विर्तामोड । झापाको गरामनी, चकचकी र गोलधाप गाविसका २ सय घर परिवारले आफ्नै लगानीमा साढे चार किलोमिटर बाटो निर्माण गरेका छन् |
गरामनी सापडिग्री हुँदै चकचकी–७ जनता होलीतरी पुनः गरामनीबाट गोलधाप–४ जनजागृति उमावि अगाडि कालोपत्रेमा जोड्ने बाटो स्थानीयवासीले निर्माण गरेका हुन् । अत्यन्त साँघुरो सो बाटोलाई ३० फिट र पैनी भएको ठाउँमा ३५ फिट चौडा कायम गरी माटो भर्ने काम सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले जानकारी दिए ।
तीन चरणमा निर्माण सम्पन्न गरिएको सो बाटोका लागि १ हजार २ सय ३२ जना मजदुर परिचालन गरिएको र ६ लाख बढी खर्च भएको...