हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

एक सय ४० ओटा सहकारीको दर्ता खारेजी

पिपुल्स टाइम्स समाचारदमक ÷ झापाका एक सय ४० ओटा बिभिन्न सहकारी संस्थाहरुको दर्ता खारेजी गरिने भएको छ । डिभीजन सहकारी कार्यालय झापाले सहकारी मापदण्ड विपरीत सहकारी सञ्चालन गर्ने त्यस्ता सहकारीहरुको दर्ता अनुमती खारेजी गर्न लागेको हो । डिभीजन सहकारी अधिकृत नेत्रप्रसाद घिमीरेले आर्थिक बर्ष २०७०÷७१ का अवधिमा बिभिन्न क्षेत्रका १ सय ४० ओटा सहकारीहरुको दर्ता खारेजी गर्ने निर्णय भएको बताए । उनले ती सहकारीहरुको नियमानुसार दर्ता खारेजीको प्रकृया थालिएको जानकारी दिनुभयो । खारेजीको प्रक्रियामा रहेका त्यस्ता सहकारीहरुले सहकारी सम्बन्धी कुनै काम गर्न पाउँदैनन्...

दमकबासी ओली एमाले अध्यक्ष, झापाका ४ केन्द्रिय सदस्य

दमक/नेकपा एमालेको नवौँ महाधिबेशनमा झापाबाट अध्यक्ष, महासचिव सहित ४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर ७ बाट संविधान सभा सदस्य, पार्टीको  अध्यक्ष निर्वाचित केपी शर्मा ओली दमक १० का बासिन्दा हुन् । त्यस्तै महासचिवमा निर्वाचित इश्वर पोखरेलको घर चन्द्रगढी ८ झापा हो । उनका भाइ लक्ष्मी पोखरेल चन्द्रगढी गाउँ कमिटीका अध्यक्ष रहेका छन् ।  त्यस्तै मेची अञ्चल इन्चार्जमा निर्वाचित हिक्मत कार्की, केन्द्रीय सदस्यहरु अग्नी खरेल, युवराज कार्की रहेका छन् । झापा जिल्ला अध्यक्ष रबीन कोइराला बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित...

ट्राफिक द्वारा २७ लाख बढी राजश्व संकलन

दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक बर्ष २०७०/७१ मा २७ लाख बढी राजश्व संकलन गरेको छ । सो अबधिमा सबै भन्दा बढी मोटरसाइकलबाट १३ लाख ५ हजार ४ सय रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ट्रकबाट ५ लाख २० हजार ३ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्याक्टरबाट ४ लाख ३९ हजार ७ सय, कारजिपबाट ३ लाख ३४ हजार, बसबाट एक लाख ४३ हजार ७ सय, टेक्पोबाट ७ सय रुपैयाँ संकलन गरिएको कार्यालयका प्रमुख बासुदेव थापाले जानकारी दिए । सो अबधिमा ८ हजार २ सय १५ वटा सवारी साधनहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा २२ लाख ६० हजार ३ सय ५० रुपैयाँ...

रवि चिसोपानी सडकमा बाह्रै महिना गाडी चल्ने

दमक/दमकबाट रबी सम्म पुग्ने फाल्गुनन्द मार्गमा यस बर्षबाट १२ महिना सवारी चल्ने  सडक बनाइने बताएका छन् । सरकारले बजेट मार्फत बिनियोजन गरेको ८ करोड रुपैयाँबाट सडक निर्माण सम्पन्न गर्ने जनाइएको छ । दमक  चिसापानी  सडक उपभोक्ता  समितिले बिहिवार   दमकमा पत्रकार सम्मेलन गर्दै ट्रयाक खोलेर सडक निर्माण  गर्न बाकीँ रहेको ६ किलोमिटरमा सडक निर्माणमा तिब्रता दिने जानकारी दिएको हो । समितिका अध्यक्ष सुरेस सुब्बाले सडक खन्न बाकीँ रहेको धर्ती दोभान देखि ६ किलोमिटर चुरे भागको सडक खनिने जानकारी दिए । दमकबाट चिसोपानी सम्म ४१ किलोमिटर...

२ होटलबाट ८ पक्राउ

विर्तामोड/होटलमा युवतीहरु रोखर यौन कृयाकलाप गराएको आरोपमा झापा विर्तामोडका दुई होटल सञ्चालक सहित ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय विर्तामोडले दिएको जानकारी अनुसार काठमाडौंको बालाजु स्थायी घर भई विर्तामोड–६ मा तिरुपती होटल सञ्चालन गरेर बसेकी ३५ वर्षीया मिना खातुन र विर्तामाड–७ मा झरना होटल सञ्चालन गरी बसेकी बिनिता लिम्बूलाई पक्राउ गरिएको हो ।प्रहरीले ती दुवै होटलहरुबाट तीन–तीन जना युवतीहरुलाई समेत नियन्त्रणमा लिएको हो । उनीहरु धादिङ, नुवाकोट, सुनसरी लगायतका जिल्लाहरुबाट ल्याइएका प्रहरीले जनाएको छ । पक्राउ परेका बारे...

चुरे र वनक्षेत्र खोतल्न ठेक्का

दमक/ वन र चुरे क्षेत्रलाई मर्का पर्नेगरी जिल्ला विकास समिति झापाले खोलामा ढुंगा–गिट्टी ठेक्का अनुमति स्वीकृत गर्दै ठेकेदार कम्पनीलाई बोलाएको छ । अधिकांश भू–भाग वनले घेरेको तथा चुरेको परिधिभित्र रहेको मावा र रतुवा खोलामा ठेक्को अन्तिम कसरत गर्दै जिविस झापाले ठेकेलारलाई पत्र लेखेको हो । विवादित क्षेत्र पर्ने दुबै खोलामा ठेक्का सम्झौता हुन लागेको भन्दै जिल्ला वन कार्यालय झापाले आश्चर्य मानेको छ । तर वन र चुरे दोहन हुनेगरी ढुंगा–गिट्टी ठेक्का दिन सामुदायिक वन उपभोक्ता समिति, प्रशासन र जिविस एकठाउँ उभिएका छन् ।  हम्सेदुम्से सामुदायिक वनको सिमाना...

साउने संकान्तिसगै मेहेन्दी लगाउन शुरु

दमक/साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा   एक गते साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।  एक गतेकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल््ने गर्दछन । कागती, अम्वा, अनार नास्पाती, आदि फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले...

पत्रकार र साहित्यकार सम्मानित हुने

दमक/ झकास् अन्तराष्ट्रिय युवा समुहले २ जना  पत्रकार तथा साहित्यकारलाई सम्मान गर्ने भएको छ । साउन ३ गते दमकमा एक कार्यक्रमको आयोजना गरी कान्तिपुर एफएमका  पत्रकार हेम भण्डारी र पाँचथरका कवि चन्द्रवीर तुम्वापोलाई सम्मान गर्ने भएको हो । उनीहरुलाई जनही १५ हजार रुपैयाँ नगद राशी सहित सम्मान गरिने समुहका कार्यक्रम संयोजक याम थुलुङले बताए । कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा कार्यक्रम हुने समुहले जनाएको छ ।  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समुहले जनाएको छ ...

माङहिममा विविध कार्यक्रम

दमक/ किरात माङपोक्लुङ माङहिम बेलडागी ३ दमकले बिहिवार  साउने संक्रान्तिको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।  बेलडागी ३ को गुम्वामा भएको कार्यक्रममा हाजिर जवाफ प्रतियोगीता, छलो , हाडी फर्ने र सांस्कृतिक कार्यक्रम गरेको हो । प्रतियोगीतामा एस एपीटी एफ बेलडाँगी प्रथम , युवा मैत्री केन्द द्वितिय र शिविर व्यवस्थापन समिति बेलडाँगीको समुह तृतीय भएका हुन् । छलो हान्नेमा सञ्चहाङ सुब्वा प्रथम, पध्रुन थापा दोस्रो भएको माङहिमका सल्लाहकार चिरञ्चीवी राईले जानकारी दिए ।  कार्यक्रममा नृत्य, गायन लगायतका  प्रस्तुती दिएका  थिए ।  किराँत...

गर्भपतनको सेवा लिनेको संख्यामा वृद्धि

इलाम/विशेषज्ञ डाक्टरबाट सुरक्षित गर्भपतनको सेवा दिन थालिएपछि इलामस्थित नेपाल परिवार नियोजन संघमा गर्भपतन गराउन आउने महिलाको संख्या बढेको छ । परिवार नियोजन संघबाट सन् २०१४ को ६ महिनाको अवधिमा ३ सय १० जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । यसअघि सन् २०१३ को अवधिभर संघबाट ३ सय ४४ जनाले यस्तो सेवा लिएका थिए । यस्तै सन् २०१२ मा २ सय ७३ र सन् २०११ मा १ सय ८९ जनाले यस्तो सेवा लिएको संघका वरिष्ठ शाखा प्रबन्धक कुमार गिरीले जानकारी दिएका छन् । औषधीबाट गर्भपतन गराउँदा ९९ प्रतिशत सफलता प्राप्त भएको संघका...

झिलझिलेमा सीसी क्यामेरा

झिलझिले/इलाका प्रहरी कार्यालय झिलझिले र झापाली युवा सरोकार समाज नेपालको संयुक्त पहलमा झिलझिलेमा ५ वटा सीसी क्यामेरा जडान गरिएको छ ।स्थानीय क्षेत्रका दैनिक रुपमा भइरहने आपराधिक घटना लगायत राजमार्गमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सीसी क्यामेरा जडान गरिएको हो । प्रहरी कार्यालय परिसरभित्र ३, मुख्य राजमार्गमा १ र बजार क्षेत्रमा १ वटा गरी ५ वटा क्यामेरा जडान गरिएको झापाली युवा सरोकार समाज नेपालका उपाध्यक्ष समेत रहेका सीसी क्यामेरा जडान समितिका संयोजक सुरज रिङ्कालुङ्ग राईले जानकारी दिए । रिङ्कालुङ्गका...

आदिवासी रंगशाला र सम्भावना

कमन देवानझापाको लखनपुरस्थित निर्माणाधीन आदिवासी रंगशाला तथा स्मृतिपार्कमा थालिएका पूर्वाधार निर्माणका काममा गुणस्तरीय सुधारका लागि आदिवासी रंगशाला तथा स्मृतिपार्क निर्माण उपभोक्ता समितिले देखाएको चासो स्मरणीय छ । हाल राष्टिूय खेलकुद परिषद्को केन्द्रीय निकाय मातहत ठेक्का लागेर भइरहेको पूर्वाधार निर्माण कार्यमा गुणस्तर नदेखिएको समितिको धारणाका बारेमा नियमन निकायका रुपमा रहेको राखेप कार्यालयले खास चासो दिएको नदेखिए पनि समिति र सो समितिको संरक्षकका रुपमा रहेको निकाय तथा रंगशालाका नाउँमा उपयोग गरिएको जग्गाको समेत स्वामित्व प्राप्त गरेको हकवालाका नाताले...