पत्रकार दुव्र्यवहारको भर्त्सना

काठमाडौं, चैत्र ७/स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले मादक पदार्थ सेवन गरी पत्रकार दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ ।
महासंघ सचिवालयको सोमबार बसेको बैठकले राज्यमन्त्रीको दुव्र्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समाचार संकलनका लागि अस्पताल परिसर पुगेका पत्रकारहरुमाथि मन्त्री यादवबाट दुव्र्यवहार भएको भन्दै सो घटनाको भत्र्सना गरिएको महासंघका महासचिव ओम शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य राज्यमन्त्री यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई अभद्र व्यवहार गरेका थिए । यसैबीच नेपाल पत्रकार महासंघले आगामी चैत १६ गते ‘१४ जेठभित्र शान्ति र संविधान’ भन्ने मूल नाराका साथ आफ्नो ५७ औं स्थापना दिवस मनाउने भएको छ ।

0 प्रतिकृया:

Post a Comment