हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

विवाद समाधानका लागि भएका छलफल निष्कर्ष विहीन – मुख्य समाचार

काठमाडौं, वैशाख ९/ संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन शुक्रबार बिभिन्न दलहरुले विभिन्न चरणमा अलग–अलग छलफल गरे पनि उनीहरुले निष्कर्ष निकाल्न सकेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा माओवादी र कांग्रेसबीच शुक्रबार भएको छलफलमा विवादित सबै विषयमा सहमति खोज्ने उपाय बारे छलफल भएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए । ‘सबै विवादमा सरसर्ती छलफल भयो,’ संवाददाताहरुसित उनले भने । संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा प्रमुख दलहरुबीच सहमति हुन सकिरहेको छैन । खासगरी राज्य पुनर्संरचनाका...

‘५ दिनमा ब्रेक थ्रु आवश्यक’ – उपमुख्य समाचार

विवादित बिषयमा सहमति जुटाएर ५ दिन भित्रमा दलहरुले ‘ब्रेक थ्रु’ नगरे आगामी जेठ–१४ मा नयाँ संविधान जारी हुने सम्भावना नरहने संविधानका एक जानकारले बताएका छन् । शुक्रबार दमकमा आयोजित एक कार्यक्रममा नेपाल वार एशोसिएसन संघीयता संयोजक दिनेश त्रिपाठीले संविधान निर्माण र शान्ति प्रकृया टुङ्ग्याउन दलहरुले सहमति जुटाउन ढिलाई गरि रहेको बताए । उनले सहमति जुटाउने क्रममा न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायलय प्रति कुनै पनि सम्झौता नगर्न दलहरुलाई आग्रह  गरे । आगामी जेठ–१४ मा संविधान जारी नभएर देशमा संवैधानिक शून्यता कायम हुने उल्लेख गर्दै उनले सभाषद्हरुलाई...

‘शरणार्थी अधिकारका लागि अभिसन्धि आवश्यक’

दमक, वैशाख ९/ नेपालमा रहेका शरणार्थीहरुका समस्याको दिर्घकालीन समाधानका लागि नेपालले शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धि अनुमोदन गर्न आवश्यक रहको अगुवाहरुले बताएका छन् । नेपाल मानव अधिकार संगठन र मानव अधिकार केन्द्र नेपालले शुक्रबार दमकमा आयोजना गरेको भावि संविधान र शरणार्थीको अधिकार विषयक विचार गोष्ठीमा उनीहरुले नेपालमा शरणार्थी सम्बन्धि कुनै पनि कानुन नहुँदा समस्या चर्किएको बताए । कार्यक्रमका मुख्य वक्ता नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष सुदीप पाठकले झण्डै २ दर्जन विभिन्न अन्तर्राष्ट्रिय महासन्धि र सन्धिहरु अनुमोदन गरिसकेको नेपालले...

दुर्घटनामा ५ घाइते

दमक, वैशाख ९/झापाको दमक–१० स्थित एउटा खोल्सीको कल्भर्टबाट बालुवा बोकेको ट्याक्टर र मोटरसाइकल दुर्घटना भई खोल्सीमा पल्टिँदा पाँच जना गम्भीर घाइते भएका छन् । अपरान्ह अढाई बजेतिर पश्चिमबाट पूर्व आउँदै गरेको को.१ त ८६४४ नम्बरको ट्याक्टर र दमक–१४ बाट पूर्व–पश्चिम राजमार्ग तर्पm निस्कँदै गरेको मे. ३ प. ५९७९ नम्बरको मोटरसाइकल ठोक्किईँदा कल्भर्टबाट ५० फिट मुनी खोल्सीमा पल्टिएका हुन् । सो दुर्घटनामा ट्याक्टर चालक इलाम चुलाचुली–२, हात्तीलेदाका २६ वर्षीय हरि विश्वकर्मा, सह–चालक सोही ठाउँका राजकुमार कटुवाल, ट्याक्टर मजदुर महारानीझोडा–३ का मेघराज ठटाल, मोटरसाइकल...

निर्णायक आन्दोलन : लिङ्देन

दमक, वैशाख ९/मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शुक्रबार साँझ पूर्वका विभिन्न ९ जिल्लामा राँके जुलुससहित थालिएको आन्दोलन लिम्बुवान प्राप्तिका लागि निर्णायक भएको बताएका छन् । प्रमुख तीन दल र मधेसी मोर्चाले गत आइतबार र सोमबार काठमाडौंको हात्ती वनमा गोप्य बैठक गरी जातीय राज्यका विरुद्धमा सहमति गरेको लिङ्देनले आरोप लगाए । बिहीबार सुनसरीको चतरादेखि संखुवासभाको संखुवा खोलासम्मको  मार्चपासमा सहभागी रहेका लिङदेनले आन्दोलन बारे फोन मार्फत कुरा गर्दै भने –‘आजदेखि  थालिएको लिम्बुवान आन्दोलन एकात्मककवादी र लिम्बुवान विरोधीहरुका...

सप्तरङ्गीको वार्षिक उत्सव

दमक, वैशाख ९/दमकको सप्तरङ्गी एफएमले शुक्रबार छैठौं वार्षिक उत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेशप्रसाद बस्नेत, ब्रोडकास्टर एशोसिएसनका उपाध्यक्ष राजेन्द्र चौलागाँई, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने,  मदन भण्डारी फाउण्डेसन झापाका अध्यक्ष देवेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले वार्षिक प्रतिवेदन पेश गरेका थिए...

द एभरेष्टको कारोबार शुरु

दमक, वैशाख ९÷दमकमा द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट कारोवार शुरु गरेको छ । संस्थाको राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेतले उद्घाटन गरेका हुन् । उनले सहकारी मार्फत दिगो आर्थिक विकास सम्भव हुने बताउँदै सबै  संस्थाहरु सहकारीका मूल्य र मान्यता अनुसार सञ्चालन हुन आवश्यक रहेको बताए । दमक–११ स्थित थानारोडमा कार्यालय रहेको संस्थाको अध्यक्ष रुद्रप्रसाद तिम्सिना, उपाध्यक्ष दीपक खरेल, सचिव धर्मानन्दा भट्टराई, कोषाध्यक्ष प्रभा न्यौपाने र सदस्यहरु रोशनकुमार गौतम, हेमकुमार बाँस्तोला र यामजी श्रेष्ठ रहेका छन् । उद्घाटन कार्यक्रममा...

डेढ दर्जनलाई सम्मान

उर्लाबारी, वैशाख ९/उर्लाबारीमा शुक्रबार पतञ्जली योग समितिले आर्थिक सहयोग गरेबापत डेढ दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जयधर्म आचार्य, महेन्द्रजंग तामाङ, विरवल थापा, दिलकुमारी लामा, लिला प्याकुरेल, केदार रिजाल, मेजर मानबहादुर राई लगायत रहेको समितिका जिल्ला सदस्य सानु खड्काले बताए । समितिकी केन्द्रीय प्रभारी हेमा ढुङ्गानाले नेपालको ७५ वटै जिल्लामा योग समिति स्थापना गरिएको जानकारी दिए । उनले हाल नेपालमा ३० हजार योग शिक्षक रहेको रहेको र तीमध्ये महिलाको सङ्ख्या १९ हजार रहेको जानकारी दिए ...

