हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

सामुदायिक भवन निर्माणको लहर – मुख्य समाचार

पाँचगाछीमा उपस्वास्थ्य चौकी भवन विष्णु पौडेल दमक, चैत्र ४/झापाका ग्रामीण क्षेत्रमा सामुदायिक भवनहरु तथा उपस्वास्थ्य चौकीका पक्की भवन निर्माण योजना शुरु भएका छन् । एशियाली विकास बैंक सहित विभिन्न दातृ निकायहरुको सहयोगमा सञ्चालित ग्रामीण पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी आयोजनाले स्थानीयबासिन्दाहरुको सहकार्यमा ११ वटा योजना शुरु गरेको हो । आयोजनाको जिल्ला कार्यालय झापाका अनुसार आयोजनाद्वारा हाल सडक स्तरोन्नतीको काम भइरहेको क्षेत्रका सुरुङ्गा, शरणामती, टाघनडुब्बा, कुमरखोद, चकचकी, घेराबारी, राजगढ, शिवगञ्ज, माहाभारा र कोरोबारीमा सामुदायिक भवन तथा...

कृषि सडक स्तरोन्नति द्रुत– उपमुख्य समाचार

ग्रामीण पुनःनिर्माण तथा पुनःस्र्थापना आयोजना (आरआरआरएसडीपी) ले जिल्लामा हाल सञ्चालित तीनवटा कृषि सडकहरुको स्तरोन्नती कार्य द्रुत गतिमा अघि बढेको जनाएको छ । आयोजनाको जिल्ला कार्यालय प्रमुख राजेश घिमिरेले दुधे–शिवगञ्ज–कोरोबारी सडक अन्तर्गतपर्ने कोरोबारी–शिवगञ्ज खण्डको १९ किलोमिटर सडक कालोपत्रेको लागि आवश्यक तयारी भइरहेको बताए । त्यस्तै घेराबारी लक्ष्मीपुर सडक अन्तर्गतको चकचकी घेराबारी खण्डको करिब १९ किलोमिटर र अमरपथ सडक (सुरुङ्गा–झापा बजार) अन्तर्गतको २० किलोमिटर खण्डमा कालोपत्रे  गर्ने कार्य भइरहेको उनले जनाएका छन् । तीनवटा सडकको कूल ६० किलोमिटर...

रंगाशालाका लागि संस्था दर्ता थालिँदै

लखनपुर, चैत्र ४/झापाको लखनपुर–१ स्थित आदिवासी रङ्गशाला तथा स्मृतिपार्क निर्माण समितिले संस्था दर्ताका लागि प्रक्रिया थालेको छ । झापाको लखनपुर–१ स्थित सशस्त्र प्रहरीबल पाथीभरा गणको भोगचलनमा रहेको करिब १९ बिगाह जमिनमा २०६७ सालदेखि निर्माणाधिन अन्तर्राष्ट्रिय मापदण्ड रंगशाला निर्माणलाई थप गति दिन समिति दर्ताको कार्य अघि बढाइएको सो समितिका कार्यबहाक अध्यक्ष नित्यानन्द ताजपुरियाले जानकारी दिए । समितिको शुक्रबार सम्पन्न बैठकमा संस्था दर्ताका लागि प्रस्तावित विधान उपर छलफल भएको जनाइएको छ । बैठकले महासचिव घिरेन सुब्बा लाओतीको संयोजकत्वमा ५ सदस्यीय विधान...

दाइजो नल्याउँदा घर निकाला

उर्लाबारी, चैत्र ४/भने जति दाईजो नल्याएको भन्दै यातना दिइ घरबाट निकालिएकी मोरङ उर्लाबारीकी एक महिलाले परिवार विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । उर्लाबारी–४ की किरण शाहले श्रीमान प्रकाश शाह सहित सासु र ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएकी हुन् ।दाइजो नल्याएको भन्दै बुबा–आमाको कुरा सुनी प्रकाशले आफूमाथि निर्घात कुटपिट गरी घरबाट समेत निकाली दिएको किरणले उजुरीमा उल्लेख गरेकी छिन् ।२ बर्ष अघि भारतको दरभंगाबाट विबाह गरी ल्याएकी किरणमाथि लगातार यातना दिइएको स्थानीय महिला अधिकारीकर्मी सीता कार्कीले बताइन्...

