हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

दमक नगरपालिकाको आम्दानी साढे १२ करोड बढी

पिपुल्स टाइम्स समाचारदमक/झापाको दमक नगरपालिकाले गएको वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा नगरपालिकाले अनुमानित लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । नगरपालिकाले आम्दानी तर्फ गएको बर्ष कुल १२ करोड ५३ लाख ६७ हजार ५ सय ८७ रुपैयाँ संकलन गरेको छ । आम्दानीमा आन्तरिक स्रोत तर्फ  ४ करोड ६१ लाख ४९ हजार ५ सय ३४ र बाह्य स्रोबाट ७ करोड ९२ लाख १८ हजार ५२ रुपैयाँ राजस्व उठाएको जनाईएको छ । यसैगरि, सोही वर्ष नगरपालिकाले कुल १२ करोड २३ लाख ९० हजार १ सय ५६ रुपैयाँ खर्च भएको उल्लेख छ । खर्च शिर्षक तर्फ  चालु खर्चमा ३...

पाँचगाछीमा व्यापारी शाह लुटिए

दुधे/झापाको पाँचगाछीमा एक व्यापारीमाथि लुटपाट भएको छ ।तोपगाछी–९ का ३५ वर्षीय व्यापारी पर्वत शाह मंगलबार राति करिब ९ बजेतिर पाँचगाछी–४ को सालमारा चोकमा लुटिएका हुन् । बजारबाट मट्टीतेल बिक्रि गरी घरतर्फ फर्कंदै गर्दा पाँचगाछी– ४ का स्थानीय ठेउके भनिने सुबास लिम्बुसहित ६ जनाको समुहले शाहलाई कुटपिट गरी उनको साथमा भएको नगद एक लाख रूपैयाँ लुटी फरार भएका हुन् । पिडीतले आज स्थानीय प्रहरी कार्यालयमा उजुरी गरेका छन् । लुटपाटमा संलग्नहरुको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ...

आदिवासी दिवस मनाईने

विर्तामोड/२० औँ आदिवासी जनजाति दिवस झापामा मनाइने भएको छ ।यही साउन २४ गते पर्ने विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाले विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । दिवसका लागि महासंघले जिल्ला अध्यक्ष पारसमणि राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै विभिन्न ६ वटा उपसमितिहरु गठन गरिएका छन् । बालकुमार भुजेलको संयोजकत्वमा प्रचारप्रसार समिति, पर्शुराम ताजपुरियाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सन्तकुमारी सुनुवारको संयोजकत्वमा अतिथि सत्कार समिति, मानबहादुर श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक झाँकी...

दमक उद्योग बाणिज्य संघ घाटामा

दमक/दमक उद्योग बाणिज्य संघ गएको बर्ष घाटामा गएको छ । आर्थिक बर्ष २०७०÷७१ को अवधिमा संघ करिव ६ लाख रुपैयाँ बढी घाटामा गएको देखिएको छ । आर्थिक बर्ष २०६९÷७० मा भने संघले २९ लाख ७५ हजार ६ सय ५२ आम्दानी गर्न सफल भएको थियो भने खर्च १५ लाख ७६ हजार ४ सय ६८ रुपैयाँ भएको थियो । संघका अध्यक्ष प्रकाश प्रसाईले अघिल्लो बर्षको तुलनामा संघ बलियो बन्दै गएको दावी गरे । उनले संघको आर्थिक प्रणाली ब्यवस्थित बनाउँदै लगिएको जनाए । अध्यक्ष प्रसाईले भने – ‘अघिल्लो वर्षका आन्तरिक हिसावलाई व्यवस्थापन गर्दा संघमा खर्च केहि बढी देखिन पुगेको छ ।’ संघको सोमबार सम्पन्न कार्यसमितिको...

भुटानी शरणार्थीहरु स्वदेश फर्किने अभियानमा

दमक/अधिकांश भुटानी शरणार्थीहरु तेस्रो देश पूनर्बासमा जान थालेपछि स्वदेश फिर्तीको अडानमा बसेका शरणार्थीले नयाँं अभियान थालेका छन् । पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्ने शरणार्थीहरुलाई तेस्रो देश पूनर्बासमा लगिएपछि स्वेदश फिर्ती चाहनेहरु संगठित हुन थालेका हुन्् । संयूक्त राष्ट्र संघिय शरणार्थी सम्बन्धि उच्च आयोग(यूएनएचसिआर)ले असार मसान्तसम्ममा पूनर्बासमा जाने शरणार्थीको सुची तयारी गरी सकेपछि स्वदेश फर्किन चाहने उनीहरु संगठित हुन थालेका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समिति मार्फत घरफिर्ती चाहने शरणार्थीहरु एकताबद्ध हुन...

बालिका सहित दुईको मृत्यु

दमक/मोरङको फरक फरक स्थानमा  एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।मधुमल्ला २ मा राजु गहतराजकी २ वर्षकी छोरी सिखा गहतराजको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । घर छेउमा खेल्दै गर्दा सेफ्टी ट्याङकीमा डुबिरहेको अवस्थामा फेला पारी बालिकालाई उपचारका लागि स्थानिय साझा अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख राजेश चौधरीले बताएका छन् ।यस्तै मोरङको डाँगीहाट ९ मा पैनीमा डुबेर ६० वर्षका वृद्धको मृत्यु भएको छ । बाहुनी ४ का माइला खवासको स्थानीय पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले...

मुक्तिका लागि क्रान्ति अपरिहार्यमा जोड

दमक/नेकपा एमालेका नेताहरुले जनताको मुक्तिका लागी क्रान्तिको अपरिहार्यता रहेको औँल्याएका छन् । उनीहरुले क्रान्तिको एउटा चरण पार भए पनि पुर्ण नभएको बताएका थिए । बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एमाले क्षेत्रीय  कमिटी क्षेत्र नम्बर ७ झापा र मदन भण्डारी फाउण्डेशन झापाको संयुक्त आयोजनामा भएकोे कार्यक्रमा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले जनताको मुक्ति र मुलुकलाई परिवर्तन गर्नका लागी अझै पनि विभिन्न चरणका क्रान्तिहरुको आवश्यकता रहेको बताए । उनले एमालेलाई अझ शसक्त बनाउनका लागी पार्टी...

दमकमा अघिल्लो वर्षमा चक्काजाम धेरै

दमक/दमक क्षेत्रमा आर्थिक वर्ष ०७०/७१ मा भन्दा अघिल्लो वर्ष १ सय ३५ घण्टा बढी  चक्का जाम तथा सडक अवरोध भएको छ ।इलाका ट्राफिक प्रहरी कार्यालय दमकको बिवरण अनुसार ०७०÷०७१ मा ९७ घण्टा अवरोध भए पनि  अघिल्लो वर्ष २ सय ३२ घण्टा चक्का जाम तथा सडक अवरोध भएको हो । बिगतमा नेपाल बन्द जस्ता कार्यक्रम गरी सडक जाम भएका थिए । तर अघिल्लो वर्ष  त्यस्ता गतिविधि थोरै  भएको ट्राफिक  कार्यालय प्रमुख बासुदेव थापाले बताए ...

गुणस्तरहिन प्याकेजिङ्गका कारण नुन व्यापारी मारमा

भद्रपुर/साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्रीबितरण गरिँदै आएको आयोडिनयुक्त नुनको प्याकेटलाई गुणस्तरहिन प्याकेजिङ्ग गरेका कारण व्यापारीहरु मारमा परेका छन् । व्यापारीहरुले बिक्रीका लागि ल्याइएको आयोनुनको वोराभित्रका अधिकांश प्याकेटहरु फुटेका कारण खुला नुनको मूल्यमा बिक्री गर्नुपर्दा मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् । डिलरले थोक बिक्रेतालाई प्रतिप्याकेट ६ सय ७५ रुपैयाँका दरले दिएको नुनलाई प्याकेट फुटेपश्चात प्रतिकिलो कम मूल्यमा खुला नुनको रुपमा विक्री गर्नुपरेको अग्नि ट्रेड एण्ड सप्लायर्स चन्द्रगढीका व्यापारी भेषराज नेपाल बताउँछन् । उनले फुटेको...

मोरङ व्यापार संघमा सारडा

उर्लाबारी/मोरङ व्यापार संघको अध्यक्षमा सभासद पवनकुमार सारडा चयन भएका छन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।  दोस्रो संविधानसभामार्फत सभासद बनेका सारडाले संघको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सभासद बनेका हुन् । संघको साधारणसभा गत असार २२ गते नै सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र राउत चुनिएका छन् । यसपटक पनि सबैजसो पद सहमतिबाट चयन भएको हो । महासचिवमा प्रकाश मून्दडा चयन भए । उनी यसअघि पनि महासचिव थिए । देशकै सबैभन्दा पुरानो उद्योग वाणिज्य संघका रूपमा स्थापित संघमा...

खोला बन्द गरी क्रसर खुला गरेकोमा ट्रयाक्टर व्यवसायीको विरोध

दुधे/चुरे संरक्षण अभियानलाई सफल बनाउन भनी नेपाल सरकारले नदी खोलाबाट बालुवा, गिटी, ढुंगा निकाल्न प्रतिबन्ध लगाएर क्रसर खुल्ला राखेकोप्रति ट्रयाक्टर व्यवसायीहरुले विरोध जनाएका छन् ।माई–बिरिङ्ग ट्रयाक्टर व्यवसायी संघ सुरुङ्गा र सतासी ट्रयाक्टर व्यवसायी संघ सतासीधामले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरकारी निर्णयको विरोध गरेका हुन् । चुरे क्षेत्रको संरक्षण गर्न सरकारले ल्याएको कार्यक्रम सकारात्मक र स्वागतयोग्य भएतापनि नदी खोलाबाट निर्माण सामग्री निकाल्न रोक लगाउने निर्णयका कारण निर्माण सामग्रीको अभाव भई मूल्य आकाशिएको, ट्रयाक्टर व्यवसायीहरुको...

राहदानी बनाउनेको संख्या चालीस प्रतिशत बढ्यो

झापा/झापामा गत आर्थिक बर्ष भन्दा वितेको आर्थिक बर्षमा राहदानी बनाउनेको संख्या लगभग ४० प्रतिशतले बृद्धि भएको छ ।गत आ.व ०६९÷७० मा १७ हजारले राहदानी बनाएका थिए भने आ.व.०७०÷७१ मा २३ हजार ८२ जनाले राहदानी बनाए लगतै बृद्धिदर हवतै बढेको हो् । झापाबाट वैदेशीका रोजगार जानका लागी तथा विभिन्न उद्देश्यका साथ राहदानी बनाउनेको संख्या बढ्दै गएको बार्षिक बृद्धि बढ्न थालेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।एक वर्षको अवधिमा २७ हजार २ सय १५ जनाले फारम भरेर पेस गरेपनि सो अवधिमा २३ हजार ८२ को मात्र राहदानी आएको प्रशासकीय अधिकृत केशव रिजालले जानकारी दिए ।...

कम्प्युटर प्रिन्ट नागरिकताको तयारी

दमक/झापा दमकको इलाका प्रशासन कार्यालयले आगामी भदौ महिनाबाट कम्प्युटर प्रिन्ट गररै नागरिकता बितरण गर्ने भएको छ ।हस्त लिखित नागरिकता  बिस्थापित गरी कम्प्युटर प्रिन्ट नागरिकता बितरणका लागि  आन्तरिक तयारी भइरहेको  हो । कार्यालयले  कम्प्युटर टाइप गर्ने भौतिक पुर्वधार तयारी,  सफ्टवेयर संकलन  लगायतका काम भइरहेकोे  प्रमुख बासु प्रसाद कोइरालाले बताए ।अहिले दैनिक ५०÷६०  जति  नागरिता  बितरण हुने गरेकोमा कम्प्युटर प्रविधिबाट  धेरै नागरिकता  बितरण गर्न सकिने कार्यालयले जनाएको छ ।   दमक...

के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा...

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

बिर्तामोड/बहराइनमा रहेका नेपालीहरूको संस्था लालीगुराँस सेवा समाजले झापाको बिर्तामोडस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको गरेको छ । नेपालमा रहेका अपाङ्ग, अनाथ तथा असहायहरूका लागि विभिन्न किसिमका सहयोग पुर्याउँदै आएको समाजले आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच केन्द्रलाई सहयोग रकम प्रदान गरेको हो । समारोहमा समाजका उपाध्यक्ष प्रकाश पाठकले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई सहयोग रकम प्रदान गरेका हुन् । कार्यक्रममा पार्वता बिमली,...

एमाले गुटको बिल्ला, अधिवेशन सम्पन्न

टंक पाठक  नेकपा एमालेको नवौं अधिवेशन सकिएको छ । केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीले विजय हात पारे भने अन्य पदका लागि खासै कुनै एक प्यानल नभई मिश्रित रुपमा विजय भएका छन् । अधिवेशनको दुई–तीन महिना अगाडिदेखि नै नीति र नेतृत्वको लागि रातदिन छलफल मात्रै होइन, रस्साकस्सी गर्दै थुतुनो चलाउन कसैले पनि बाँकी राखेनन् । खासमा माधवकुमार नेपाल र केपी शर्मा ओली नै एक अर्कामा गाली गलौजका नराम्रा शब्दहरू शब्दकोषमा भएसम्म शब्दहरू छानी–छानी र चोर औंलो ठाडो पारेर बोल्न बाँकी राखेनन् । यदि छलफल र बहसको उन्नत...

'अल्कोहोलिक' साझा समस्या – सम्पादकीय

आज अल्कोलिक समस्या साझा समस्या बन्दै गएको छ । साधारणतया जाँड,रक्सीको लतलाई हामी सामान्य प्रकृतिको एक प्रकारको नसा मात्र हो भनेर विश्लेषण गछौं । यो हाम्रो समाजको बुझाई पनि त्यही नै हो । यो दृष्टिू संगै हाम्रो सांस्कृतिक चालचलन निकटताका कारणले समेत जाँड,रक्सीको सम्बन्धलाई जोड्न पुगेको छ । धेरै जाति,जनजातिहरुले जाँड,रक्सीको प्रयोगलाई संस्कृति संग जोडिएका तथा मान्दै पनि आएका छन् । तर ,त्यो संस्कृतिको सम्बन्ध यतिखेर चर्को सामाजिक समस्या समेत बन्दै गएको छ ।हाम्रो समाज यो वेला लागूऔषधको अम्मल भन्दा डरलाग्दो समस्याका रुपमा ‘अल्कोहोलिक’ बनेको छ । लागूऔषधलाई...