हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

बोलबमलाई संस्कृतिमूलक बनाउन खाँचो - सम्पादकीय

आज साउन महिनाको पहिलो सोमबार । साउन महिनाका हरेक सोमबारका दिन भरि हिन्दु धर्मवलम्बीहरु जल चढाउने गर्छन् । पूर्वका प्रसिद्ध तिर्थस्थलहरुमा साउन भरि भक्तजनहरु अफना मनोकांक्षी पूरा होस भन्ने कामना गर्दे बिशेष आराधाना नै गर्ने चलन रहिआएको छ ।  तर जल चढाउने बहानामा यस संस्कृति भित्र पस्दै आएको खराब पक्षलाई नियन्त्रण गर्न उत्तिकै जरुरी पनि रहेको छ । बोलबमका नाममा हुने भड्काउ नियन्त्रण गरि संस्कृति संगै सभ्यतामूलक बनाउन सम्बद्ध पक्षको ध्यान जानु पर्छ ।
पूर्वमा पिण्डेश्वर जल चढाउने पबित्र स्थल मानिन्छ । धरानको पिण्डेश्वर वावाधाम मन्दिरमा साउन महिनाको शुरुदेखि धार्मिक मेला लाग्ने गर्दछ । जल चढाउन युवायुवती मात्र नभई सबै उमेर समूहकाहरुका भक्तजनहरुको  भिड लाग्ने गर्दछ । एक महिनासम्म लाग्ने बोलबम मेलामा धरानका मात्र नभई नेपालका सम्पूर्ण शहर, गाउका साथै भारतबाट भक्तजनहरु जल चढाउन आउने गरेका छन् । पिण्डेश्वर वावाधाममा साउन महिना भरी धर्माबलम्वीहरुले गेरु बस्त्र रुद्रााक्षको माला पहिरेर शप्तकोशी र कोका नदीको संगम स्थलको पानी चढाउने गरेका छन् ।
 पिण्डेश्वर वावाधाम मन्दिर हिन्दु धर्मावलम्बीको लागि पवित्र तीर्थस्थल मानिएको समुद्र सतहदेखि १ हजार ५ सय ६० फिटको उचाईमा रहेको छ । त्यहाँ भक्तजनहरु आफ्ना मनकामना पुरा होस भनि खाली ख्ुट्टा हिडेर चतराको सप्तकोशी नदीबाट जल ल्याई धरान(१४ मा रहेको पिण्डेश्वर मन्दिरमा चढाउने गर्दछन् ।
यो वर्ष सधै झै पिण्डेश्वरमा नेपाल र भारतबाट महिनाभरिमा करिब २ देखी ५ लाख सम्मको हाराहरीमा भक्तजनहरु आउने विश्वास गरिएको छ । त्यसका लागि पिण्डेश्वर धार्मीक अगाडी बढाईसकेको छ  । समितिले बिभिन्न कार्यहरु हुने  भएकाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न विभिन्न उपसमिति समेत गठन गरेका छन्ं । पिण्डेश्वरको बारेमा वेद उपनिषद र स्कन्धमहापुराणमा व्यापक चर्चा गरिएकाले पनि पूर्वमा यो स्थल धार्मीक दृष्टिूले ऐतिहासिक मानिन्दै आएको छ ।
हरेक चाडपर्व हाम्रा सांस्कृतिक र लोक संस्कृतिमा आधारित छन् । हामी संस्कृतिमा धनी छौ । यिनै  प्रशस्त गहनाले हाम्रा चाडपर्व बिशषेतायुक्त छन् । जुनसुकै धर्मका अनुनायीहरु निर्धक्क हामीले जुनै धर्म,संस्कृतिलाई मान्दै आएका छौ । यसले पनि नेपालीहरु माझ मान्दै आएका हाम्रा धर्म,संस्कृति लोकप्रिय बन्दै गएको छ । यहाँ चर्चा भने बोलबमको सवाल हुन् । बोलबम आफैमा अति महत्व छ, संस्कृतियुक्त छ त्यसलाई संस्कृतिमूलक ढंगले मान्न सकिए मात्र यस्ता चाड,संस्कार र संस्कृति सवैका लागि प्रिय बन्ने छन् । हामी संस्कार ,संस्कृतिका पालनकर्ताहरुमा यस्तो शिक्षा बनाउन जरुरी छ ।

