कम्मर मोटाइका कारण दम

कम्मर मानिसको आकर्षणको केन्द्र बिन्दु भनेर भनिने गरिन्छ । विशेषगरी  महिलाहरुको कम्मरको आकारले यसको महत्व राख्दछ । मोटी कम्मर मोटोपनले दम रोग हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ८८ सेन्टिमिटर (३५ इन्च) भन्दा ठूलो कम्मर भएमा महिलाहरुलाई शरीरको तौल सामान्य भए पनि दम रोगले लाग्ने खतरा धेरै हुन्छ ।

अमेरिकाको नर्दन क्यालिफोर्निया क्यान्सर सेन्टरले गरेको यस सम्बन्धी अनुसन्धान बारेमा थोरयाक्स जर्नलमा जानकारी दिएको छ । अुनसन्धानकर्ताहरुले ८८ हजार ३ सय ४ जना शिक्षक र विद्यालय प्रशासकहरुको शारीरिक अवस्था जाँचेका थिए । सामान्य तौल भएका महिलाहरुभन्दा मोटो महिलाहरुमा दम लाग्ने सम्भावना ४० प्रतिशत बढी हुन्छ । अति मोटो महिलाहरुमा यो खतरा तीन गुणभन्दा बढी हुने विश्लेषण अनुसन्धानकर्ताको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले सानो कम्मर भएका महिलाको दाँजोमा तीन गुणा बढी हुन्छ, आकार ८८ सेन्टिमिटरभन्दा बढी भएका महिलामा दम हुने खतरा भनि भनेका छन् ।
शरीरका अङ्गहरुमा “भिसेरल” बोसोको जाँच उपयुक्त हुने भनाई छ । शरीरमा पाइने अन्य प्रकारका बोसोभन्दा भिसेरल बोसो परक हुन्छ । यसले स्वास्थ्यमा बढी प्रभाव पार्दछ । भिसरेल बोसो बढी सक्रिय हुन्छ, यसले दम गराउने यौगिकहरु उत्पादन गर्छ । भिसरेल बोसो बढीजस्तो पेटमा हुन्छ । अनुसन्धानकर्ता जुली भोन बहरेनले बताइन् । एजेन्सी

0 प्रतिकृया:

Post a Comment