
विष्णु सुब्बा
केर्खा, ९ साउन/सरकारी अनुदान आउन छाडेपछि झापाको तोपगाछीस्थित रतुवा माई वृक्षारोपण आयोजना धरासायी बन्दै गएको छ ।
वन मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले २०३५ सालमा आयोजना स्थापना गरी सञ्चालन गरेको पूर्वकै एक मात्र वृक्षारोपण आयोजना पछिल्ला वर्षहरूमा आर्थिक चपेटामा पर्दै गएको छ ।
कार्यालयका प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सरकारी अनुदान आउन छाडेपछि दैनिक कार्यालय सञ्चालनमा समस्या भएको छ । आयोजनाको रोयल्टी समयमै निकासा नहुनु र आयोजना संरक्षण सम्बद्र्धनका लागि सरकारले सहयोगमा...