गजल

आशिष सुवेदी
अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो
उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो ।

हुन्न भन्थे“ सा“चो कहिलै ढुङ्गास“ग पुकारेर
अटेर गरी उसैस“ग सम्बन्ध त्यो भाक्नु भुल थियो ।

बरु बिÈ प्यारो हुन्थ्यो असम्भव झन बा“च्न एक्लै
बाठो बन्दै काली भन्दै अंगाल्नलाई ताक्नु भुल थियो ।

मदहोसमै लडे“भने उठाउदिने थाहै थियो
आफूसिध्याई ब्यर्थ जित्न उसंग नथाक्नु भुल थियो ।

अरु सबै नसोचेर याद बोकी थला पर्दा
उसकै यादमा मन झन ब्यर्थसित पाक्नु भुल थियो ।




राकेश कार्की
सा“च्चिकै हो मैले छलेको हैन
डुबे“ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउ“दै नशामा
माते“ होला बरु ढलेको हैन

कोट्याउने किरण्ँले त्यो जिन्दगीलाई
मुस्कान हो मैन बत्ती बलेको हैन

सोचे“ होला मैले तिम्रै बारेमा
सन्तापले पहिरो चलेको हैन

0 प्रतिकृया:

Post a Comment