दमक । दमक नगरपालिकाले बुधबार भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बृक्षारोपण गरेको छ । दमक ३को वेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन उपभोक्ता समुहको हाता भित्र उनीहरुको सम्झनामा बृक्षारोपण गरेको हो ।
सशस्त्र प्रहरी वलका पूर्वाञ्चल प्रमुख डिआइजी निराकरम बिक्रम शाहले बिरुवा रोपेर बृक्षारोपणको उद्घाटन गरेका थिए । उपभोक्ता , बिद्यार्थी , संस्थाका प्रतिनिधि लगायतले बिरुवा रोपेका थिए । गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको ४५ औ दिनको स्मृतिमा टिक , चप्रासी...