हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

सुडान घोटालामा पूर्व ३ महानिरीक्षक दोषी - मुख्य समाचार

काठमाडौं/ विशेष अदालतले सुडान घोटालामा पूर्व प्रहरी महानिरीक्षकत्रयलाई दोषी ठहर गर्दै २ र २ वर्ष कैद र करौडौं जरिवानाको फैसला सुनाएको छ । अदालतका अध्यक्ष गोरीबहादुर कार्की र सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले पूर्व प्रहरी महानिरीक्षकत्रय र ठेकेदारद्वयलाई दोषी ठहर गरेको छ । अन्य ३१ जनालाई भने सफाई दिएको छ । विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख ८ हजार र हेम गुरुङलाई ६ करोड ४८ लाख ७० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । यस्तै तत्कालिन...

बेला नभई फुल्यो लालीगुराँस

ताप्लेजुङ/ साधारणतया चैत-वैशाखमा फुल्ने लालीगुराँस माघ अन्तिमा नै फुलेपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् । ताप्लेजुङका पर्यटकीय क्षेत्रमा यो वर्ष माघ अन्तिममा नै ढकमक्क फुलेपछि पर्यटक व्यवसायी भने चिसन्तत भएका हुन् । जिल्लाको पाथीभरा क्षेत्रलगायत पर्यटकीयस्थल काचनजङ्घा संरक्षण क्षेत्रमा बेमौसममा नै यसरी लालीगुँरास फुलेपछि र पर्यटक आउने मौसममा गुराँस सकिने र सुक्ने डरले पर्यटक व्यवसायी चिन्तित बनेका हुन् । दुई महिनाअघि नै फाट्टफुट्ट फुलेको गुराँस माघ सकिँदै प्रायः पूरै फुलेको सुकेटार...

धिमाल जाति विकास केन्द्रको अधिवेशन

उर्लाबारी/ धिमाल जाति विकास केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्व सांसद कर्णबहादुर धिमालले देश बहुभाषिक र बहुधार्मिक भएकाले अब बन्ने संबिधान पनि सोही अनुरुप बन्नु पर्नेमा जोड दिएका छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा सोमबारबाट सुरु भएको धिमाल जाति विकास केन्द्रको चौथो महाधिवेशनमा सम्बोधन गदै उनले सो कुरामा जोड दिएका हुन् । सम्पूर्ण भाषा सस्कृति र धर्मलाई समेटेर संबिधान आएमात्र देशले निकास पाउने बताउँदै त्यस्तो हुन नसके बिद्रोह हुने चतावनी उनले दिएका छन् । त्यस्तै सभाषद् भिष्म धिमालले जातिको पहिचान भनेकै भाषा भएकोले भाषाको विकास र संस्कृतिको...

नेविसंघको हाजिरीजवाफ

धरमपुर/ धरमपुरस्थित मोति उच्च मा।वि। मा सोमबार नेपाल विद्यार्थी संघ धरमपुर इकाईको आयोजनामा अन्तर उच्च मा।वि। स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कांग्रेसकी महासमिति सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई नेका धरमपुर गाउँ सभापति बिनोद ढकाल पिपुल्स टाइम्सका प्रबन्धक गोकुल श्रेष्ठ नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य रोशन बिष्ट मोति उच्च मा।वि।sा प्राचार्य शान्तिराम भट्टराई नेका दमकका सह-सचिव बिक्रम अधिकारी वाणिज्य संघका सदस्य सन्तोष अधिकारी मोति...

झापा र सुनसरी फाइनलमा

ईलाम/ इलाममा भइरहेको पूर्वााचल क्षेत्रीय स्तरीय पुरुष छनौट फुटबल प्रतियोगितामा सोमबार भएको खेलबाट बिजयी हुँदै झापा र सुनसरी फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमीफाइनल खेलमा धनकुटालाई ४-१ को गोल अन्तरले हराउँदै झापा विजयी भएको हो । खेल सुरु भएको तीन मिनेट बित्न नपाउँदै धनकुटाका सुदिप उराउले गोल गरेर आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको १५ औँ मिनेटमा धनकुटामा आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा आएको थियो । ए डिभिजनमा खेल्ने खेलाडीले भरीपूर्ण टिम झापाका तर्फबाट २७ औँ मिनेटमा झापाका विवेक लिम्बूले आफ्नो टिमको तर्फबाट गोल...

सलिरापको समिति बिस्तार

महारानीझोडा/ माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले महारानीझोडाका विभिन्न वडामा आफ्नो संगठन बिस्तार गरेको छ । बिस्तारित महारानीझोडा १ नम्बर वडा समिति त्रिवेन्द्रहाङ इङनामको अध्यक्षतामा ९ सदस्यीय रहेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः साजोक दास लक्ष्मण थापा र मनकुमार थापा चयन भए भने सदस्यहरुमा तान्छोहाङ इङनाम सतिस दास र सन्देश सुब्बा छन् । त्यस्तै ३ नम्बर वडामा सङ्गित चौधरीको अध्यक्षतामा ९ सदस्यीय समिति बिस्तार भएको छ । समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः उमा चौधरी मिलन खड्का महेश चौधरी र रमेश चौधरी छन् भने सदस्यहरु...

प्याब्सनको कार्यक्रम शुरु

रवि/ पाँचथरको सप्तमीमा प्याब्सनको पाँचथर क्षेत्र नम्बर २ ले आईतबार नृत्य र हाजिरीजवाफ कार्यक्रम गरेको छ । नृत्य तर्फ माउन्ट काचन बोर्डिङ्ग रवि प्रथम सनराइज बोडिङ्ग यासोक र पाँचथर विद्या मन्दिर आङसाराङ तेस्रो भए । त्यस्तै हाजिरीजवाफ तर्फ सनराइज प्रथम माङजाबुङ बोर्डिङ्ग दोस्रो र माउन्ट काचन तेस्रो भए । न्यू मोर्डन अर्गनाइजेसन अफ इङ्लिस बोर्डिङ्ग स्कूल आयोजक रहेको कार्यक्रममा प्याब्सनका केन्द्रीय पार्षद् डि। एस। सुब्बाको प्रमुख आतिथ्य रहेको थियो भने अध्यक्षता पार्षद् सूर्य लावतीको रहेको थियो । कार्यक्रममा नरेन्द्र पोख्रेलको साचालन रहेको थियो...

गरीबीले थिचिएकी गर्भवती

सन्दीप राई फिदिम/ ण्डै-´ण्डै आफ्नो ज्यान जस्तै गरुङ्गो भारी बिसाउँदै उनले निधारको पसिना पुछिन् । माघ महिनाको जाडोमा पनि उनको शरीर निथु्रक्क भिजेको थियो । मानौ उकालो र थकाइले उनको पूरा शरीर पगालिरहेको थियो । आफ्नो मात्र ज्यान भए पो । दुई महिनापछि जन्मने ज्यानको उनलाई उत्तिकै चिन्ता छ । आफ्नो भन्दा त्यही ज्यानको मायाले उनलाई आधा ५० केजीको भारी बोक्ने बाध्यतापूर्ण आँट दिएको थियो । पसलका लागि ज्यालामा साहुको ५० किलोको चामल बोकेर तमोर नदीपार गर्नुअघि सुस्ताइरहेकी सात महिनाकी गर्भवती भारापा गाविस-९...

चुलाचुली दुग्धलाई गाई उपहार

चुलाचुली/ इलामको चुलाचुलीस्थित चुलाचुली दुग्ध सहकारी संस्था लिमिटेडलाई ग्रामीण पुनर्निर्माण संस्था आरआरएन ले सोमबार पाँच ओटा गाई उपहार प्रदान गरेको छ । सोमबारदेखि संस्थाको कार्यालयमा सुरु भएको दुई दिने गाई व्यवस्थापन तालिमको पहिलो दिन २ लाख ३१ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको गाई प्राप्त भएको संस्थाका अध्यक्ष मणिकुमार केरुङले जानकारी दिए । सो कार्यक्रमका बीच आरआरएनका इलाम संयोजक रवि ज्ञावाली र लेखापाल दीपक घिमिरेको उपस्थिति रहेको थियो । त्यस्तै तालिममा संस्थाका ३५ जना शेयर सदस्यहरुको सहभागिता रहेको सचिव रुद्र प्रभातले बताए । तालिममा जिल्ला...

