
पिपुल्स टाइम्स समाचारदमक/झापाको दमक नगरपालिकामा घर बनिने क्रम घटेको छ । अघिल्लो बर्षको तुलनामा गएको बर्ष दमक नगरमा घर बनिने क्रम केहि घटेको हो । दमक नगरपालिका घर नक्सा पास उपशाखाका अनुसार आर्थिक बर्ष २०७०÷७१ सालको अवधिमा ७७ ओटा घर नक्सा पासमा कमी आएको छ । सो वर्ष नक्सा पास भएका पक्की घर संख्या ४ सय २९ ओटा, पक्की टिनको छानो १४ गरि जम्मा ४ सय ४३ ओटा घर नक्सा पास भएका छन् । अघिल्लो वर्षमा घर नक्सा पास भएका पक्की घर संख्या ५ सय २०, पक्की टिनको छानो भएका २६ गरि ४ सय ९४ ओटा नक्सा पास भएका थिए...