झापामा ४८ केन्द्र, १६ हजार परीक्षार्थी
विष्णु पौडेल
भद्रपुर/यस वर्षको प्रवेशिका परीक्षाका लागि झापामा तयारी शुरु गरिएको छ ।
आगामी चैत–७ गतेदेखि हुने परीक्षाका लागि जिल्लामा ४८ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । गत वर्षको भन्दा यस वर्ष एउटा परीक्षा केन्द्र बढाईएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ति केन्द्रहरुमा जिल्लाका एक सय ओटा सामुदायिक, १ सय ३५ ओटा संस्थागत, ८ ओटा भुटानी शरणार्थी शिविर र २ ओटा खुल्ला विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।
झापाका देवी मावि अनारमनी र हिमालय उच्चमावि दमकको खुल्ला विद्यालयका विद्यार्थीहरु...