तीन नेपाली विद्यार्थी विश्व उत्कृष्ट

काठमाडौं, वैशाख १५/बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ए लेभल (उच्च माध्यमिक तह) अध्ययनरत तीन नेपाली विद्यार्थी सर्वोकृष्ट भएका छन् । सन् २०११ को परीÔामा विश्वभरका विद्यार्थीस“गको प्रतिष्पर्धामा रातो बंगलाकी अपूर्वालाल शर्मा र सशांक शर्मा साथै जेम्स इन्स्टिच्युट अफ हाइगर एजुकेसनका समीप बराल सर्वोकृष्ट हुन सफल भएका छन् । त्यस्तै तीन उत्कृष्ट सहित ५७ नेपाली विद्यार्थी २०११ मा ए लेभलमा उत्कृष्ट भएका छन् । नेपालमा ए लेभल पढाई हुने ३५ कलेज रहे पनि १६ कलेजका विद्यार्थी विभिन्न विÈयमा सर्वोकृष्ट तथा उत्कृष्ट भएका छन् ।
यसैबीच शिÔा मन्त्री दिनानाथ शर्माले विश्वमा नेपाली विद्यार्थीको सफलताले नेपालको शिÔा Ôेत्रमा सुधारोन्मुख रहेको बताए । क्याम्ब्रिज विश्व विद्यालयको तर्फबाट प्रदान गरिएको ‘उत्कृष्ट अवार्ड’ सहित प्रमाण्ँपत्र वितरण्ँका लागि बुधबार राजधानीमा कार्यक्रममा मन्त्री शर्माले नेपाली विद्यार्थी अव अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्पर्धा गर्न सक्ने अवस्थाको सृजना भएको बताए । शर्माले उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीले भविष्यमा नेपालका लागि उल्लेख्य योगदान पु¥याउने आशा व्यक्त गरेका छन् .

0 प्रतिकृया:

Post a Comment