हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label व्यक्ति वृत्त. Show all posts
Showing posts with label व्यक्ति वृत्त. Show all posts

जिविसमा एक मतले हारेको दिन


उनको यो उचाईमा जिन्दगी चलाउन निकै सहयोग पाएका छन् दमकका बासिन्दाहरूको । ‘बाँच्ने प्रेरणादायी व्यक्तित्वहरू छन्, बाचुञ्जेल म भुल्न सक्दिन ’ उनको जवाफ थियो । राजनीति, सामाजिक कामकाजले घरायसी कार्य चलाउन श्रीमतीको चुरोट कारखानाको नोकरी अनि तारानाथ निरौला, विरबहादुर गुरुङ, मानबहादुर देवान, दिलबहादुर बस्नेत, बिजय लामा लगायतले नबिर्सने सहयोग पु¥याएका छन् उनलाई ।
२०२६ सालयता दमकलाई कार्यथलो बनाएर राजनीतिक, सामाजिक कार्यमा उनको लगाव चुलिएको छ । दमकले चिन्नुपर्ने नाम बनेको उनको योगदान हो । राप्रपा नेपालका केन्द्रीय सदस्य समेत भएका उनले मुलुकमा संकट गहिरिदै गएको अनुभव गर्छन् । ‘राष्ट्रियता गुमाइरहेका छौँ’ मुलुकको राष्ट्रियता प्रति बुझ्नेहरूले मनन् गर्ने बेला आएको छ, उनको भनाई थियो । देशको माटोको रक्षा नभए हामी कहाँ रहन्छौँ ? उनी भन्ने गर्छन्–‘पहिला राष्ट्र बलियो बनाऔँ, अनि हाम्रा अन्य समस्या केलाऔँ । ’ उनी संकटको निकास भनेको अस्तित्वमा आएका पार्टी, शक्ति एक ठाउँमा बसेर समस्या खोजिनुपर्ने देख्छन् । ‘चुनाव, संविधान पछिका कुरा हुन्’ उनले राष्ट्र विदेशी प्रभाव मुक्त बनाउन विचार एक हुनुपर्ने बताउँछन् ।
सहमति बिना त्यस्ता निकास निस्कने अवस्था तत्काल नआएपनि अन्तिम विन्दु त्यही नै हो भन्ने ठान्छन् उनी । भन्छन्–‘पहिले देश नै खतरा बन्दै गएको छ, खतरामुक्त बनाउन लागौँ । ’

विष्णु सुब्बा
पढ्नका लागि मधेस झरेका थिए २०२६ सालतिर । १३ वर्षको वाल्यकालको उमेर थियो मेरो त्यो बेला । पहाडमा प्राथमिक विद्यालय तह पूरा गरी थप पढ्नका लागि त्यसताका निकै समस्या नै हुने गर्दथ्यो । त्यही बेला पहिलो पटक मधेस झरेका स्मरण छ । पाँचथरका अमरपुर–७ मा जन्मिएका राम थापाले चारदशक अघि जन्म र वाल्यकाल जीवनी कोट्याउँदै भने–‘बाल्यकालमा नै परिवारले बाठोको रुपमा चित्रण गर्थे । ’
पहाडबाट मधेस झरेर दमकको हिमालय विद्या भवनमा पढे । त्यो बेलाको विद्यालय अहिले हिमालय उच्च मावि बनेको छ । हिमाविबाट २०२९ सालदेखि एसएलसी गरेका थिए । थप उच्च शिक्षाको पठन पाठन भने धरान र भद्रपुरमा गरेका थिए । २०३६ सालमा राजनीतिक शास्त्रमा स्नातक गरेका उनले विद्यार्थी समयमा राजनीतिक शुरुवात गरेका थिए । विद्यार्थी हुँदा नै पञ्चायत राजनीतिको यात्रा तय गरेका थिए उनले । त्यसताका पञ्चायतमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी निकै शक्तिशाली संगठन मानिन्थ्यो ’ उनले प्रसङ्गमा भने ‘गाउँनगर हुँदै त्यो संगठनको केन्द्रीय सदस्य बनेको थिए । ’ पञ्चायतमा पहिलो पटक विद्यार्थी संगठनमा त्यतिका उचाईमा पुगेको स्मरण गर्छन् उनी । त्यो संगठनको केन्द्रीय अध्यक्ष थिए हाल राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा । २०३१ सालमा विरगञ्जमा भएको अधिवेशनले उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राजनीतिबाट सामाजिक कामकाजमा मरिमेट्ने उनले २०२९ सालमा दमक नगरको वडा अध्यक्षमा दुईपटक निर्वाचित भएका थिए । बहुदल पछि समेत एकपटक सोही वडा अध्यक्षमा निर्वाचित बन्न सफल थिए उनी ।
२०४३ सालमा पहिलो पटक नगरको प्रधानपञ्चमा हारे उनी । बलभद्र अधिकारीसँग नगरपञ्चायतको प्रधानपञ्चमा पराजय बनेका थिए । ‘त्यो मेरो राजनीतिमा पहिलो हार थियो’ उनको भनाई थियो । त्यसताका नै मोरङ रङ्गेलीकी रिता थापासँग बैवाहिक बन्धनमा बाँधिएका थिए । राजनीति दौडानमा उनले २०४६ सालमा युवक संगठन दमकमा निर्वाचित बने । संवैधानिक व्यवस्था थियो त्यो संगठनको । उनले भने–‘हारजितका राजनीतिकबाट चित्त बुझाउँदै सेवा गर्न कहिल्यै छोडिन । राजाको प्रत्यक्ष शासनकालमा नगरको ‘मेयर’ पदमा मनोनित भएका उनी २०४९ सालमा जिल्ला विकास समितिको सभापति पदमा १ मतको अन्तरले पराजय भोगेका थिए । ‘त्यो हार मेरो राजनीति यात्राको दुःखद् हार हो । ’ उनले थपे–‘मलाई जबरजस्ती हराउने षड्यन्त्र थियो त्यो । ’ एक मतको हारपछि अदालतमा सो मत परिणामप्रति न्यायका लागि ढोका ढकढकाए । आखिर पदावधि सकिन लाग्दा मेरो पक्षमा फैसला भयो । ‘मुद्दा त्यति लामो चल्यो, अन्तिम फैसला कार्यान्वयन हुने समय थिएन । ’ उनको भनाई थियो । पञ्चायत र पञ्चायत पछिका राजनीतिक घडीमा कहिल्यै विचलित बनेनन् उनी ।
पञ्चायतमा राष्ट्रवादी खेमामा आकर्षित उनले २०४६ सालको राजनीतिक परिवर्तनपछिका घडीमा सधै राष्ट्रियता हिन्दू धर्म र संवैधानिक राजसंस्थाको मूल कार्यदिशा भन्दा बाहिर गएनन् उनी । अहिले राजसंस्था र हिन्दू धर्म परिवर्तन गर्ने पक्षमा चित्त बुझाउन नसकेका उनी– यस्ता महत्वपूर्ण बिषयमा जनताको राय, अभिमत हुनुपर्ने तर्क गर्छन् । ‘दुई, चार व्यक्तिले मुलुकको बागडोर सम्हाल्न कसले दियो अधिकार’ उनको प्रश्न थियो ।
२०६३ सालमा राजाको हस्तक्षेपबाट शासन चलेताका मेयर बनेका उनी ६ महिना कार्यकाल भरी त्यतिका संकटमा असुरक्षा भोगेनन् रे । ‘खोई त्यस्तो असुरक्षाको वातावरणको परिस्थिति सामना गर्नु परेन । ’ त्यसताकाको स्मरण थियोे उनको । २०५३ सालमा नेपाल चिया निगमका १८ महिने कार्यकारी अध्यक्ष नियुक्ति पाएका उनी राजनीतिक बाहेक दमकको खानेपानी, क्याम्पस, विद्यालय, मठमन्दिर लगायत क्षेत्रमा सामाजिक कामकाजमा उत्तिकै साथ दिए उनले । राजनीतिज्ञको परिचयसँगै थपिदै गए उनको सामाजिक सेवा ।
५६ वर्षीय थापाले त्यसताका प्रशस्त अवसर पाएका थिए अन्य जागिरे पेशा । उनले सरकारी जागिर कि देश बिदेशका आकर्षक जागिरे पेशामा अनेकौ प्रस्ताव आएपनि प्रवाह गरेनन् त्यस्ता प्रस्तावलाई कहिल्यै जागिरे मन आएन–उनको ठाडो जवाफ हुने गथ्र्यो । अहिलेसम्म तेस्रो व्यवसाय बनाएका छैनन् उनले । बिहानदेखि साँझ ७ बजेसम्म दैनिक जसो सधै राजनीति, सामाजिक काममा मरिमेट्ने गरेका उनको पाँचदशक बढीको दैनिकी एकै नासको रहिआएको छ । ‘सामाजिक र राजनीतिक काम मज्जाले व्यवस्थापन गरिआएको छु’ उनको उत्तर थियो । उनले बुझेका छन् सामाजिक काम भनेको मान, पद, पैसा, स्वार्थ भन्दा विल्कुल विशुद्ध छ भन्ने ।