अग्निपीडितहरु पुनस्थार्पित हुँदै

दमक, चैत्र ४/ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका आगलागी पीडित परिवारहरुलाई पुनस्र्थापित गराउने कार्यमा तीव्रता दिइएको छ । पुनःर्निर्माण गरिएका शरणार्थीका छाप्राहरु । शरणार्थी दातृनिकाय लुथरन विश्व फेडेरेशनको सहयोगमा बेलडाँगी–२ मा दुईसाता अघि आगलागीबाट बिस्थापित परिवारलाई घर निर्माणसँगै पुनस्र्थापित गराउने कार्य अघि बढाइएको हो । शिविर व्यवस्थापन समितिका सचिव डी.बी. सुब्बाले सातादिन भित्र ति क्षेत्रका आगलागी परिवारहरुलाई बसोबासका लागि जारी काम पूरा गरिने बताए । बेलडाँगी–२ का रामचन्द्र...

बैगुन्धुरामा एमालेको अधिवेशन

गौरादह, चैत्र ४/नेकपा एमाले बैगुन्धुरा गाउँ कमिटीको ७ औँ गाउँ अधिवेशन पुनः ध्रुव घिमिरेको अध्यक्षतामा नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा डम्बर मगर, सचिवमा मुक्ति खतिवडा र सहसचिवमा सििरता ढकाललाई चयन गरेको पार्टीका क्षेत्रीय कमिटी उपाध्यक्ष उमानाथ बरालले जानकारी दिए । कमिटीका सदस्यहरुमा युवराज खतिवडा, सोमनाथ घिमिरे, पशुपति ढकाल, टिकाराम थापा, गोपाल घिमिरे, सरिता खनाल, गोविन्द निरौला, माधव चापागाई, भरत अधिकारी र निर्मला ढुंगाना चयन भएका जनाइएको छ । कमिटीको आरक्षण कोटामा दलित र विद्यार्थी सहित अन्य दुई जना...

तीन दिनपछि मृत फेला

उर्लाबारी, चैत्र ४/ ३ दिन अघिदेखि हराएका दक्षिणी मोरङको रंगेलीका एक ब्यक्ति जिल्लाको दर्बेशामा मृत फेला परेका छन् । रंगेली–७ का २३ बर्षीय पवनकुमार मण्डल दर्बेशा–२ मा तोरीबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख धजिन्द्र कार्कीले जानकारी दिए । मण्डलको कसैले हत्या गरेको हुनसक्ने कार्कीले बताए । गत चैत्र १ गते घरबाट हराइरहेका मण्डल शुक्रबार बिहान मृत फेला परेका हुन् । मण्डलको मुखमा प्लाष्टिक कोचेर जलाई दिएका कारण अनुहार चिन्न समेत मुस्किल परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको रंगेली प्रहरीले जनाएको छ...

जेसीज स्थापनार्थ अन्तक्र्रिया

सतासीधाम, चैत्र ४/झापाको सतासीधाम–दुधेमा सतासीधाम जेसीज स्थापनार्थ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । दुधे स्रोत केन्द्रको सभा हलमा शुक्रबार सम्पन्न अन्तक्र्रियामा सुरुङ्गा जेसीजका सस्थापक अध्यक्ष लिला चिमरिया प्रमुख अतिथि रहेका थिए । रामप्रसाद मैनालीको अध्यक्षतामा भएको अन्तक्र्रियामा जेसीजको महत्वबारे प्रमुख अतिथि चिमरिया, सुरुङ्गा जेसीजका अध्यक्ष मोतिखर ओझा, उपाध्यक्ष बिनोद उप्रेती, सुरुङ्गा जेसीज वर्ष २०१० का अध्यक्ष कुमारमणि पोख्रेल लगायतले बोलेका थिए । सो अवसरमा स्थानीय युवाहरु शान्तिराम मैनाली, इन्द्रदेव पाठक, यादव घिमिरे, भीम लिबाङ,...

लेखापढीमा निरौला

दमक, चैत्र ४/नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दमक इकाईको अध्यक्षमा सुशीलकुमार निरौला अध्यक्षमा चुनिएका छन् ।  अध्यक्ष निरौला शुक्रबार सम्पन्न इकाईको अधिवेशनले निरौलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चुनेको हो । निर्वाचित समितिको उपाध्यक्षमा शिवकुमार पौडेल, सचिवमा लोकनाथ पोख्रेल, सहसचिवमा बिक्रम ताजपुरिया र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् । समितिको सचिवहरुमा कृष्णकुमार गिरी, राजकुमार दाहाल, ताराबहादुर खड्का, कमलादेवी भण्डारी, रेवतमान आङ्वो र चित्रलाल ताजपुरिया रहेका छन्...

युनियनको समिति

दमक, चैत्र ४/संघीय विद्यार्थी युनियन झापाको आउँदो अधिवेशन तय गर्न मनकुमार मेन्याङवोको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकले समितिको संयोजकमा नुमा लिम्बु र सल्लाहकारमा ज्वाला लिम्बूलाई चयन गरेको जनाइएको छ । समितिका सदस्यहरुमा सन्देश योङहाङ, बिकी चेम्जोङ, बिक्रम शेर्मा, निशा लिम्बु, दीपक कार्की, कृष्ण ढकाललगायत रहेका युनियनद्वारा प्रेषित पत्रमा उल्लेख छ...

विद्योदयको १५ औँ वार्षिकोत्सव

गौरादह, चैत्र ४/गौरादह–८ स्थित विद्योदय शिशू सदन बोर्डिङ स्कूलको १५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी शुभकामना मन्तव्य राख्दै । झापाका जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक तथा शेयर धनीहरुलाई सम्मान गरिएको थियो । २०६७ सालको प्रवेशिका परीक्षामा ८८ दशमलव ८९ प्रतिशत अंक ल्याएर छात्र तर्फ झापा प्रथम हुने विद्यालयका विद्यार्थी विन्द बस्नेत तथा विशिष्ट श्रेणीमा...

लाइभ कन्सर्ट आज

केर्खा, चैत्र ४/झापाको तोपगाछीस्थित केर्खामा आज हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा  भएको छ । स्थानीय न्यू स्टार क्लबले आयोजना गरेको कन्सर्टका लागि पोखरेली ब्याण्ड द एजका कलाकार शुक्रबार राति नै दमक आएका कार्यक्रम संयोजक गोपाल साम्राले बताए । यसैबीच ब्याण्डका भोकलिष्ट जीवन गुरुङले झापामा पहिलो पटक आफ्नो ब्याण्डको प्रस्तुति हुन लागेको प्रतिक्रिया दिएका छन् । झापाली दर्शकलाई भरपुर मनोरञ्जन दिइने उनले बताए...

पीडितले अझै न्याय पाएनन्

सुनसरी, चैत्र ४/ सुनसरी र मोरङ्ग जिल्लामा सशस्त्र द्वन्द्वकालमा यौनजन्य हिंसामा परेका एक सय बढी महिला तथा बालबालिकाहरुले अझै न्याय नपाएको गुनासो गरेका छन् । सरकारले सशस्त्र द्वन्द्वको अवधिमा मृतक, बेपता, टुहुरा, अङ्गभङ्ग, अपहरण, विस्थापित र व्यक्तिगत सम्पत्ति क्षति भएकाहरुलाई राहत दिए पनि यौनजन्य हिंसा पीडितलाई नसमेटेको पीडितहरुको गुनासो छ । सुनसरी र मोरङ्गमा मात्रै एक सय जनाभन्दा बढी यौनजन्य हिंसा पीडित महिला तथा बालबालीकाहरु रहेको मानवअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाको तथ्याङ्क छ...

एचआर्ईभी संक्रमित ३ जनामात्र

ताप्लेजुङ, चैत्र ४/ ताप्लेजुङमा एचआइभी संक्रमितको संख्या धेरै भएको विभिन्न संघ सस्थाले बताइ रहेका बेला जिल्ला अस्पताल ताप्लेजुङको तथ्याङ्कले हाल सम्म ३ जना मात्र एचआइभी संक्रमित रहेको बताएको छ । २०६७ सालबाट सञ्चालन  आएको यौन रोग परामर्श केन्द्रमा हाल सम्म जाँच गरिएका मध्ये ३ जनामा मात्र एचआइभी पोजेटिभ देखिएको केन्द्रका परामर्शदाता सञ्जय साहले जानकारी दिएका छन् । लगभग अढाइवर्ष देखि  निरन्तर सेवा प्रदान गदै आएको यौन रोग परामर्श केन्द्रमा अहिले महिनामा १० देखि १५ जना सम्म रगत परीक्षण गराउन  आउने गरेको परामर्श केन्द्रका परामर्श दाता...

पाथीभरामा जाने तिर्थालुको संख्यामा वृद्धि

ताप्लेजुङ, चैत्र ४/ रामनवमी पर्व नजिकिदै जाँदा नेपालकै प्रसिद्ध तिर्थस्थल ताप्लेजुङमा रहेको पाथीभरा जाने श्रद्धालु भक्तजनको संख्यामा वृद्धि भएको छ । माथिल्लो फेदीमा होटल व्यवसाय गर्दै आएका इन्द्रनारायण भट्टराईका अनुसार अहिले दिनमा २ सयको हाराहारीमा तिर्थालुहरु पाथीभराको दर्शनमा गइरहेका छन् । चिसो मौसम क्रमशः सकिदै गएको र हिउ पर्ने क्रम कम भएकोले पाथीभरा जानेको तिर्थयात्रीको संख्यामा वृद्धि भएको हो । गर्मी समय शुरु भइसकेका कारण अव पाथीभरा जाने तिर्थालु अझै बढ्दै जाने पाथिभरा देवी मन्दिर संरक्षण...

