हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

चित्रकलामा भविष्य खोज्दै शुक्र

"बालबच्चा हुँदा पढ्न भन्दा चित्र कोर्न मन गर्थेु"- बाल्यकालको क्षण कोट्याउँदै शुक्रबहादुर धिमाल भन्छन्-ूलहैलहैमा चित्रमा सृजना कोर्न थाले ।ू डेढ दशक देखि सधैँ रङ र ब्रसमा जिन्दगी खोज्ने उनको सृजना यतिखेर व्यवसायिक बन्दै गएको छ । झापाको दमक-४ डाकीनी घर भएका धिमाल चित्रकलामा भविष्य खोज्न राजधानीको भिडभाडमा संघर्षरत छन् । बालबच्चा देखिको प्रभावले उनी राम्रा कलाकार बन्ने होडमा काठमाण्डौ छिरेका थिए । लामो सङ्घर्षले अहिले उनमा सफलताको हात प्राप्त हुन थालेको छ । उनको शब्दमा चित्र किन्ने उपभोक्ता...

मुटु माग्दा तालीको पार्रा

दमक, माघ २५/ पहिलो "नेपाली ता" दीपक लिम्बूले मंगलबार दिन ढल्कदै जाँदा दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा "मुटु माग्यौ तिमीलेु" बोलको गीत शुरु गर्दा दर्शकले तालीको पर्रा दिए । महोत्सवको ११ औं दिन लिम्बूले "आँखा-आँ" "नाई नभन्नु लु" लगायत आधा दर्जन बढी गीत गाएका थिए । उनले गीत गाउँदा दर्शले नाचेर पनि उत्तिकै साथ दिएका थिए । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को मुख्य आयोजनामा जारी महोत्सवमा मंगलबार सम्ममा २ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको आयोजकको अनुमान छ । मंगलबार महोत्सवमा लिम्बू जातिको परम्परागत संस्कृति...

सिलाई तालिम सुरु

दमक, माघ २५/ महिला सशक्तिकरण केन्द्र नेपाल दमकले तीन महिने कपडा सिलाई तालिम सुरु गरेको छ । महिलाहरुको आयआर्जन विकास गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो । तालिमको केन्द्रकी अध्यक्ष भूमिका कोइरालाले लुगा सिउने मेशिन चलाएर सोमबार उद्घाटन गरेकी हुन् । दमक-१० स्थित कार्यालयमा साचालन भइरहेको तालिममा २४ जना महिला सहभागी रहेको केन्द्रले जनाएको छ । जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको तालिमका सहभागीहरुलाई सिकाईका लागि आवश्यक कपडा समेत वितरण गरिएको छ...

दुधे र दमकमा प्याब्सनको खेलकुद

प्याब्सन स्पोर्टस् मिट्स २०६८ दुधे, माघ २५/ प्याब्सन झापाले क्षेत्रनम्बर ६ र ७ मा क्षेत्रीयस्तरका विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । दुधेमा आयोजित क्षेत्रीयस्तरीय छनौट प्रतियोगिताबाट फुटबल छात्र तर्फ तोपगाछीस्थित लालिमा आवाशीय मा।वि। प्रथम भएको छ । मेची सतासी बोर्डिङ्ग स्कूल माइधारलाई हराउँदै लालिमा बिजयी भएको हो । त्यसैगरी भलिबल छात्र तर्फ नवकिरण बोर्डिङ्ग स्कूल शिवगाज प्रथम र लालिमा आवाशीय मा।वि। तोपगाछी दोस्रो भएका छन् । त्यस्तै भलिबल छात्रा तर्फ लालिमा प्रथम र फोनिक्स बोर्डिङ्ग स्कूल तोपगाछी दोस्रो भएका छन् । त्यसैगरी सो...

कर सचेतता गोष्ठी - उपमुख्य समाचार

माघ, २५/  होटल व्यवसायीहरुलाई कर प्रणालीबारे जानकारी दिने उद्देश्यले मंगलबार दमकमा कर सचेतना गोष्ठी सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुर तथा होटल व्यवसायी संघको आयोजनामा भएको गोष्ठीमा कर प्रणाली भ्याट स्थाईलेखा आदिबारे जानकारी गराईएको थियो । कार्यक्रममा कर अधिकृत अनमोल दाहाल दीपक खड्का तथा खरिददार टीका श्रेष्ठ र सुमन तामाङले कर तथा लेखाका बिभिन्न बिषयमा जानकारी दिएका थिए । व्यवसायीहरुलाई स्थानीय तहबाट नैं सेवा समेत दिन आयोजित गोष्ठीमा दमक क्षेत्रका ४ जना होटल व्यवसायीले स्थाईलेखा नम्बर लिएको होटल व्यवसायी संघ झापाका अध्यक्ष...

राजश्व नतिर्नेको कारोबार तथा सम्पत्ति रोक्का - मुख्य समाचार

गोपाल झापाली भद्रपुर, माघ २५/ राजश्व नतिरेका ८ जना व्यवसायीको कारोबार रोक्का गरेर आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले ४० लाख रुपैयाँ राजश्व असुली गरेको छ । लामो समयदेखि व्यवसाय साचालन गर्ने तर कर नतिर्ने व्यवसायीको सम्पत्ति रोक्का गरेपछि ति व्यवसायीहरुले सो राजश्व बुझाएका हुन् । हाल कर बुझाउन बाँकी रहेका ८ जनाको सम्पत्ति समेत रोक्का गरिएको कार्यालय प्रमुख डा। नारायण ढकालले बताए । कारोबार रोक्कापछि कतिपय व्यसायीले कर बुझाए व्यवसाय साचालन गरेको तर केहिले व्यवसाय साचालन नगर्ने व्यवसाय नैं...

शर्मालाई सहयोग

दमक, माघ २५/ अमेरिकामा बसोबास गरिरहेका झापाको दमकका बासिन्दाहरुले झापाका राजनीतिकर्मी पुर्णानन्द शर्मा दाहाललाई उपचारको लागि ५१ हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेका छन् । क्यालिफोनिर्याको लसएन्जलसमा बसोबास गरिरहेका ´ापा दमक स्थाई घर भएका नेपालीहरुले शर्मालाई सो सहयोग गरेका हुन् । लसएन्जलसवासी दमकेलीहरु कृष्ण मिश्र सूर्य प्रसाई शान्तिराम ढकाल रमेश बस्नेत युवराज सिटौला दिलबहादुर श्रेष्ठ सुकदेव शाही मणिप्रसाद सुब्बा शम्भु ढकाल भक्त नेपाल योगेन्द्र बिमली र सुदीप पन्तले सो सहयोग गरेका हुन्...

गाडीमा हरिण पस्दा दुर्घटना

मोरङ, माघ २५/ खेलाडी चढेको गाडीमा एक्कासी हरिण पसेपछि तीन खेलाडी घाइते भएका छन् । इलाममा हुने पूर्वााचल क्षेत्रीय फुटबल प्रतियोगितामा भाग लिन गएको खोटाङको फुटबल टिम चढेको गाडीमा मंगलबार मोरङको पथरीस्थित चारकोसे जंगलमा हरिण पस्दा तीन खेलाडी घाइते भएका हुन् । प्रहरीका अनुसार ल्यान्डरोभर गाडीको अगाडि भागबाट अचानक सिसा फुटाएर हरिण भित्र पसेको थियो । घाइते हुनेमा युवराज राई सोभित राई र पाण्डव राई छन् । सोभित र पाण्डवको सिसाले टाउको र निधार काटेको छ भने युवराजको आँखामा सिसाको टुक्रो पसेको छ । उनीहरुको बिराटनगरस्थित गोल्छा आँखा अस्पतालमा उपचार...

स्वायत्तता माग्ने पार्टीहरु फुट नजिक

दमक, माघ २५/ संघीय लोकतान्त्रिक राष्ट्रिय माच इन्द्रहाङ खम्बू समूहले लिम्बुवानका नेता कुमार लिङ्देन एकात्मकवादी शक्तिहरुको घरेलु एजेन्ट भएको आरोप लगाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय माच र सम्बद्ध संघीय लिम्बुव्ाान राज्य परिषद्का अध्यक्ष समेत रहेका लिङ्देनले संघीयता र जातीय स्वायत्तताको आन्दोलनलाई धोका दिएको मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी खम्बू पक्षलॆ आरोप लगाएको हो । आफूलाई माचको आधिकारिक पक्ष दाबी गर्दै इन्द्रहाङ खम्बूले विधानतः ०६७ चैत्र २९ गते कुमार लिङ्देन समेतको उपस्थितिमा...