चियाका सारथी बने भारती

विष्णु सुब्बा
जन्म चिया बगानमै, कर्म त्यसैमा । चियाका सारथी नै हो उनको परिचय । चिया भन्दा बाहिर उनको नाता सम्बन्ध छैन । दमकको हिमालय महालक्ष्मी टी गार्डेनका महाप्रबन्धक समेत भएका कमल भारती भन्छन् –‘मेरो घर नै चियाबगान हो ।’ ‘चियामा जन्मे हुर्के जिन्दगी नै यसमा बिताएको छु’–परिचय जान्न चाहनेहरूसँग भारतीय यसै भन्ने गर्छन् । चियाको काममा ४३ वर्ष लामो बिताएको ६३ वर्षीय भारती चिया उद्योगमा परिचय बोकेका कर्मशील अगुवा नै मानिन्छन् ।

पुख्र्यौली घर इलामको जितपुर भए पनि भारतीय परिवार पुस्तौँदेखि भारतको मिरिकका चिया बगानमा काम गरिआएका थिए । त्यसबेला स्थानीय धोतीया कलेज भ्याली टी इस्टेटमा बुबा के.एस. र पछि आफैले नै प्रबन्धक सम्हालेका थिए । करीब १८ सय हेक्टर क्षेत्रफल अवस्थित धोतीयामा पुस्तौँ भारती परिवारले काम गरेका थिए त्यसताका । अंग्रेजहरूले भारत चलाएका बखत ती क्षेत्रमा खोलिएका चिया बगानका श्रमिकहरूमाथि गरेका दुव्र्यहारका घटना ताजै छन् भारतीसँग । ‘सर्वसाधारणहरूका बगान हडप्न अंग्रेज शासकहरूले बन्दुक तेर्साएर कब्जा गरेका थिए’–२१ वर्ष ती क्षेत्रमा काम गरेका प्रसङ्ग कोट्याउँदै उनले भने–‘हाम्रा अघिल्ला पुस्ताका परिवारले गर्दै आएका चिया खेती अंग्रेजहरूले जबर्जस्त नियन्त्रणमा लिए ।’
आफ्नो परिवारले चिया उद्योगमा गरेका कामलाई नेपालमा नै लैजानुपर्छ भन्न हेतुले पारिवारिक सल्लाहरले २२ वर्ष अघि नेपाल छिरेका थिए, उनीहरू । भारतमा डेढ सय वर्ष अघि चिया भित्रिएको प्रयोगलाई नेपालका कृषकहरूले पनि विकसित गर्नुपर्छ भन्ने लाग्यो–चियामा अगुवा भारती बताउँछन् । नेपालमा चिया भित्रिएको ५० वर्ष जति पुगेको उनले जनाए ।

चियामा दक्ष जनशक्ति अभाव भइरहेको बेला २२ वर्ष अघि बिर्तामोडको गिरिबन्ध्ु टी स्टेटमा अगुवाई सम्हालेका थिए । भारतबाट सोझै गिरीबन्धुमा आएका उनले करीब २ दशक सोही बगानको प्रबन्धक भएर आफ्नो अनुभवलाई बाँडेका थिए । कामका सिलसिलामा दमकको हिमालय महालक्ष्मी बगानमा ३ वर्ष अघि आएका उनले बगान बढे पनि खपत बढाउन नसकिएको अनुभव गछ्र्रन् । ‘चियामा कृषकहरूको आकर्षण बढेको छ ।’ भारती भन्छन्–‘राज्यले चिया कृषकहरूको हितका लागि सामग्री, कच्चा पदार्थ लगायतका आवश्यकीय सेवामा राज्यले सुविधा पु¥याउनु पर्ने बताए ।
भारु १७५ रुपैयाँ मासिक पारिश्रमिकबाट रोजगारी थालेका भारतीले सम्हालेका चिया बगान अन्य बगानभन्दा राम्रो भएको दाबी उनको छ । चियाका समस्याबारे जानकार मानिनु हुने उनी कामदारको पारिश्रमिक, बाल मजदुर लगायतका समस्याबारे आफू सधैँ गम्भीर भएको तर्क राख्छन् । ‘बगानमा बालमजदुर राख्दिन’ उनले श्रमिक बालबालिका शंका लागे जन्मदर्तालाई अनिवार्य आधार बनाएको प्रष्ट्याए । २ छोराछोरी भएका भारती बगान कामदार भएका कारण आफूले अन्यत्र घर नबनाएको बताउँछन् । ‘रातदिन बगानको हेरचाहमा हुन्छु’ २४ सै घण्टा बगानमा खटिरहेका उनले भने–‘बगान चलाउन सफल नेतृत्व गरिआएको छु’ चार दशक बढी एकै पेशामा निर्भर भएका भारती गुणस्तर चिया उत्पादनमा कृषकहरूको ध्यान जानु पर्ने देख्छन् । भारती भन्छन्–‘उमेर ढल्कँदै गयो, बाँचिञ्जेल चिया मै बिताउँछु ।’

मुक्ति सेना भन्छन् – देशले चाँडै मुक्ति पाओस् – व्यक्ति वृत्त

धनवल राईलाई भारतीय सेनामा भर्ति, हुने र मनग्यै आम्दानी गर्ने ठूलै रहर थियो । १९७९ सालमा पाँचथरको रानीटार ८ बाँसबोटेमा जन्मेका उनी जवान हुँदा गाँउमा भारतीय सेनामा जाने युवाहरुको ताँती नै लाग्थ्यो । तर कतिपय युवा चाँहि तत्कालीन जहानिया राणा शासनका विरुद्ध गोल बद्ध हुँदै थिए । त्यसबेला राणा शाषक र उनीहरुका क्रुरताका विरुद्ध थाहै नपाई धनवल राई तत्कालीन मुक्ति सेनामा आवद्ध भए ।
आफ्ना नेता बिपी कोईरालालाई भेट्न उनी भारतको बनारस सम्म पुगे । बिपीबाट पाएको निर्देशन बमोजिम नै उनीहरु गाँउका युवाहरुलाई संगठित गर्थे र हतियार चलाउन सिक्थे ।
निभ्ने बेला चम्केको दियालो जस्तै थियो राणा शाषकहरुको दमन गाँउ गाँउमा । त्यसबेला उनी चाँहि भारतीय सेनामा भर्ति हुन भारत जाँदै थिए । तर एकजना नेताले उहाँलाई बाटै बाट फर्काए र मुक्तिसेनाको सदस्य बनाए ।

तत्कालीन मुक्ति सेनाले राणा शाषन विरुद्ध सशस्त्र आन्दोलन नै शुरु गरेको थियो । आधुनिक हतियारको पनि बन्दो बस्ति गरिएको थियो । त्यहि मुक्तिसेनामा लागेर २००७ सालमा ईलाम सदरमुकाम कब्जा गरेको उनलाई अझै सम्झना छ ।
२०१७ सालमा जननिर्वाचित सरकारलाई अपधस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था शुरु गरे पछि खुबै चर्कियो आन्दोलन । २०१८ सालको आन्दोलन गरे पछि नेपालमा बसी नसक्नु भयो, मुक्ति सेनाका सदस्यहरुलाई । त्यसैले उनी भारतको दार्जीलिङ तर्फ प्रवास पसे २०१८ सालमा । जवानीको १ चरण प्रवास तिरै बित्यो । जिउ ज्यानै बाजी लगाएर मुक्ती सेनामा भर्ना भएको धनबलको मन सधै पराई मुलुकमा अडिएन । मुक्ति सेनाको खोजी गर्ने क्रम अलि घटे पछि २०४१ साल तिर फेरि उनी आफ्नो परिवार सहित झापा तिर हानिए । झण्डै २८ हिउद बर्खा झापाको लखनपुर–३ मा बिती सक्यो । गाला चाउरीए, आखाँ धमिलो भैसक्यो तर यी आँखाले ऊ बेला आफूले सोचे जस्तो मुक्ति अझै नआएको उनको गुनासो छ । अझै किसानका खेतमा मलपानी नपुगेको, उपचार नपाएर गाँउका गरीब जनताले अकालमा ज्यान गुमाउनु परिरहेको खबर समाचार रेडियो, टेलिभिजनबाट थाहा पाउँछन् उनी । गहिरा डिलभित्र लुकेका आँखा तन्काउँदै भने–‘खै कसले पायो मुक्ति ? सबै नेताका घर ठडिएको मात्रै सुन्छु ।’
राणाहरुको क्रुरताको अन्त्य गरी जनतालाई अधिकार सम्पन्न बनाउन २००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गर्दा भूमिगत नाम ज्ञानबहादुर भएका धनबल राईलाई राणा शासन, पञ्चायत शासन जस्ता एक तन्त्रीय शासन व्यवस्थामा परिवर्तन देख्न पाउँदा भने सन्तोक लागेको छ । उनलाई अब उनलाई एउटै चिन्ता छ अहिले देशमा चाँडै शान्ति आओस् ।
अहिलेका सरकार र नेताहरुले इतिहासको पटक्कै सम्मान नगरेको लागेको छ उनलाई । त्यसैले शरीरमा बरगत नभए पनि सरकार चलाउने नेताहरुलाई एक पटक भेट्ने धोको छ धनबल राईलाई । तर कुनै राहत र सहयोग माग्न होईन, देशको चिन्ता नगरेकोमा मुख भरिको गाली गर्न ।

फुटबलमै बितेको ३९ वर्ष


झापाली फुटबलको नालिबेलीसँगै जोडिएको छ उनको समग्र परिचय । अथवा झापाको फुटबल खेलमा छुटाउनै नमिल्ने नाम भएर अग्लो सम्मान चुलिएका सामान्य गदका उनलाई धेरैले उपनामले चिन्छन् । ुभगिरथ आलेु जसलाई झापाली फुटबल क्षेत्रले ुमामाु उपनामले अधिक चिन्छ । उनले फुटबलकै लागि कूल खर्चेको समय आजसम्म ३९ वर्ष


भइसकेको छ । २०४५ साल देखि राष्ट्रिय खेलकुद परिषद्को फुटबल सहायक प्रशिक्षक पदमा नियुक्त भएयता फुटबल खेललाई व्यसायिकता प्रदान गर्ने कार्यमा उनले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । ५५ हिउँद र वसन्त पार गरिसकेका भगिरथको यो उमेरसम्मको भगिरथ प्रयास फुटबलकै विकासका लागि निरन्तर छ भन्ने कुरालाई गतवर्षको पल्सर उत्कृष्ट फुटबल प्रशिक्षक एवार्डबाट मिलेको जसले पनि प्रमाणित गर्दछ । हाल वरिष्ठ फुटबल प्रशिक्षकको रुपमा उनले योगदान गरिरहेकै छन् । झापा शनिश्चरे-३ कालिस्थानमा २०१३ चैत्र १९ गते टेकमान र जानुका आलेका ३ छोरा र २ छोरी मध्ये पहिलो सन्तानका रुपमा जन्मिएका भगिरथले आफ्नै घरगाउँबाटै सिके फुटबलसँगै भविष्य गुडाउन । २०२९ सालमा शनिश्चरे हाइस्कुलबाट पहिलो पटक फुटबल प्रतियोगिताको यात्रा थालेका उनले त्यसपछि भने फुटबल बाहेक अरु सोच्नै परेन । भन्छन् -ुअन्तरमावि प्रतियोगिता खेलेसँगै शनिश्चरेको डाइनामाइट फुटबल क्लवबाट खेल्न थालेँ ।ु डाइनामाइटबाट खेलकै समय इलाममा एउटा प्रतियोगिता भिड्ने अवसर मिल्यो रे उनलाई । दार्जिलिङ्गको एउटा फुटबल टोलीमा गफी खेलाडीको उपनाम ुमामाु राखिएको थियो । साँझ सबैले ुमामाुको गफ सुन्ने इच्छा व्यक्त गरेका बेला हाम्रै ुमामाु छदैँछन् नि भनेर सहयात्रीले औँल्याएको क्षणले आज पनि उनको छुट्टै परिचय कायम भएको छ । उनलाई चिन्ने-जान्ने कमैले भगिरथ भन्छन् । तर राष्ट्रिय स्तरमा झापाका सुपरस्टार खेलाडी उत्पादन गर्ने कौशलका जसपात्र यी मामाका ुहरि खड्का सन्देश श्रेष्ठ र नरत्तोम गौतमु जस्ता फुटबल हस्ती भााजाहरु जन्मिसकेका छन् । त्यहीँ श्रेणीका ४० बढी खेलाडी झापाबाटै ए डिभीजन क्लवहरुमा खेलिरहेका छन् । उनी भन्छन् -ुएउटा फुटबल प्रशिक्षकका लागि यो भन्दा खुशीको कुरो अर्को के हुन सक्छ ु
फुटबल खेललाई मैत्रीपूर्ण अनुशासन र व्यक्तित्व विकासको पर् याय हो भनेर चिनाउन उनले थुप्रै पसिना बगाएका छन् । फुटबल मैदानको प्रत्येक गजलाई मैदान बाहिरबाटै नियालेर दुरी समेत यकिन गर्ने यिनको खुबी छ ।
उनी भन्छन्-ुजागिरकै दौरानमा भारतको पट्याला नेशनल इ_िन्स्टच्युट फर स्पोर्टसमा ुखेलमैदान व्यवस्थापनुका लागि डिप्लोमा तहको कोर्ष गर्ने अवसर पाएकै कारण यो खुबी प्राप्त भएको हो ।ु खेलकुद क्षेत्रमा हुने राजनीतिक नियुक्तिलाई खेलकुद माथिको हस्तक्षेप मान्ने आले अर्थात ुमामाु यतिबेला झापा जिल्लाको फुटबल व्यवसायिक बन्दै गएको तर्क राख्छन् । सन् २००३ मा नेपाली राष्ट्रिय टीमको सहायक प्रशिक्षक बनेर ओमन सम्म पुगेका मामाले आफ्नो शिल्प तिखार्ने कोरिया र जापानसम्म पुग्न भ्याएका छन् भने आफ्नै स्थानीय कालिस्थान फुटबल क्लवका लागि शुरुका एक दशक खेलेर पाएको स्याबासी त छदैँछ ।
जीवन सङ्गीनी गीता आलेको साथ सहयोग







हौसलाबाट यो उचाई प्राप्त गरेको रहस्य खोल्ने मामा फुटबलमा जतिकै कुशल भूमिका खेलेको मान्छन् निजी परिवार हाँक्न पनि । बढेका दुई छोरीलाई ज्वाँईका घर बिदाई गरिसकेका उनको घरमा बुहारी िभœयाउन चाँहि बाँकी छ तर हत्तारो पटक्कै छैन रे । भन्दै थिए-ुएउटा छोरो छ । पैसा कमाउँछु भनेर अरब खाडी मुलुक गएको छ । आएपछि विचार गरौँला ।ु
जिल्ला खेलकुद समिति झापा र शरणार्थी शैक्षिक कार्यक्रमको सहयोगी कारितास नेपालको संयुक्त आयोजनामा भइरहेको पूर्वााचलस्तरीय नक-आउट फुटबल प्रतियोगिता साचालनका लागि नियमित खटिरहेका उनी हामीसँगको कुराकानीमा पनि फुटबल खेलकै समाचार टिपाउन व्यग्र थिए । पुषको अपरान्ह तिर ठिही बढ्दै गर्दा यी हक्की स्वभावका मामा भन्दै थिए-ु३ वर्ष बाँकी छ जागिरे जीवन । तर अवकाश पछि पनि यो ज्यान फुटबलमै गुडिरहने छ ।ु बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको खेलमैदानमा चलिरहेको कुराकानी टुङ्ग्याउँदै उनले भने-ुलौ ! के-कसो हो अब घर पुग्न हतार छ । अहिलेलाई छुटौँ ।ु
प्रस्तुति ः कमन देवान

