बिराटनगर/ एकीकृत नेकपा माओवादीका कोचिला राज्य समिति सेक्रेटरी तथा सभाषद् सावित्रीकुमार काफ्ले (समर) मोटरसाईकल दुर्घटनामा परी घाइते भएका छन् ।
काफ्ले सवार रहेको को ११प ३५८६ नम्वरको मोटरसाइकललाई धरान चतरा चल्ने को १ ज ५९७ नम्वरको ट्याक्सीले धरान ११ स्थित आपगाछीमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते काफ्लेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको छ ।
उनको स्वास्थ्य अवस्थामा यो समाचार तयार पार्दासम्म उल्लेख्य सुधार हुन नसकेको चिकित्सकहरुलाई उद्धृत गर्दै वाइसीयलका राज्य समिति अध्यक्ष हिक्मतले जनाएका छन् । त्यसअघि न्युरो अस्पतालमा पुगेका अर्थमन्त्री वर्षमान पुन
(अनन्त) संस्कृति मन्त्री गोपाल किराँती, युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामी, माओवादीका राज्यसमिति इञ्चार्ज तथा पोलिटब्युरो सदस्य हरिबोल गजुरेल सहितले उनको स्वास्थ्य स्थिति बारे जानकारी लिएका थिए । अस्पताल परिसरमा माओवादी नेता, कार्यकर्ता अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको थियो ।
उनलाई बुधबार साँझ ६ः३० बजे बुद्ध एयरको उडानबाट काठमाडौं पठाइएको पार्टी स्रोतले जनाएको छ । काफ्ले मोरङको क्षेत्रनम्बर ३ बाट निर्वाचित सभाषद् हुन् ।

0 प्रतिकृया:
Post a Comment