हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label पल्टनका कुरा. Show all posts
Showing posts with label पल्टनका कुरा. Show all posts

'कन्डक्टर'देखि पल्टनसम्म - पल्टनका कुरा


पवन निरौला
२०४० सालमा गाडीको कन्टेक्टर भएर काम गर्थे प्रसादिसंह राई । राईलाई पल्टनमा जागिर खान पुगिएला भन्ने सोच थिएन त्यतिबेला । तर आफ्नै काकाले पल्टनमा भर्ति हुन बोलाएपछि उनी आफूले गर्दै गरेको कन्टेक्टरको पेशा छाडेर दौडिए पल्टनको जागिर खानलाई ।
१६ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका राई विवाहको ५ वर्ष पश्चात पल्टनको भर्तीमा ट्रेनिङ दिन पुगेका थिए । ६ कक्षा पढ्दा पढ्दै उनलाई आफ्नै काकाले भर्तिमा बोलाएपछि उनले पढाई पनि छाडे । त्यो पल्टने जागिर खान जाँदा सबैभन्दा बढी ट्रेनिङमै आफूलाई धेरै गाह्रो परेको दुखेसो सुनाउछन् राई । उनी भन्छन्-ूगुरुहरुले एकदमै बढी ट्रेनिङमा पेल्नुहुन्थ्यो ।ू

सन् १९९९ मा पाकिस्तान र इन्डियाको जमीनको बिषयमा लिएर परेको लडाईका बेला समेत उनी त्यो पल्टनको जागिरमा थिए । सुरुमा पल्टनको त्यो जागिरमा उनको मासिक तलब ८ सय ४० रुपैयाँ थियो । त्यसपश्चात १७ वर्षपछि हल्दारमा बढुवा भएका राईको करिब १६ हजार तलब भएको थियो । उनको त्यो तलबले पारिवारिक गर्जो राम्रैसँग टरेको थियो । लखनपुर-१ सितापुरी घर भएका राई हाल लाहुरे सेक्युरिटी सर्भिस मार्फत् नेपाल एसबिआइ बैंक दमकमा सेक्युरिटी सर्भिस दिइरहेका छन् ।