हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label उपमुख्य समाचार. Show all posts
Showing posts with label उपमुख्य समाचार. Show all posts

नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा ९ जना, दोस्रो श्रेणीमा ३५ जना विद्यार्थी उत्तीर्ण भएको सो विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । 
नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाईँले पढाउँदै आएको धुलाबारी उमाविमा ३९ दशमलव ६८ प्रतिशत विद्यार्थी (प्राविधिक विषयका विद्यार्थी समेत) उत्तीर्ण भएका छन । उनी त्यहाँका सहायक प्रधानाध्यापक हुन् । शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य नारायण गौतमको विद्यालयले २० प्रतिशत नतिजा ल्याएको छ । उनी सहिद धर्मभक्त उच्च मावि केर्खाका शिक्षक हुन् । त्यस विद्यालयमा प्रथम श्रेणीमा २ जना र दोस्रो श्रेणीमा ११ जना पास भएका छन् । शैक्षिक गणतान्त्रिक मञ्च (एन्टो) झापा अध्यक्ष शिवराज राजभण्डारीको विद्यालयबाट २८ प्रतिशत पास भएका छन् । राजभण्डारी  सरस्वती मावि पृथ्वीनगरका प्रधानाध्यापक हुन् । गत वर्ष यो विद्यालयबाट २३ प्रतिशत पास भएका थिए । मधेसी शिक्षक युनियन झापाका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले अध्यापन गराउँदै आएको शनिअर्जुनस्थित लक्ष्मी माविले ६३ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । प्रथम श्रेणीमा १ जना, दोस्रो श्रेणीमा १८ जना र तेस्रो श्रेणीमा २ जना उतिर्ण भएको सो विद्यालयका उनी प्रधानाध्यापक हुन् । लक्ष्मी माविको गत वर्षको एलएलसीको उत्तीर्ण नतिजा १६ प्रतिशत रहेको थियो ।

उपभोक्ता समिति र प्रधानमन्त्रीबीच भेटबार्ता बहुबर्षिय योजनामा पार्ने प्रधानमन्त्रीको आश्वासन

दमक । प्रधानमन्त्री शुशील कोइरालाले निर्माणाधिन दमक चिसोपानी रवि सडक निर्माणमा सक्दो सहयोग गर्ने आश्वसन दिएका छन् । प्रधानमन्त्री कोइरालाले लामो समयसम्म सडक निर्माण हुन नसकेकोमा दुःख ब्यक्त गर्दै आउदो बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । 
 दमक चिसोपानी रबि सडक निर्माण उपभोक्ता समितिको टोलीलाई मंगलबार भेट गर्दै उनले आफू सडक निर्माणप्रति आफु गम्भिर रहेको भन्दै आगामी बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । कोइरालाले सबै विभागहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक डिभिजन लगायतको निकायहरुसँग सम्पर्क गरी बाटोलाई आगामी बर्ष कुनै पनि हालतमा बुहबर्षीय योजनामा पार्न निर्देशन दिएको समितिका अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । 
त्यस अवसरमा अध्यक्ष पुरीले सडकबाट करिब १५ लाख जनताहरु प्रत्यक्ष लाभान्वित हुने, ४७ किलोमिटर रहेता पनि मेची अञ्चलको सबै जिल्लालाई छुने बाटो भएको हुँदा प्राथमिकता नं. १ मा पारिदिन आग्रह गरेका थिए । 
उनले  भारतको फत्तेपुर हुँदै झापाको गौरीगञ्ज र चीनको घाङ्लासम्म जोड्ने भएकोले विशेष गरी झापा, पाँचथर, 
इलामको ३३ वटा गाविस, एक नगरपालिका, विभिन्न धार्मिक पर्यटकीय स्थलहरु, किरात धर्मको प्रमुख धार्मिकस्थल लारुम्बा, माङ्सेबुङ् लगायत ठाउँहरुहरु सो बाटोमा पर्ने भएको हुँदा सो सडकलाई बहुबर्षीय परियोजनामा पारिदिन आग्रह गरेका थिए । सोही भेटको क्रममा ताप्लेजुङ्मा गएको पहिरोले पिडीतहरुलाई गास, बास र कपासमा सरकारको पुर्याउन पनि सहभागी सभासदहरुले आग्रह गरेका छन् ।
टोलीमा झापा, इलाम र पाँचथर जिल्लाका सभासदहरु केशवकुमार बुढाथोकी, भिष्मराज आङ्देम्बे, दिपक कार्की, श्रीप्रसाद जवेगु, राम कार्की, मोहन टुडु सहभागी थिए । त्यसैगरी समितिका पूर्व उपाध्यक्ष लोकबहादुर धिमाल, वर्तमान उपाध्यक्ष विनोद नेम्वाङ्, सचिव दिल कुमार लावती, महिला सचिव लिलादेवी दाहाल, सदस्यहरु केन्द्र प्रसाई अन्य दलीय प्रतिनिधिहरु झलकसिंह दर्लामी, धर्मशीला चापागाई, हरि भण्डारी, रुद्र गौतम, सिताराम अधिकारी, सिपी कडरिया, नगेन्द्र भटट्राई, दिपक दुलाल, दिपक खतिवडा, दमक काठमाण्डौं सरोकार मञ्चका गोपाल चुडाल, विष्णुमाया साम्पाङ, अविनास तामाङ, विरेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेट गरेका थिए । 
यसअघि टोलीले आइतबार र सोमबार एमाले अध्यक्ष रोमनाथ ओली, कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौला, एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता डा. बाबुराम भट्टराई, सभाध्यक्ष सुबास नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल लगायतका दलका नेताहरुसंग भेटेर सडक निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेको थियो ।

पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । 
पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६ प्रतिशतसम्म खेती गर्ने जमिन बाँझै रहेको छ । यो वर्ष सुनसरीमा ६ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । झापामा ४ प्रतिशत र मोरङमा २ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको निर्देशनालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
समयमै मल, बीउ नपाउने, सिँचाइ अभावका कारण आकाशेपानीको भरमा अन्नबाली लगाउनुपर्ने बाध्यता र श्रमिक अभावले खेती गर्ने किसानहरु पिरोलिएका छन् । जसका कारण अधिकांश किसान पहाडी कृषिले परिवार पाल्न धौधौ भएको गुनासो गर्छन् । सन् २०३० सम्ममा हालको तुलनामा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक पर्ने अनुमान लगाउँदै ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ र एक गाउँ एक उत्पादन’ जस्ता प्रचारमुखी सरकारी कार्यक्रममा बाँझो जमिनको प्रयोग, खाद्यान्न उत्पादन, आपूर्ति र वितरणमा रहिआएका समस्या सम्बोधन गर्ने कुनै ठोस योजना छैनन् ।

पावर शेयरिङमा सैद्धान्तिक सहमति, विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चारदलबीच सहमतिसँगै संबिधान घोषणापछि बन्ने सरकार र पावर सेयरिङका विषयमा सैद्धान्तिक सहमति भएको दाबी गरेका छन् । उनले काँग्रेस, एमालेमध्ये एकले सरकारको नेतृत्व र अर्कोले राष्ट्रपति पाउने तथा एमाओवादी र आप्mनो दलले सभामुख र उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भईसकेको खुलाए । यद्धपी आफनो दलको कुनै दावी भने नरहेको उनले स्पष्ट पारे ।
शनिवार बिराटनगर बिमानस्थलमा कुरा गर्दै गच्छदारले संबिधान घोषणा पछि बलियो राष्ट्रिय सरकार आबश्यक हुने बताए । चारदलबीचको १६ बुँदे सहमति २००७ साल पछिको सबै भन्दा ऐतिहासिक सहमति भएको उनको भनाई छ  । ६५ वर्षदेखिको जनताको चाहना पुरा गर्ने हिसावले भएको चारदलबीचको सहमतिले नयाँ नेपालको नक्सा कोरिसकेको बताउदै उनले सहमतिले नेपालमा राजनैतिक गतिरोधलाई समेत समाप्त पारेको बताए । गच्छदारले ऐतिहासिक सहमतिपछि अब संबिधान निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेको बताउदै साउनको १५ गते भित्रनै नयाँ संबिधान जारी हुने दावी गरे । उनले चारदलबीचको सहमतिवारे बिभिन्न भ्रमहरू फैलाउने कार्य भईरहेको बताउदै सहमतिले संघीयता र गणतन्त्रलाई संस्थागत गरेको बताए । १६ बुँदे सहमतिको राष्ट्रिय र अन्तरर्राष्ट्रिय जगतले स्वागत गरेको बताउदै उनले दुईचार वटा दलले बिरोध गर्दैमा केही नहुने बताए । सहमतिको केही मधेशवादी दलले बिरोध गरेको सुनेको छुु, 
गच्छदारले भने  ः यो सहमति मधेशको ठुलो जित हो, यसको विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी हुन् राष्ट्रको बृहत निर्माणका लागि आफुले ठुलो जोखिम उठाएको बताउदै उनले १६ बुँदे सहमतिमा आफूले गरेको भूमिकावारे संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले समेत आप्mना प्रतिनिधी मार्फत आफुलाई धन्यवाद दिदै सहमतिको स्वागत गरेको जानकारी दिए । अब झिना मसिना कुरा वा दुईचार दलको बिरोधको कुरामा अल्झिनु भन्दा छिटो भन्दा छिटो संबिधान घोषणा गर्ने तर्फ आफूहरू अग्रसर भएको उनको भनाई छ ।

शुल्क मिनाहा नभए आमहड्ताल गर्ने चेतावनी

काठमाडौ । भूकम्पको त्रासले पढाई नभएको एक महिनाको शुल्क मिनाहाको माग सुनुवाई नभएपछि विद्यार्थी संगठनहरुले थप दबाबको कार्यक्रम अघि सारेका छन् । नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेश विद्यार्थी फोरम लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फन्ट लगायत १३ विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाको माग राख्दै शिक्षा मन्त्रालय, विभाग र निजी विद्यालयलाई दबाब दिदै आएको थियो ।
विद्यार्थी संगठनहरुले शनिबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । त्यसमा आफनो माग पुरा गराउन आइतबार प्रधानमन्त्रीलाई भेट्ने, निजी विद्यालयका सञ्चालक र शिक्षा मन्त्रालयका अधिकारीहरु चढ्ने गाडी गुड्न नदिने, विद्यालयमै गएर अभिभावकसंग भेटेर संघर्ष समिति बनाउने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिमा नेपाल विद्यार्थीका सभापति एवं सभाषद् रञ्जित कर्ण आफै लागेका छन् । आफनै पार्टीको सरकार र शिक्षा मन्त्री हुदा पनि विद्यार्थी र अभिभावकको हितमा निर्णय नभएपछि उनी आफै संघर्षमा उत्रिएका हुन् । अभिभावकलाई समटेर संयुक्त संघर्ष समिति बनाएर शैक्षिक हड्तालसम्मको कार्यक्रमको तयारी गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । पहिलो चरणका लागि असार १ गते सम्मको कार्यक्रम  सार्वजनिक गरिएको छ । दोस्रो चरणमा आम हड्तालसम्मको कार्यक्रम ल्याउने सम्मेलनमा जानकारी दिएको थियो । प्याब्सन र एन प्याबसनले भने भुकम्पबाट अति प्रभावित १४ जिल्लामा वैशाख महिनाको यातायात, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामग्री लगायतका सेवामा लाग्ने शुल्क मिनाहा गर्ने जनाएको छ । विद्यार्थी संगठन, अभिावक, शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक प्रतिनिधि बीचको छलफलमा विद्यार्थी संगठनहरुले आधा महिनाको शिक्षण शुल्क मिनाह भएमा आफूहरुलाई मान्य हुने बताएका थिए । प्याब्सन, एनप्याब्सनले भने यातायात, भोजन, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामाग्री लगायतका सेवामा लाग्ने शुल्क छुट गर्दा पुरै महिनाको शुल्कमा आधा छुट हुने ब्याख्या गरेको छ । ‘निजी क्षेत्र नाफाको हिसाबकितावबाट अलिकति पनि माथि उठन सकेन । सम्पूर्ण शैक्षिक संस्थाबाट खोजिएको प्रतिबद्धता मात्र प्याब्सन र एन प्याब्सनको तर्फबाट टालटुले र अष्पष्ट भाषाको विज्ञप्ती मार्फत विद्यार्थी आन्दोलनमाथि अपमान गर्न खोजियो ः १३ विद्यार्थी संघठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । शिक्षा मन्त्रालयले निजी विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई एक महिनाको छुट दिनुको सट्टा भूकम्पबाट घर भत्किएका विद्यार्थीलाई बर्षदिनसम्म निशुल्क पढाउने व्यवस्था गर्न तर्फ ध्यान दिनु पर्ने तर्क अघि सारेको छ ।

चीन सक्दो सहयोग गर्न तयार छ: चिनियाँ उपराष्ट्रपति

कुनमिङ । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र धरोहरहरूलाई पुरानै ठाउँमा मौलिक स्वरूपमा पुनर्निर्माण गर्नसमेत चीन तयार रहेको बताए । कुनमिङमा शुक्रबारदेखि आरम्भ भएको पाँचदिने तेस्रो चीन दक्षिण एसिया व्यापार मेला र २३ औ कुनमिङ निर्यात तथा आयात मेलाको उद्घाटनपछि वाणिज्य तथा आपुर्ति मन्त्री सुनीलबहादुर थापासँगको दुईपक्षिय साइडलाइन भेटवार्ताका क्रममा उपराष्ट्रपतिले नेपालको पुनर्निर्माणमा आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति समेत चासो राखेका उपराष्ट्रपतिले सहमतिमा संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरूबीच भएको सम्झौतालाई आफ्नो देशले सकारात्मक रुपमा हेरेको आफूलाई जानकारी गराएको थापाले बताए । थापाका अनुसार उपराष्ट्रपतिले दलहरूबीचको सहमतिलाई सकारात्मक भन्दै नेपालले आगामी दिनमा विकासमा फडो मार्ने संकेतका रूपमा आफूहरुले यसलाई मूल्यांकन गरेको बताएका थिए । थापाले उपराष्ट्रपति, युनानका गर्भनर तथा अन्य उच्च अधिकारीहरुलाई नेपालको भुकम्प र त्यसपछि सरकारले उद्धार, राहत, पुनःस्थापना 
र पुननिर्माणका लागि गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए । प्रत्युत्तरमा उपराष्ट्रपतिले नेपालको विकासमा चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेपालले चीनबाट के कस्तो सहयोग चाहन्छ, त्यो स्पष्टसँग राख्न आग्रह गरेको जानकारी थापाले दिए ।

राप्रपा नेपालका नेता लावतीको निधन

पद्मसुन्दर लावती
दमक । पूर्व मन्त्री तथा राप्रपा नेपालका राप्रपा नेपालको सह अध्यक्ष पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ ।
मृगौला सम्बन्धी समस्याका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा लावतीको निधन भएको उनकी  बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । उनी गत जेठ २३ मा नर्भिक अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वास्थ जटिल वन्दै गएपछि वुधवार विहानैबाट परिवारको अनुरोधमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । लावती मृगौलाका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट पनि ग्रसित थिए ।
पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापना पश्चात समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन १९९६ सालमा भएको थियोे ।
२०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए । गृहजिल्ला पाँचथरको विकासमा योगदान दिएका लावतीकै पहलमा मेची अञ्चलका जिल्लाहरु जोड्ने मेची राजमार्ग निर्माण, पाँचथर सदरमुकाम फिदिमदेखि यासोकसम्म विद्युतीकरण लगायतका काम भएको थियो ।
उनी स्वास्थ मन्त्री हुँदा झापाको भद्रपुरमा २५ वेडको अस्पताल स्थापनासँगै अस्पतालका लागि ५ विगाहा जमिन खरिद, पाँचथर सदरमुकाम फिदिममा १५ वेडको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह«थुममा १५ वेडको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरवृद्धी गरिएको उनको जीवनीमा आधारित ‘मेरो देश मेरो परिवेश’ नामक पुस्तकमा उल्लेख छ ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई सघाएका पूर्वपञ्च लावतीको प्रधानमन्त्री बन्ने चाहनालाई भने तत्कालीन दरबारले पुरा गरेन । त्यसमा असन्तुष्ट लावती बेलाबेलामा ‘राजाले मलाई पत्याएनन्’ भन्दै गुनासो गर्थे । २०४६ सालको परिवर्तनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका लावती पछिल्लो पटक राप्रपा नेपालको सह अध्यक्ष भएका थिए । तर, केही समयअघि मात्रै कमल थापासँग केन्द्रीय अध्यक्षमा पराजित भएपछि लावतीले पार्टी विभाजन गर्दै आफ्नै संयोजकत्वमा राप्रपा नेपाल सुदृढीकरण अभियान शुरु गरेका थिए । लावतीका एक श्रीमती, दुई छोरी र तीन छोरा छन् ।

उच्च रकममा पशुहाट ठेक्का

दमक । नेपालकै ठूलो पशुहाटका रुपमा गनिने दमकको पशुहाट अघिल्लो वर्षको तुलनामा उच्च रकममा ठेक्का लागेको छ । 
दमक नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ को लागि १ करोड २ लाख १० हजार १ सय रुपैयाँमा पशुहाटको ठेक्का लगाएको हो । नगरपालिकाले  पशुहाट कर संकलनका लागि आब्हान गरेको ठेक्का अनुसार ३ जना ठेकेदारहरुमध्ये  सबैभन्दा बढी दमक १२ का युवराज खड्गीले १ करोड  २ लाख १० हजार १ सय रुपैयाँ प्रस्ताव हालेपछि ठेक्का पाएको नगरपालिकाका राजश्व शाखा प्रमुख टिकाराम दाहालले बताए । आगामी साउन १ गतेबाट ३ प्रतिशतले चौपाय बिक्री मूल्यको कर लिने भएपछि पशुहाटको ठेक्का पनि बढेको दाहालले बताए । हालसम्म सयकडा २ प्रतिशतले चौपाया बिक्री कर लिइरहेको नगरपालिकाले जनाएको छ ।
ठेकेदार खड्गीले आगामी साउन १ गते देखि ०७३ असार मसान्तसम्मको ठेक्का उठाउन पाउने छन् । ३४ वर्ष अघि ५ लाख रुपैयाँबाट शुरु भएको ठेक्का नगरपालिकाको आफनो मुख्य आम्दानीको रुपमा रहेको छ । नगरपालिकाले  पशुहाट कर बढेसंगै नगरको विकासलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक वर्ष ०७२÷०७३ को ठेक्का लिएको ठेकेदार खड्गीले बताए ।
ठेकेदार दमक २ का कमल थापाले १ करोड २ लाख ७ हजार ६ सय ६६ रुपैयाँ र वडानम्वर १२ कै बिजयकुमार नेपालले ८७ लाख रुपैयाँ मात्र ठेक्का रकम प्रस्ताव गरेका थिए । आर्थिक वर्ष ७१÷०७२ को पशुहाट करको ठेक्का  ६८ लाख रुपैयाँमा मात्र लागेको  थियो । २०३२ सालबाट शुरु भएको दमकको पशुहाट नेपालकै सबै भन्दा बढी गाईबस्तु खरिद बिक्री हुने पशुहाट रहेको नगरपालिकाको दावी छ । यो पशुहाट ६ विगाहा क्षेत्रफलमा रहेपनि बिभिन्न किसिमका अतिक्रमणले अहिले साँघुरिदै गएको छ ।

घैला छाप तेलमा अखाद्य बस्तु भेटियो

दमक । घैला छाप तोरीको तेलमा अखाद्य वस्तु भेटिएको छ । दमक ११ स्थित आरपि किराना स्टोरबाट किनेर लगेको ५ लिटरको जारमा लेदो भेटिएको हो । आम उपभोक्ताका तर्फबाट झापाको लखनपुर ५ का डोमनाथ तिवारीले शनिबार इलाका प्रहरी कार्यलयमा निबेदन दिएर तेल उत्पादक चन्द्रशिव राइस एण्ड आयल मिल्स प्रालि बिराटनगरलाई तत्काल कारबाही गर्न माग गरेका छन् । तिवारीले तेलमा भेटिएको अखाद्य वस्तुको तत्काल अनुसन्धान गर्न पनि माग गरेका छन् । तिवारीले इलाका प्रसासन कार्यलय दमक  र दमक उद्योग बाणिज्य संघलाई पनि बोधार्थ दिदै तेलमा अखाद्य वस्तु मिसावट गरेर आम उपभोक्ताको श्वास्थ्यमा खेलवाड गर्ने उत्पादकलाई अविलम्ब कारबाही गर्न माग
 गरिएको छ । अखाद्य वस्तु मिसिएको तेल इलाका प्रहरीलाई बुझाएको तिवारीले बताए । इलाका प्रहरी कार्यलय दमकका सई दिरेन्द्र कोइरालाका अनुुसार उपभोक्ताले बुझाएको तेल बिराटनगर स्थित खाद्य प्रविधि कार्यलयमा अनुसन्धानका लागि आइतबार  पठाइने छ । कार्यालयबाट आएको प्रतिवेदनका आधारमा कानुनी कारबाही अघि बढाइने कोइरालाले बताए ।

दमकमा प्लाष्टिक झोला प्रयोग जारी

– चिरञ्जिबी घिमिरे
दमक । दमक नगरपालिकालाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरेको ३ महिना बितिसक्दा समेत नगरपालिकामा प्लाष्टिकका झोला प्रयोग भइरहेको पाइएको छ । गत फागुुन १ गतेबाट नै नगरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेपनि नगरपालिकाबाट उचित अनुुगमन हुुन नसक्दा केही ठाउँमा यसको प्रयोग गरिरहेको पाइएको हो । सरकारी कार्यालय नजिक भएको स्थान र मुुख्य बजारमा यसको प्रयोग नभए पनि अन्य भित्री बजारमा भने यसको प्रयोग गरेको पाइएको हो ।
दमक उद्योग वाणिज्य संघले यस अघि पनि नगरलाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरिसकेको थियो । तर त्यो पनि असफल भएको र हालको घोषणामा पनि चुनौती रहेको दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईले बताए । ‘वाणिज्य संघले थालेको काममा नगरपालिकाले खास ध्यान दिएर अनुुगमनको कामलाई चुस्त बनाई प्लाष्टिकको प्रयोग निस्तेज पार्नुपर्छ ।’ – उनले भने । अनुुगमनका लागि नगरपालिकामा पर्याप्त नगरप्रहरी नभएको उनले बताए । वाणिज्य संघले गरेको यस्तो कार्यलाइ नगरपालिकाले सहयोग गर्नुु पर्नेमा जोड दिए । दमकका होटल व्यवसायी माधव ढकालका अनुुसार दमक नगरमा प्लाष्टिक छिटपुुट रुपमा पाइने गरेकोले यसको तत्काल अनुुगमन गरी प्रयोग गर्नेलाई कार्वाही गर्नुु पर्नेमा जोड दिए । त्यस्तो झोला बिशेषगरी मासु पसल, किराना पसल र सब्जी पसलमा पाइने गरेको उनले बताए । यो माटोमा पनि नकुुहिने भएकाले यसले वतावरण प्रदुुषण गरेको वैज्ञानिक तथ्य जोडेर उनले उल्लेख गरे – ‘प्लाष्टिकको झोलाले हामी सबैलाइ हानी गर्ने भन्ने थाहापाइ पाइ प्रयोग गर्नेलाई कडा कारवाही गर्नुु पर्छ’।– स्थानीय व्यापारी भरत श्रेष्ठले केही कडाशैलीमा भने– ‘यस्तो हो भने कि हामीले पनि प्रयोग गर्न पाउनुु पर्छ, कि त सबैलाई यसको प्रयोग गर्नबाट बन्द गरिनुु पर्र्छ’ । नगरपालिकाले प्याकिङ गरेका समान बाहेक अन्यमा प्लाष्टिको प्रयोग गर्न नपाइने भने पनि अहिले फलफुुल लगायत अन्य खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेको छ । दमकको नयाँ सब्जी बजारमा फलपुुल पसल गर्दै आएका निशान दाहालले भने आफुुलाई थाहा नभएर फलफूल प्याकिङ गरेर बेचेको बताए । नगरपालिकाले आफ्नो नजिकको क्षेत्र वाहेक दमकको सम्पुुर्ण क्षेत्रमा अनुुगमन गर्न जरुरी रहेको उनले बताए । उता नगरपालिकाले भने अनुुगमन गरिराखेको
बताएको छ । नगरप्रहरीको कमी भन्ने आरोपको खन्डन गर्दै आफुुसंग पर्याप्त नगरप्रहरी रहेको नगरपालिकाका वातावरण प्रमुुख द्रोण थापाले बताए । ‘प्लाष्टिकका झोला प्रयोग गर्नेलाइ ५ सय रुपैयाँ जरिमाना गरेका छौं, अझै अनुुगमन गर्छौं । लुुकिछिपी यस्तो गरेको पाइए कडा कारवाही गर्छौ’।– उनले भने । बजारमा खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेकाले यसको अनुुगमन गरी तत्काल यस्तो गर्नेलाई कारवाही गर्ने थापाले बताए ।

यही वर्षामा मोटरसाइकलसम्म गुड्ने

कामको अवलोकन गर्दै सडक विभागको टोलिकासाथ नवनिर्वाचित अध्यक्ष पुरी 
दमक । दमक चिसोपानी रवि सडक उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष गगन पुरीको अगुवाईमा बुधबार गएको टोलीले सो सडक निर्माणको काम अनुगमन गरेको छ । पुरीका साथै सडक डिभिजन कार्यालय दमकका प्रमुख रामहरि पोखरेल सहितको प्राविधिक टोलीले सडकको अनुगमन गरेको हो । घर्तीदोभान दक्षिणमा बाँकी रहेको ट्रयाक खन्ने काम पुरानो ठेकेदार पक्षले अगाडि बढाएको र केही दिनमा ट्याक खोलिसक्ने अध्यक्ष पुरीले बताए । उनले यही वर्षामै खोलाको बाटो प्रयोग नगरी सोही बाटोबाट कम्तिमा पनि मोटरसाइकल गुड्न सक्ने दावी गरे । धर्ती दोभानबाट नयाँ ठेकेदारले आफ्नो सम्झौता अनुरुप स्काभेटरमार्फत धर्तीदोभानदेखि लारुम्बाको भञ्ज्याङसम्मको सडकको चौडाई बढाउने काम थालेको पनि उनले जानकारी गराए । त्यहाँको बाटो झण्डै दोब्बर चौडाई बढाएर २१ फिटको बनाई ठूला सवारी साधन समेत एकसाथ दोहोरो आवतजावत गर्न सक्ने बनाइने उल्लेख छ । त्यहाँ लगत्तै ग्राभेलको काम पनि थालिने छ । डीई रामहरि पोखरेलले वर्षाले वाधा नगरेमा असार मसान्तसम्म ट्याक खोल्ने काम सकिने र सडकको पाटोबाट सो बाटोमा नियमित काम भइरहेको जनाए ।

महिला र बालबालिकामाथिको हिंसा न्यूनिकरणमा जोड

चन्द्रगढी । मानव अधिकारकर्मी विष्णु खरेलले  महिला तथा बालबालिका माथि हुने हिंसा राजनीतिक दवाव र आर्थिक लेनदेनका कारण न्युनीकरण हुन नसकेको बताएका छन् ।
महिला तथा बालबालिका कार्यलय झापाद्वारा चन्द्रगढीमा बुधबार आयोजित महिला तथा बालबालिकामाथि हुने हिंसा बिरुद्धको एक दिवसीय अभियानमा बोल्दै  अधिकारकर्मी खरेलले यस्तो बताएका हुन् ।  उनले सरकारी निकाय जिम्मेवार नबन्दा तथा राजनितिक दलहरुको बढि दबाबका कारण पिडितले समयमा सहि न्याय पाउन नसक्दा पिडकले उन्मुित्त पाउने गरेको बताए । उनले हिँसाजन्य घट्नामा आर्थिक चलखेल समेत हुने गरेकाले यसलाइ तुरुन्त रोक्नुपर्ने सुझाए ।
सहायक जिल्ला न्याधिबक्ता प्रमोद भट्टराइले  हिँसा न्युनीकरणको लागी समाज नै चनाखो बन्नु पर्ने धाराणा राखे । तारा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार माधब बिद्रोही , कानुन ब्याबसायी कमला आचार्य, महिला संघ झापा सभापति शुसिला ढकाल, बालसंगठन झापा अध्यक्ष गोमा भट्टराई, अधिकारकर्मी कबिता शर्मा लगायतले हिँसा न्युनीकरणका लागी कानुन कार्यन्वयनमा जोड दिदै प्रहरी, पत्रकार मानबअधिकारबादी सहितका  सरकारी तथा गैरसरकारी
संघ संस्थाका प्रनिधिहरुले न्युनीकरणका लागी  सक्रिय भएर लाग्नु पर्ने बताए । कार्यक्रममा  संचारकर्मी, कानुन ब्याबसायी, मानब अधिकारबादी, महिला अधिकारकर्मी, सुरक्षानिकायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण रुपमा क्षति भएको छ भने १० हजार ५ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी, भोजपुरमा १ हजार ४ सय १४, संखुवासभामा १ हजार १ सय १६, इलाममा ३ सय १६, झापामा ६२, ताप्लेजुङमा ५१, पाँचथरमा २५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, धनकुटामा ५ सय ९० घरमा पूर्ण रुपमा भत्किएका छन् भने २ हजार ४ सय ५३ घरमा सामान्य क्षति पुगेको छ ।  सुनसरीमा ४ घर पूर्ण क्षतिग्रस्त छन् भने १ सय ८२ घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुमा २ हजार ५ सय घरमा पूर्ण रुपमा भत्किएका छन् भने ६ हजार १ सय ७६ घरमा सामान्य क्षति क्षति पुगेको छ । खोटाङमा २ हजार १ सय १० घर पूर्ण क्षतिग्रस्त हुँदा ४ हजार ९ सय ८६ घरमा 
आंशिक क्षति पुगेको छ । उदयपुरमा ९५ घर क्षतिग्रस्त हुँदा ७ हजार ४ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सिराहामा ८७, सप्तरीमा १ सय ३ र मोरङमा ५० घरमा आंशिक क्षति पुगेको बताइएको छ । 
 क्षेत्रीय प्रशासन कार्यालयको विवरण अनुसार इलाममा ३४ घरमा पूर्ण क्षति भएको छ भने ४२ घरमा आंशिक क्षति पुगेको छ । संखुवासभामा ८८ घरमा पूर्ण क्षति र २ सय ८ घरमा आंशिक, सोलुखुम्बुमा ७५ मा पूर्ण क्षति र १ सय ४२ मा आंशिक क्षति ओखलढुंगामा १ घरमा पूर्ण क्षति र १ सय ९१ मा आंशिक क्षति, उदयपुरमा ५२ मा पूर्ण क्षति र ४६ घरमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । त्यस्तै, ताप्लेजुङमा ६९, पाँचथरमा ४०, झापामा ४६, भोजपुरमा २१, तेह्रथुममा ६०, धनकुटामा ३९, मोरङमा ५१, सुनसरीमा १ सय १६, सिराहामा ३०, र सप्तरीमा २७ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण पूर्वाञ्चलमा ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८५ चौपाया मरेका छन् । ३ सय ९३ जना घाइते भएका छन् । ज्यान गुमाएका र घर क्षतिग्रस्त भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय, दैवीप्रकोप उद्धार समिति, सामाजिक संघसंस्था मार्फत राहत वितरण भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले बताए ।

अग्ला टावरका कारण स्थानीय त्रसित

दमक । विभिन्न सञ्चार संस्थाहरुका दर्जन भन्दा वढी अग्ला टावरहरु  महाभुकम्प र हावाहुरीका कारण ढल्नसक्ने खतरा बढेपछि झापाका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
 महाभुकम्प र हावाहुरीका कारण भौतिक संरचनामा पुगेको क्षतिले मानवीय दुर्घटना हुने सम्भावना भएपछि झापाको दमकमा रहेका अग्ला संरचनावाट स्थानीयहरु त्रसित बनेका हुन् । त्रासकै कारण दुरसञ्चार संस्थानले बनाएको दमकको टावर (आवाघर) घटाइने भएको छ । नेपालको सवैभन्दा अग्लो टावरमध्ये दमकमा अवस्थित नेपाल टेलिकमको टावरलाई  घटाइने भएको हो । दमक–१ मा अवस्थित सो टावर ४२ बर्षअघि बनेका थियो । यो नेपालको दोस्रो अग्लोे टावर हो । यो भन्दा अग्लो सिराहाको दुरसञ्चार टावर (१सय ३१ मिटर) रहेको छ ।
टेलिकम दमकका प्रमुख बिनोद कडुवालका अनुसार बेलायत सरकारको सहयोगमा बनाइएको १ सय २८ मिटर अग्लो गाइड वायर टावरको साटो छेउमा ८० मिटर अग्लो सेल्फ स्ट्याण्ड टावर खडा गरिएको केहि समयभित्रै पुरानो अग्लो टावरमा रहेका मोबाईल, सिडिएमए, रेडियोलिंक र रिपिटर इक्विपमेण्ट होचो टावरमा सारिने भएका छन् । उनले टावर हटाइसक्न भने करिब एकबर्ष लाग्ने बताए ।
त्यसैगरी दमक—११ स्थित सप्तरङ्गी एफ.एम.को आफ्नो निजी टावरका कारण आसपासमा रहेका सर्वसाधरणहरु त्रसित बनेका छन् । मेची सहकारी संस्थाको भवनमा अवस्थित सो एफ.एमको अग्लो टावरले आसपासमा व्यवसाय गरी वस्नेहरुलाई समस्या भएको जनगुनासो छ । पटक पटक आइरहने पराकम्पन र हावाहुरीले अग्लो टावर ढल्नसक्ने अवस्थामा पुगेका छन् । दमक नगरपालिका कार्यालयको प्राविधिक टोलीले दमकक्षेत्रमा रहेका टावर र टावर राखिएको घरको अनुगमन गरिसकेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार नगरवासीहरुले आ–आफ्ना क्षेत्रमा रहेका टावर हटाइनुपर्ने माग राख्दै आएका छन् । ती टावर र टावर राखिएको घरको संरचनाहरु के कस्तो छ भन्ने बारेमा प्राविधिकको टोलीले अनुगमनपछि प्रतिवेदन मार्फत अघि वढ्ने अधिकृत दाहालले जानकारी दिए । भवनहरु अग्ला छन् अनि त्यस माथि अग्लो टावर छ, भुकम्प र हावाहुरीले हल्लाउने गर्दा कहिले लड्छ भन्ने चिन्ता स्थानीयको छ । भूुकम्प र हावाहुरीले अग्ला र पुराना संरचनाहरु भत्काउन थालेपछि त्यस्ता संरचनालाई समयमा मर्मत—संम्भार गरिनुपर्ने स्थानीय व्यावसायीहरु बताउँछन् । त्यसो त दमक—११ मा रहेका वल्र्ड लिङ्क, लुिम्बनी नेट, नेपाल नेट संसारको टावर र टावर राखिएको घरको संरचना समेत कमजोर भएको छ ।  सो टावर भएको घर या अन्य ब्यापारिक भवनमा बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका कारण यी संरचना ढल्दा ठूलो क्षति हुने जानकारहरु बताउँछन् ।