कोचिलाको सहमित

दमक/ संयुक्त कोचिला संघर्ष समितिले राज्य पुनसर्ंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति असहमति जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति मार्फत् समितिले झापा मोरङ र सुनसरी जिल्लालाई कोचप्रदेशको मान्यता दिनुपर्ने मात्र राख्दै सो को अवमूल्यन भए त्यसबाट उत्पन्न समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । समितिका अध्यक्ष विद्यानन्द राजवंशी उपाध्यक्ष अर्जुनिसंह राजवंशी र महासचिव बिक्रम ताजपुरियाले संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा सो जनाइएको छ...

एक भारतीय माथि खुकुरी प्रहार

चुलाचुली/ भारत विहारको दरभंगा स्थायी घर भई दमक डेरा गरी बस्ने एक भारतीयमाथि सोमबार खुकुरी प्रहार भएको छ । कुल्फीको ब्यापार गर्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ब्यापारको क्रममा इलामको चुलाचुली-७ स्थित शान्ति चोक पुगेका ३० वर्षीय अमरनाथ स्वामीलाई स्थानीय भीम आङ्थुपो र अमर लावतीले खुकुरी प्रहार गरेको चुलाचुली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक चतुर्भुज घिमिरेले जानकारी दिए । प्रनानि घिमिरेका अनुसार स्वामीलाई खुकुरी प्रहार गर्नेमध्ये आङ्थुपोलाई सोमबार नै प्रहरीले ब्यापक खोजी गरी पक्राउ गरेको छ भने लावती अझै फरार रहेको...

इटहरीमा माओवादीको सभा - उपमुख्य समाचार

'स’ को व्यवस्थापन चुनौती- बादल इटहरी/ एनेकपा माओवादी महासचिव रामबहादुर थापा बादलले धेरैवटा ुसु का कारण देशमा समस्या भएको बताएका छन् । संविधान शान्ति सेना सदन सडक संघर्ष सहमति जस्ता स बाट बनेका शब्दलाई उचित व्यवस्थापन गर्न नसक्दा देशमा असहज स्थिति लम्बिएको नेता वादलको भनाई थियो । १७ औं जनयुद्ध दिवस मनाउन इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले वास्तविक शान्ति माओवादीले चाहेको बताएका छन् । ुतर आज शान्ति चाहिएको छ भन्दै केही सुविधाभोगीहरुले प्रचारबाजी गरेपनि माओवादीलाई वास्तविक शान्ति...

भ्यालेन्टाइन डे शुरुवात र नेपाली परिवेश

प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे एउटा यस्तो महत्वपूण्र्ँ दिन प्रेमी प्रेमिकाहरुका लागि ठूलै उत्सव प्रेम प्रस्ताव राख्ने दिन नयाँ प्रेम स्थापित बनाउने दिन प्रेम साथी भएकाहरुलाई सम्बन्ध सुढृढ र बलियो बनाउने दिन सधैं ´ैं यसवÈ्र पनि नयाँ बहार सँगैं संघारमै आईपुगेको छ । ई।सं। को क्यालेन्डर अनुसार हरेक वÈ्रको दोस्रो महिनाको १४ तारिख अर्थात फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा मान्यता पाउँदै आएको भ्यालेन्टाईन डे नेपालमा पनि केही वÈ्र देखि निकै लाकपि्रय हुदै आएको कुरा सर्वविदितै...

