुक्ल प्रतिपदा (परेवा वा पारु) दिन नयाँ वर्षको प्रारम्भ मानिन्छ । अर्थात् प्रत्येक शुक्ल प्रतिपदाको दिन नयाँ महिना शुरु हुने गर्दछ । यो श्रावण शुक्ल प्रतिपदाबाट शुरु हुने ‘गुंला’ महिना पर्दछ । गुंला महिना वर्षको १० औँ महिना हो ।
गुंला महिना नेवार जातिको मात्र नभइ चन्द्रमास परिवर्तनको आधारमा चाड पर्व रितिरीवाज मान्ने सबै जातजातिहरुको महत्वपूर्ण महिना हो । यो प्रारम्भ भएको पाचौँ दिन नागपंचमी मनाइन्छ । जुन दिन प्राय सबै जातजातिहरुले नागहरुको पूजा गर्दै हरेक घरघरमा नागहरुको चित्र टाँस्ने प्रचलन छ । काठमाडौं, ललितपुर, हानघाट, धापाखेल नागदह लगायत विभिन्न धारा, कुवा, मूल पोखरीहरुमा पुगी नागहरुको पूजा गरी नागपंचमी सम्पन्न गरिन्छ । क्वाँटीपूर्णिमा, रक्षाबन्धन, जनैपूर्णिमा, राखी पूर्णिमा जस्ता महत्वपूर्ण दिन पनि यस महिनाको पूर्णिमाको दिन पर्दछ । अर्थात् चन्द्रमास पूर्ण भएको दिन ४÷५ ओटा नामले एकै दिनलाई जनाउँछ । नेवार समुदायमा क्वाँटीपूर्णिमा, ब्राह्मण तथा क्षेत्री समुदायमा जनै परिवर्तन गरी नयाँ र सफा लगाउने, रक्षाबन्धनको रुपमा डोरी नाडीमा बाँध्ने र तराईवासी समुदायमा चेलीहरुले माइतीहरुको रक्षार्थ राखी बाँधेर मनाउने चलन छ ।
पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण कृष्णप्रतिपदाको दिन शहर बजारमा चालु वर्ष भरी स्वर्गवास हुनुभएका पूर्खा वा आफन्तहरुको स्मृतिमा स्वर्गीय व्यक्तित्वहरुको प्रतिविम्ब बनाई आफन्तजनहरुले बजारमा प्रदर्शनगरी स्वर्गीय व्यक्तिप्रति सामूहिकरुपले श्रद्धा व्यक्त गर्ने वर्षको रुपमा मनाइन्छ । यस दिनलाई गाइजात्रा वा सापारु भनेर नेपाली समाजको मनभित्र जिवित छ । त्यसपछि चालुवर्षको धान रापाई गरिसकेको सन्दर्भमा रोपाई जात्रा मनाइन्छ । रोपाई जात्रामा धानको विरुवा रोपेको अभिनय गर्दै सडकमा रोपाई जात्रा हुन्छ । त्यसपछि कृष्णअष्टमी लगायत धेरै पर्वहरु यस महिनामा भने पितृको वा बुवाको मुख हेर्ने पर्व पनि यसै महिनामा पर्दछ ।
यसै महिनामा सोमबार ब्रत वा शिवप्रति भक्ति प्रदर्शन गर्ने, बाबा धाम दर्शन गर्न जाने । चाड पर्वहरुको प्रारम्भ हुने खेतीपातीहरुको समाप्त तथा महिजारोको छेउछाउ वा हिउँद मौसम यसै महिनादेखि शुरु हुन्छ भन्ने धार्मिक मान्यताहरु छन् । धार्मिक किम्वदन्ती अनुसार गुंला महिनाको कृष्ण प्रतिपदा वा कृष्णपक्ष परेवाको दिन स्वर्गद्वार खुल्ला रहने र स्वर्गीय व्यक्तित्वहरुको नाममा सापारु (गाइजात्रा) को व्यवस्थापन गर्दा स्वर्गमा बास हुन्छ भन्ने मान्यता छ । अर्को पक्ष भनेको यस महिनामा कृष्णअष्टमी पर्व केवल नेवार जाति मात्र नभएर कृष्ण भगवानप्रति श्रद्धा गरी कृष्णलाई मान्ने सबै प्रकारको जातजाति । जनजातिहरुले पनि कृष्ण जन्मअष्टमी धुमधामसँग मनाइन्छ । यो महिनामा काठमाडौं उपत्यका बाहेक नेवारहरुको बाक्लो बसोबास भएको शहरहरुमा करिब एक महिनासम्म लगातार रुपममा दैनिक लाखे नाच प्रदर्शन गरिन्छ । गुंला महिनाको ३ दिन अगाडि शिल्ला महिनाको घण्टा कर्ण चतुर्दशीका दिन ‘गथांमुग चन्हेपुजा गरेपछि उपत्यका बाहिरका भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, धरान, बिराटनगर, दमक, उर्लाबारी, इलाम, इटहरी लगायतका शहरहरुमा लाखे नाच दैनिक जसो देख्न पाइन्छ । कृष्ण जन्मअष्टमीमा कृष्णको जन्म भएको अभिनयपछि माथि उल्लेखित शहरहरुमा लाखे नाच सम्बन्धीको कार्यक्रमहरु चालु वर्षको लागि सम्पन्न भएको मानिन्छ । त्यसपछि गुंला वर्षको अन्तिम दिन अथवा गुंला महिनाको मसान्तको दिन कुसे औसी तथा बुवाको मुख हेर्ने तथा पितृ दर्शन गरेपछि यो महिना समाप्त हुन्छ । यसै महिनामा ‘बोलबम’ जाने विभिन्न जलासयबाट पानी ल्याई शिव मन्दिरहरुमा पानी चढाउने ब्रत बस्ने लगायतका थुप्रै धार्मिक मान्यताहरु बोकेको महिना हो ।
गुंला महिनाभरी नै धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणहरुले सबैजसो जातजाति, जनजातिहरु कुनै न कुनै ढंगल जानेर वा नजानी भएपनि यस महिनाभित्र विभिन्न धार्मिक कार्यहरुमा संलग्न रहन्छन् । महिलाहरुको सन्दर्भमा पनि यो महिना महत्वपूर्ण छ। महिलाहरुले हरियो चुरा लगाउने सोमबारको दिन ब्रत बस्ने शिवजी मन्दिरहरुमा पानी चढाउने गर्छन् भने घरघरमा नागको पूजा गर्ने, नाग टाँस्ने गर्दछन् । ब्राह्मण तथा क्षेत्री अथवा जनै लगाउने समुदायले नयाँ जनै लगाउने गर्छन् । तराईवासी समुदायमा राखी चेलीहरुले माइतीहरुलाई लगाइदिन्छन् । पुह्रेतहरुले, पण्डितहरुले रक्षाबन्धन लगाई दिने देखि नेवार समुदायमा ९ प्रकारका प्रोटिन युक्त गेडागुडीहरु पकाएर आफन्तहरुलाई खुवाउने चलन छ। त्यस्तै मुख्य शहरहरुमा बाजा बजाउँदै लाखे नाच प्रदर्शन गर्ने पर्वहरु मनाउने, हिलो खेल्ने, रंगीविरङ्गी कपडाहरु लगाउने, साहित्यकार, व्यंग्यकारहरु सामाजिक विकृति, विसंगतीहरुको विरुद्धमा हाँस्य ब्यंग्य सृजनाहरु समेत प्रस्फुटन गर्ने महिना भएको हुँदा एक प्रकारले रमाइलो महिना पनि हो । त्यसैगरी महिनाको अन्तिम दिन आफ्नो जन्मदाता बुवाप्रति सम्मान, भक्तिभाव प्रदर्शन गर्दै आ–आफ्नो औकात, गच्छ्य अनुसार उपहार, मीठो मसिनो बुवालाई दिएर सम्मान गर्ने महिना भएकोले गुंला महिनाको पर्वहरुको महत्व बढ्दै गइरहेको छ । 

जननायकप्रति श्रद्धाञ्जलि – असरल्ल

कमन देवान
आज जननायक बीपी कोइरालाको ३० औँ स्मृति दिवस । मलाई थाहाँ छैन, बीपी कोइरालाले जन्माएको पार्टी नेपाली कांग्रेस बीपीबाट प्रतिपादित राजनीतिक–वैचारिक चिन्तक र सिद्धान्तमा निष्ठा राख्छ वा यो निष्ठाको उचाईबाट कांग्रेस सिसिफसको ढुङ्गो झैँ लडिमात्र रहेको छ । प्रसङ्गवस असरल्ल बसाईमा प्रजातान्त्रिक समाजवादको विषय सुस्ताएको यो बखत व्यस्ततालाई धकेल्ने प्रयासमा छु, दुईचार अक्षर फुराउन ।
उसो त अचानक ‘फेरि सुन्दरीजल’ नामक पुस्तकमा बीपीले समेटेका विचारहरु (जो जेल डायरीको संकलित रुप हो ) मा नचाहेरै पनि मन डुलेको छ । यसअघि दुईपटक सरसर्ती पढिसकेकाले बोझलाग्दो राजनीतिक कुराकानी र मनोवादात्मक उनका शब्दहरु उपर उस्तो ध्यान दिएकै होइन । यद्यपी, यतिबेला देशमा जुन असहमति र राजनीतिक निषेधको गम्भीर संकटकाल जारी छ, अनि लाग्यो २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापका लागि चालेको कदम बारे सामान्य चिन्तन गर्नै पर्ला । महान् वैज्ञानिक ग्यालिलियोले भनेका छन्– ‘संसारमा सबैभन्दा गाह्रो बिषय सोच्नु हो ।’ मलाई त्यही भाईले गाँजेको छ । देश हाँक्ने जिम्मा लिएका बडेमानका बृद्धि भएका नेतागणले त सोच्न नसकेको र मेसो खुट्याउन नसकेको विषयमा मेरो मथिङ्कल दुख्नुको कुनै तुक छैन ।
समग्र अर्थ कति प्रधान विषय हो, आजको राजनीति यस दिशातिर लम्कन सकेको छैन कि ! भन्ने लाग्छ । त्यसैले २००७ सालको क्रान्तिपछि मुलुकले प्राप्त गरेको प्रजातन्त्र र नेपाली जनताले प्राप्त गरेका अधिकारहरु पूर्णतः संस्थागत हुन सकेका अवस्था छैनन् । यस्तो लाग्छ, देशमा राजनीति, प्रशासन, ऐन, कानुन सबै महत्वपूर्ण अङ्गहरु बेलगाम दौडिएका छन् । देश, राष्ट्र जनता, राष्ट्रियता, समृद्धि विकास जस्ता बिषय ज–जसले भाषणमा जति ओकले पनि फरक पर्दैन । सम्भवतः २०३३ साल पुष १६ गते निर्वासित राजनीतिक जीवन अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको प्रस्ताव लिएर देश  फर्केका बीपी कोइरालाले उसबेला देखेको मुलुकको सङ्गिन खतराको अवस्था आज पनि टरिसकेको छैन । उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुका बीचको नेपाल राष्ट्र र यसको  सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र समृद्धि भारत स्वतन्त्र भएको र नेपालमा प्रजातन्त्र प्राप्त भएकै दशकदेखि गम्भीर खतरनाक कुटनीतिका रुपमा छ ।
चीन र भारतको आन्तरिक इच्छा शक्तिमा आउने जुनसुकै परिवर्तनले पनि नेपालको बाह्य तथा आन्तरिक सुरक्षालाई असर गर्छ । बीपीले २०३३ सालमा भन्न र बुझाउन खोजेको त्यही उच्च कुटनीतिक यथार्थलाई तत्कालीन पञ्चायती शासनले यति गम्भीर मुद्दा बनायो कि, देश र जनतामा राष्ट्रता रक्षाको जागरण भर्न देश पसेका उनलाई त्यही विषयले सुन्दरी जलको जेल जीवनको उपहार दियो । बीपी उपर भएको धोकाले पनि इंगित गरेको एउटा गम्भीर षड्यन्त्र र पहिचान भएको कटु वास्तविकता भन्नु नेपालमा २४० वर्षसम्म शासकीय बागडोर समहालेर बसेको शाही शासकीय राजतन्त्र कदापी, नेपाली धरातलमा जनसर्वोच्चता स्थापित भएको छ त्यही सर्वोच्चताको जगबाट लोकतान्त्रिक राज्य व्यवस्था जन्मिएको देख्न चाहदैनथ्यो ।
सिङ्गो राष्ट्रको अभिभावकत्व पाएको संस्था नै जनताका इच्छा बिपरीतको शासन लाद्ने मानसिकताबाट ग्रसित रहनुले पनि करिब ४ दशक अ िमुलुक र जनताका लागि जननायक बीपीले देखाएको बाटो पहिल्याउन नसक्दाको परिणतिले नै त्यस यताका थुप्रै राजनीतिक उथलपुथल र हिंसा भए । अन्ततः जनताका आकांक्षा, शक्ति, सामथ्र्य र चाहनालाई लल्कार्ने निरंकुश राजतन्त्रको स्थान र इतिहासको पानामा सीमित भएको छ ।
आज पति निरंकुश र एकात्मक राजसंस्था र यसले कायम गरेका असंख्य विभेद्का अवशेषहरु कायमै रहेको अवस्था छ । अधिनायकत्व सहितको कथित राजकीय शासन कल्पना गरेर पुनः राजगद्धीमा बस्ने दिवास्वप्नहरु मोहमय बन्दै गरेका अवस्थ छन् । धर्म, जाति वा अरु विभिन्न प्रपञ्चबाट राजसंस्था ब्युँताउने प्रयास गरिन्छन् भने अब नेपाली परिवेश त्यसका विरुद्ध परिपक्व भई, मुकाबिला गर्न सक्ने अवस्थाबाट अघि बढेको छ । ढटवारेहरुलाई यसको राजनीतिक हेक्का रहनै पर्दछ । बीपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई भज्याई खाने मनोरोगको स्थायी उपचार आजको आवश्यकता हो । लोकतान्त्रिक अधिकारको निर्वाद उपभोग गर्दै नेपाली राष्ट्रता मजबुद बनाउने दिशामा मुलुकका सबै दल र नागरिक लाग्न सके जननायक बीपी कोइरालालाई वास्तविक श्रद्धाञ्जलि मिल्ने छ ।