वैज्ञानिक वन व्यवस्थापनमा जोड

पथरी । जिल्ला बन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले पुस्ता पुस्तासम्म निरन्तर बन पैदावार उपभोगका लागि बैज्ञानिक बन ब्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन् ।
सोमबार मोरङको पथरीशनिश्चरेमा ‘बैज्ञानिक बन व्यवस्थापनका चुनौती र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले सो कुरा बताएका हुन् । जिल्ला बन कार्यालयको सहयोगमा नेपाल पत्रकार महासंघ मोरङ र पथरी सम्पर्क कार्यालयले आयोजना गरेको सो अन्तरक्रियामा जिल्लामा ६ वटा सामुदायिक बन सहित राष्ट्यि बनमा समेत बैज्ञानिक बन व्यवस्थापनको काम शुरु भएको ज्ञवालीले उल्लेख गरे । ज्ञवालीले बनलाई ब्लक ब्लकमा विभाजन गरेर उमेर पुगेका रुखहरु हटाउने र निरन्तर नयाँ विरुवा हुर्काएर निरन्तर उपभोग गर्न मिल्ने अवस्था सिर्जना गर्ने काम आजको आवश्यकता रहेको चर्चा गरे । सामुदायिक बन क्षेत्रका उपभोक्ता भन्दा टाढा रहेका उपभोक्ताहरुका लागि समेत बन पैदावार उपभोगको वातावरण बनाउँदै सरकार र स्थानीयको साझेदारीमा बन व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे । सुन्दरदुलारीको लाटीझोडा, केराबारीको प्रस्तावित लोहन्द्रा र पथरी शनिश्चरेको उत्तरको बनलाई साझेदारी बनका रुपमा बन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । सामुदायिक बनतर्फ, नमूना, हरियाली, सिद्धार्थ, दिपज्योति र अहाले सामुदायिक बन क्षेत्रमा पनि बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम शुरु भएको जिल्ला बन कार्यालयले जनाएको छ । कार्यक्रममा, पत्रकार महासंघका जिल्ला अध्यक्ष महेन्द्र विष्ट, सहसचिव मोहन भट्टराई लगायतले पनि बोलेका छन् ।