कोठे हुँदैछन् गीत



ुभोलीबाट ७७ लाग्दैछु- दमक- को फाल्गुनन्द चोकमा रहेको किराना पसलमा चाउरीएको अनुहार चम्काउँदै मंगलबार लक्ष्मीप्रसाद जोशीले भने
धनकुटाको सँगीतमय परिवारमा जन्मिएका लक्ष्मीप्रसाद अर्थात एलपि जोशी कुनै बेलाका चल्चिका लोकगायक अहिले चल्तिका किराना समान बेच्छन् गफले मेलो लिनलाग्दै गर्दा श्रीमति आईपुगिन पालो दिन ुजाँउ माथिनै गएर भलाकुसारी गरौंु-च्याङ्लो कमिज टक्टक्याउँदै आग्रह गरे
ुबिनायो किराती बाजा होु बिनायोको आवाजलाई गीतमा उनेर दर्विलो इतिहास बनाएका जोशी यसो भन्दै गर्दा पुरानौ बिनायो हातैले पुछ्-पाछ गरि ओठले बजाउन कोसिस गर्दै थिए ुखै ओठले कर नपाएको हो कि यो पुरानो भएर हो राम्ररी बजेनु- थोरै खिन्न भए
उनको परिचयनै बिनायो हो कुनै बेलाको खुव लोकपि्रय गीत रिटिङ रिटिङ नबजाउ बिनायोका गायक जोशी अहिले बुढ्यौलीको घाम तापिरहेका छन् उनि भन्छन् -ुबेला बेला अतिथी हुन बोलाउँछन त्यतै गयो गीत सुन्यो आफु गाउनै सक्न छोडियो
२०१३ सालमा रेडियो नेपालको स्वर परिक्षा उतिर्ण गरे पछि शुरु भएको उनको औपचारीका साङ्तिक यात्राले सङ्ग्रहको रुपमा भने धेरै बाँधिएन जम्मा एउटा एल्बम - रिटिङ रिटिङ रेकर्ड गीतको सङ्ख्या चाँहि पुग नपुग दर्जन नाघेका छन्
केको कोर्को केको नि कोर्को - कुराउनीको कोर्कोनि लैलै बोलको सगुन गीत २०१९ सालमा तत्कालिन राजा महेन्द्रबाट _िक्सस पाएका जोशीको मन अचेल अमिलो हुन्छ बेला-बेलै मुख्य कारण चाँहि सिर्जनाको चोरी भन्छन् -ुश्रृजनाको चोरी गरेर कोहि पनि सर्जक बन्न सक्दैन चोरेको श्रृजना तासको घर जस्तै हो कति खेर हावाले उडाउँछ टुङ्गै हुँदैन
२०१९२२ २९ सालमा रेडियो नेपालले गरेको देश ब्यापि लोकगीत सम्मेलनमा जोशीले क्रमश देश्रो दोश्रो पहिलो उपाधि हात पारे भने -ुत्यस पछि प्रतियोगीतामा भाग लिनै छोडिदिए २०५९ सालमा सु-प्रशिद्ध लोक गायकको सम्मान पाए नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानले पनि सम्मान गरि सक्यो उनलाई धेरै सम्मानको तल-तल पनि छैन्ा भने - राष्ट्रले गर्नु पर्ने सम्मान गरेकै   धेरै अपेक्षा गरेर पनि भएनन नि ।ु  २०६० सालमा लोक भाका हरुको संकलन अनावृत पुस्तकाकारमा प्रकाशन गरेका उनले चाउरिएको मुहार उज्यालो पार्दै भने -ुयतिले कहाँ पुग्नु अझै गरौंला भन्ने हेरौं के-के गर्न सकिन्छ
अहिलेका धेरै जसो लोकगीत उनलाई कोठे लाग्छ ुकोठे नि कोठे गाँउ-गाँउ गएर भाका खोज्ने झण्झट किन गर्थे कोठैमा बस्यो गीत लेख्योु- असन्तोष व्यक्त गरे थपे- ुफेरी सवैलाई दोष दिएको चाँहि होईनहै ।ु फेरी गीत रेकर्ड गर्ने योजनाबारे सुनाए- ुखै हौ कतिन्जेल बाँचिन्छ यसो ÷ ओटा गरौं भनेको तर पारै मिलिरहेको छैन
लक्ष्मीपूजाको दिन जन्मिएकैले उनको नाम लक्ष्मीप्रसाद राखियो भलाकुसारी सकेर अध्यारो भर्याङ् ओर्लदै गर्दा- ुनामै मात्र हो लक्ष्मीप्रसाद यहि एउटा दोकान थाप्याछु अरु केनै कमाउन सकियो रबरु थोर बहुत सरस्वतीकेा आशिर्वाद चाँहि पाईयोु भन्दै गर्दा उनको चाउरीएको अनुहारमा अनौठो चमक छाएको थियो
प्रस्तुती बिष्णु सुव्बा