इलाम/ इलाममा शाखा रहेको फोर्सवान प्रा.लि मार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् ।
रोजगारीका लागि साउदी पुगेका इलाम सोयाक–३ का श्याम चौहान, निर्मल कटुवाल र इलाम नगरपालिका–२ का बिरबहादुर मोते अलपत्र अवस्थामा परेको पीडितका आफन्तले बताएका छन् । फोर्सवान प्रा.लि इलाम शाखाका प्रबन्धक झापा बुधबारेका गोपीकृष्ण चिमोरियाले राम्रो सेवा सुविधा हुने भन्दै पठाएका थिए । तर अहिले तीनै जनालाई ठगी गरेर झुक्याएर पठाएको र अहिले फर्किन पनि गाह्रो भएको उनीहरुले बताए ।
पीडित परिवारले आफ्ना छोराहरु तत्काल स्वदेश फर्काइ दिने वातावरण मिलाइदिन र ठगीमा संलग्न तीनै जनालाई तत्काल पक्राउ गरी कार्वाहीको माग राखेर उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन पेश गरेका छन् ।

0 प्रतिकृया:
Post a Comment