हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

फोहोरको चुनौति उस्तै-उपमुख्य समाचार

दैनिक ७ मेटि्रक टन फोहोर उत्पादन हुने दमक नगरपालिकामा फोहोर मैला व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । १७ जना कुचिकारलाई जनही २ सय ३१ रुपैयाँ दैनिक ज्याला फोहोर बोक्ने तीनवटा सवारीमा इन्धन तथा सरसफाईका लागि आवश्यक उपकरणहरुको व्यवस्था सो बजेटबाट गर्नुपर्ने हुन्छ । नगरपालिकाका वातावरण विभाग प्रमुख द्रोण थापा भन्छन्-ुकर्मचारीको तलब भत्ता र औजार उपकरणका व्यवस्थापन गर्नै हम्मे पर्छ ।ु उनले नगरपालिकाको १६ औँ नगर परिषद्ले फोहोरको दिगो व्यवस्थापन गर्ने सम्बन्धी नीतिगत निर्णय गरेपनि हालसम्म ठोस काम अगाडि...

संरचना बनाइन्छन् संरक्षणमा चासो छैन-मुख्य समाचार

विष्णु पौडेल नगरभित्र पक्की सडक झण्डै २४ किलोमिटर ढल २० किलोमिटर ७३टज्ञछद्धडसग्राभेल ४६ किलोमिटर दमक/ वि.स. २०४५ सालमा दमक नगरपालिकामा पहिलो पटक ७ सय मिटर पक्की ड्रेन ढल निर्माण गरिएको थियो । एक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा नगरपालिका अगाडिबाट राधाकृष्ण मन्दिरसम्मको सडकको एक किनारामा ढल निर्माणसँगै नगरका अन्य चल्तीका सडक किनारमा समेत पक्की ढलको आवश्यकता खड्कियो । ०५० सालतिर पुनः पूरानो आम्दाको गेटदेखि हनुमान मन्दिरसम्म नगर विकास कोष टीडीएफ को सहयोगमा अर्को पक्की ढल निर्माण गरियो ।...

पुल भत्किदा ट्रक पल्टियो

जलथल/ सोमबार राति साढे ७ बजे जलथल ४ स्थित काजली खोलाको काठे पुल भत्किदा धान बाकेको ट्रक पल्टिएको छ । ढडुवाबाट धान बोकेर बिर्तामोड तर्फ आइरहेको मे।१ ख ११८९ नम्बरको ट्रक हुलाकी मार्ग अन्तर्गतको सो पुल भत्किदा पल्टिएको हो । सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको बिर्तामोड सहकर्मी विवेक खड्काले जनाएका छन् । पुल भत्किएपछि सो सडकमा आवत्जावत्मा बाधा पुगेको छ । आज देखि पृथ्वीनगरको किच्चकबधमा लाग्ने मेला भर्न सर्वसाधारणलाई समस्या भएको छ । सो मार्ग भएर जलथल-५ ६ ७ ८ र ९ नम्बर तथा राजगढ घेराबारी पथरीया बालुवाडी लगायतका गाविसका बासिन्दा दैनिक सदरमुकाम...

श्रीमतीको हत्या

ईटहरी/ इटहरीका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । सोमबार अपरान्ह ईटहरी-४ का ३२ वर्षीय खेमराज बस्नेतले उनकी २९ वर्षीया श्रीमती नन्दकुमारीलाई आफ्नै घरमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकरी प्रहारबाट गम्भिर घाइते भएकी नन्दकुमारीको न्युरो अस्पताल बिराटनगरमा उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेमराजलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ...

आन्दोलनमा बहिर्गमित लडाकुहरु

केर्खा/ आईतबार पक्राउ परेका सहकर्मी रिहाईको माग गर्दै बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले सोमबार जनसेना प्रथम डिभिजन नजिकै पूर्व-पश्चिम राजमार्गको केर्खामा एक घण्टा चक्काजाम गरेका छन् । विशेष समिति अन्तर्गत स्वेच्छिक अवकास लिने लडाकुलाई चेक हस्तान्तरण गर्ने क्रममा घाइते अपाङ्ग अशक्त बालबच्चाका आमा र शहिद परिवारलाई राहतको कार्यक्रम माग गर्दै आईतबार जनमुक्ति सेनाको सुर्खेत दशरथपुरस्थित छैठौ डिभिजनमा पुगेका ७० जना बहिर्गमित लडाकुहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सहकर्मी रिहाईको माग गर्दै गरिएको चक्काजामको कारण दिउँसो २ बजेदेखि...

महिलालाई अनौपचारिक शिक्षा

सानोबाह्रघरे/ विद्यालय जाने उमेर पार भइसकेका महिलाहरुलाई अनौपचारिक शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको दमकमा महिला शिक्षा दोस्रो कक्षा शुरु गरिएको छ । दमक-१७ स्थित सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्रले जिल्ला शिक्षा कार्यालय भद्रपुरको सहयोगमा सो कक्षा शुरु गरेको हो । केन्द्रका सचिव कुवेर भट्टराईले स्थानीय पशुपति नि।मा।वि।मा सोमबार आयोजित कार्यक्रमका बीच सो को उद्घाटन गरेका छन् । सो अवसरमा १५ देखि ४५ वर्ष उमेर समूहका २० जना महिला विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक सिताराम...

गौरीको अध्यक्षतामा मण्डल

गौरीगाज/ गौरीगाज-८ ठेकीटोलमा रहेको गौरी प्रा।वि।sाे व्यवस्थापन समिति अध्यक्षमा जयराम मण्डल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा ७६ मत ल्याएर मण्डल बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बिनोद यादवले ५४ र अर्का प्रतिद्वन्द्वी लक्ष्मण तामाङले १४ मत ल्याएका छन् । त्यसैगरी सदस्यहरुमा जीतबहादुर राई गोपाल महतो र सुनिता पासवान सर्वसम्मत चयन भएका जनाइएको छ । कूल १ सय ६० मतदाता रहेको निर्वाचनमा खसेको मतमध्ये २ मत रद्द भएको थियो ...

यातायात मजदुरमा पुनः राई

उर्लाबारी/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उर्लाबारी-मधुमल्ला इकाईको सम्पन्न छैंठौ अधिवेशनले पुनः बाजाहाङ राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा सन्त धिमाल सचिवमा नन्दकुमार श्रेष्ठ सह-सचिवमा कृष्णकुमार श्रेष्ठ र कोषाध्यक्षमा नानीबाबु बोगटी रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रविन श्रेष्ठ डम्बर श्रेष्ठ प्रभात लिम्बू नवीन पाहिम प्रभु खड्गी र दलबहादुर मगर रहेका छन् । उर्लाबारीस्थित राधिका उच्च माविको सभाहलमा भएको सो कार्यक्रमले संगठनको सल्लाहकारमा थेयूसा फागो नारायण भण्डारी बिनोद खड्गी विकल राई...

हत्यारा पत्ता लगाउन माग

बिर्तामोड/´ापाको हल्दीबारीस्थित उच्च माध्यमिक विद्यालयकी एक छात्राको हत्या भएको चार दिन बित्दा पनि हत्यारा पत्ता नलागेकामा विद्यालयले चिन्ता व्यक्त गरेको छ । विद्यालयका अध्यक्ष रेवतीरमण्ँ नेपाल अभिभावक सङ्घका अध्यक्ष नरबहादुर बस्नेत र प्राचार्य यामकुमार सिटौलाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिइएमा विद्यालय सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । सोही गाविसको वडा नम्बर ८ बस्ने कक्षा सातमा अध्ययनरत १३ वर्षीया सावित्रा राजवंशीको गत माघ १९ गते आफ्नै घर नजिकको चियाबारीमा बलात्कार गरी हत्या गरिएको बताइएको...

कुखुरा मार्न थालियो

इटहरी÷बर्डफ्लु संक्रमित पोल्ट्री फर्मका कुखुरा मार्न सुरु गरिएको छ । क्षेत्रीय पशु निर्देशनालयको अन्वेषण कार्यालय प्रमुख डा। बोधराज आचार्य नेतृत्वको ८ सदस्यीय टोलीले संक्रमित आशंका गरिएको सुनसरीको खनार- २ स्थित पाथीभरा पोल्ट्री फर्मका कुखुरा मार्न थालेको हो । सोमबार बिहान करिब २ हजार कुखुरा मारिएको आचार्यले जानकारी दिए । सोमबार नै दुई किलोमिटर उत्तरमा रहेको इटहरी-६ बज्राहामा रहेको पीके पोल्ट्री सप्लायस्रका कुखुरा मार्ने आचार्यले जानकारी दिए । सुनसरी प्रशासनले दुवै पोल्ट्री फर्म आसपासका क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ भने सुनसरी जिल्लाभर...

प्रहरीसहित आधादर्जन घाइते

धरान/ धरानमा सुकुमबासी र प्रहरीबीच झडप हुँदा सोमबार २ जना प्रहरी सहित आधा दर्जन व्यक्ति घाईते भएका छन् । धरान-१५ स्थित सेउती खोला किनारमा सार्वजनिक जग्गामा अतिक्रमण गरी घर-टहरा बनाएको आरोपमा प्रहरीले सुकुमबासीहरुलाई हटाउने क्रममा झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले ६ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको थियो । सुकुमबासीहरुलाई हटाउने क्रममा प्रहरी नायव निरीक्षक सुदर्शन दास र प्रहरी जवान श्याम शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो स्थानमा बनाइएका ६० टहरा समेत भत्काएको छ । प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई...