
माछा मारेपछि बोकेर घर लाँदै स्थानिय
धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न...