हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

नेतृत्व लिन दलहरु चुनावी प्रतिष्पर्धामा ६ दलीय गठबन्धनद्वारा ११ बुँदे प्रतिबद्धता

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक चिसोपानी रवि सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने भन्दै ६ दलीय गठबन्धनले ११ बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सोमबार दमकमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको गठबन्धनले प्रतिवद्धता जाहेर गरेको हो । दमक रवि सडक निर्माण थालिएको २३ वर्षमा पनि ठोस काम खासै नभएको भन्दै अवको काम आक्रामक हिसावले...

ज्येष्ठ नागरिकलाई परामर्श र हेरचाहको आवश्यकता

उर्लाबारी । ज्येष्ठ नागरिकहरुलाई परामर्श र हेरचाहको आवश्यकता रहेको मोरडको उर्लाबारीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । शान्ति तथा सञ्चार मञ्च नेपाल  र ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लावारीको आयोजनामा भएको सचेतना कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई हेरचाह र परामर्शको आवश्यकता पर्ने बताए । इलाका प्रशासन कार्यालय उर्लाबारीकी अधिकृत गीताकुमारी राईले ज्येष्ठ नागरिकहरुले सम्मानित र मर्यादित रुपमा जीवनयापन गर्न पाउनुपर्ने बताइन् । कार्यक्रममा ज्येष्ठ नागरिक प्रतिष्ठान जिल्ला संघ...

गोल्डेन गेटको अन्तरक्रिया

दमक । झापाको दमकमा रहेको न्यू गोल्डेन गेट नेशनल एकाडेमीमा एमवीवीएस र वीईका तयारी कक्षाका लागि अन्तरक्रिया शुरु भएको छ । तयारी कक्षाका लागि सोमबार यस संस्थासँग सम्बन्धित प्राध्यापक र विद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ । एमवीवीएस र वीईका तयारी कक्षाका लागि काठमाडौं जानु पर्ने वाध्यता अन्त्य भएको प्राध्यापक घनश्याम दहाल पथिकले जनाए । अनुभवी प्राध्यापकहरुद्धारा तयारी कक्षा हुने संस्थाले दावी गरेको छ । अन्तरक्रियामा आवेदन दिनेमध्ये ३४ जनाको सहभागिता रहेको थियो...

परिवार नियोजन सम्बन्धि सडक नाटक

सुरुङ्गा । परिवार नियोजन, सरसफाई तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना जगाउन कनकाईका युवाहरुले सडक नाटक प्रदर्शन गर्न थालेका छन् । ओके परिवार स्वास्थ्य सेवा नेपालको सहयोगमा झापाको सुरुङ्गा सहकार्य युवा क्लव र अभियान नेपालका कलाकारहरुले संयुक्त रुपमा तीन दिनसम्म प्रदर्शन गरेको सडक नाटकको सोमवार सुनसरीको खनारमा गरीएको प्रदर्शन सँगै समापन गरीएको छ । परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्वन्धी चेतनामुलक सडक नाटक झापा, मोरङ्ग र सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन गरीएको सडक नाटकका निर्देशक कमल कट्टेलले वताएका छन् । प्रदर्शनको पहिलो दिन शनिबार झापाको...

पूजारीद्वारा ६ वर्षीया बालिका बलात्कृत

पर्सा । वीरगन्जको अलौं सिर्सियामा मन्दिरका पूजारीले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । राम जानकी मन्दिरका पूजारी ४५ वर्षीय मनक भगत मालीले गाँउकै ६ वर्षीया बालिकालाई आइतबार दिउँसो बलत्कार गरेका हुन् । पूजारी माली, बाराको बड्की फुलवरिया–६ का स्थायीबासिन्दा हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा पूजारी मालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो खेलिरहेकी बालिकालाई पूजारीले आँपको प्रलोभन दिएर मन्दिरको छेउमा लगेर बलात्कार गरेका हुन् । पूजारीले बलात्कार गरेपछि भागेर घरमा पुगेकी बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएलगत्तै गाँउलेले...

दमक १२ को सडक कालोपत्रे गर्न ढिलाई

दमक । उपभोक्ता र डिभिजन सडक कार्यालयबिच बिवाद हुँहा दमक १२ को निलकण्ठ रोडको कालोपत्रे निर्माणमा ढिलाई भएको छ । पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमक र उपभोक्ताको ४० लाख रुपैयाँको लागतमा निर्माण हुदै गरेको सो सडक अपलत्र परेको हो । निलकण्ड रोड  उपभोक्ता निर्माण समितिका सचिव रोहित आचार्यले सडक डिभिजनले निगरानी नगर्दा ठेकेदारले निर्माण कार्य अपलपत्र छोडेको बताए । दमक १२ को पृथ्वी निमाविदेखि उत्तर नेपाल टेलिकमको अफिस सम्मको बाटो २०७१ चैत १ गतेबाट निर्माण शुरु भएको र निर्माण कार्यमा समन्वयन नहुदाँ निर्माण अघि बढ्न नसकेको हो । डिभिजन सडक कार्यालयका...

शुल्क संशोधनका लागि कार्यदल गठन

दमक । दमक नगरपालिकाले सार्वजानिक गरेको सरसफाई शुल्कको बिरोध भएपछि दररेटलाई परिमार्जन गर्नका लागि संयुक्त कार्यदल बनाउने सहमति भएको छ । सोमवार नगरपालिका र दमक उद्योग बाणिज्य संघका प्रतिनिधीहरुबीच भएको छलफलमा सरसफाई शुल्क परिमार्जनका लागि सुझाव लिने सहमति भएको हो । नगरपालिकाले फोहोर संकलन तथा ब्यवस्थापनको कार्य गर्न सार्वजनिक निजी साझेदारीमा पाथवे नेपाल प्रालि जेभीलाई दिएपछि गत आइतवार सुचना प्रकाशन गरी सरसफाई गर्दा नगरबासी र ब्यावसायीले दिने शुल्कको दररेट सार्वजानिक गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल , संघका कार्यवाहक अध्यक्ष...