एमालेको कोहवरा गाउँ अधिवेशन

गौरादह/  नेकपा एमाले कोहवरा गाउँ कमिटीको अध्यक्षमा पुनः छत्रपति सुवेदी सर्वसम्मत चयन भएका छन् ।
बुधबार कोहवरा–७ स्थित जनज्योति माविमा भएको पार्टीको १० औँ गाउँ अधिवेशनले पुनः सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा डम्बर न्यौपाने, सचिवमा रमेश रिजाल र सह–सचिवमा ओमराज अधिकारी चयन भएका जनाइएको छ ।
पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री युवराज कार्कीले अधिवेशन उद्घाटन कार्यक्रममा एमालेको गौरवशाली इतिहासलाई निरन्तरता दिन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादीलाई जिम्मेवार भएर प्रस्तुत हुन जनताले म्याण्डेड दिएको उल्लेख गर्दै जनभावनाको उपेक्षा नगर्न माओवादीलाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं. ६ का इञ्चार्ज मदन अधिकारी, क्षेत्रीय अध्यक्ष योगराज दाहाल, जिल्ला सदस्य बलराम खरेल र खजुरगाछी गाउँ कमिटी अध्यक्ष मोहन कोइरालाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment