हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप...

नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी...

फेल भएपछि चार जनाद्वारा आत्महत्या

काठमाडौ । एसएलसी परिक्षामा असफल भएका कारण तीन दिनको अवधिमा चार जनाको ज्यान गएको छ । रुपन्देही, तनहुँ, मोरङ र धादिङमा तीनजनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन् ।  रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ विष सेवन गरी आत्महत्या गरिन् । एसएलसी परिक्षाको नतिजा आउनासाथ सेवन गरेकी उनको किम्सन अस्पताल मणिग्राममा उपचारकै क्रममा मृत्यु भएको थियो । यसैगरी, तनहुँको भानु गाविस वडा नम्बर २, तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डेको पनि एसएलसीमा फेल भएकै कारण ज्यान गएको छ । एसएलसीं परिक्षामा असफल भएका कारण घरमा...

३,१५० अस्थायी टहरा बनायो कांग्रेसले

काठमाडौं । कांग्रेसले महाभूकम्प पीडितका लागि प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ । कांग्रेसका भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा खटिएको टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै  १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षा कोठा, एउटा मन्दिर र १० वटा सामूदायिक भवन निर्माण गरेको जनाएको छ । कांग्रेस अभियानमा १५ हजार सहभागी भएको आइतबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न...

विश्व खाद्यलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले भूकम्पपीडितलाई राहतका नाममा गुणस्तरहीन चामलसहितका खाद्यान्न बाँड्ने विश्व खाद्य कार्यक्रममाथि कारबाही चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यालयका सचिव शान्तराज सुवेदीको कार्यालयमा आइतबार भएको सरोकारवालाबीचको छलफलपछि विश्व खाद्यले बाँडेका खाद्यान्नको यथाशीघ्र परीक्षण गरी गुणस्तरहीन पाइएमा प्रचलित कानुन अनुसार हदैसम्म कारबाही गर्न निर्देशन दिइएको हो । गोरखाको लाप्राका लगायतका स्थानमा बाँडिएको चामल र पेयपदार्थको वाणिज्य विभाग र खाद्य प्रविधि तथा  गुण नियन्त्रण विभागले तीन दिनभित्र परीक्षण गरी गुणस्तरहीन पाइएमा कारबाही...

प्राधिकरण अध्यादेश सिफारिस, अध्यक्ष प्रधानमन्त्री नै

काठमाडौं । सरकारले ‘भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ राष्ट्रपतिसमक्ष सिफारिस गरेका छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए । प्राधिकरण गठन प्रक्रियामा सत्तारुढ कांग्रेस र एमालेबीच नै मतैक्यता थिएन । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने सहमति भएको थियो । एमाले स्थायी कमिटी बैठकले शनिबार अध्यादेश संसदबाट ल्याउनुपर्ने...

पूर्वी मोरङमा राष्ट्रनिर्माण अगाडी

उर्लाबारी । एलएलसीमा पूर्वी मोरङबाट इटहरामा रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलले सबैभन्दा धेरै विशिष्ट श्रेणी ल्याएको छ । उर्लाबारी क्षेत्रमा रहेको ठूला भनिएका नीजि विद्यालयलाई समेत पछार्दै ग्रामिण क्षेत्र इटहरा १ सोमबारेमा रहेको राष्ट्रनिर्माण विशिष्ट श्रेणीमा उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उतिर्ण गराएको हो । राष्ट्रनिर्माणबाट परीक्षामा सहभागी २७ जनामध्ये ८ जान विशिष्ट श्रेणी र अरु १९ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको विद्यालयका प्रिन्सिपल विश्वास ढकालले जानकारी दिए । ढकालले पूर्वी मोरङमा आफ्नो विद्यालयको विशिष्ट श्रेणी सबैभन्दा...

एमाले कार्यकर्तालाई सञ्चार प्रशिक्षण

धुलाबारी । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य एवं झापा क्षेत्र नं. १ का सभासद् रविन कोइरालाले सूचना विनाको समाज अब परिकल्पना गर्न नसकिने बताएका छन् । २२ औं द्रेणचार्य क्षेत्री स्मृति दिवसको अवसरमा आइतबार धुलाबारीमा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग र प्रेस चौतारी झापाको संयुक्त आयोजनामा क्षेत्रीयस्तरको सूचना तथा संचार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सूचनाको युगमा पार्टीका हरेक क्रियाकलापहरु आमसञ्चार माध्यमबाट सम्प्रेषित हुन सके कार्यकर्ता र जनताले सुसूचित हुन सहयोग मिल्ने बताए । एमाले झापा जिल्ला...

गोलधापमा बुहारी पढाउने अभियान

गोलधाप । झापाको बिर्तामोडबाट झण्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको छ । छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै गोलधापका वासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रित बसालेका छन् । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव...