हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label खेल समाचार. Show all posts
Showing posts with label खेल समाचार. Show all posts

खेलकुद परिषद्मा हिक्मतको चर्चा

हिक्मत कार्की 
दमक ।  खेलकुद परिषदको रिक्त रहेको सदस्य सचिवको पदमा झापाका हिक्मत कार्की सहितको नाम आएको छ ।
एमाओवादी कोटामा छिरेका खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको म्याद सकिएपछि अहिले त्यहाँ कसलाई पठाउँने भन्ने क्रममा युवा तथा खेलकुद मन्त्रालय आफ्नो भागमा परेको एमालेले त्यसमा चुन्ने तयारी गरेको छ । त्यस पदका लागि हिक्मत कार्की, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लामा टेण्डी शेर्पा, पुनेन्द्रविक्रम लाखे, पिताम्बर तिम्सिनालगायतले दाबी गरेका छन् । एमालेका केन्द्रीय सदस्य कार्की र जीवनरामका सँगै ओलीका विश्वासपात्र बास्कोटाको अहिले निकै चर्चा छ । पिताम्बर आफै सदस्य सचिवको लागि दौडधुपमा लागेको बताइएको छ । सदस्य सचिवको जिम्मेवारी एक सम्हालि सकेका जीवनराम अहिले सदस्य सचिवका लागि तम्तयार देखिए पनि उनी ओली निकट नभएकाले उनको इच्छा पूरा हुने संभावना कम देखिएको छ ।
यता, पार्टीले खेलकुद क्षेत्रको समग्र विकासका लागि पार्टीको केन्द्रीय तहमै काम गरेको व्यक्तिलाई पठाउने भएकाले कार्कीको संभाबना निकै माथि देखिएको एमाले वृत्तमै चर्चा भएको छ । उता बास्कोटाले समेत परेको खण्डमा कार्कीलाई समर्थन गर्ने संकेत देखाएकाले कार्की झन बलियो बनेको जानकारहरु बताउँछन् । अहिले कार्कीको बालकोट आवत–जावत निकै बाक्लो बन्दै गएकाले र त्यताको संकेत पनि सकारात्मक आएको उल्लेख छ ।

मिलन एफसी बीले उपाधि जित्यो

दमक । दमक १२ मा भएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको शनिवार भएको फाइनल खेलको उपाधि मिलन एफसी बीले हात पारेको छ । उसले थप १० मिनेटको समयमा फरेन युनाइटेड क्लव दमक १२ लाईपछि पादै उपाधि जितेको हो । बिजेता मिलनको टिमले नगद ११ हजार रुपैयाँ र उपबिजेता फरेनले ८ हजार रुपैयाँ ट्रफी र प्रमाण पत्र पाएको थियो । खेल अवधि भर दुवैटिमबाट कुनै गोल नभए पनि थप समयको ३ मिनेटमा मिलनको तर्फबाट १–० गोल अन्तरले हराएको थियो ।
खेलको म्यान अफ द टुनामेन्ट फरेन क्लवका खेलाडी विशाल तामाङ, प्रतियोगिता अवधि भर धेरै गोल गर्ने मिलन एफसी एका बिवेक कुमाल र फाइनल खेलको म्यान अफ दी म्यार्च मिक्चन तामाङलाई समापन कार्यक्रमका प्रमुख अतिथि दमक १२ का समाजसेवी गजेन्द्र लावतीले  मेडल प्रदान गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागी रहेको आयोजक भिएफसी दमक १२ले जनाएको छ ।

मिलन एफसी बिजयी

दमक । दमक १२ मा जारी फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा मिलन एफसी बी बिजयी भएको छ । उसले  टाइव्रेकरमा ४–२ गोल अन्तरले आयोजक भिएफसीलाई हराएको हो ।
खेलको  निर्धारित समयमा दुवै टिमले १।१ गोल गरेका थिए । मिलनको तर्फबाट खेलाडी कृष्ण श्रेष्ठले एक गोल गरेका थिए । आयोजकको तर्फबाट सन्तोष न्यौपानेले एक गोल गरेपछि दुवै टिमको वराबरी भएको थियो । थप १० मिनेटको अवधिमा कुनै पनि गोल नभएको आयोजकले जनाएको छ । बिहिवारमिलन एफसी ए र फरेन युनाइटेड बीच अन्तिम सेमीफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष सुरेश बस्नेतले बताए ।

पीडितको सहयोगमा नेपाल र भारतबीच फुटबल

विर्तामोड । झापा जिल्ला फुटबल संघले भूकम्प पीडितलाई सहयोगका लागि विर्तामोडमा नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।
मुलुककै चर्चित क्लव बन्न सफल झापा ११  र भारतको राष्ट्रिय टिमका कप्तान सुनिल क्षेत्रीको नेतृत्वको टीमबीच जेठ ३२ गते मैत्रीपूर्ण खेल हुने भएको हो ।  भारतको राष्ट्रिय लिग सकिएको समयको अनुकुल पारेर खेल गराउन लागिएको झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिएका छन् । राष्ट्रिय लिगमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको झापा ११ र भारतका कप्तान क्षेत्री नेतृत्वको टीमको खेल हेर्न १५ हजार जना फुटबलप्रेमीको उपस्थिति रहने अपेक्षा रहेको अध्यक्ष गरुङले बताए । झापाको फुटबल क्षेत्रले पनि भूकम्प पीडितका लागि केही गरौं भन्ने उद्देश्यले मैत्रीपूर्ण र रोमाञ्चक खेलको आयोजना गरिएको र सो खेलमा भारतका चर्चित खेलाडी भाइचुङ भुटिया समेत सहभागी हुने उल्लेख छ ।  नेपालको राष्ट्रिय लिग चलिरहेकै समयमा बैशाख १२ गते पहिलो पटक विनासकारी महाभुकम्प गएको थियो । सो दिन झापाको डोमालाल रंगशालामा झापा ११ र मोरङ फुटबल क्लवबीच राष्ट्रिय लिगको खेल भइरहेको थियो । भूकम्पका कारण त्यसपछिका राष्ट्रिय लिगका खेल स्थगित भएका छन् ।

पाँचौ पटक पनि फिफा अध्यक्षमा ब्लाटर

एजेन्सी । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे । यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो ।
तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए । पाँचौ पटक अत्यक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको कुनै परवाह नरहेको बताए । आफ्नो कार्यकाल पुरा हुँदा एक जिम्मेवार उत्तराधिकारीलाई एक मजबुत संस्था छाडेर जाने उनले बताए । ब्लाटरविरुद्ध लडेका जोर्डनका राजकुमार अलीले चुनावी परिणाम परिर्वतनको पहिलो कदम भएको प्रतिकृया दिए ।

मिलन एफसी ’बी“ विजयी

दमक । दमक–१२ को खेल मैदानमा जारी नकआउट खुल्ला फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा मिलन एफसी ‘बी’ इस्टर्न एफसी हलेसीलाई पछि पार्दै विजयी बनेको छ ।
 खेलको मध्यान्तर हुन १ मिनेट बाँकी हुँदा इस्टर्न एफसीकोतर्फवाट सुशील लिम्बुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि मध्यान्तर पश्चात कुनै गोल गर्न नसकेपछि त्यतिमै चित्त बुझाउन बाध्य हुनुपर्यो । मध्यान्तर पश्चात निकै आक्रामक खेल खेलेको मिलन एफसी ‘वी’ को तर्फवाट खेलको ११ औं मिनेट जाँदा सन्दिप लिम्बुले गोल गर्दै वरावरीमा ल्याई पुर्याएका थिए । मिलन एफसीकै तर्फवाट खेलको १९ औं मिनेट र २१ औं मिनटमा सचिन राईको लगातार दुईगोल पछि वी टिम  १–३ ले विजयी बन्न सफल भएको हो । बुधवार आयोजक भिएफसी दमक १२ ‘वी’ र हिमालयन एफसी दमक–२ बीच हुने भिएफसीका उपाध्यक्ष कमल राईले बताए ।

सुर्यदर्शन फुटवल लखनपुरमा आज

लखनपुर/झापाको लखनपुरमा आज बिहिवारदेखि दुई दिवसीय तेस्रो सुर्यदर्शन अन्तर सदस्य फुटबल प्रतियोगिता शुरु हुँदैछ । सुर्यदर्शन सहकारी संस्था दमकको आयोजनामा १५ वटा बस्तुगत संघहरु बीच फुटबल प्रतियोगीता हुने भएको हो ।
आज बिहान ६ बजेबाट  लखनपुर–१ स्थित आदिवासी रंगशालामा हुने खेलमा होटल व्यवसायी, हार्डवेयर, प्रेस, रेडिमेट, जुत्ता चप्पल, सुनचाँदी लगायतका संघको टोली बीच ष्पर्धा गर्दैछन् ।  प्रतियोगीताको फाइनल खेल शुक्रवार हुने सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । बिजेताले ३० हजार रुपैयाँ र उप बिजेताले २० हजार रुपैयाँ पाउने सुर्यदर्शन सहकारीले जनाएको छ । सहकारीले २ वर्ष अघिबाट मैत्रीपुर्ण खेल आयोजना गर्दै आएको छ ।
प्रतियोगीताको समापन भोलि शुक्रबार हुने प्रतियोगीतका संयोजक अरुण भण्डारीले जानकारी दिए । सहकारीले विगत तीन बर्ष देखि स्थानीय संघसंस्थाहरु वीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आएको जनाईएको छ ।

दमक–१० को टिम विजयी

दमक/दमकमा जारी फुटवल प्रतियोगिताको शनिवार भएको खेल  दमक १० को टिमले जितेको छ ।  दमक १२ सुकुम्वासी टोलमा भएको खेलमा राइजी स्टार दमक १२ को टिमलाई  २–० गोल अन्तरले हराएको हो ।  वडानम्वर १० को टिमको तर्फबाट सुरज क्षेत्रीले एक गोल र  क्षितिज राईले एक गोल गरेका थिए ।  सोमवार हुने  खेलमा हेलसी युथ क्लव र पानस युवा क्लव बीच  हुने आयोजकले जनाएको छ ।

दमकमा अन्तर बिद्यालय चेस प्रतियोगिता हुने

दमक/झापाको दमकमा अन्तर बिद्यालय बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । दमक–११ स्थित नरेन्द्र मेमोरियल अंग्रेजी बिद्यालयमा आगामी साउन २३ गते देखी १० गतेसम्म स्थानिय डाइनेमिक चेस एकाडेमी र झापा जिल्ला चेस संघको संयुक्त प्राविधिक सहयोगमा सो प्रतियोगिता हुने भएको हो ।
शनिबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा बिद्यालयका (बुद्धिचाल) चेस खेलका शिक्षक समेत रहेका चेस खेलाडी निरज (भुपेन्द्रराज निरौला) ले प्रतियोगिताका बारेमा जानकारी गराएका हुन् । उनले प्रतियोगतामा महिला र पुरुषतर्फ अलग–अलग खेलहरु हुने बताए । ‘पूर्वका मोरङ्ग, सुनसरी, उदयपुर, इलाम र झापाका बिद्यालयका बिद्यार्थीहरुको सहभागिता जनाउँने छ, निरौलाले भने । सहभागीहरुले प्रतियोगितामा समाबेश बापतको लागि एक सय रुपैयाँ लाग्ने र मुख्य उत्कृष्ट र दशौँ स्थानका लागि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने निरौलाले जानकारी दिए ।
प्रतियोगिताको बारेमा जानकारी गराउँदै नरेन्द्र मेमोरियल अंग्रेजी बिद्यालयका संस्थापक प्रमुख दिनवन्धु निरौलाले चेस खेललाई लोकप्रिय खेलको रुपमा स्थापित गराउन चेस प्रतियोगिताको आयोजना गरिएको बताए । उनले वौद्धिक जगतमा वौद्धिक खेलको माध्यमद्वारा आफूलाई परिचय गराउनु पर्नेमा जोड दिए ।

नगरकपमा १० र ३ भीड्दै – खेल समाचार

दमक, १२ जेठ/ दमकमा जारी नगरकप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दमक १० र ३ फाइनलमा पुगेका छन् । बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा दमक–१० ले १३ लाई हराउँदै समूह ‘बी’ बाट फाइनलमा प्रवेश गरेको हो ।

बिजेता टिमले १३ लाई शुन्यका विरुद्ध ४ गोल गरेको थियो । खेलको पूर्वार्धमा बिजयी टिमका प्रविण लिम्बूले एक गोल गरेका थिए । यस्तै मध्यान्तरपछि प्रविणले थप १ गोल गरे भने पारस लिम्बू र देउमान लिम्बुले १÷१ गोल गरी १० लाख अग्रता दिलाएका थिए ।
सो खेलमा बिजेता टिमका प्रविण लिम्बु म्यान अफ द म्याचबाट पुरस्कृत भएका आयोजक ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष कमल कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार सरस्वती उच्च मा.वि. को खेल मैदानमा हुनेछ । प्रतियोगिताका बिजेता उपबिजेता टिमलाई क्रमशः नगद १० हजार ट्रफी, ८ हजार नगद र ट्रफी प्रदान गरिने क्लबका सचिव चन्द्र खत्रीले जानकारी दिए । दमक नगरपालिकाको सहयोगमा सञ्चालित सो खेल गत वैशाख २९ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा दमकका १६ ओटा वडा टिमको सहभागिता रहेको थियो । ध्रुवतारा स्पोर्टिङ क्लबले फुटबल खेलको विकासका लागि १ दशक यता नियमित रुपमा वडास्तरीय खेल आयोजना गर्दै आएको बताइएको छ ।

चौथो राष्ट्रपति कपको उपाधि महेन्द्ररत्न उच्च माविलाई – खेल समाचार

झापा, ६ जेठ/ झापामा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगिताको उपाधि महेन्द्ररत्न उच्चमावि अनारमनीले हात पारेको छ ।
शुक्रबार चन्द्रगढीस्थित मेची रङ्गशालामा भएको फाइनल खेलमा २६ अङ्क ल्याउँदै उपाधि चुमेको हो । उपाधिसँगै उसले नगद ७ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र हात पारेको छ । यसैगरी आदर्श विद्या मन्दिर उच्चमावि घैलाडुब्बाले २२ अङ्कसहित दोस्रो र दुर्गा उच्चमावि गरामनी १८ अङ्कसहित तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ र  प्रमाणपत्र हात पारेका छन् ।
पदक प्राप्त गरेपछि खुसीयाली मनाउँदै बिजयी खेलाडीहरु ।

यसैगरी खेलको उत्कृष्ट खेलाडी छात्रतर्फ महेन्द्ररत्न उच्च माविका अरुण राजवंशी र छात्रातर्फ भानु मावि अर्जुनधाराकी मञ्जु बिसुङ्खे घोषित भए । भलिबलमा उत्कृष्ट खेलाडीमा छात्रतर्फ ज्ञानोदय माविका केशव ताजपुरीया र छात्रातर्फ होलीबेल बोर्डिङ्ग स्कूल धुलाबारीकी रजनी शाह घोषित भए ।
यसैगरी एथ्लेटिक्स तर्फ उत्कृष्ट विद्यालयमा छात्रतर्फ महेन्द्ररत्न उच्च मावि प्रथम, हिमालय उच्च मावि दमक र आदर्श विद्या मन्दिर उच्चमावि बराबर अङ्कका साथ द्वितीय भए । छात्रतर्फ भानु उच्चमावि प्रथम, आदर्श विद्या मन्दिर उच्चमावि र दुर्गा उच्चमावि  पनि बराबर अङ्कका साथ द्वितीय भए ।
 यसैगरी छात्रा भलिबल खेलमा हालीबेल बोर्डिङ्ग स्कूलले माउण्ड एभरेष्ट बोर्डिङ्गलाई र ज्ञानोदय माविले मुनाल एकाडेमीलाई सोझो सेटमा हराउँदै भलिबल खेलमा जिल्ला प्रथम हुन सफल भएका छन् । ३ हजार मिटर छात्रातर्फको दौडमा आदर्श विद्या मन्दिर उच्चमाविकी निर्मला थापा, ज्ञानोदय माविकी आष्मा भण्डारी र लक्ष्मी माविकी उमा भण्डारी, छात्रतर्फको ५ हजार मिटर दौडमा हिमालय उच्च माविका अनमोल आचार्य, दुर्गा उच्च माविका बादल मगर र आदर्श विद्या मन्दिर उच्चमाविका नन्दकुमार क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए । खेलमा बिजेता खेलाडी तथा विद्यालयहरुलाई नगद तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा भएको उक्त प्रतियोगितामा जिल्लाका १ सय १ विद्यालय सहभागी रहेका थिए । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष राजु आचार्य अग्निको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई, उप–सचिव उद्वव बिष्ट, जिल्ला प्रहरी प्रमुख तारणीप्रसाद लम्साल, एकीकृत माओवादीका झलकसिंह दर्लामी लगायतले बोलेका थिए ।

सशस्त्र प्रहरी पकली फाइनलमा – खेल समाचार

लखनपुर, वैशाख १७/झापाको लखनपुरमा जारी नवौँ एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा भारतको सिलीगुढीस्थित सूर्यकिरण फ्रेन्ड्स क्लबलाई हराउँदै सशस्त्र प्रहरी पकली फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्रले बेस्ट अफ फाइभमा सिलिगुढीको फ्रेन्ड्सलाई २५–२०, १८–२५, २३–२५, १९–२५ र १५–८ को अन्तरले हराएको थियो । निकै प्रतिष्पर्धात्मक सो खेलको अन्त्यतिर फ्रेन्ड्सका खेलाडी अतुल सिंहलाई एम्पायर विनय राईले खेल मर्यादा उल्लंघन गरेको भन्दै ‘पहँेलो’ कार्ड दिएका थिए । दुवै टिम २०६७ सालको क्लबले सञ्चालन गरेको सातौँ संस्करणको फाइनल खेलमा समेत प्रतिष्पर्धा हुँदा सशस्त्र विजयी भएको थियो । दुवै टिममा आधा बढी राष्ट्रिय खेलाडीहरु सहभागी थिए ।
आईतबार हुने सेमिफाइनलको अन्तिम खेलमा समूह ‘बी’ बाट फाइनलको लागि भगवान ब्रदर्श बिर्तामोड र लिम्बुवान मुक्ति मोर्चाको ‘ब्’ टीमबीच हुने  आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । गत वैशाख ९ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिताका विजेता, उप–विजेताले क्रमश १ लाख र ५० हजार नगद र ट्रफी पाउने छन् । फाइनल वैशाख १८ गते हुने आयोजकले जनाएको छ ।
शनिबार नै क्लबले आयोजना  गरेको साङ्गीतिक कार्यक्रममा कलाकार दमन रुपाखेती,  शेखर खनाल र गायक तिलक बम मल्लले प्रस्तुति दिएका थिए ।

बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्री स्टारलाई – खेल समाचार

काठमाडौं, चैत्र १९/चिरप्रतिद्वन्द्व मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थी स्टार क्लबले जितेको छ ।
शनिबार भएको फाइनल भीडन्तमा मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । उपाधिसँगै थ्रीस्टारले २ लाख ५० हजार रुपैयाँ मात्र हात पारेन, मनाङको १४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । राष्ट्रिय लिगको तेस्रोचरणमा हिमालयन शेर्पासँग हारेयता मनाङ चुकेको थिएन । उप–बिजेता मनाङले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
धरानस्थित एन्फा एकेडेमीको मैदानमा खेलमा थ्रीस्टारको जितमा मनाङका पूर्व खेलाडी सन्तोष साहुखलले निर्णायक गोल गरे । हालै मात्र मनाङबाट थ्रीस्टार गएका उनले खेलको ३२ औं मिनेटमा गोल गरे ।

कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज मैनालीले सर्वाधिक २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच ३ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका कन्काईका सन्तोस घोष घोषित भए । प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा मोडल क्याम्पस दमक र कन्काई क्याम्पस सुरुङ्गा तथा दोश्रो खेलमा कोयेड क्याम्पस बिर्तामोड र उर्लाबारी बहुमुखी क्याम्पस प्रतिस्पर्धा गर्ने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

गोमेन्द्र कलेज विजयी – खेल समाचार

दमक, चैत्र ९/दमकस्थित दमक बहुमुखी क्याम्पसमा जारी पूर्वाञ्चलस्तरीय अन्तर कलेज टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोडको गोमेन्द्र कलेज बिजयी भएको छ ।
टस जितेर फिल्डिङ् राजेको गोमेन्द्रले १५ दशमलव ४ ओभर तथा ४ विकेटको क्षतिमा १ सय १६ रन बनाएको हो । उसका लागि विपीन श्रेष्ठले सर्वाधिक ५२ रन लिए । प्रतिस्पर्धी दमकको पूर्वाञ्चल कलेजका लागि राजकुमार शाहले २ विकेटमा २४ रन जोडेका थिए ।
पूर्वाञ्चलले १९ दशमलव २ ओभरमा १ सय १४ रन बटुलेको थियो । उसका लागि बिनोद बुढाथोकीले २८ रन बनाए । बुधबारको खेलमा ४ विकेटमा १५ रन बनाउने गोमेन्द्रका अजित भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
आज पहिलो खेल बिहान ८ बजे आयोजक ‘बी’ र मनकामना कलेज बिर्तामोड तथा दोश्रो खेल अपरान्ह १ बजे शिवगञ्ज बहुमुखी क्याम्पस र मेची क्याम्पस भद्रपुरबीच हुने आयोजक दमक बहुमुखी क्याम्पसका खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

उर्लाबारीले जित्यो उपाधी

दमक, फागुन २९/झापाको दमकमा आइतबार सम्पन्न रवी स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले कब्जा गरेको छ । 
दमक बहुमुखी क्याम्पस दमकलाई ट्राइवेकर मार्फत ३–१ को गोल अन्तरले पराजित गर्दै उर्लाबारीले उपाधीमाथि कब्जा जमाएको हो । खेलको पहिलो पूरा समय दुबै तर्फका खेलाडीहरुबाट गोलका लागि निक्कै प्रयासहरु गरिएको भए पनि गोल भने हुन नसकेपछि ट्रइवेकरमा प्रवेश गरेको थियो ।
अखिल क्रान्तिकारी दमक बुहुमुखी क्याम्पस इकाइ समिति दमकले आयोजना गरेको प्रतियोगिताको बिजेता टिम उर्लाबारी बहुमुखी क्याम्पसले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता दमक बुहुमुखी क्याम्पस दमकले १० हजार नगद र ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

कोरिया सेमिफाइनलमा, भारत बाहिरियो – खेल समाचार

एएफसी च्यालेन्जकप फुटबल
 काठमाडौं, फागुन २९/ डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २–० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिलिपिन्स सामू निरीह देखिएको थियो । ११ औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाएका फिलिप योङहसब्याण्डले खेलको ३ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चत गरे ।
फिजिफिन्सको जितसँग उत्तर कोरिया भने एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो खेलमा फिलिपिन्सलाई पाखा लगाएको कोरियाले आइतबार भएको आफ्नो दोस्रो खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गरेको थियो । सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा कोरियाका लागि पाक नाम चोल र जाङ कुक चोलले गोल गरे । खेलको चौथो मिनेटमा नै पाकको गोलबाट अग्रता लिएको कोरियाका लागि खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यसअघि शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा माल्दिभ्ससँग पराजित भएपछि घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले आज तुर्कनिमिनिस्तानसँग खेल्नेछ ।

प्यालेस्टाइनसँग नेपाल पराजित – खेल समाचार

एएफसी च्यालेन्ज कप फुटबल
काठमाडौं, फागुन २६/काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रामक खेल खेलेपनि त्यसलाई निरन्तरता दिन सकेन ।
खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।
पहिलो हाफको सुरुमा नै गोल खाएपछि दबाव आएको नेपालले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेनन् । लगातार दबावमा परेको नेपालले खेलमा फर्कन पहिलो हाफमा दुई ओटा मौका गुमाएको थियो । खेलको २५ औं मिनेटमा नेपालका जुमानु राई गोल गर्न चुके । प्यालेस्टाइनका रक्षकलाई कटाएर हानेको बल पोलमा लागेर फर्किएको थियो । त्यसपछि निरन्तर विपक्षीको पोष्टमा धावा बोल्ने प्रयास गरेको नेपालका अनिल गुरुङ गोल गर्न चुके । कप्तान सागर थापाको लामो पास विपक्षीको गोल रक्षकको हातबाट खुस्किएको बलमा अनिलले गोल गर्न सकेनन् ।
पहिलो हापमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक ग्राहम रोवर्टले सन्तोष साहुखललाई मैदान छिराएपछि अनिल, जुमानु र सन्तोष तीन जना फर्वाडलाई खेलाए पनि दोस्रो हाफ नेपालको पक्षमा आएन ।
अब सेमिफाइनल प्रवेश गर्न नेपाललाई बाँकी दुबै खेल जित्नै पर्ने छ । नेपालले शनिबार माल्दिभ्सको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ । यसअघि दशरथ रंगशालामा भएको भब्य समारोहका बीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

निरजको अग्रता कायमै

महेन्द्रनगर/÷छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धिचालतर्फ छैटौं चरणको समाप्तिसम्ममा पूर्वाञ्चलका निरज निरौला ५ अंकका साथ अग्रस्थानमा रहेका छन् ।
बिहीबार सम्पन्न पाँचौं र छैटौं चरणको खेलमा निरजले क्रमशः फिडेमास्टर मनिष हमाल र प्रचण्डमान मालाकारसित बराबरी खेलेका थिए । त्यस्तै मनिष, प्रचण्ड, एपिएफका केशव श्रेष्ठ र यु १९ नेपाल च्याम्पियन रुपेश जैसवाल समान चार दशमलव पाँच अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । भोलि प्रतियोगिताको फाइनल चरणको खेल हुनेछन् ।

आजबाट रवि स्मृति फुटबल

दमक/दमकमा आजबाट रवी स्मृति अन्तर कलेज नकाउट फुटबल प्रतियोगिता सुरु हुदैछ ।
अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस इकाईको आयोजनामा शुरु प्रतियोगितामा झापा, इलाम र मोरङका दुई दर्जन भन्दा बढी टीमहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगीताका बिजेता टीमले नगद १५ हजर र उप–बिजेता टीमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्रान्तिकारीका तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विनोद प्रधानको ८ औँ स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन क्रान्तिकारीका महासचिव बिन्धमान बिष्टले गर्ने जनाइएको छ । अध्यक्ष सुवेदी र उपाध्यक्ष्ँ प्रधानलाई झापाको गौरादहमा तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।

भलिबल छात्राको उपाधि लालिमाले जित्यो

छात्र तर्पु नवकिरण र पशुपति भिड्न
दमक/ प्याब्सन स्पोट मिट्स २०६८ को छात्रा तर्फको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि तोपगाछीस्थित लालिमा आवासीय माविले जितेको छ ।
मेचीनगरको होलिवेल सेकेण्डरी बोर्डिङ्ग स्कूललाई हराउँदै लालिमाले उपाधि जितेको हो । सो को तेस्रो स्थान बिर्तामोडस्थित लिटल फ्लावर बोर्डिङ्ग स्कूलले लिएको छ ।
शुक्रबार दुधेमा भएको प्रतियोगितामा यस अघि जिल्लाका विभिन्न क्षेत्रबाट उत्कृष्ट स्थान हासिल गरेका विद्यालयका खेलाडी विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता अन्तर्गत छात्र तर्फका विभिन्न खेलहरु भएपनि भलिबलमा तीन स्थानका लागि आज खेलहरु हुँदैछन् ।
प्याब्सन झापाका सचिव मिलन ढुंगानाका अनुसार प्रथम स्थानका लागि नवकिरण बोर्डिङ स्कूल शिवगाज र पशुपति बोर्डिङ्ग स्कूल सुरुङ्गाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि दमकको अक्सफोर्ड बोर्डिङ्ग स्कूल र गौरादहको माउन्ट एभरेष्ट बोर्डिङ बीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी शुक्रबार सम्पन्न १ सय मिटर दौडमा छात्र तर्फ सिद्धार्थ शिशु सदन भद्रपुर प्रथम सेन्टपल बोर्डिङ्ग स्कूल चारआली द्वितीय र दिव्य ज्योति बोर्डिङ्ग स्कूल तृतीय २ सय मिटरमा मेची बोर्डिङ्ग दमक प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्गा लालिमा आवासीय मा।वि।तोपगाछी तृतीय चारसय मिटरमा न्यु डेफोडिल बोर्डिङ्ग भद्रपुर प्रथम पशुपति बोर्डिङ्ग सुरुङ्ग द्वितीय र लालिमा तोपगाछी तृतीय भएका छन् ।
यस्तै छात्रा तर्फ १ सय मिटर दौडमा माउन्ट एभरेष्ट मा।वि। गौरादह प्रथम लालिगुराँस बोर्डिङ्ग गरामनी द्वितीय चेतना बोर्डिङ्ग स्कूल शिवगाज तृतीय २ सय मिटरमा चुलाचुली बोर्डिङ्ग दमक माउन्ट एभरेष्ट गौरादह द्वितीय र ज्ञानज्योति बोर्डिङ्ग राजगढ तृतीय
भएका प्याब्सन झापा अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिए । त्यस्तै लङ जम्प तर्फ छात्रामा चुलाचुली बोर्डिङ्ग दमक प्रथम ज्योफरे बोर्डिङ्ग धरमपुर द्वितीय र प्रगति बोर्डिङ्ग शनिश्चरे तृतीय भएका छन् । छात्र तर्फ लङ जम्पमा बालकल्याण चारपाने प्रथम ब्लुहेवन खुदुनाबारी द्वितीय र माउन्ट एभरेष्ट गौरादह तृतीय भएका जनाइएको छ ।
त्यसैगरी छात्रा तर्फको टेवल टेनिस सिङ्गलमा हिमाली एजुकेशन फाउण्डेशन शनिश्चरे प्रथम लालिमा आवासीय तोपगाछी द्वितीय र लिटल एन्जल्स चारआली तृतीय भएका छन् । त्यस्तै टेवल टेनिस छात्रा तर्फ डबलमा हिमाली एजुकेशन शनिश्चरे प्रथम लिटल एन्जल्स चारआली द्वितीय र मेची बोर्डिङ्ग दमक तृतीय भएका छन् । छात्र तर्फ टेवल टेनिस सिङ्गलमा दमकको ग्लोबल एजुकेशन एकाडेमी प्रथम स्मृति बोर्डिङ्ग स्कूल द्वितीय र लिटल एन्जल्स चारपाने तृतीय र टेवल टेनिस डबल तर्फ पशुपति बोर्डिङ्ग सुरुङ्गा प्रथम आदर्श सिसु सदन बिर्तामोड द्वितीय र लालिमा आवासीय मावि तोपगाछी तृतीय भएका जनाइएको छ । बिजयी खेलाडीहरुलाई शुक्रबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।