स्थापना दिवसमा सरसफाई

दमक/नेपाल जुनियर रेडक्रस सर्कलको ४९ औँ स्थापना दिवसको अवसरमा सोमबार झापाको दमकमा सरसफाई कार्यक्रम गरिएको छ ।
रेडक्रस सोसाईटी उपशाखा दमकका युवा रेडक्रस सर्कल जुनियर रेडक्रस सर्कलका संयोजक कोमलप्रसाद प्रसाईको नेतृत्वमा दमक–१२ स्थित रेडक्रस मार्ग सफाई गरिएको छ ।
सफाई कार्यक्रममा उपशाखाका कार्यसमिति सदस्य तथा प्राकृतिक प्रकोप उद्धार समिति संयोजक गञ्जबहादुर दाहाल, युरेस, जुरेस समितिका सहसंयोजक प्रकाश भण्डारी, सचिव शेषराज निरौला, कार्यसमिति सदस्य चन्द्रप्रकाश पोख्रेल लगायत शिक्षक, विद्यार्थी, रेडक्रसकर्मी सहभागी थिए ।
त्यसैगरी दमक–६, ढुकुरपानीस्थित ढुकुरपानी उच्च मा.वि.मा जुनियर रेडक्रस सर्कलले सरसफाई कार्यक्रम गरेको छ । शिक्षक नायक भीमप्रसाद दाहाल नेतृत्वको विद्यार्थी टोली सरसफाई अभियानमा सहभागी भएको थियोे । सो अवसरमा सर्कलको कार्यालय विद्यालयका प्रधानाध्यापक लिलानाथ खनालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा निवर्तमान शिक्षक नायब रघुनाथ भण्डारीले विद्यालयमा रेडक्रसको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।

0 प्रतिकृया:

Post a Comment