हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

गाउँलेले बनाए मन्दिर र भवन

लखनपुर,२३माघ २०६८/लखनपुर-८ को ठूलो बाह्रघरेमा स्थानीयबासीहरुले सामुदायिक भवन र पशुपति मन्दिर निर्माण सम्पन्न गरेका छन् । स्थानीयदाताहरुले जुटाएको १० लाख रुपैयाँको सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भवन तथा मन्दिर निर्माणका लागि ०६२ सालमा स्थानीय नन्दकिशोर संग्रौला र दीपक श्रेष्ठले साढे तीन कठ्ठा जग्गा प्रदान गरेका स्थानीय पदम सेढाईले बताए । संग्रौला सहित विभिन्न दाताहरुले प्रदान गरेको नगद करिब ४ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा मुष्ठीदानबाट सो मन्दिरमा नियमित पूजाआजा रेखदेखको व्यवस्था मिलाइएको छ । सो मन्दिरमा विगत ६ वर्षयता हरेक वर्षको...

बस पल्टिदाँ तीनको मृत्यु ११ घाइते-मुख्य समाचार

एकै दिन चार ठाउँमा दुर्घटनासुरुङ्गा, २३माघ २०६८/झापाका विभिन्न चार स्थानमा आइतबार सडक दुर्घटना भएका छन् । ति दुर्घटनाहरुमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ३ जना बृद्ध बृद्धासहित ११ जना घाइते भएका छन् । यात्रुबाहक बस कल्भर्टमा ठोकिदा भएको दुर्घटनामा आइतबार बिहान चालकसहित तीन जनाको मृत्यु भएको हो ।आइतबार बिहान ८ः१५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको घैलाडुब्बा-१३ मा पर्ने कल्भर्टमा ठोक्किएर सो दुर्घटना भएको अनुमान गरिएकोछ । काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको मे।१।ख ९१६ नम्बरको यात्रुबाहक...

ट्रक जंगलमा भेटियो-उपमुख्य समाचार

 २३माघ २०६८/त्यसैगरी पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सतासीधाम-६ का दुई स्थानमा ट्रक र स्कुटरको को ठक्करबाट दुई जना बृद्ध बृद्धा गम्भीर घाइते भएका छन् । मे।१।ख। ६१३ नम्बरको मिनी ट्रकले आइतबार बिहान ठक्कर दिँदा पैदलयात्री माहाभारा-२ की ७० वर्षीया पार्वता काफ्ले गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र चालक फरार रहेका इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।घाइते बृद्धा पार्वताका छोरा अर्जुन काफ्ले पर्शुराम ले आमाको स्वास्थ्यस्थिति बारे चिकित्सकहरुले गम्भीर भनेका बताए । ठक्कर दिने ट्रक प्रहरीको तिव्र खोजीपछि...

फाइनलमा झापा मोडल

बिर्तामोड, २३माघ २०६८/दमकको झापा मोडल बोर्डिङ्ग स्कूल एन प्याब्सन झापाले आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा आइतबार भएको सेमीफाइनल खेलमा सुर्योदय बोर्डिङ्ग स्कूल काँकडभिट्टालाई ३ का विरुद्ध ४ गोल लगाउँदै झापा मोडलले फाइनल यात्रा सुनिश्चित गरेको हो । ट्राइवेकरमा भएको निर्णयमा झापा मोडलका तर्फबाट संयोग भुजेलले निर्णायक गोल गरेका थिए । भोलि हुने फाइनल खेलमा झापा मोडलले इडन गार्डेन बोर्डिङ्ग स्कूलको सामना गर्नेछ...

जाँते एमालेमा विक

उर्लाबारी, २३माघ २०६८/नेकपा एमाले जाँते गाँउ कमितिको छैटौ अधिवेशनले डिल्ली बिकको अध्यक्षतामा १३ सदस्ययीय गाउँ कमिटी चयन गरेको छ । श्री उच्च माबि जाँतेको सभाहलमा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा नरिसंहबहादुर राई सचिव झमप्रसाद अधिकारी र सह-सचिवमा कमला ढकाल रहेका छन् । सदस्यहरुमा पुण्य सापकोटा कृष्णप्रसाद पोखरेल भवानी रिजाल सन्तबहादुर राई अमृता आले डिल्ली भण्डारी र गीता चेम्जोङ रहेका छन् । एमाले मोरङ अध्यक्ष बिनोद ढकालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला सदस्य भूपाल जिमी मोरङ क्षेत्र नं।९ का क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरे सह-सचिब पुष्प...

पाँच गाविसमा लिम्बुवानका कमिटी

बिर्तामोड, २३माघ २०६८/माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले झापाको विभिन्न पाँच गाविसमा संगठन विस्तार गरेको छ । परिषद्ले राजगढमा मनकुमार सुब्बा घरावारीमा नारायण लिम्बु केचनामा टोपलाल गणेश बनियानीमा हरिलाल मिया बालुवाडीमा अनिल विश्वकर्मा र केचनामा दिव्य श्रेष्ठको अध्यक्षतामा गाउँ समिति गठन गरेको जनाइएको छ । परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न छुट्टा छुट्टै भेलामा वैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे युवा माचका केन्द्रीय उपाध्यक्ष युवराज लामा लगायतले बोलेका थिए । कार्यक्रमको साचालन संघीय लिम्बुवान पत्रकार परिषद्का...

खेङयुङको वंश भेला

दमक, २३माघ २०६८/किरात राई वान्तवा खेङयुङ वोखिम वंश प्रतिष्ठानको ३२ औं वार्षिक भेला झापाको लखनपुरमा भएको छ । वंश भेला उद्घाटन समारोहका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सूर्यकुमार राईले किराँत जाति नभएर यो सभ्यता भएको बताएका छन् । उनले किराँत सभ्यतालाई निरन्तरता दिनु हामी सबैको कर्तब्य रहेको बताए । कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य पारसमणि राई किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेला मार्फत् खेङयुङ समुदाय बाट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै...

बाहुनडाँगीमा कृषि महोत्सव हुने

बाहुनडाँगी, २३माघ २०६८/आजको आवश्यकता कृषिमा व्यवसायिकता भन्ने मुल नाराका साथ झापा पूर्वीउत्तर गाविस बाहुनडाँगीमा सोमबार एक दिने चौथो कृषि महोत्सव लाग्ने भएको छ । ब्ााहुनडाँगी मुल कृषक समूहको आयोजना तथा बौद्धमोड कृषि सहकारीको सह-आयोजनामा हुन लागेको उक्त महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामाग्रीहरु प्रदर्शनीमा राखिने भएको छ । समूहको आठौँ बार्षिक साधारणसभाको अवसर पारेर आयेजना हुन लागेको उक्त महोत्सवमा स्थानीय स्तरमा उत्पादित अन्नबाली तरकारी फलफुल तथा तेलजन्य सामाग्रीहरुको प्रदर्शन गरिने भएको छ भने प्रदर्शनीमा उत्कृष्ट हुने व्यक्तिलाई पुरस्कृत...

विकास पत्रकारितामा जोड

बिर्तामोड/झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका सहभागीले अब साचारकर्मीहरुले विकास पत्रकारितामा जोड दिन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारीको १४ औं स्थापना दिवसको अवसरमा झापा शाखाले आयोजना गरेको विकास पत्रकारिता र यसको आवश्यकता बिषयक अन्तरकि्रयामा पत्रकारिताले विकासलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरुले बताए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेको बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पत्रकारिताले चेतना पनि जगाउने भएकाले सबैलाई विकास प्रति प्रेरित गर्न र चेतना जगाउन आवश्यक रहेको बताए । सुरुङ्गा-८ स्थित धनुषकोटी धाममा भएको कार्यक्रममा...

गाउँलेले बनाए मन्दिर र भवन

शवरात्रीमा पुराण लगाइनेलखनपुर÷लखनपुर-८ को ठूलो बाह्रघरेमा स्थानीयबासीहरुले सामुदायिक भवन र पशुपति मन्दिर निर्माण सम्पन्न गरेका छन् ।स्थानीयदाताहरुले जुटाएको १० लाख रुपैयाँको सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भवन तथा मन्दिर निर्माणका लागि ०६२ सालमा स्थानीय नन्दकिशोर संग्रौला र दीपक श्रेष्ठले साढे तीन कठ्ठा जग्गा प्रदान गरेका स्थानीय पदम सेढाईले बताए । संग्रौला सहित विभिन्न दाताहरुले प्रदान गरेको नगद करिब ४ लाख रुपैयाँको अक्षयकोषको ब्याज तथा मुष्ठीदानबाट सो मन्दिरमा नियमित पूजाआजा रेखदेखको व्यवस्था मिलाइएको छ । सो मन्दिरमा विगत ६ वर्षयता...

स्वस्थानीको सामूहिक पूजा

दमक,२३माघ २०६८/ दमक-१ स्थित नवदुर्गा मन्दिरमा विभिन्न ठाउँका एक दर्जन महिलाहरुले सामूहिक रुपमा श्री स्वस्थानी ब्रत पूरा गरी समापन गरेका छन् । गत पुस २५ गते पौष शुक्ल पूर्णिमादेखि स्वस्थानीको ब्रत बसेका महिलाहरुले आइतबार सामूहिक पूजा साङ्गे गरी एक महिने ब्रत सम्पन्न गरेका हुन् । दमक-१२ स्थित राधाकृष्ण कीर्तनमण्डलीको आयोजनामा भएको समापन कार्यक्रममा कथावाचक रोमन रुपाखेती दाहाल रहेका थिए । पूजा समितिका कोषाध्यक्ष महेश पोख्रेलले सो अवसरमा दुर्गा मन्दिर निर्माणका लागि जग्गा दान गर्ने पदमकुमारी पोखरेल र धरानबाट आई पूजामा सहभागी हुने ६१ वर्षीया बृद्धा...

हात्तीपाइले विरुद्धको औषधि खाँदा बिरामी

दमक,२३माघ २०६८/ सरकारले टोलटोलमा खटिएका स्वास्थ्य स्वयम्सेवकहरु मार्फत् उपलब्ध गराएको हात्तीपाइले विरुद्धको औषधि खाँदा केही सर्वसाधारणहरु बिरामी परेका छन् । विभिन्न स्थानमा खटिएका स्वयम्सेवकहरुले दिएको औषधि खाँदा तत्काल स्वास्थ्यमा नकारात्मक लक्षणहरु देखिएपछि उनीहरु उपचारका लागि अस्पताल समेत पुगेका पाइएको छ । औषधि खुवाउने कार्यक्रम सुरु भएको दोस्रो दिन आइताबार अघिल्लो दिनको तुलनामा केन्द्रहरुमा औषधि खानेको चाप कम देखियो । सो औषधि खाएको केही समयपछिदेखि वान्ता हुने टाउको दुख्ने र खानेकुरा खान मन नलाग्ने जस्ता लक्षण देखिएपछि सर्वसाधारण औषधि खान डराएका...

इलाम र सुनसरीमा ुवर्डफ्लु को पुष्टी

सुनसरी,२३माघ २०६८/सुनसरीको खनार इटहरी र इलामको फाकफोक क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु पुष्टी भएको राष्ट्रिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक डा। रामकृष्ण खतिवडाले जानकारी दिए । आइतबार बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालय सुनसरीले सतर्कताका लागि कर्मचारी खटाएको छ । त्यसका लागि कर्मचारीलाई बिदा नलिन निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।इलामको फाकफोक गाविस-२ स्थित पाचमी बजारमा मरेका कुखुरामा पनि बर्डफ्लु पुष्टी भएको छ । ुत्यहाँ करिब २...

शिक्षकले गरे नारा जुलुश

चन्द्रगढी/झापाका शिक्षकहरुले आइतबार सदरमुकाम चन्द्रगढीमा नाराजुलुस गरेका छन् । भद्रपुरस्थित जिल्ला शिक्षा कार्यालयबाट नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक माच नेपालको अगुवाईमा निस्किएको जुलुसले चन्द्रगढी समेत परिक्रमा गरेको थियो । सो पछि ट्रेड युनियन चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै शिक्षक नेताहरुले बारम्बार सरकारसँग भएका पेशागत हकहित सम्बन्धीका माग पूरा गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न माग गरे । उनीहरुले सरकारले आफूहरुका मागको सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । कोणसभामा युनियनका झापा अध्यक्ष नारायणप्रसाद...

इलाम र सुनसरीमा ुवर्डफ्लु को पुष्टी

सुनसरी/सुनसरीको खनार इटहरी र इलामको फाकफोक क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु पुष्टी भएको राष्ट्रिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक डा। रामकृष्ण खतिवडाले जानकारी दिए । आइतबार बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालय सुनसरीले सतर्कताका लागि कर्मचारी खटाएको छ । त्यसका लागि कर्मचारीलाई बिदा नलिन निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।इलामको फाकफोक गाविस-२ स्थित पाचमी बजारमा मरेका कुखुरामा पनि बर्डफ्लु पुष्टी भएको छ । ुत्यहाँ करिब २ हजार...

आफन्तद्वारा पिडीत युवा दूतावासको शरणमा

दुवई,२३माघ २०६८/ वैदेशिक रोजगारीका लागि दोहा आईपुगेका वराह-९ दैलेखका ३० विÈ्रय निराजन शाही आफन्तबाट नै ठगिएपछि नियोगको शरण्ँमा आएका छन् । आफन्त पर्ने गाउँले एजेन्ट जीवन शाहीलाई १ लाख रुपैंया बु´ाएर सेक्युरिटी गार्डको काममा महिनावारी खाना खाई १४ सय कतारी रियाल तलब पाउने आश्वासनमा उनी कतार आएका हुन् । नेपालबाट एजेन्ट जीवनले गार्डको काममा पठाए पनि यहाँ आएपछि भने कन्स्ट्रक्सन कम्पनीको लेवर काम रहेको थाहा पाएको उनले बताए । ुखानपिन गरेर यदि १४ सय तलब भएन भने तुरुन्त नेपाल फर्केर आउनु जति खर्च लागेको हो त्यो सबै फिर्ता गरिदिने छु एजेन्टले गरेको वाचा सम्´ँदै...

ट्रेड युनियनमा थापा

उर्लाबारी,२३माघ २०६८÷नेपाली कांग्रेस सम्बद्ध मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस नगर समिति उर्लाबारीको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट विष्णु थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा यामबहादुर कार्की सचिवमा बद्री बास्तोला सहसचिवमा दुर्गाप्रसाद बराल कोषाध्यक्षमा दानबहादुर भुजेल र सदस्यहरुमा बेचन राय सूर्य लकान्द्री हरी पाँचकोटी युगप्रसाद ढकाल अर्जुन शर्मा मित्रकुमार श्रेष्ठ र प्रेमलाल धामी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सल्लाहाकार समितिमा मोहमत इर्दु गणपतलाल चौधरी र दुर्गानारायण श्रेष्ठलाई चयन गरिएको छ । नेपाल ट्रेड युनियन...

