अढाइ महिनापछि पक्राउ

उर्लाबारी, माघ २५/ एमाओबादी भातृ संगठनका कार्यकर्ता बादल लिम्बु र सुवास तामाङमाथि आक्रमण गरेको अभियोगमा अढाई महिना देखि फरार भएका राजघाट-७ का साङगेहाङ लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ग्ात मंसिर १५ गते उनीहरुमाथि आक्रमण गरेको आरोप लागेका लिम्बुलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भए अनुरुप कारवार्हीका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बु समर्थकहरुले प्रहरीले एकपक्षीय रुपमा पक्राउ गरेको आरोप लगाएका छन् ।
राजघाटकै कान्ते लिम्बुले पनि सोही अभियोगको मुद्दा दर्ता हुँदा समेत आरोपितहरुलाई प्रहरीले पक्राउ नगरेको उनीहरुले बताएका छन् । कान्तेले पनि बादल सुवास लगायत बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेका थिए ।
गत मंसीर १५ गते उर्लाबारी-४ को बरगाछी चौकमा दुई   युवा समूह बीच झडप हुँदा उर्लाबारीका बादल र सुवास तथा राजघाटका कान्ते गम्भिर घाइते भएपछि एक अर्का समूह बीच ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएका थिए ।इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल दाहालले फरार आरोपितहरुलाई तत्कालै पक्राउ गरी कारवार्ही गर्ने बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment