
काठमाडौ, मंसिर १३ - ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो ।
ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो ।
यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको...