हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

मलेशियामा मृत्यु

१३ कातिक केर्खा÷ मलेशिया गएका झापाको तोपगाछीका एक युवाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । डेढ वर्ष अघि मलेशिया गएका तोपगाछी-७ का हुकुमिसंह अधिकारीको त्यहाँ सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारले जनाएको छ । मलिविन ईन्डष्ट्रिजमा रोजगारीका लागि गएका अधिकारीको मालवाहक ट्रक पल्टिँदा आईतबार उनको मृत्यु भएको मृत्ाका दाजु सन्तोष अधिकारीलाई उधृत गर्दै स्थानीय सहयोग उमानाथ भण्डारीले जनाएका छन् ।...

मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ । स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन...

खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ । सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा...