हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

पूर्व गाविस अध्यक्षको निधन

महाभारा, चैत्र ७/महाभारा गाविसका पूर्व गाविस अध्यक्ष गोपालप्रसाद पोखरेलको निधन भएको छ । मुटु सम्बन्धी रोगबाट पीडित करिब ६५ वर्षीय पोखरेलको उपचारका क्रममा काठमाण्डौस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । राप्रपा नेपालका गाउँ समिति अध्यक्ष समेत रहेका उनको सोमबार माहाभारा–८ स्थित कन्काई किनारमा दाहसंस्कार गरियो । सो क्रममा उनको पार्थीव शरीरमा राप्रपा नेपालका केन्द्रीय सदस्य घनेन्द्र योङ्या तथा राजेन्द्र लिङ्देनले पार्टीको झण्डा ओढाएका थिए । मृतकका श्रीमती, दुई छोरा तथा दुई छोरी छन् । पोखरेल राजाको प्रत्यक्ष शासनको समयमा...

दुई गाँजा तस्कर पक्राउ

मोरङ, चैत्र ७/सोमबार सीमा प्रहरी चौकी बुधनगर मोरङले २६ केजी गाजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । शरीरमा लुकाएर भारततर्फ लैजाादै गर्दा २६ केजी गाजासहित बुधनगर ६ का ३० वर्षीय विद्यानन्द सरवरिया र तेतरिया ९ का ४५ वर्षीय टुनकना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सरवरिया र चौधरीलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ...

पत्रकार दुव्र्यवहारको भर्त्सना

काठमाडौं, चैत्र ७/स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले मादक पदार्थ सेवन गरी पत्रकार दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ । महासंघ सचिवालयको सोमबार बसेको बैठकले राज्यमन्त्रीको दुव्र्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समाचार संकलनका लागि अस्पताल परिसर पुगेका पत्रकारहरुमाथि मन्त्री यादवबाट दुव्र्यवहार भएको भन्दै सो घटनाको भत्र्सना गरिएको महासंघका महासचिव ओम शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य राज्यमन्त्री यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा...

दोस्रो ‘टी–२०’ क्रिकेट शुरु

दमक, चैत्र ७/दमकस्थित दमक बहुमुखी क्याम्पसमा आजबाट पूर्वाञ्चलस्तरीय अन्तर कलेज दोेश्रो ‘टी–२०’ क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । दमक बहुमुखी क्याम्पस खेलकुद समितिको आयोजनामा शुरु हुने प्रतियोगितामा पूर्वाञ्चलका बिभिन्न १५ क्याम्पसका टोली सहभागी रहेको खेल संयोजक सुवास काफ्लेले जानकारी दिए । आगामी चैत–१७ गतेसम्म चल्ने प्रतियोगिताको बिजयीले ८ हजार १ रुपैयाँ सहित ट्रफी तथा प्रमाण पत्र पाउने छ । प्रतियोगिता अन्तर्गत आज आयोजक रातो र मनकामना कलेज बिर्तामोड बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ...

लुघु व्यवसाय तालिम

चुलाचुली, चैत्र ७/स्थानीयवासीलाई लघु उद्यमतर्फ आकर्षीत गर्ने उद्येश्यले चुलाचुलीमा आयोजीत सात दिने लघु व्यवसाय सिर्जना तथा सचेतना तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय भक्तपुरको आयोजना तथा राष्टिूय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्रको सहयोगमा सो कार्यक्रम चुलाचुलीका चार स्थानमा सञ्चालन हुने जनाईएको छ । सोमबार वडा नम्बर–७ को सातपत्रेमा आयोजीत तालिम समापन समारोहमा स्थानीय पाथीभरा सहकारी संस्थाका व्यवस्थापक ओम ढकाल, स्थानीय अगुवा पीएन अधिकारी, गाविसका प्रतिनिधी तुलसा शिवा, प्रशिक्षकद्वय सरस्वती श्रेष्ठ तथा जय खवास लगायको...

भगवान् भरोसामा सञ्चालित छ सोलु अस्पताल

सोलुखुम्बु, चैत्र ७/सामान्यतया अस्पतालहरु चिकित्सकको भरमा सञ्चालन भएका हुन्छन् । तर यस जिल्लाको फाप्लुस्थित सोलु अस्पताल भने चिकित्सकको भरमा नभई भगवान् भरोसामा सञ्चालन हु“दै आएको छ । त्यहा“ कार्यरत दुवै चिकित्सक लामो समयदेखि अस्पताल छाडेर हि“डेका छन् । डा. सुधीर सापकोटा गत फागुन १० गते तालिममा भाग लिन गएका छन् भने अस्पतालमा रहेकी अर्की चिकित्सक डा उदिता मिश्र पनि त्यसको पा“च दिनपछि तालिममा सहभागी हुन भन्दै अस्पताललाई चिकित्सकविहीन बनाएर हि“डेकी छिन् । जिल्लाको एकमात्र सो अस्पतालमा उपचार गराउन आउने जटिल रोगका बिरामीलाई चिकित्सकको अभावमा अन्यत्र...

मन्त्री, राज्यमन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीले गरेको निर्देशन – दस्तावेज

“इमान्दार बनौं, कामप्रतिको उत्तरदायित्व निर्वाह गरौं र त्यसको पालना नगर्नेलाई दण्ड दिन नडराऔं ।” वर्तमान सरकार बनेको ६ महिना र ३ हप्ता बित्यो यस बिचमा के कति सकारात्मक र नकारात्मक कामहरु भए सोको समग्र मूल्याङ्कन हुने नै छ । सरकारले शान्ति, संविधान, सुशासन र समृद्धिको चार प्राथमिकता निर्धारण्ँ गरेको  थियो । ती चारवटैमा उल्लेख्य उन्नति गर्यौ, रÔात्मक र ब्उययिनष्अब िहुन आवश्यक छैन ।” बजेट बनाउन नपाए पनि जनता प्रतिको दायित्व निर्वाह गर्ने उद्देश्यले तत्कालीन राहत कार्यक्रम घोÈण्ाँ गर्यौं । अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन, अनाधिकृत मुल्य...

‘चुम्लुङका माग जातीय होइनन्’ – बाटैमा

लिम्बू समुदायहरुको सामाजिक संस्थाको रुपमा गठित किरात याक्थुङ चुम्लुङ झापाका नव निर्वाचित अध्यक्ष हुन् पुर्णमान लाओती । लिम्बू समुदायहरुको अधिकारका लागि क्रियाशील अध्यक्ष लाओती जिल्लाका परिचित व्यक्तित्व पनि हुन् । चुम्लुङको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट ३ वर्ष कार्यकालका लागि निर्वाचित अध्यक्ष लाओती केन्द्रीकृत अनुदारवादी नीतिले चुम्लुङले उठाएका अधिकार दबाउन षड्यन्त्र भएको देख्छन् । सरकारी सेवाबाट सेवानिवृत्त भएर जातीय संस्थामा होमिएका अनारमनी–३ निवासी अध्यक्ष लाओतीसँग बाटैमा गरिएको...

‘आफ्नै बिरानो भएपछि.....’ – दोस्रो लेख

प्रविण बानिया माओवादी भित्रको अन्तरकलह फेरि एक पटक चर्किएको छ । केहि समय अघि केन्द्रीय समितिको बैठकबाट माओवादीले पार्टी एकता मजबुत भएको र तत्कालका लागि सबैखाले समस्याहरु सल्टिएको सन्देश लिएर बाहिर आएको थियो । तर, पार्टीभित्रको असन्तुष्ट ‘वैद्य पक्ष’ घोषित रुप नै पार्टी संस्थापन पक्ष विरुद्ध खरो उत्रिएको छ । ‘वैद्य पक्ष’को घोषणा र कार्यत्रण्म हेर्दा ऊ पक्षको विचार समूहले पार्टी शुद्धिकरणका लागि भन्दा बढि वर्तमान भट्टराई नेतृत्वको सरकार विस्थापनको मूख्य शर्त बनाएर आन्दोलनको घोषणा गरेको छ । आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको...

राजनीतिक रङ्गमा हराएका बेरङ्गहरुलाई दिशाबोध गर्दै गन्तव्य थिएटर – पहिलो लेख

ओमप्रकाश गौतम देश प्रसव पीडामा गुज्रिरहेको छ । भ्रष्टाचारले सीमा नाघिसकेको छ । सत्ता हत्याउने खेलमा दलहरु कसरत गर्दैछन् । संघीयता विरोधीहरु सडकमा अलप भएका छन् । भाइ–भाइबीच जातीत्वको लडाइमा देशलाई कुरुप बनाइरहेका छन् । संघीयताको वस्तुयथार्थ वहस चलाउन त कहाँ हो कहाँ ? जम्बो नेतागणहरु देशलाई अनिर्णयको बन्दी बनाउँदै विदेश भ्रमणको योजना बनाउन मन्त्रालय धाउँदै छन् । अब हामी सबै नेपालीले तिनै हाम्रा नेताहरुलाई सोधौँ त ? के राजनीति भनेको छेपारोले बाहैं्रमास फेरिरहने रङ्ग हो कि तपाईहरुलाई सर्वसम्पन्न बनाउने रङ्ग रङ्गहरुको खेल खेलाई रहने बेरङ्ग हो । हामी...

कहिले सम्म भत्कने ? – सम्पादकीय

नेपाल सरहद भर राजमार्ग, सहायक राजमार्ग, विभिन्न स्तरका सडकहरु, फुटपाथ र सडक किनाराका नाला समेत अतिक्रमण गरेर भौतिक निर्माण कार्य गर्ने, पसल फिजाँउने र अन्य विभिन्न कारणले अतिक्रमण गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएको छ । मूलतः दश वर्षे द्वन्द्वका समयमा सुरक्षा संवेदनसिलतालाई ध्यानमा राखेर राजमार्गहरुमा सुरक्षा–चेकजाँचका लागि सेना र प्रहरीले विभिन्न स्थानहरुमा ढाट राखेको थियो । तर, लोकतन्त्र प्राप्तिपछिका दिनमा भने राज्यले राजमार्गका कुनै पनि खण्डमा ढाट राख्न नपाइने व्यवस्था लागू गरिसकेको छ । राजमार्गमा यातायात आवगमन सहज पार्न र अप्रत्यासित किसिमले...