हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

इ डेस्क स्थापनाले सेवाग्राहीलाई राहत

दमक । दमकका करदाताहरुले आफनो विवरण आफै भर्न पाउने इ डेक्स स्थापना भएपछि सेवाग्राहीलाई राहत मिल्ने भएको छ । करदाता सेवा कार्यालय दमकले शुक्रबारबाट इ डेक्सको सेवा शुरु गरेको हो । करदाताहरुको मागलाई मध्यनजर गरी उनीहरुको कारोवारको विवरण स्वंयले सुचना र प्रविधिको प्रयोग गरेर निशुल्क बुझाउन पाउने सेवा उपलब्ध गराएको कार्यालयका प्रमुख पुस्कलराज प्रसाईले बताए । यस सेवाले करदाता र कर कार्यालयबीच करमैत्री वातावरण निर्माण गर्ने उनको दावी छ । बिद्युतीय सेवाले बिगतमा कर्मचारी राखेर बिवरण भर्ने झन्झटबाट मुक्ति...

निर्वाचनका लागि पहाड र मधेषमा बुथ राखिने

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि ठूलो चासोको विषय बनेको दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको निर्वाचनका लागि पहाड र तराईमा गरी २ ठाउँमा बुँथ राखेर जेठ १५ र १६ गते निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ । लामो समयको विवादपछि निर्वाचनको मिति तय गरेको दमक रवि सडक उपभोक्ता समितिको सचिवालयमा पहाडी क्षेत्रको एक समूहले ताला लगाएपछि शुक्रबार भएको वार्तामा सो सहमति भएको हो । निर्वाचन सम्बन्धि विषयलाई लिएर संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसाँगर साम्बाको अगुवाईको पहाडवासीको टोलीले...

मेची सहकारीको टावरमात्र हटाउन माग

दमक । भूकम्पको त्रासका कारण झापाको दमकस्थित मेची सहकारी संस्थाको ६ तले घरमाथि रहेको यूटीएलको टावर हटाउन गरेको मागप्रति कम्पनीले बेवास्ता गरेको छ । सानो आकारको भवनमा रहेको ८ टन वजनको टावर लड्न सक्ने त्रासले स्थानीय ५७ जनाले नि वेदन दिएपछि सहकारीले टावर हटाइदिन कम्पनीसँग अझ निरन्तर माग गरेको छ । ६ महिना अघि नै टावरबाट जोखिम हुनसक्ने ठहर गरेर इलाका प्रशासन कार्यालयमा निवेदन दिएको सहकारीका व्यवस्थापक खोम बगालेले जनाए । ‘हाम्रो निवेदन उपर कारबाही गर्न इलाका प्रहरीलाई निर्देशन भएपनि कम्पनीले आलटाल गरिरहेको...

कक्षा ११ र १२ को परीक्षा नसर्ने

काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षा तोकिएकै समयमा सम्पन्न हुने जनाएको छ । महाभूकम्पका कारण एक महिनापछि परीक्षा सारिएको र विद्यार्थीले अझै सार्न माग गरेपछि परिषद्ले उक्त कुरा स्पष्ट पारेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा यही जेठ २० गतेबाट ३१ गते सम्म र कक्षा ११ को परीक्षा असार १ गतेबाट १२ गतेसम्म तोकिएको छ । विद्यार्थीले परीक्षार्थीहरु भूकम्पमा परेर घाइते भएका, घरबासको ठेगान नभएको भन्दै परीक्षा सार्न माग गरेका छन् । तालिका अनुसार परीक्षा सञ्चालन नभएमा नतिजा समयमा...

झापामा पहिलोपटक गाँजा खेती नष्ट

चन्द्रगढी । झापामा प्रहरीले पहिलो पटक अन्दाजी तीन लाख मूल्य बराबरको गाँजा खेती नष्ट गरेको छ । झापा भद्रपुर –४ स्थित वोत्ताबारीको गाउँमा लगाइएको गाँजालाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष प्रहरी टोलीले सुराकीको आधारमा पत्ता लगाएको गाँजालाई बडा प्रहरी कार्यालय भद्रपुरका सई ज्ञानेन्द्र झा नेतृत्वमा गएको टोलीले शुक्रवार दिउँसो ८२ वर्षीय विजला यादव, देवेन राजवंशी लगायतको खेतबाट गाजा नष्ट गरिएको झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जनाए । यादवले अन्दाजी १ कट्ठा र अन्यले...

प्राविधिक शिक्षातर्फ लाइफ लाइन नेपालमै उत्कृष्ट

दमक । प्रत्येक बर्षको परिक्षामा झापाको दमकस्थित लाइफ लाइन स्वास्थ्य बिज्ञान प्रतिष्ठान उत्कृष्ट नतिजा ल्याउदै देशभरमै उत्कृष्ट हुदै गएको छ । पछिल्ला बर्षहरुमा प्राबिधिक शिक्षातर्फ मुलुक भरीमै आफुलाई उत्कृष्ट बनाउदै ठुलो मात्रामा दक्ष जनशक्ति देशका बिभिन्न क्षेत्रमा पुर्याएको छ । एक बर्षयता प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद ( सिटीइभिटी ) ले प्रकाशित गरेको नजितामा लाइफ लाइनले नर्सिङ, हेल्थ असिस्टेन्ट र ल्याव असिस्टेन्टमा मुलुक भरीमै उत्कृष्ट नजिता ल्याएको छ । ३ बर्षयता उत्कृष्ट...

नक्कली चेक दिएर विद्यालयको ५ लाख झ्वाम - प्रहरी अनुसन्धान गर्दै

-  मन कुमार गदाल दमक | राष्ट्रिय बाणिज्य बैंक दमकमा रहेको एक उच्च माबिको खातामा नक्कली चेक प्रयोग गरि ५ लाख रुपैयाँ चोरी भएको छ । दमक ६ स्थित ढुकुरपानी उच्च माविको राष्ट्रिय बाणिज्य बैंक दमक शाखामा रहेको खाताबाट नक्कली चेक प्रयोग गरी  ५ लाख रुपैयाँ चोरी भएको हो ।  बिद्यालयको बैंकको दमक शाखामा रहेको खाताको रकम दुई पटक गरी बैंककै बिर्तामोड शाखाबाट चोरी भएको छ । बैंकको खाताबाट गत बैशाख ३ गते १ लाख ५० हजार रुपैया र चैत ३० गते ३ लाख ५० हजार रुपैया नक्कली  चेक प्रयोग गरेर चोरी भएको बिद्यालयका प्राचार्य लिला खनालले जानकारी दिए...

झापामा कृषि विमा कार्यक्रम असफल

►  तारामणि सापकोटा विर्तामोड । कृषकले चासो नदेखाउँदा नेपाल सरकारको बाली बिमा कार्यक्रम झापामा असफल भएको छ । ३ बर्ष अघिबाट सुरु भएको बाली बिमा कार्यक्रममा झापाका ३ जनामात्र कृषक सहभागि छन् । सरकारले बाली तथा पशु पन्छी बिमा निर्देशिका जारी गरी २०६९ माघ १ गतेबाट बिमा कार्यक्रम सुरु गरेको हो । बिमामा लाग्ने ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने र ५० प्रतिशत कृषकले व्यहोर्ने भनी २ करोड रुपैँया बिनियोजन गरेको थियो । तर, कृषक आकर्षित हुन नसक्दा २ करोड खर्च हुन सकेन । पहिलो पटकको बिमा कार्यक्रम...

सहमतिमा निर्वाचन सकियोस्

यसबेला झापाको दमकमा चुनावी रौनक छ । चुनावमा लाग्नेहरु र समितिको व्यवस्थापनका कुरालाई लिएर जुहारी र वार्ता समेत भएका छन् । शुक्रबारको वार्तापछि दमक रवि चिसोपानी (फाल्गुनन्द) सडक उपभोक्ता समितिको निर्वाचनमा ध्यान केन्द्रीत भएको छ । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि ठूलो चासोको विषय बनेको समितिको निर्वाचनका लागि पहाड र तराईमा गरी २ ठाउँमा बुँथ राखेर निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ । लामो समयको विवादपछि निर्वाचनको मिति तय गरको अवस्थामा पहाडी क्षेत्रको एक समूहले समितिको सचिवालयमा ताला लगाएपछि भएको वार्तामा सो सहमति हुन पुग्यो । पहाडी...

भुुइँचालोपछि भग्नावशेषका उदाउँदा पात्र र कुुखुुरी काँ...

टंक पाठक २०६३ पछि यो मुलुुकको राजनीति क्षेत्रसँगै यावत कुुरामा विश्वास बढ्दै जान्छ भन्ने प्रवल सम्भावना पाउला पलाउन थालेका थिए । तर ती सम्भावनाका पाउलाहरु विस्तारै सुक्दै गए । केही बाँकी रहेका ति विश्वासका पाउले पात थिए भने पनि यो वैशाख १२ गतेको महाभूूकम्पदेखि भग्नावेषमा परिणत हुन थालेको हो कि भन्ने जो सुकैले आँकलन गर्न थालेका छन् । महाविपद्मा परेकाको लागि उद्धार र राहत, घाइतेहरुको लागि मलमपट्टी र मृतकका परिवारजनलाई काजकिरिया गर्न सहयोगी हातहरु स्वदेश विदेशबाट झन् जुट्ने काम हुँदैछ ।...