'प्रतिवेदन अस्वीकार्य' - देउवा - उपमुख्य समाचार

काठमाडौ/ पूर्व प्रधानमन्त्री एवं कांगे्रस वरिष्ठ नेता शेरबहादुर देउवाले उच्चस्तरीय राज्य पुनसंर्रचना आयोगको प्रतिवेदन आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् ।
विभिन्न राजनीतिक दलका युवा विद्यार्थी मोर्चाद्वारा आयोजित संघीय संरचनामा एकीकृत सुदूरपश्चिम विचार गोष्ठीमा बोल्दै नेता देउवाले राज्य पुनसर्ंरचना आयोगले तयार पारेको प्रतिवेदन अखण्ड नेपाल निर्माण गर्ने नभएर विखण्डन बनाउनेतिर उन्मुख रहेको बताए ।

प्रतिवेदन विज्ञले बनाएको जस्तो नभई केटाकेटीले खेल जस्तो भएको उनको भनाइ थियो । ुपुनसर्ंरचना जस्तो विषयमा किन संवेदनशील नभएका
यो केटाकेटीको खेलाची त होइन नि उनीहरुले तिमी यहाँ बस ऊ त्यहाँ बस्छ भन्ने होइन नि आयोगका पदाधिकारी मालिक त होइनन् निु उनले भने ।
आयोगको प्रतिवेदनप्रति कुनै दलका नेता सन्तुष्ट नरहेको उल्लेख गर्दै नेता देउवा मुलुकलाई टुक्रा टुक्रा पार्ने अधिकारी कसैलाई नभएको बताए । आफ्नो पार्टीले जातीय राज्य कुनै पनि हालतमा स्वीकार नगर्ने पनि उनको भनाइ थियो । ुआजको युगमा कसैले पनि जातीय राज्य स्वीकार गर्दैनु उनले भने । आयोगका पदाधिकारीले जनताको भावना नबु´ी हचुवाको भरमा प्रतिवेदन तयार गरेको उनको आरोप थियो । ुमुलुकभरका जनतालाई सोध्नुहोस् कसैले पनि यो प्रतिवेदनलाई मान्य छैनु उनले भने ।

0 प्रतिकृया:

Post a Comment