उपहार घडिदेखि तिलहरी सम्म - प्रेम प्रणय

चार वर्षको प्रेम दिवश मनाएको सुवास-अर्चनाको जोडी ३ वर्ष अघि प्रणय शुत्रमा बाँधिएको हो । चारवर्षे प्रेममय अवधिमा उनीहरुले तीनओटा प्रेम दिवश चाँहि मज्जैले मनायो । नेपाल जेसीजका केन्द्रिय कोषाध्यक्ष समेत रहेका सुवासचन्द्र भट्टराईले कजेज पढ्दै गरेकी अर्चना दाहाललाई पहिलो पटक घडी उपहार दिएका थिए । त्यस पछि भेट्ने र उपहार दिने क्रम निक्कै बाक्लियो । कतै टाढा जाँदा पनि पहिले एक-अर्काको अनुमति लिने क्रम शुरु भयो । यस वर्षको प्रेम दिवशका दिन काठमाण्डौमा रहेका सुवास ५ वर्ष अघिको प्रेम दिवश सम्झन्छन्-ुसंसारमा...

दमकेली कान्छाको बिहे - हाङ्ग्देवा डट कम

देवेन्द्र भट्टराई अन्ततः कान्छाले बिहे गर् यो । ुकोही रिसाउँदा हानी नहुने र खुसाउँदा फाइदा नहुनेसँग डराउनु पर्दैन…।ु बिहे गरेलगत्तै गाउँमा भेटिएका निकटस्थ भट्टराई पण्डित माल्दाइले संस्कृत श्लोक सम्झन सकेनन् । बरु नेपालीमा यो भावार्थ मात्रै सुनाए । हो यसपाला कान्छाको बिहा प्रकरणले धेरैजना रिसाए थोरै मात्रै खुशाए । उमेरमा ३० नाघेपछि कान्छाले एउटा नसोचेको साइतमा बिहा गर् यो । परमपूज्य पिताजीको श्राद्ध-कर्म गरिरहेका बेला ुकान्छा बिहा कहिले गर्ने ु भनेर जिज्ञासु बन्ने पुरेतहरु आकस्मिक बिहाको...

अधुरो नहोस यसपालीको प्रेममय दिवस - पहिलो लेख

ओम प्रकाश गौतम आज फेब्रुअरी १४ अर्थात"भ्यालेन्टाइन डेू" यानेकी "प्रेम दिवशू" । युवा-युवती एक अर्का प्रति चिराजीवि सम्म प्रेम अभिव्यक्त गर्ने दिन । ूभ्यालेन्टाइन डेू को प्रोमो यस्तो आकार प्रकारको छ । जुन पानको पातको आकार अर्थात पानाको आकारमा जीवन र मरणसँग साइनो गाँस्ने लामो तीर बीचमा रोपिएको छ । वास्तवमा त्यो तीर भनेको मैले र तिमीले यस्तो निश्चल माया एक अर्कामा गाँसेका छौ कि यदि हाम्रो पवित्र प्रेमको डोरीलाई कसैले टुक््रयाउन खोज्दछ भने त्यसलाई यहीँ पानाको तीरले रोपी दिन्छौँ भनेर सच्चा प्रेमका...

योद्धाहरुको अपेक्षा जनयुद्धको सम्झना - सम्पादकीय

माओवादी सशस्त्र विद्रोह थालनी भएको १६ औँ वर्ष पूरा गरेर १७ औँ वर्ष प्रवेश गरेको छ । २०५२ फागुन १ गते तत्कालीन संसदीय व्यवस्थामा आफ्ना राजनीतिक मागहरु सम्बोधन नभएको भन्दै सशस्त्र विद्रोह गर्न जङ्गल पसेको माओवादी जत्थाले नेपाली राजनीतिक इतिहासमा १० वर्ष युद्ध र वैचारिक राजनीतिक अभ्यास जङ्गलमै गरेको थियो । मध्यपश्चिमााचल क्षेत्रबाट फौजी आक्रमणको रणनीति सहित सत्ता कब्जाको साम्यावादी क्रान्ति थालेको नेपालको माओवादी पार्टीले चीनिया कम्युनिष्ट क्रान्तिको सफलतापूर्ण विरासतलाई नेपाली राजनीतिक मौलिकतामा नयाँ तरङ्गका साथ घोल्ने गरेको वास्तविकता ...