एम्बुलेन्सका लागि पुराण

केर्खा, माघ २५/ झापाको तोपगाछी-७ स्थित केर्खा बजारमा एउटा पनि एम्बुलेन्स नभएको भन्दै स्थानीयले सो को जोहो गर्न बुधबारदेखि श्रीमद् भागवत् सङ्गीतमय महापूराण सप्ताह ज्ञान यज्ञको आयोजना गर्ने भएका छन् । स्थानीय दूर्गा मन्दिर परिसरमा आयोजना गरिने पुराणबाट उठेको रकमले एम्बुलेन्स खरिद गर्ने लगायतका लक्ष्य राखिएको पुराण मूल आयोजक समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । दूर्गा मन्दिर साचालक समितिका अध्यक्ष वीरध्वज बिष्टले पुराणबाट ५० लाख सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताए । दाताहरुबाट प्राप्त सहयोगले एम्बुलेन्स खरिद ३० वर्ष अघि निर्मित मन्दिरको...

औषधि खाने शहरका भन्दा गाउँका बढी

हात्तीपाइले विरुद्धको अभियान दमक, माघ २५/ झापामा साचालन गरिएको हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानमा शहरका भन्दा गाउँका सर्वसाधारण बढी सहभागी भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खाएपछि तत्काल नकारात्मक असर देखिएको भन्दै यो अभियानमा शहरका बासिन्दा कमले मात्रै औषधि लिएका जनाएको छ । जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईले तत्काल नकारात्मक असर देखिदा शहरका मनिसहरु त्रसित भएको जनाउँदै त्यस किसिमको नकारात्मक असर हात्तीपाइले रोगका किटाणु प्रवेश गरेका मानिसहरुमा देखिएको स्पष्ट पारेका छन् । चौलागाईले भने -ुजसमा यसको संक्रमण...

अढाइ महिनापछि पक्राउ

उर्लाबारी, माघ २५/ एमाओबादी भातृ संगठनका कार्यकर्ता बादल लिम्बु र सुवास तामाङमाथि आक्रमण गरेको अभियोगमा अढाई महिना देखि फरार भएका राजघाट-७ का साङगेहाङ लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ग्ात मंसिर १५ गते उनीहरुमाथि आक्रमण गरेको आरोप लागेका लिम्बुलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भए अनुरुप कारवार्हीका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बु समर्थकहरुले प्रहरीले एकपक्षीय रुपमा पक्राउ गरेको आरोप लगाएका छन् । राजघाटकै कान्ते लिम्बुले पनि सोही अभियोगको मुद्दा दर्ता हुँदा समेत आरोपितहरुलाई प्रहरीले पक्राउ नगरेको उनीहरुले...

वाइसिएललाई पार्टीले रकम दिने

काठमाण्डौ, माघ २५/ एकीकृत नेकपा माओवादीले लडाकूबाट बाईसीएलमा गएकाहरुलाई पार्टीले नै एकमुष्ट रकम दिने निर्णय गरेको छ । लडाकू सरह सेवा सुविधा र समायोजनको माग गर्दै लडाकूबाट बाईसीएलमा गएकाहरु पार्टी नेतृत्वविरुद्ध आन्दोलनमा उत्रिएपछि माओवादी स्थायी समितिको बैठकले पार्टीको आर्थिक कोषबाट उनीहरुलाई एकमुष्ट रकम दिने निर्णय गरको हो । बैठकले स्वेच्छिक अवकास रोजेका लडाकूहरुबाट चेक लिने कुनै नीति नरहेको प्रष्ट पारेको छ । बैठकले घाइते तथा अपाङ्ग लडाकूलाई थप आर्थिक प्याकेज दिन र पूर्व लडाकूहरुलाई आर्थिक प्याकेज दिन सरकारलाई निर्देशन दिएको छ । शान्ति...