पूर्व गाविस अध्यक्षको निधन

महाभारा, चैत्र ७/महाभारा गाविसका पूर्व गाविस अध्यक्ष गोपालप्रसाद पोखरेलको निधन भएको छ ।
मुटु सम्बन्धी रोगबाट पीडित करिब ६५ वर्षीय पोखरेलको उपचारका क्रममा काठमाण्डौस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । राप्रपा नेपालका गाउँ समिति अध्यक्ष समेत रहेका उनको सोमबार माहाभारा–८ स्थित कन्काई किनारमा दाहसंस्कार गरियो ।
सो क्रममा उनको पार्थीव शरीरमा राप्रपा नेपालका केन्द्रीय सदस्य घनेन्द्र योङ्या तथा राजेन्द्र लिङ्देनले पार्टीको झण्डा ओढाएका थिए । मृतकका श्रीमती, दुई छोरा तथा दुई छोरी छन् । पोखरेल राजाको प्रत्यक्ष शासनको समयमा गाविस अध्यक्ष रहेका थिए ।

0 प्रतिकृया:

Post a Comment