सुन्दर छालाका लागि साथपात

सागपात र फलफूलको नियमित सेवनले मानिसको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने कुरा त हामीले थाहा पाएकै कुरा हो । हरियो सागपात र पहेँला फलफूलमा पाइने भिटामिन ए ले आँखा स्वस्थ राख्ने तथा अरु स्वास्थ्य समस्याबाट पनि बचाउने विज्ञहरु बताउँछन् । तर पछिल्लो अध्ययनले सागपात र फलफूलले आँखालाई मात्र होइन छाला पनि सुन्दर र स्वस्थ बनाउने तथ्य पत्ता लगाएको छ । स्कटल्याण्डको युनिभर्सिटी अफ सेन्ट एन्ड्रियुजका शोधकर्ताहरुले गरेको अनुसन्धानले फलफूत तथा सागपातको नियमित सेवन गर्ने मानिसको छाला सुन्दर तथा चम्किलो बन्ने...

धेरै घिउले शुक्रकिटमा क्षति – स्वास्थ्य

पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला । यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन । चिल्लो पदार्थ भएका खानेकुराको अत्याधिक सेवनले तपाईको यौनस्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । अमेरिकी वैज्ञानिकहरुले हालै गरको अध्ययनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् । भोजनमा बढी चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्रा न्यून हुने र भएका शुक्रकिटको गुणस्तर पनि...

मानव अधिकारका आधारतूत मान्यताहरु र नेपालको मानव अधिकार – दोस्रो लेख

डा. टिकाराम पोखरेल १. विषय प्रवेश : “मानव अधिकार” मानव सभ्यताको सबैभन्दा उत्कृष्ट उपहार हो । एक्काइसौँ शताब्दीमा मानव अधिकार शब्द विश्वमा सबैभन्दा बढी प्रचलनमा रहेको शब्द पनि हो । मानव अधिकारको प्रतिबिम्ब पुरातन÷सनातन सभ्यता र धार्मिक ग्रन्थहरुमा पनि पाउन सकिन्छ । तर पनि वर्तमानमा हामीले भन्ने गरेको मानव अधिकार पश्चिमी सभ्यताको पछिल्लो देन हो । पछिल्लो समयमा मानव अधिकारका क्षेत्रमा नवीन मान्यताहरुको विकास हुनुका साथै औपचारिक रुपमा मानव अधिकारलाई लिपीबद्ध समेत गरिएको छ । विश्व इतिहासमा भएका ठूला–ठूला युद्ध विभिषिकाबाट पीडितहरुको घाउमा मलम स्वरुप...

कोरा कल्पना र वास्तविक यथार्थता – पहिलो लेख

राम प्रधान समाज र सामाजिक रुपान्तरणमा जीवनले थुप्रै तिता मिठा कल्पना र अनुभव सङ्गालेको हुन्छ । मानव जीवनमा कल्पनाको शिखरहरु र कल्पनाका छालहरुले हरेक प्रकारको उतार–चढाव आउँछन् । प्रत्येक मावनको कल्पनाहरुमा मिठा–मिठा, सुन्दर जीवन निर्माणको सपना साचेको हुन्छ, कल्पनाको महलहरु बनाउन समय र धन खर्च गर्नु पर्दैन । मानिसले कल्पनामा संसारका सबैथोक जित्छ । संसारमा शक्तिशाली बन्न सक्दछ । गुण्डागर्दी र दादागिरीको हिसाबले, पाखुराहरु र तिघ्राहरुको हिसाबले धन सम्पत्तिको हिसाबले क्षणिक रुपमा बलवान बन्न सक्छ । कतिपय कोरा कल्पनाहरु अवास्तविक कुराहरुको भरमा संसारका...

परिस्थिति भन्दा बाहिर – असरल्ल

कमन देवान थाहा छैन, जीवनका बारे जीवितै गरिएको अनुभूति मृत्युपछिको कपोकल्पित स्वर्ग वा नर्कमा पुगेर कसरी आत्म चीरस्थायी रहन्छ ? वा भौतिकवादी मान्यताका आधारमा मानिसको जीवन, शरीर, भावना, समवेदना र उद््वेगको मूल्य कति रहन्छ ? विषय अनेक छन् । विषयका बारे पनि अनेकन दृष्टिकोण हुन सक्दछन् । तसर्थ, व्याख्या र तर्कका आ–आफ्नै स्थान, उचाई र मूल्याङ्कन हुनुलाई अस्वभाविक मान्न मिल्दैन । विचारका लागि जीवित शरीरको मूल्य छ कि छैन ? छ भने के कारणले वा छैन भने कसरी ? एकाध मानिस यसरी पनि तर्क गर्छन् । तर आफ्नै किरिया खाएर अरु उपर सतोसराप गाल्छ मान्छे । आफ्नै आङ्गको...