पोखरा/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्ने दाबी गरेका छन् । अवकास रोजेका लडाकूहरुको बिदाई सकिसकेको भन्दै उनले अब समायोजन प्रक्रिया सुरु हुने बताए ।

माओवादी अध्यक्ष प्रचण्डले सविधान लेखन प्रक्रिया पनि छिट्टै निष्कर्षमा पुग्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । अब बन्ने सविधान जनभावना अनुसारको हुने भन्दै उनले भने –‘सविधान लेखन प्रक्रिया निष्कर्षमा पुग्ने वातावरण बन्छ ढुक्क हुनुहोस् ।’

प्रचण्डले स्वर्गीय ढकालले लेखेका विभिन्न कृतिहरु प्रकाशन गर्न माओवादी पार्टीले सहयोग गर्ने र पोखराको शहीद स्मृति पार्कमा शहीद सम्बन्धी पुस्तकालय निर्माणको लागि पहल गर्ने आश्वासन दिएका छन् । ढकालका परिवारले शहीद पार्कमा शहिद सम्बन्धी पुस्तकालय बनाउने ढकालको सपना पूरा गर्न र उनीद्वारा लिखित केही कविताहरुलाई पोखरा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेको थियो ।
0 प्रतिकृया:
Post a Comment