संघीय क्रान्ति र अबको चुनौतीहरू

दिलकुमार लावती
 वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनैतिक इतिहासलाई नयाँ कार्यदिशातर्फ उन्मुख गराउनु पर्दछ । त्यो भनेकै संघीय राजनैतिक लाईन हो । अब पनि नेपालमा पुरानै शैलीको राजनीति, विचार अनि दर्शनलाई कार्यदिशाको रुपमा अंगाल्ने हो भने यहाँ बहुजाति, बहुभाषी, बहुधर्म, बहुसंस्कृति भन्ने शब्दलाई नेपाली शब्दकोषबाट हटाए हुन्छ । किन कि जे जस्तो गरिएतापनि वा भनिएता पनि आखिर नेपाल त एकात्मक संरचना भित्र नै चल्दो रहेछ नि त । भर्खरै सकिएको एमालेको राष्ट्रिय अधिवेशन भनौं, कांग्रेस, एमाओवादी भनौं या त राप्रपा नेपाल यी चारै शक्तिहरूको वैचारिक राजनैतिक लाईन लगभग एउटै कित्तामा जालो जस्तो छ । किनभने एमाले र एमाओवादी कम्यूनिष्ट पार्टी भएतापनि यिनीहरूले लिने राजनैतिक सिद्धान्तमा कुनै परिवर्तनकामी विचार देखिदैन । आजभन्दा सयौं वर्ष अगाडि चीन, सोभियत रुसमा जन्मिएका नेताहरूको सिद्धान्त नेपाल जस्तो अति गरीब राष्ट्रमा सम्भव छैन, यहाँका जनताहरू त्यो उचाईमा पुगेका छैनन् ।
नेपालमा माटो सुहाउँदो राजनीति दर्शनको विकास गर्नु प¥यो, जाति, भाषा, कला, संस्कृति अनि यहाँको भू–बनोट सुहाउँदो राजनैतिक सिद्धान्तको आविस्कार गर्नु प¥यो, मदन भण्डारीको जनताको बहुदलिया जनवाद र वीपीको समाजवादले अब नेपाली जनताहरूलाई छुँदैन किनभने हिजो पो नेपालीहरू आर्थिक, सामाजिक, भाषिक अनि शैक्षिक रुपमा कमजोर थिए, यहाँका आदिवासी जनजातिहरू, दलित, पिछडिएका जातिहरू क, ख, ग सम्म पढ्न पाएका थिएनन्, शिक्षा दिक्षा पाएका थिएनन्, अनि उनीहरूले हिजोको नेपालको इतिहास सम्बन्धमा कुनै ज्ञान हासिल गर्न पाएका थिएनन् त्यस्तो अवस्थामा कसरी उनीहरू यो राज्यसँग वा यहाँका शासक प्रशासकहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् । तर अब उनीहरूमा चेतनाको विकास भएको छ, चिन्तन मननको विकास भएको छ, राजनैतिक चिन्तन गर्न सक्ने क्षमताका भईरहेका छन् । दिन दो गुना रात चौगुना उनीहरूमा चेतना अभिवृद्धि भईरुहेको अवस्थामा अबको एउटै मात्र राजनैतिक विकल्पको आन्दोलन खोजिरहेका छन् ।
नेपालका आदिवासी जनजातिहरू विभिन्न प्रलोभन एवम् आकांक्षामा फसेर चुर्लुम्मै डुबेका थिए तर त्यो चतनाको स्तरभन्दा उनीहरू माथि उठ्न खोजिरहेका छन् । आफ्नो हराएको इतिहास खोज्ने कोसिस गरिरहेका छन् । विलाएको भू–भागहरूको उत्खनन् गर्न खोज्दैछन्, हराएका दस्तावेजहरूको खोजी गरिरहेका छन् । यहाँ वंश हराएको छ, जातिहरू नास भएका छन्, भाषाहरू हराएका छन्, लिपीहरू हराएका छन् यस्तो गम्भीर संकटबाट उनीहरू माथि उठ्न खोजिरहेको बेला एमाले, कांग्रेस, राप्रपा, एमाओवादी बनाएर उनीहरूको सबै कुरा समाप्त पार्न खोजिरहेका छन् । हो त्यस्तो स्तरबाट अब सबै जातिहरू उठ्नु पर्दछ ।
नयाँ सिराबाट उठेर नेपाल देशको रक्षा गर्नुपर्दछ । दोस्रो जनआन्दोलनसँगै नेपालको आर्थिक विकास, राजनैतिक विकास सबै गुमिरहेको छ । विश्वमा नेपालको छवि बिग्रिरहेको अवस्था छ । यस्तो अवस्थालाई चिर्ने एउटै मात्र विकल्प भनेको नेपाल देशको पुनः संरचना गर्नु हो । जहाँ सबै जाति, भाषाको समान हक अधिकारलाई सुरक्षित गर्नुपर्दछ । कसैलाई काखा त कसैलाई पाखा गरिनु हुँदैन । सबै राजनैतिक दलले सबै जातिलाई समेट्ने सक्ने प्रावधान ल्याउनु पर्दछ । एउटा जातिको मात्र हालिमुहाली राजनैतिक दल, सरकारी निकाय, अर्ध सरकारी निकाय अथवा गैर सरकारी संस्थाहरू सबैमा समावेशिताको कुराहरू अपनाउन सकिए मात्र नेपाललाई सुन्दर नेपाल बनाउन सकिन्छ । नेपालको समस्या भौगोलिकताको होइन, विचार र जातीय समस्या हो । यहाँ सगरमाथा, महाकाली र कोशी व्यवस्थापनको होइन जातीय व्यवस्थापनको समस्या छ । किन कि यहाँको जातिहरू मर्नु भएन नि, यहाँको जाति मर्नु भनेको त नेपाल मर्नु हो, सगरमाथा त नाम हो, त्यसलाई भोलि नाम फेर्न पनि सकिन्छ नि, कोशीको पनि त नाम फेर्न सकिन्छ तर जातिको नाम र थर फेर्न सकिन्न ? त्यो कल्पना पनि गर्न सकिँदैन । साँच्चै भन्ने हो भने आज नेपालमा भईरहेको यस्तो गम्भीर षड्यन्त्रहरू सबै एक जाति, एक भाषा नीतिले नै हो ।
अबको नेपालीहरूको सोचाई भनेको साझा वा संघीय हुनुप¥यो, सह–अस्तित्वको हुनुप¥यो, एकअर्काप्रति बफादार हुनु प¥यो, विश्वासको वातावरण बन्नु प¥यो तब पो नेपालको विकास हुन्छ । तर यहाँ नेताहरू जहिल्यै पनि त्यो जा४    लाई माथि जान दिनु हुँदैन, बिचैमा रोक्ने जुक्ति लगाएर के–के बहाना बनाएर रोक्ने गरिन्छ । मतबल घरको ढोका खुल्ला हुनु प¥यो नि जो कोहि पनि त्यहाँ पस्न सकोस् । मतलब नेपालीहरू चाहि । हो यस्तो महान कार्यको थालनी गर्नुपर्दछ ।
एकात्मक सोच र चिन्तनबाट नेपालीहरू ग्रसित छन्, त्यो तोड्नु पर्दछ । तब मात्र नेपालको विकास सम्भव छ, नेपालको संघीय क्रान्तिले कार्यदिशा निर्देश गर्दछ तर फेरि पनि नारामा मात्र स्ीमित रहने हो भने माछा–माछा, भ्यागुता जस्तै हुन्छ ।
अबको संघीय क्रान्तिलाई कुन मोडलबाट अगाडि बढाउँदा साँच्चिकै नेपाललाई फाईदा पुग्छ त त्यो सुत्रको खोजि गर्नु जरुरी छ । संघीय क्रान्ति कता वा कति सम्म अगाडि बढाउँदा नेपालमा संघीय संविधान बन्छ, जहाँ सबैलाई समेट्न सकिन्छ । प्रष्टसँग कुराहरू उल्लेख गर्न सक्नु पर्दछ नत्र यहाँ जे जति गरे पनि हुनेवाला केही छैन । यहाँ जति धेरै प्रतिनिधि भेला पारेर सम्मेलन गरे पनि त्यसको कुनै अर्थ रहदंैन । यदि सबैलाई एकजुट बनाउन सके २ दिनमा सबै विषयमा सहमत गर्न सकिन्छ तर के गर्ने ‘नेपालको कानून् दैवले जानून्’ भन्ने कथन झैं नेपाली नेताहरू आफू र आफ्नो लागि मात्र गर्न खोज्छन् सिंगो नेपाल र नेपालीको लागि केही पनि गर्न खोज्दैनन् र गरेतापनि सक्दैनन् ।
त्यसैले अबको क्रान्तिलाई संघीय सह–अस्तित्ववाद सिद्धान्तमा अगाडि बढाउनु पर्दछ । नेपाल र नेपालीलाई एकजुट बनाई संघीय संविधान जारी गरेर नेपाललाई समुन्नत नेपाल बनाउनु पर्दछ । संघीयताको बहसलाई विश्व सामु पु¥याउनु पर्दछ । यहाँका एकात्मक राज्यसत्तालाई पर्दाफास गर्दै सबैको साझा नेपाल बनाउनु पर्दछ । त्यो सम्भव छैन, त्यसैले अबको आन्दोलन संघीय क्रान्तितिर उन्मुख हुनुपर्दछ । यहाँ कोही जाति पनि छुट्नु हुँदैन, सबै जातिहरू जो नेपाली हुन्, चाँहे जंगलमा बस्ने राउटे नै किन नहोस्, नदी किनारमा बस्ने त्यो माझी नै किन नहोस् । अब सबै एकजुट हुनुको विकल्प छैन । किन कि हिजो १०४ वर्ष राणाकालमा पनि हामी आदिवासी जनजाति नै लड्यौं, भारत, जापान, अर्जेन्टिनाको टापु, बर्मा लगायतका देशमा पनि हामी नै लड्यौं, पञ्चायत कालमा पनि हामी नै लड्यौं, ४६ सालको जनआन्दोलनमा पनि हामी नै लड्यौं, माओवादीको १० वर्षे द्वन्द्वकालमा पनि हामी नै लड्यौं र २४० वर्षे क्रुर एकात्मक राजतन्त्रको विरुद्ध ६२÷०६३ को दोस्रो जनआन्दोलनमा पनि हामी नै लड्यौं । यसरी लड्दा–लड्दा हामीलाई चेतना हुनु पर्दछ, अब हामी आफ्नो हक अधिकार, पहिचान र अस्तित्व रक्षाको लागि लड्नु पर्दछ । एकजुट हुनु पर्दछ । संघीय बाटोमा हिँड्नु पर्दछ, एकात्मक बाटोको विरुद्धमा अगाडि बढ्नु पर्दछ । अबको लडाई जायज र सार्थक लडाई हुनेछ । संघीय क्रान्तिको चुनौतीहरूको सामना गर्न सक्नु पर्दछ । त्यो नै अबको विकल्प हो । राजनैतिक छलाङ्ग हो ।
(मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, नेपालका वैकल्पिक केन्द्रीय सदस्य हुन्)