तालिम सम्पन्न

उर्लाबारी,२३माघ २०६८/मोरङको लेटाङमा साचालित महिला उद्यमशिलता सीप विकास तालिम आज सम्पन्न भएको छ । लेटाङस्थित कृषि विकास बैक पूर्वााचल क्षेत्रीय तालिम केन्द्रमा गत १८ गतेदेखि साचालित महिला उद्यमशिलता सीप विकास तालिम सम्पन्न भएको हो । सहकारी तथा बैकसँगको राम्रो कारोबार गरिरहेका इलाम झापा मोरङ र सुनसरीका २६ जना महिला उद्यमीहरुलाई ५ दिन तालिममा सहभागीभएको तालिम प्रमुख चुडामणी ति_िम्सनाले जानकारी दिए । लघु उद्यम व्यवसाय गरिरहेका सृजनशील सहभागीहरुलाई सो तालिमले अझ प्रेरणा र थप सीपको विकास प्रदान गरेको तिम्सीनाले बताए । सो तालिममा कृषि विकास बैक मोरङका...

आदिवासी सांस्कृतिक महोत्सव एक दृष्टिमा-दोस्रो लेख

रुद्र निरौलाआदिवासी जनजाति सांस्कृतिक महोत्सव २०६८ अहिले दमक नगरको चहल-पहल बनेको छ । चाड कल्याणको आयोजना गर्नु र आफन्तजनसँग सम्बन्ध पुनरताजगी गर्नु राम्रै कुरो हो । सम्भवत दमकले ३÷४ ओटा महोत्सव मनाई सक्यो । हाम्रो समाजको संरचना एउटै थाल थलोमा सामुहिक रुपले अवलोकन गर्न पाउनु राम्रै पक्ष हो । त्यसमा पनि जात जातिका लोक संस्कृति झल्किने विषय वस्तुहरुको संयोजन गरिने पक्ष झनै रमाइलो मान्नुपर्ने हुन्छ । लगभग बाह्र थरी मानव समुदायका सांस्कृतिक पक्षहरु यस महोत्सवमा देखिए । जातिय विविधताबाट निर्मित हाम्रो समाजलाई पहिचान गराउने यो महोत्सवले आपसी सद्भाव एवम्...

एक्काइसौँ शताब्दीमा पुँजीवादको सङ्क्रमण-पहिलो लेख

सुरेन्द बहादुर नेपालीुके बिसौँ शताब्दीको पुँजीवाद एक्काइसौँ शताब्दीको मानव समाजका लागि ठीक छ त ु यस प्रश्नको सकरात्मक पÔमा प्रायः सरकारविरोधी प्रदर्शनकारीहरु रहने गरेका थिए । विश्वका आर्थिक नेताहरु पहिले यसलाई सुत्रै चाहँदैन थिए तर यस वÈ्र हालै स्विजरल्यान्डको डाभोसमा भेला भएर उनीहरुले यस िवÈयमा छलफल गरे ।शास्त्रीय अर्थशास्त्रीहरु एडम स्मिथ जे।एस।मिल तथा डेभिड रिकार्डोहरुले प्रतिपादन गरेको अर्थशास्त्रको शास्त्रीय सिद्धान्तले सन्को अठारौँ र उत्राइसौँ शताब्दीमा काम गरे । स्मिथको बजार अर्थात् ुअदृष्य हातुले यी दुई शताब्दीमा रामै्रसँग काम गरेका हुन्...

काङ्ग्रेस भित्र सकरात्मक वातावरण-सम्पादकीय

लामो समयदेखि विवादका रुपमा रहेको नेपाली कांग्रेस पार्टी भित्रको किचलोलाई नेतृत्वले समाधानको आशय व्यक्त गरेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले शनिबार प्रेस वक्तव्य जारी गरेर विवादित बन्दै आएको भातृसंगठन बिघठनको निर्णलाई घुमाउरो शैलीबाट सच्चाउने प्रयत्न थालेका देखिएको छ । संस्थापन र देउवा पक्षबीच भातृसंगठन बिघठनलाई लिएर महिनौ सम्म चलेको आन्तरिक निषेधको राजनीतिका कारण सिङ्गो पार्टी अघोषित रुपले दुई खेमामा विभाजित रहेको थियो । यद्यपि मुलुकको संक्रमणकाल लम्बिँदै गइरहेको अवस्थामा यतिबेला सरकारकै प्रतिपक्षमा बसेको कांग्रेसमा जुन शिथिलता र समस्या...