नेताहरुले भने–‘मेहताले मर्यादा नाघे’काठमाडौं, ६ जेठ/प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका बिरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रति कडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्तिजनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । मेहताले बुधबार...