पिपुल्स टाइम्स समाचार
दमक, माघ २८ २०६८/ १४ दिनदेखि जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव आज शनिबार समापन हुँदैछ । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदको मूख्य आयोजनामा गत माघ १४ गतेदेखि सुरु भएको महोत्सव पूर्व निर्धारित १२ दिनको कार्यक्रममा २ दिन थप गरी १४ औँ दिन आज समापन गर्ने कार्यक्रम तय भएको हो ।
महोत्सव अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता र मागका कारण आयोजक समितिले २ दिन म्याद थप गरेको थियो । गृहमन्त्री बिजयकुमार गच्छदारले उदघाटन गरेको महोत्सवको आज हुने समापन कार्यक्रममा भने गृहराज्यमन्त्री भीमराज राजवंशीको प्रमुख आतिथ्यता...