
काठमाडौं/कालीमाटीस्थित तरकारी तथा फलफुल बजारमा शनिबारराति भएको आगलागीमा परि ६ जनाको मृत्यु भएको छ । यस्तै एक घाइते भएका छन् । मृतकहरुमा दाङ घर भइ कालिमाटीमा तरकारी ब्यापार गर्दै आएका हिराबहादुर पुन, उनका छोरा निराजन छोरी लिला पुन रहेका छन् । ३ जनाको भने सनाखत हुननसकेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान आगो निभाउन खटिएका अग्नि नियन्त्रकहरु ।
आगलागीमा परि घाइते भएकी पुनकी श्रीमती हिक्को सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । आगलागीबाट १० करोडभन्दा बढीको क्षति...