हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

आर्थिक अभावमा ट्यूमरको समस्या

कुमारी निरौला उर्लाबारी । पाँचथरको मौवा ५ की युवती आफ्नो भर्भराउँदो उमेरमा अनुहारमा पलाएको ट्यूमरबाट पीडित छिन् । टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको आर्थिक समस्याका कारण अपरेशन गर्न नसकेपछि  २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् । हाल मोरङको मधुमल्ला– ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनको लागि सहयोगी हातहरु फैलाउनु परेको उनका मामा जंगबहादुर खत्रीले बताए । सानैदेखिको गालाको कालो दागले साथीहरुले जिस्क्याएर विद्यालय जान समेत...

प्रहरीद्वारा होटलमा छापा

दमक । यौन गतिबिधी गरेको भन्दै प्रहरीले झापाका दुई मुख्य शहरका होटलहरुमा बुधबार छापा मारेको छ । प्रहरीले दमक र बिर्तामोडका होटलहरुमा छापा मारेर केही जोडीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अनैतिक गतिबिधी भइरहेको भन्दै दमकका केही होटलहरुमा छापा मारेर ७ वटा होटलमा छापा मारेर ७ जोडीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले जानकारी दिए । होटलहरुमा गैर कानुनी रुपमा यौन क्रियाकलाप भएको सुराकीको आधारमा ती होटलहरुमा छापा मारेको प्रहरीको भनाई छ । राजमार्ग क्षेत्रका ७ वटा होटलमा छापा मार्दा गैरकानुनी रुपमा शारिरीक सम्पर्कमा रहेका...

बन्धक बनाउने पक्राउ

सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले बिर्तामोडबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको...