हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

मुख्य समाचार र उपमुख्य समाचार

विशेष कारणबश आजको हाम्रो पत्रिकाको मुख्य र उपमुख्य समाचार वेबसाइटमा अपडेट नगरेको सहर्ष जानकारी गराउँदछौ...

“संघीयता बिनाको संविधान आउँदैन”

काठमाडौं, चैत्र १९/राष्ट्रपति डा. रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पु¥याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए । शनिबार शीतल निवासमा रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पु¥याएर काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, ‘मुलुकको एकता अखण्ड हुनुपर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नुपर्छ...

जवजबाट नै वर्गीय आन्दोलन

गौरादह, चैत्र १९/ नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुषालले जनताको बहुदलीय जनवादबाट नैं नेपालको वर्गीय आन्दोलन सफल हुने बताएका छन् । पार्टीको झापा क्षेत्र नम्बर–६ ले गौरादहमा शनिबार गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षणमा उनले विश्व कम्युनिष्ट आन्दोलनको सारतत्व नै ‘जवज’ भएको उल्लेख गरे । ‘जनताको बहुदलीय जनवाद वर्तमान सन्दर्भमा’ बिषयमा प्रशिक्षणका क्रममा उनले विश्वका सबै प्रकारका कम्युनिष्ट आन्दोलबाट सिकेको पाठ पछि जवज सिद्धान्त अनुसरण गरिएको उल्लेख गरे । प्रशिक्षणमा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हिक्मत कार्कीले समसामयिक विषयमा...

आठ महिनामा २ सय ३४ घण्टा बन्द

दमक, चैत्र १९/गएको आठ महिनामा दमक ट्राफिक प्रहरीले करिब ४ हजार सवारी साधनहरुलाई कार्वाही गरी ६ लाख बढी राजश्व संकलन गरेको छ । दमक आसपासका मुख्य सडकमा ट्राफिकले चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ३ हजार ९ सय ४६ विभिन्न सवारी साधनहरुलाई कारवाही गरेबापत ६ लाख ७४ हजार ७ सय ५० रुपैयाँ संकलन गरेको हो । ट्राफिकका प्रनानी होम अधिकारीका अनुसार ति अवधिमा कारवाहीमा पर्ने आधा नै मोटरसाईकलको संख्या भएको जनाए । सोही अवधिमा ८६ ओटा दुर्घटना हुँदा ५ महिला सहित १० जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक कार्यालयका अनुसार सो आठ महिनामा बस...

‘रगतको खोलो बग्छ’

काठमाडौ, चैत्र १९/राज्य पुनर्संरचना आयोगका सदस्य मल्ल के. सुन्दरले नयाँ संविधानमा संघीयता नभए रगतको खोलो बग्ने चेतावनी दिएका छन् । ‘संघीयता भएन भने रगतको खोलो बग्छ,’ संघीयतासहितको संविधानका लागि दबाब दिन शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा उनले भने, ‘त्यस्तो आन्दोलनको सुरुवात मधेसीले गर्दछ, आदिवासी र जनजातिले सुरु गर्दछ, तेस्रो जनआन्दोलन हुन्छ ।’ उनले संघीयता भए देश टुक्रन्छ भनेर मिडियाले पनि एकतर्फी समाचार सम्प्रेषण गरेको आरोप लगाए । सुन्दरले मुलुक टुक्र्याउने छुट कुनै पनि समूहलाई नभएको बताउँदै अहिलेसम्मको आन्दोलनलाई सम्मान गर्न संघीयता...

लिम्बुवानका युवा र महिला समिति

दमक, चैत्र १९/कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्ले झापामा युवा तथा महिलाका जिल्ला समितिहरु चयन गरेको छ । संघीय युवा मञ्चको जिल्ला इञ्चार्जमा देवु गड्सन, अध्यक्षमा दर्शन तुम्बापो, उपाध्यक्षत्रयमा फणिन्द्र पन्धाक, चन्द्र राजवंशी र समु घतानी (लामा) सचिवमा लोकबहादुर बस्नेत तथा सदस्यहरुमा भाइचुङ साम्रा लिम्बु, श्याम तामाङ, आकाश घिमिरे (चाइनिज) सहित २५ जना चयन भएका जनाइएको छ । त्यसैगरी महिला परिषद्को जिल्ला अध्यक्षमा बविता मगर (राई), उपाध्यक्षद्वयमा बुद्धिमाया फागो र रनमाया नाल्बो, सचिवमा विष्णु भट्टराई तथा सदस्यहरुमा सुशीला थेवे,...

गौरादहमा जनमुखी स्वास्थ्य केन्द्र

गौरादह, चैत्र १९/ गौरादहमा शनिबारबाट जनमुखी स्वास्थ्य केन्द्र अस्पताल सञ्चालनमा आएको छ । सामुदायिक स्वास्थ्य पर्यावरण केन्द्रले सञ्चालन गरेको अस्पतालको डा.सञ्जय रिमालले उद्घाटन गरेका हुन् । केन्द्रका अध्यक्ष राधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डा. अजित शाह अतिथि रहेका थिए । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य टंक अधिकारीले स्वागत मन्तव्य राखेका थिए । अस्पताल १५ शैयाको रहेको छ...

‘काठमाण्डौ’ दमकमा आयो

दमक, चैत्र १९/आकाश अधिकारीद्वारा निर्देशित चलचित्र काठमाण्डौको दमकमा प्रदर्शन शुरु भएको छ । अमेरिकाका बिभिन्न स्थान तथा काठमाण्डौका चलचित्रहरुमा प्रदर्शन पश्चात चलचित्रबारे जानकारी दिन शनिबार दमकमा आयोजित पत्रकार भेटघाटमा चलचित्र ‘काठमाण्डौ’का निर्देशक तथा नायक आकाश अधिकारीले यस अघि प्रदर्शित स्थानहरुमा सफल भएको चलचित्र दमक लगायतका स्थानहरुमा पनि सफल हुने विश्वास व्यक्त गरे । पत्रकार भेटघाटमा नायक अधिकारी र नायिका ममता अमेरिकामा समेत छायाङ्कन गरिएको ‘काठमाण्डौ’ बिदेशीने युवाका समस्या, बालश्रमको...

बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्री स्टारलाई – खेल समाचार

काठमाडौं, चैत्र १९/चिरप्रतिद्वन्द्व मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थी स्टार क्लबले जितेको छ । शनिबार भएको फाइनल भीडन्तमा मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । उपाधिसँगै थ्रीस्टारले २ लाख ५० हजार रुपैयाँ मात्र हात पारेन, मनाङको १४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । राष्ट्रिय लिगको तेस्रोचरणमा हिमालयन शेर्पासँग हारेयता मनाङ चुकेको थिएन । उप–बिजेता मनाङले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । धरानस्थित एन्फा एकेडेमीको मैदानमा खेलमा थ्रीस्टारको...

दमक–४ मा लिम्बुवान

दमक, चैत्र १९//मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले दमक–४ मा वडा कमिटी गठन गरेको छ । शनिबार परिषद्का नगर अध्यक्ष लिला थापामगरको अध्यक्षतामा सम्पन्न भेलाले जितु धिमालको अध्यक्षतामा ५३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षद्वयमा देवीमाया लिम्बू र होमबहादुर धिमाल, सचिवमा कमल धिमाल लगायत रहेको परिषद्ले जनाएको छ । केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्यमा भएको भेलामा संघीय लिम्बूवान महिला परिषद्की नगर अध्यक्ष मनिसा एवई ‘महिमा’, परिषद्का उपाध्यक्षद्वय दीपक धिमाल र मेरी राजवंशीले मन्तव्य राखेका थिए । सो कार्यक्रममा लिम्बूवान भोलेन्टीयर्सका...

“निजी विद्यालयका समस्या र शैक्षिक गुणस्तर” – सरोकार

शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान उच्च स्तरमा रहेको सम्बद्ध पक्षहरुको दावी रहँदै आएको छ । नयाँ शैक्षिक सत्र शुरु हुने संघारमा पिपुल्स टाइम्स दैनिकले निजी विद्यालयहरुसँग सम्बन्धित विभिन्न व्यक्तिहरुसँग “सरोकार” स्तम्भका लागि शनिबार आयोजना गरेको “निजी शैक्षिक संस्थाहरुले भोग्नु परेका तथा शैक्षिक गुणस्तर” का विषयमा सहभागीहरुले राखेको धारणा जस्ताको तस्तै : नारायण घिमिरे (प्रिन्सिपल, माउण्ट एभेरेष्ट मावि गौरादह, तथा अध्यक्ष प्याब्सन झापा) निजी विद्यालयहरु शिक्षा ऐन र कम्पनी कानुन...

संरक्षण ः कविता र पर्यावरणको – दोस्रो लेख

नेत्र एटम आज हामीले विश्वव्यापी रुपमै पर्यावरण्ँीय सङ्कट र मानवीय संवेदनाको मूल्यह्रास एकैसाथ भोग्नुपरेको छ । एकातिर जीवचक्रमा अवरोध आई पृथ्वीको कलेवर ध्वस्त हु“दै गइरहेको छ भने अर्कातिर कवितालाई जटिल र प्राज्ञिक बनाएर कुलीनवर्गको पेवामा परिण्ँत गरि“दै छ । नेपाली जनजीवन, प्रकृति र वौद्धिक संस्कारको विडम्बना पनि यही हो । वर्तमानको यस्तै प्रवृत्तिबाट दिक्क तर संरÔण्ँप्रति सचेत साहित्यकारहरुको एउटा समूहले २०५३ साल असोज १० गते पोखराबाट ‘संरÔण्ँ कविता आन्दोलन’ आरम्भ गरेको हो । यसको नेतृत्व चर्चित साहित्यकार सरुभक्तले गरेका हुन् भने आन्दोलनमा सक्रिय...

खेपेको कष्ट र लोकतन्त्र – पहिलो लेख

नरपति पाण्डेनिरंकुशता र असहिष्णुता गतिशील समाजको बाधक हो । समाजलाई गतिशील र मर्यादित बनाउन मानव व्यवहारले प्रेरित गर्दछ । व्यवस्था, संविधान नियम र कानुनहरु अमुक कुराहरु हुन् । सञ्चालकहरुको व्यवहारले सामाजिक व्यवस्थाहरुलाई जनहितकारी वा अहितकारी बनाउने गर्दछ । दर्शन, सिद्धान्त, नीति, नियम र कुराहरु आकर्षक गर्ने तर व्यवहार तुच्छ किसिमको प्रदर्शन गर्ने प्रवृत्तिले, व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई असल बनाउँदैन । असीमित उदण्ड गतिविधिले समाजलाई विरक्त बनाउँछ । नेपाली समाजले यस्तो विरक्त र विरह अचाक्ली खेपेर जनक्रान्तिमा सामेल...

राष्ट्रिय निर्णय आवश्यक – सम्पादकीय

अप्रत्यासित ढङ्गले प्रमुख तीन दलबीच शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सहमति देखाएको छ । प्रमुख दलहरुले चैत्र मसान्त भित्रमा माओवादी लडाकुलाई समायोजन गरी शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सकरात्मक ढङ्गले राजनीतिक गतिविधि अघि बढेको देखिएको छ । जेठ १४ भित्रमा संविधान जारी गर्नै पर्ने परिस्थिति विकसित बनिरहेको छ । संविधानसभाको म्याद थप्ने विषयमा कसरत गरिरहेका दलहरुको योजना सर्वोच्च अदालतबाट मंसिर ९ पछि भएका पैmसलाहरुले विफल बनेपछि बल्ल हालतमा दलहरुले २०६९ जेठ १४ गते संविधानसभाबाट मुलुकको नयाँ संविधान दिनुपर्ने छ अथवा विगत ४ वर्ष देखि क्रियाशील...