हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

चिहानका कारण वनक्षेत्र संकटमा

– विमल लामिछाने    दमक । वन क्षेत्रमा कंक्रीट चिहान (कपुरथान ) वनाउदा यसले पुरयाउने असरवारे विभिन्न चेतनामुलक कार्यक्रम गरिदै आएपनि यो प्रथा अझै रोकिएको छैन । विभिन्न जातीय संस्थाहरुको पहलमा यो प्रथा रोक्न प्रयास गरिएपनि संस्कारलाई परिवर्तन गर्न सकिएको छैन । तराइका विभिन्न स्थानहरुमा रहेका वनक्षेत्र र सार्वजनिक जमिनमा कंकिट चिहान महंगोगरी वनाउने होडवाजीले वन क्षेत्र संकटमा पर्ने गरेको वातावरण विद्हरुको भनाई छ ।  रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले समुदायमा...

हात्ती धपाउन ट्रयाक्टरको प्रयोग

झापा । झापाको उत्तर पूर्वी बाहुनडाँगी गाविसका किसानले जङ्गली हात्ती धपाउन ट्याक्टर प्रयोगको नयाँ जुक्ति निकालेका छन् । मेची सीमापारि भारतबाट हरेक साँझ नेपाल पस्ने हात्तीको बथानले खेतमा पाकिसकेको अन्न बाली मकै र धानसहित केरा, सुपारी, कटहरलगायत फलफूल खाएर सखाप पार्ने गरेको छ । यस अवस्थामा साँझमा हात्ती आएको थाहा पाउनासाथ गाउँले ट्याक्टर चलाएर हात्ती तर्साउन निकालिएको नयाँ उपाय प्रभावकारी बन्दै गएको प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले बताए । ट्याक्टरको चर्को आवाज सुनेपछि हात्ती...

नक्कली चेक प्रकरणका पक्राउ परेनन्

दमक । ढुकुरपानी उच्च मावि दमकको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाताबाट नक्कली चेक प्रयोग गरी ५ लाख रुपैयाँ चोरी भएको १३ दिनसम्म पनि चोरी गर्ने पत्ता लाग्न सकेको छैन । दमक र बिर्तामोड बैंकले अध्ययन गरेर प्रतिवेदन बैंकको क्षेत्रीय कार्यालयलाई पठाएर अनुसन्धान भइरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक लिलानाथ खनाल र सेवानिवृत्त भइसकेका पहिलाका खाता सञ्चालक शुरुवीर श्रेष्ठले हस्ताक्षर रहेको  ३ र १३ नम्वरको फर्फी चेक प्रयोग गरी बैंककै बिर्तामोड शाखाबाट दुई पटक रकम चोरी भएको छ । बैकको क्षेत्रीय कार्यालयका प्रमुख गोपाल पौडेलसंग टेलिफोन सम्पर्क...

टाइव्रेकरमा युनाइटेड क्लव विजयी

दमक । दमक १२ मा जारी फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा फरेन युनाइटेड क्लव दमक विजयी भएको छ ।  अन्तिम क्वाटर फाइनल खेलको निर्धारित समयमा र थप १० मिनेट अवधिमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि टाइव्रकेरमा युनाइटेड क्लव बिजयी भएको हो ।  उसले  टाइव्रकेरमा ३–० गोल अन्तरले आकर्षक मेनपावर युनाइटेडलाई हराएको छ । बुधवारबाट शूरु हुने  प्रतियोगिताको सेमीफाइनल  खेल मिलन एफसी बी दमक र आयोजक भिएफसी दमकबीच हुने आयोजकले जनाएको छ...

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा मंगलबार विहान मोटसाइकल र बस जुद्धा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । मोटरसाइकलमै सवार दुई जना घाईते भएका छन् । दुर्घटनामा उर्लाबारी—३ सुर्यचौकका १९ बर्षीय सविन पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दक्षिणबाट उत्तर तर्फ गुडिरहेको मे.२ प. ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट गइरहेको ना. ५ ख. ४७८३ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएका पौडेलको उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल लैजादै गर्दा बाटैमै ज्यान गएको हो । घाइतेमध्ये मोटरसाइकल चालक इलाम साक्फारा—५...

२ तला बढीका घर भत्काइने

मोरङ । मोरङको विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी २ तलाभन्दा माथि बनाइएका घर उपमहानगरपालिकाले भत्काउने भएको छ । सरकारी निर्णयअनुसार यसबेला विराटनगर क्षेत्रमा दुई तलाभन्दा माथिको घर निर्माण बन्द गरिएकाले त्यसभन्दा बढी तलाको घर बनाएको भए भत्काइने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जनाए । यसबारे वडा सचिवको भेला चाँडै डाकिने बताए । उपमहानगर क्षेत्रका २२ वटै वडाका सचिवको भेला बोलाई मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिइने रेग्मीले जानकारी दिए...