नेपाली विद्यार्थीको ६ करोड ६४ लाख डुब्ने चिन्ता

लन्डन । बेलायत सरकारले आफ्नो नियम परिधि नाघ्ने निजी कलेजहरु बन्द गर्ने क्रम जारी छ । अध्यागमन नियन्त्रण गर्ने प्रमुख अजेण्डाकै हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउन सरकारले निजी कलेजमाथि निसाना बनाउंदै आएको हो । यस क्रममा लन्डन ह्वाइट च्यापलस्थित फाइनान्स एण्ड टेक्नोलोजी इस्टिच्युट अफ लन्डनको लाइसेन्स खारेज भएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई होम अफिसले ६० दिनको समय दिएर अर्को कलेज खोज्न वा स्वदेश फर्कन भनेको छ । होम अफिसले आफ्नो नियम परिधि नाघेको ठहर गर्दै गत १५ मेमा उक्त शैक्षिक संस्थाको लाइसेन्स खारेज गरिदिंदा त्यहाँ अध्ययनरत कम्तीमा एकसय नेपाली विद्यार्थीको ६ करोड ६४ लाख रुपैयाँ डुब्ने भएको छ । कलेज व्यवस्थापनले सिधै शुल्क फिर्ता दिने नीति ( रिफण्ड पोलिसी )  छैन भन्दै पैसा फिर्ता दिन आनाकानी गरेपछि विद्यार्थीको ठुलो रकम डुब्ने निश्चित भएको हो । कलेजले प्रति विद्यार्थी लेभल ७ को ४ हजार २ सय ५० पाउण्डका दरले फि उठाएको थियो । उसले कन्फर्मेशन अफ एसेप्टेन्स फर स्टुडेन्ट्स (सिएएस् ) पनि अन्धाधुन्ध जारी गरेको थियो जुन लाइसेन्स खारेजीको कारलन्डन । बेलायत सरकारले आफ्नो नियम परिधि नाघ्ने निजी कलेजहरु बन्द गर्ने क्रम जारी छ । अध्यागमन नियन्त्रण गर्ने प्रमुख अजेण्डाकै हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउन सरकारले निजी कलेजमाथि निसाना बनाउंदै आएको हो । यस क्रममा लन्डन ह्वाइट च्यापलस्थित फाइनान्स एण्ड टेक्नोलोजी इस्टिच्युट अफ लन्डनको लाइसेन्स खारेज भएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई होम अफिसले ६० दिनको समय दिएर अर्को कलेज खोज्न वा स्वदेश फर्कन भनेको छ । होम अफिसले आफ्नो नियम परिधि नाघेको ठहर गर्दै गत १५ मेमा उक्त शैक्षिक संस्थाको लाइसेन्स खारेज गरिदिंदा त्यहाँ अध्ययनरत कम्तीमा एकसय नेपाली विद्यार्थीको ६ करोड ६४ लाख रुपैयाँ डुब्ने भएको छ । कलेज व्यवस्थापनले सिधै शुल्क फिर्ता दिने नीति ( रिफण्ड पोलिसी )  छैन भन्दै पैसा फिर्ता दिन आनाकानी गरेपछि विद्यार्थीको ठुलो रकम डुब्ने निश्चित भएको हो । कलेजले प्रति विद्यार्थी लेभल ७ को ४ हजार २ सय ५० पाउण्डका दरले फि उठाएको थियो । उसले कन्फर्मेशन अफ एसेप्टेन्स फर स्टुडेन्ट्स (सिएएस् ) पनि अन्धाधुन्ध जारी गरेको थियो जुन लाइसेन्स खारेजीको कारक बन्यो । त्यत्रो पैसा खन्याइयो न पढाइ न भिसा साथमा छ,  एक विद्यार्थी आक्रोश पोख्छन् ः कलेजमा लाइब्रेरी र कम्प्युटरका त के कुरा, ट्वाइलेटमा टिस्यू पेपर पनि हुन्थेन ।  ति विद्यार्थीका अनुसार, साँघुरो एउटा कक्षा कोठाभित्र लेभल ५, ६ र ७ को पढाइ एकैपटक हुन्थ्यो । त्यहां विद्यार्थीलाई सुविधाको नाममा परिचयपत्र बाहेक केही नभएको ब्यंग्य विद्यार्थी गर्छन् ।
बंगाली, भारतीय र पाकिस्तानी तीन जना मिलेर खोलिएको उक्त भिजा कलेजका सञ्चालक विद्यार्थी सामुन्ने पर्नै चाहेका छैनन् । कलेज सञ्चालक मध्ये एक राजसंग सम्पर्क गर्न खोज्दा उनी बोल्न चाहेनन् । उक्त कलेजमा नेपाली विद्यार्थी लाने एजेन्टहरु तरुण मिश्र र प्रमोद अधिकारीले पनि आफूहरुलाई साथ नदिएको गुनासो विद्यार्थीहरुको छ । उनीहरु सम्पर्क बाहिरछन् । होम अफिसले ५ जनवरी २०१५ मा जारी गरेको तथ्यांकमा सरकारले १ मे २०१० देखि ७ अक्टोबर २०१४ सम्म ८४० निजी कलेजका लाइसेन्स खारेज गरिदिएको छ । केही महिनाअघि नेपाली व्यवसायीद्वारा सञ्चालित साउथ लन्डन कलेजको लाइसेन्स खारेजी हुँदा पनि सयौं नेपाली विद्यार्थी प्रभावित भएका थिए ।क बन्यो । त्यत्रो पैसा खन्याइयो न पढाइ न भिसा साथमा छ,  एक विद्यार्थी आक्रोश पोख्छन् ः कलेजमा लाइब्रेरी र कम्प्युटरका त के कुरा, ट्वाइलेटमा टिस्यू पेपर पनि हुन्थेन ।  ति विद्यार्थीका अनुसार, साँघुरो एउटा कक्षा कोठाभित्र लेभल ५, ६ र ७ को पढाइ एकैपटक हुन्थ्यो । त्यहां विद्यार्थीलाई सुविधाको नाममा परिचयपत्र बाहेक केही नभएको ब्यंग्य विद्यार्थी गर्छन् ।
बंगाली, भारतीय र पाकिस्तानी तीन जना मिलेर खोलिएको उक्त भिजा कलेजका सञ्चालक विद्यार्थी सामुन्ने पर्नै चाहेका छैनन् । कलेज सञ्चालक मध्ये एक राजसंग सम्पर्क गर्न खोज्दा उनी बोल्न चाहेनन् । उक्त कलेजमा नेपाली विद्यार्थी लाने एजेन्टहरु तरुण मिश्र र प्रमोद अधिकारीले पनि आफूहरुलाई साथ नदिएको गुनासो विद्यार्थीहरुको छ । उनीहरु सम्पर्क बाहिरछन् । होम अफिसले ५ जनवरी २०१५ मा जारी गरेको तथ्यांकमा सरकारले १ मे २०१० देखि ७ अक्टोबर २०१४ सम्म ८४० निजी कलेजका लाइसेन्स खारेज गरिदिएको छ । केही महिनाअघि नेपाली व्यवसायीद्वारा सञ्चालित साउथ लन्डन कलेजको लाइसेन्स खारेजी हुँदा पनि सयौं नेपाली विद्यार्थी प्रभावित भएका थिए ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

दमक । नेपालका शिक्षाका ज्योति तथा महान् समाजसुधारक बालागुरु षडानन्द अधिकारीको १०० औँ स्मृति दिवस आइतबार झापाको दमकमा भव्यताका साथ सम्पन्न गरिएको छ । बालागुरु षडानन्द स्मृति प्रतिष्ठान झापाको आयोजनामा भएको उक्त कार्यक्रम नेपालभरिमा आइतबार झापामा मात्रै मनाइएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बालागुरुको जन्मजयन्ती दिङ्ला, इटहरी, काठमाडौं र झापामा मनाइँदै आइएको  भएतापनि स्मृति दिवस भने नेपालमै यो दोस्रो पटक रहेको संस्थाका सदस्य सचिव विजय एक्स्ट्राले बताए । पूर्वमन्त्री एवं नेकपा (एमाले) का स्थायी समिति सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष श्यामकृष्ण लम्सालको
 सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार कृष्ण अधिकारी, षडानन्द उच्च मा.वि. दिङ्ला, भोजपुरका अध्यक्ष थानेश्वर नेपाल, सहप्राध्यापक मोहन भण्डारी लगायतले षडानन्दको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँलाई राज्यद्वारा राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको थियो ।
वि.सं. २०५१ सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री प्रदिप नेपालले बालागुरु षडानन्दको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने बाहेक षडानन्दप्रति राज्यका तर्फबाट अन्य कुनैपनि प्रकारको सम्मानजनक कार्य नभएको गुनासो पोख्दै उहालाई राज्यले तत्काल राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष लम्साल राखेका थिए । उक्त कार्यक्रममा बालागुरुको सम्झना एवं सम्मानमा १ सय ८ दीप प्रज्वलन गरिनुका साथै बैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण मृत्यु हुनेहरुको चिर शान्तिको कामना गर्दै स्थानीय श्री पशुपति मन्दिर, दमक–११ को परिसरका सम्पूर्ण दीपहरुमा दीपप्रज्वलन गरिएको थियो । वि.सं. १८९२ साल मार्गशुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मिएर नेपालमै जनस्तरबाट पहिलो विद्यालय (वि.सं. १९३२ साल) स्थापना, दास तथा सतीप्रथा जस्ता कुरीतिहरुको अन्त्य, जातीय विभेद विरुद्धको आन्दोलनका अग्रणी योद्धा बालागुरु षडानन्द अधिकारीको वि.सं. १९७३ जेष्ठशुक्ल त्रयोदशीका दिन काठमाडौंको पचलीघाटमा षडानन्दको भौतिक शरीरको अवसान भएको थियो । उक्त कार्यक्रममा कवि ज्ञानोदय सुवेदीद्वारा लिखित ‘योगमाया संयुक्त’ नामक काव्य समेत विमोचन गरिएको थियो ।

युवतीको हत्या गर्ने २ पक्राउ

पक्राउ परेका २ हत्याका अभियुक्तहरु

काकडभिट्टा । झापाको काँकडभिट्टास्थित सिलोङ होटलमा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको चैनपुर ६ घर भई हाल काँकरभिट्टा बजारमा सिलोङ्ग होटल संचालन गरी बस्ने श्याम लामाको छोरा बर्ष २५ को विजय लामा र  काभ्रे घर भई काठमाण्डौ सुकेधारा बस्ने प्रेम तामाङको छोरा बर्ष २० को कुमार तामाङ छन् । बिर्तामोड नगरपालिका वडा नं. ०६ बस्ने मन्दिरा बि.क.लाई घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।  ती युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् । ती युवतीलाई राति ११ बजे चक्कुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहोर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा प्रहरीले फेला पारेको थियो ।

दमक रबि सडकको मतदान आजदेखि

 – उमेद्वारहरु भोट माग्दै पहाडमा

दमक । दमक चिसोपानी रवि       (फाल्गुनन्द मार्ग ) सडक उपभोक्ता समितिको निर्वाचन आज मतदान हुँदैछ । आज पहिलो दिन इलामको बाँझोस्थित खलंगे बिद्यालयमा हुँदैछ । भोली शनिबार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा हुने छ । खलंगेमा हुने मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको निर्बाचन समितीका संयोजक बिश्वदिप लिङदेनले जनाए । त्यसका लागि निर्बाचन समितीको टोली र उमेद्धवारहरु बिहीबार बिहानैदेखि बाँझोतिर लागेका छन् । प्रकाश बुढाथोकी र रेवतराज पुरी नेतृत्वको उमेद्धवारहरुको टोली बिहीबार बिहानैदेखि बाँझो पुगेर मत मागिरहेको छ । मतदान हुने अन्तिम दिन उम्मेद्धवारहरु इलाम र पाँचथरको घरभैलोमा भोट माग्न ब्यस्त छन् । कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेदवार बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलको प्यानलबाट अध्यक्षका उम्मेदवार पुरीको प्यानल एकल र समुहमा मत मागिरहेका छ । बुढाथोकी नेतृत्वको टोली इलाम र पाँचथरका गाउँ टोलमा रहेका मतदातासंग मत मागीरहेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए । पुरी नेतृत्वको टोली इलाम र पाँचथर भोट मागिरहेको एमाओवादी दमक नगर इन्चार्ज रमेश गुरागाई जानकारी दिए । दमकमा भने एमाओवादी सहितको प्यानलले निर्वाचनको पूर्व तयारीका बिषयमा छलफल गरेको गुरागाईले बताए । दुबै पक्षका उमेद्धवार र दलका नेता कार्यकर्ताहरुले दमक, लखनपुर र तोपगाछीमा पनि मत मागिरेहका छन् । दुईदिन हुने मतदानमा ११ सय १ मतदाता रहेको र तीमध्ये २ सय ६९ जना पहाडी क्षेत्रतर्फ र बाकी दमकतर्फ रहेको निर्बाचन समितीले जनाएको छ ।

भारतीय धानलाई बिस्थापित गर्ने – प्रयास किसानलाई किट वितरण

– मनकुमार गदाल
दमक । भारतीय धानलाई बिस्थापित गर्न सरकारले नयाँ ३ जातका मिनी किट्  किसानलाई निशुल्क बितरण गरीरहेको छ । जिल्ला कृषि कार्यालय झापाले स्वर्ण सव एक, साँवा सव एक र सुख्खा तीन जातका धानको बिउ निशुल्क बितरण गरेको हो । रजित, मन्सुली, शरना , बिजी ११ लगायतका भारतीय धानलाई हटाउन नार्कबाट परिक्षणपछि धेरै फल्ने, मिठो भात हुने यी जातको धानलाई सरकारले सिफारिस गरेको कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । अहिले जिल्लाभित्र नेपाल बिउबिजन कम्पनीले ५० टन निशुल्क मिनी किट् वितरण गरीरहेको कृषि कार्यालयले जनाएको छ । किसानलाई निशुल्क यति धेरै मिनी किट् वितरण गरेको यो पहिलो पटक भएको बाली संरक्षण  अधिकृत खरेलले दावी गरे । यसबाट फलेको धान छिटो र राम्रो उत्पादन हुने साथै खान पनि स्वादिलो हुने उनले बताए ।
माईपश्चिका गाविस र नगरपालिकाका किसानलाई २ सय ४० बोरा मिनी किट् बितरण भइरहेको कृषि कार्यालयले जनाएको छ । गौरादह र गौरीगञ्जका किसानलाई ९०÷९० बोरा मिनी किट् उपलब्ध गराइरहेको गौरादह कृषि सेवा केन्द्रका प्रमुख जय प्रसाद उप्रेतीले जानकारी दिए । शुक्रबारसम्म गौरादह र गौरीगञ्ज लगायतका गाविसका किसानलाई मिनी किट् बितरण गर्ने उनले बताए । यसैगरी दमकस्थित कृषि सम्पर्क केन्द्रबाट  करिब १५ मन मिनी किट्  बितरण हुन बाँकी रहेको प्रमुख सावित्रा कार्कीले बताइन् । दमक, लखनपुर, तोपगाछी र धरमपुरका कृषकहरुलाई मुल कृषक समुहबाट निशुल्क मिनी किट् बितरण गरेको कार्कीले बताइन् । यी मिनीकिट्हरु लगेर  किसानले जेठको चौथो सातासम्म धानको ब्याड राखी सक्नुपर्ने बताइएको छ ।

कृषक पाठशाला तालिम

दमक । झापाको तोपगाछी १ स्थित सोलमारीमा आयोजित आइपीएम कृषक पाठशालाको समापन बुधवार सम्पन्न भएको छ ।  ४ महिने तालिममा रासायिनक मल बिषादी कम प्रयोग गर्ने बिधि , जैविक बिषादी ,कम्पोष्ट मल बनाउने तरिका , मकैमा लाग्ने रोग शत्रु जीव किरा र मित्रजीव किराको पहिचान , स्वस्थ्य बाली उत्पादन गर्ने प्रविधि लगायतका बिषयमा तालिम दिएको थियो  । कृषि सेवा केन्द्र गौरादहका प्रमुख जय उप्रेती  र जेटिए केदार कुमारी अधिकारीले तालिम दिएका थिए । 
 कन्काई मुल नहर ब्यवस्थापन समितिका उपाध्यक्ष खगेन भण्डारीको प्रमुख अतिथिमा भएको  समापन कार्यक्रममा  उत्कृष्ठ कृषकहरु अनिता बिष्ट , हुमा खड्का र कुल प्रसाद दंगाल पुरस्कृत भएका छन् ।