गोरु बोकेको ट्रक दुर्घटना

उर्लाबारी, वैशाख ९/पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को शनिश्चरे–१ डाँस खोला नजिकै ट्रक दुर्घटना भएको छ । गोरु बोकेको ना.२ ख ३५२५ नम्बरको ट्रक अनियन्त्रित भई सडक दक्षीणतर्फ अघिल्लो दायाँ चक्काको स्पेलेण्डर भाँच्ची ट्रक दुर्घटना भएको थियो ।  ति गोरु सिराहाबाट भारतको नक्शल लैजाने गरेको बुझिएको छ । दुघर्टनाग्रस्त ट्रकमा रहेको तीनवटा गोरु मरेको र एउटा सिकिस्त अवस्थामा रहेको छ भने १९ वटा सकुशल रहेको पथरीका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले जानकारी दिए । शिव सेना नेपाल मोरङका अध्यक्ष अजय सेनको नेतृत्व टोलीले मृत गोरुहरुको गाड्ने र घाइतेको उपचार...

सर्वोत्कृष्ट प्राणी – असरल्ल

कमन देवान सिद्धान्त, शैली, बोली, प्रवचन र प्रतिबद्धता भन्दा व्यवहार माथि हुन्छ । मानिस के, कसरी वा कस्तो बोल्छ ? त्यो मानिसलाई चिन्न काफी छैन । केवल मानिससँग परिचित हुने र सङ्गत गर्ने विषय हुन सक्दछ । तर, वास्तवमा कुनै पनि मानिसको बारे बुझ््नलाई उसले अरुसँग गर्ने व्यवहार नै आवश्यक तत्व हो । जो मानिस आफूमा इमान्दार छैैन, ऊ अरु कसैका लागि पनि इमान्दार बन्न सक्दैन । मानिसको इमान्दारितालाई जाँच्ने कसी भन्नु पनि उसको व्यवहार नै हो । तर, व्यवहारिकताको अर्थ कुनै पुस्तकमा महान् वाणीका रुपमा लेखिएका आदर्श शब्दहरु भने होइनन् । आदर्श शब्दहरुले मानिसलाई कुनै...

राष्ट्रपति र जातीय राज्य – दोस्रो लेख

डा. सुभाष पोखरेल हालैको राजनीतिक विकासपछि देशले संविधान पाउने सम्भावना ह्वात्तै बढेको छ । माओवादीमा आएको वर्तमान तिक्तताको कारण्ँ संविधान जारीस“गै विधान च्यातिने सम्भावना पनि प्रबल छ । संविधानसभाको समीकरण्ँका कारण्ँ कुनै एक दलको चाहनाअनुसारको संविधान बन्ने अवस्था पटक्कै रहेन बरु सबै राजनीतिक दलको साझा दस्तावेजको रुपमा संविधान आउने भयो । कुनै कुरा माओवादीले भने जस्तो केही कांग्रेसले चाहे जस्तो कुनै एमाले तथा मधेशवादी दलले सोचेजस्तो कुरा संविधानमा लिपिबद्ध गर्नुपर्ने बाध्यता भयो । आङ्खना घोÈण्ाँपत्रलाई एक छिनको लागि थाती राखेर पार्टीहरुले सबै मिलेर...

जनआन्दोलन उपलब्धी व्यवस्थापन र नेतृत्व प्रवृत्ति – पहिलो लेख

राम प्रधान आज भन्दा ठीक ६ वर्ष पहिले अर्थात २०६३ साल वैशाख ९ गतेका दिन नेपालमा दोस्रो जनआन्दोलनको १७ औँ दिन थियो । नेपालका सबै वर्ग, तह, तप्का, भाषा भाषी, जातजाति, पेशाकर्मी लगायत नेता, कार्यकर्ता, मजदुर, किसान, प्राध्यापक, कर्मचारी, शिक्षक वकिल, डाक्टर, विद्यार्थी, महिला, युवा, केटाकेटी, लेखक, कलाकार, पत्रकार, वुद्धिजिवी सबै जनआन्दोलनको सफलताको लागि भोक, तिर्खा, निन्द्रा छोडेर सडकमा उत्रिएका थिए । प्रत्येक नेपाली नागरिकहरुको नाडीमा जनआन्दोलनको तातो रगत भलभली उम्लिरहेको थियो । क्रमिक रुपमा जनआन्दोलनप्रति ऐक्यबद्धता, समर्थन र सहयोगका ताती लागिरहेको...